संिवधानसभा र िनर्वाचन संिवधानसभाको दोस्रो संस्करण अन्तर्गतको चुनाव सकिएको छ । रुपमा चुनावको परिणामले जनयुद्ध र जनान्दोलनको जनादेशलाइ खारेज गरेको देखियो । तर १२ बुँदे समझदारी, मधेस अान्दोलन, अािदवासी जनजाित अान्दोलनले अनुमोदन गरेको िवषय ज्युँ का त्युँ छ । प्रािवधिकरुपले मत जनान्दोलनको विपरित जानु अनौठो पनि होइन । इतिहासमा यस्ता घटनाहरु भएका छन् । सन् १९१७ को रुसको घटना यसको प्रमाण हो । पछि बोल्सेिवक क्रान्तिले मत अादेशलाइ क्रान्तिमार्फत खारेज गरेको थियो । नेपालमै पनि ०३७ सालको जनमत संग्रहले पञ्चायतलाइ २४ लाख मत िदएर जिताएको थियो । बहुदलले २० लाख मत मात्र पाएको थियो । तर तेत्रो मत पाएर विजयी भएको पञ्चायतलाइ ०४६ सालको पहिलो जनान्दोलनले खारेज गरिदियो । ०४७ सालको संिवधानलाइ तत्कालीन संसदीय दल वाम मोर्चा र काँग्रेसले स्वीकार गरेर बनाएका हुन । संसारकै सर्वश्रेष्ठ भनिएको संविधान पनि अन्ततः दोस्रो जनान्दोलनले रद्धिको टोकरीमा फाल्यो । मत अादेश त प्राविधिकरुपले यताउता हुनसक्छ । यस्ता मत अादेशलाइ जनान्दोलनको जनादेशले ठीक ठाउँमा ल्याउँछ । दोस्रो संविधानसभामा करिव ३ करोड नेपाली मध्ये कति वालिक मतदाताले मत िदए ? यसैपनि यो पुराका पुरा मतादेश त हुँदै होइन । संविधानसभालाइ मुद्धाविहीन बनाएर रचना गरिएको चुनावले यस्तो परिणाम िदनु स्वभािवकै थियो । संविधानसभाको निर्वाचनलाइ संसदको निर्वाचन बनाउँदाको यो परिणाम पनि हो । अर्को यो निर्वाचनमा ३३ दलीय मोर्चा सहभािग पनि भएन । जोसंग परिवर्तनका मुद्धाहरु थिए उनीहरुको अनुपस्थिितमा भएको चुनावको मत अादेशलाइ जन अादेश भन्न सुहाउँदैन । अब यो मत अादेशलाइ खारेज गर्ने जनअान्दोलन रुपी जनादेशको खाँचो छ । नत्र अहिले मतादेश पाउनेले उही पुरानो सडेगलेको संसदीय व्यवस्था पुनःस्थापना गर्नेछन जुन ितनीहरुको घोषणापत्रमा छ । Bhawani Baral
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment