Breaking News
Loading...
######



प्रकाशित मिति 5 Dec. 2015

"जनता-कार्यकर्ताहरुको नजरमा लिम्बुवान पार्टी र आन्दोलनको अन्तर विवाद"

यस अघि “कुमार लिंङदेन किन एक्लिदैछ ?” भन्ने शिर्षकमा (भाग-१) यहाँहरु सामु मेरो मुल्यांकन तथा विश्लेषणको लेख सम्प्रेषण गरेको थिए / यस दोश्रो भाग –२ मार्फत “जनता-कार्यकर्ताहरुको नजरमा लिम्बुवान पार्टी र आन्दोलनको अन्तर विवाद” शिर्षकमा आफ्नो विचार प्रस्तुत गर्नेछु /

लिम्बुवान पार्टी एकता हुनु अघि धेरै टुक्रामा विभाजित भएको थियो, जसले लिम्बुवान भित्र र बाहिर राम्रो सन्देश जान सकेन / बिगत ७-८ बर्षसम्म बेग्ला-बेग्लै भएर, लिम्बुवान जन्य पार्टीहरुले आन्दोलन गर्दा त्यसले खासै निकास दिन सकेन / केहि बर्ष यता देखि पार्टी एकताको बिकल्प नरहेको निस्कर्ष सहित लिम्बुवान एकताको पहल भयो तर त्यहाँ धेरै जना नेता-कार्यकर्ताहरु बीच पार्टी एकताको पक्ष र बिपक्षमा निकै पेचिलो विवादहरु हुदा-हुदै पनि अन्तत पार्टी एकिकरण सम्पन्न भएको थियो / पार्टी एकिकरण पश्चात केहि समय सबै लिम्बुवानी जनता र नेता-कार्यकर्ता निकै खुशी भए तर पार्टी एकतासंगै लिम्बुवान राजनीतिक माहोल आन्तरिक विवादमा एका-एक फस्न थाल्यो / धेरै प्रयासको बाबुजुत कठिनाइले पार्टी एकता भएको थियो तर लिम्बुवानमा अझै पनि भावनात्मक एकता हुन् सकिरहेको छैन / लिम्बुवान पार्टीको आन्तरिक विवाद बारेमा जनताहरु लगभग बेखबर भएको देखिन्छन तर लिम्बुवान आन्दोलनहरुले गति र निकास दिन नसके पछि अहिले जनताको केहि चासो र निरासा भने पकै भएको देखिन्छ /

संचार-मिडिया तथा पत्र-पत्रिका तिर लिम्बुवानको बारेमा खासै समचारहरु सम्प्रेषण गरिदैन तसर्थ लिम्बुवानी जनताहरु लिम्बुवान पार्टीको आन्तरिक विवाद बारेमा बेखर देखिएको छन / लिम्बुवान पार्टी संघठनको सम्पर्कमा रहेको कार्यकर्ताहरु पार्टीको केन्द्रीय नेताहरुको आन्तरिक विवादको कारण प्राय: निकृय देखिएको छन् / त्यसैले अहिले लिम्बुवान पार्टीको आन्तरिक विवादको कारण पार्टी-संघठनको जो सिमित थोरै जनता सम्पर्कमा छन् / तिनीहरु प्राय: अहिले अध्यक्ष कुमार लिंङदेन जानु भएको लिम्बुवान संयुक्त्त सङ्घर्ष समितिद्वारा घोषणा गरिएको कार्यक्रमहरुमा सामेल भएको देखिन्छन / त्यसैले लिम्बुवान पार्टीको सबै नेता-कार्यकर्ता र जनताहरु अहिलेको संयुक्त्त लिम्बुवान सङ्घर्ष समितिको सम्पर्कमा छैन / पछिल्लो समय पार्टी अध्यक्ष कुमार लिंङदेनले फेरी पार्टीमा कुनै छलफल तथा जानकारी नै नदिइ मधेसी मोर्चामा गए पछि पार्टीको आन्तरिक विवाद झन् बल्झिएको देखिन्छ /

लिम्बुवानको प्रत्येक कार्यक्रमहरुको बारेमा संचार-मिडिया तथा पत्र-पत्रिकाहरुमा खबर नआएता पनि अहिलेको युगमा सामाजिक संझाल तथा online खबरहरुको प्रयोग मार्फत पनि लिम्बुवानको कार्यक्रमहरु घोषणा हुदै आएको छ / यस किसिमको माध्यम प्रयोगमा पहुच पुगेका केहि सिमित नेपालको नेता-कार्यकर्ता र अत्याधिक पहुच पुगेको लिम्बुवान प्रवास समितिहरु तथा लिम्बुवानी शुभ-चिन्तक जनताहरुले ति सामाजिक संझाल तथा online खबरहरुको माध्यम मार्फत सूचना-खबरहरु संसार भर पाइरहेका छन् / जसले गर्दा लिम्बुवान पार्टी र लिम्बुवान राजनीतिक अहिले यस्तो सामाजिक संजालहरुमा मात्र सिमिति जस्तो पनि देखिन्छ /

लिम्बुवान पार्टी बाहिर बाट हेर्दा जति बोलियो र एक ढिक्का देखिएको छ, जुन आन्तरिक रुपमा त्यसको ठिक विपरित झनै कमजोर देखिन्छ / लिम्बुवान पार्टीको नेता र पार्टीको कार्यक्रमहरुको बारेमा अहिले सामाजिक संजालहरुमा जे-जस्तो देखिएको छ जुन फिल्डमा अलिक बेग्लै माहोल देखिन्छ / सामाजिक संजालहरुमा लिम्बुवानको कार्यक्रमहरु जुन किसिमले प्रचार-प्रसार भइरहेको छ जुन फिल्डमा त्यस अरुपमा विस्तार भएको देखिदैन / लिम्बुवानको बारेमा सामाजिक संजालहरुमा एक किसिमको माहोल देखा परेको छ, जसमा “लिम्बुवान भनेको अध्यक्ष कुमार लिंङदेन हो र अध्यक्ष कुमार लिंङदेन भनेको नै लिम्बुवान हो” भन्ने एक किसिमको राजनीतिक वातावरण सिर्जना गरिएको देखिन्छ /

लिम्बुवान क्रान्तिको लागि सिङ्गो पार्टी तथा नेता-कार्यकर्ताहरु पार्टीको विचार-दर्शन, सिद्धान्त मुखी हुनु पर्ने हो तर लिम्बुवान पार्टीमा नेता मुखी भएको देखिन्छ, जुन पार्टीको लागि राम्रो पक्ष बिल्कुल होइन / पार्टीको विचार-दर्शन तथा सिद्धान्त भन्दा कदापी व्यक्ति-नेता ठुलो हुन् सक्दैन / नेता मुखी तथा व्यक्तिवादी आदतमा फसे पछि त्यहाँबाट पार्टीमा गुठबन्दी सिर्जना भइ अन्तत पार्टी फुट-बिभाजन दिशा तिर जानेछ / यसरी नेता मुखी या व्यक्तिवादी दिशामा लागियो भने, जुन नेताको मृत्युसंगै लिम्बुवान राजनीतिक, विचार र आन्दोलन पनि सिद्धिनेछ तर पार्टीको नेता भन्दा लिम्बुवान राजनीतिको विचार-दर्शन र सिद्धान्तहरुलाई प्रधान सवाल मानियो भने, नेताहरु भौतिकरुपमा सिद्धिए पनि लिम्बुवानको राजनीति क्रान्ति युगौ-युग निरन्तर चलिरहन सक्छ /

लिम्बुवान पार्टी र लिम्बुवान आन्दोलन बाहिर देखि हेर्दा लाग्छ, लिम्बुवान आन्दोलन साच्चै शसक्त र सकृय भएको देखिन्छ तर वास्तवमा पार्टीको विविध गतिविधि हेर्दा, त्यसको ठिक विपरित दिशामा पार्टी नेतृत्वहरु अघि बढिरहेको देखिन्छ, जसको कुनै खास गन्तब्य नै छैन / यस्तो अवस्थामा पार्टी नेतृत्व वर्गहरुलाई सहि दिशामा जान जनता-कार्यकर्ता सबै मिलि खबरदारी गर्नु पर्ने हो तर बिडम्बना लिम्बुवानको लागि राजनीति गर्ने नेता-कार्यकर्ताहरुमा त्यो सचेतना देखिएन / यस्तो राजनीतिक माहोल सिर्जना हुनुमा शिर्ष केन्द्रिय नेताहरु नै जिम्मेवार छन् ज-जसले आफ्नो व्यक्तिगत स्वार्थको लागि केन्द्र देखि जन-स्थरसम्म गुठबन्दी सिर्जना गराई लिम्बुवान पार्टी फुटको मुखसम्म पुर्याएइको अवस्था छ / लिम्बुवान पार्टी र नेतृत्व बीचको आन्तरिक विवादले सबै प्रवास समितिसम्म बेहाल अवस्थामा पुर्याई दिएको देखिन्छ जुन दुर्भाग्य नै भन्नु पर्छ /

केन्द्रीय नेताहरुको व्यक्तिगत स्वार्थ र चरम गुठबन्दीको असर तल्लो स्थरसम्म पुर्याइएको अवस्था देखिन्छ / यस कार्यमा केन्द्रीय नेताहरुले नै सुनुयोजित तरिकाले सबै पार्टी संघठन र प्रवास समितिसम्म गुठबन्दी विस्तार गरिएको छ / जसको कारण केन्द्रीय नेताहरु भन्दा प्रवास समिति र तल्लो स्थारको संघठनहरु प्राय; सधै जसो बिबादित माहोल देखिन्छ / यस दुर्दशा रोक्न केन्द्रिय शिर्ष नेता र प्रवास समिति नै जिम्मेवार देखिन्छन /

अध्यक्ष कुमार लिंङदेनको गत साल देखिको गतिविधि हेर्दा लाग्छ कि कुनै पार्टीको प्रवक्त्त अथवा देशको संचार तथा सूचना मन्त्री जस्तो देखिन्छ, जसको माध्यमबाट उहाले लिम्बुवान पार्टीको सम्पूर्ण कार्यक्रमहरु एकलै जानकारी गराउदै आउनु भएको छ / पार्टीको प्रवक्त्त अथवा देशको संचार तथा सूचना मन्त्रीले पार्टीमा वा मन्त्रिपरिषद्को बैठक बसी सबै नेता-मन्त्रीहरु बीच छलफल गरि बाहिर आम-जनताहरुलाई पार्टी वा सरकारको निर्णय तथा कार्यक्रमहरुको बारेमा सूचना दिइन्छ तर लिम्बुवान पार्टीको अध्यक्ष कुमार लिंङदेनको उक्त्त गतिविधिहरु यसरी पार्टीको बैधानिक प्रक्रियाबाट आएको छैन / अध्यक्ष कुमार लिंङदेनले बिगत एक बर्ष देखि पार्टीमा कुनै छलफल या जानकारी नै नदिई हरेक कार्यक्रमहरु उहाबाट मात्र एकलौटी र एकतर्फी सार्वजनिक हुदै आएको अवस्था देखिन्छ / त्यसैगरी पार्टीमा अन्य नेता साथीहरुसँग सर-सल्लाह तथा छलफल नगरी पार्टीको सम्पूर्ण कार्यक्रम तथा आम-सभाहरुमा पनि अध्यक्ष कुमार लिंङदेन मात्र सहभागी भएको देखिन्छ / यसरी पार्टीमा हरेक अबैधानिक कदम चाले पनि पार्टीको केहि नेता-कार्यकर्ताहरुको नजरमा लिम्बुवानको लागि एउटा नायक अथवा भगवान झैँ इमानदार र सकृय नेताको रुपमा अध्यक्ष कुमार लिंङदेनलाई मात्र देखेका छन् / पार्टीको अध्यक्ष भए पछि पार्टीको बैठक राखी सबै नेताहरुलाई मिलाएर बिभिन्न कार्यक्रमहरुमा अन्य नेताहरुलाई खटाउनु पर्थ्यो तर अध्यक्षले अन्य नेताहरुलाई जिम्मेवारी दिईएको देखिन्दैन /

भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा online खबरहरुमा एउटा अनौठो कुरा सार्वजनिक गरिएको थियो, जसमा भनिएको थियो कि जब भारतको प्रधानमन्त्री नरेन्द्र मोदी देश भित्र वा देश बाहिर भ्रमणमा निस्कदा, उसको पक्षमा जय-जयकार गराई संचार मिडिया मार्फत संसार भर चर्चा कमाउने योजना बमोजिम नरेन्द्र मोदी उक्त्त कार्यक्रमहरुमा पुग्न अगाडी नै करोडौ खर्च गरेर देशभरबाट हजारौ मान्छे नरेन्द्र मोदीको समर्थकको लागि कार्यक्रम स्थलमा जम्मा गराउछन / त्यसैगरी भारतको नरेन्द्र मोदी जस्तै अहिले लिम्बुवानमा पार्टीको सबै कार्यक्रमहरुमा अध्यक्ष कुमार लिंङदेन मात्र जानु हुन्छ किन भने राजनीतिक माहोल नै त्यसरी पुर्व तयारी गरिएको बुझ्न सकिन्छ / लिम्बुवान पार्टीको यस्तो कार्यक्रमहरुमा अध्यक्ष कुमार लिंङदेनले अन्य नेताहरुलाई जान नै दिदैन भन्ने गोप्य कुराहरु पनि बाहिर आएको छ / पार्टीको नया कमिटि निर्माण तथा प्रशिक्षण कार्यक्रमहरु छ भने, त्यस्तो कार्यमा अध्यक्ष कुमार लिंङदेन जानु हुन्न तर पार्टीको बिभिन्न आम-सभाहरुमा भाषण गर्न चै उहा मात्र एकलै सर्नु हुन्छ, बाकी अन्य नेताहरु रुष्ट हुनुमा पार्टी अध्यक्षको यस्तो रुखो क्रियाकलापले पनि असर पुर्याएको देखिन्छ /

अहिले पछिल्लो समय पार्टीको आन्तरिक विवादको कारण पार्टी संघठन सस्थागत र विस्तार हुन् सकेको देखिन्दैन साथै लिम्बुवान आन्दोलनले पनि खासै गति लिन सकिरहेको छैन / यसै क्रममा अध्यक्ष कुमार लिंङदेनले असन्तुष्ट नेताहरुलाई छोडेर एक्लै लिम्बुवान सङ्युक्त्त सङ्घर्ष समिति र मधेसी मोर्चामा लाग्नु भएको देखिन्छ / लिम्बुवान पार्टीको बिधान अनुसार प्रत्येक ४-४ महिनामा नियमित पार्टीको बैठक राख्नु पर्ने हुन्छ तर गत साल देखि पार्टीको कुनै बैठक नै राखिएको छैन / पार्टीको हरेक बिषय या समस्याहरु पार्टीको छलफल बाट मात्र समाधान हुन्छ तर गत साल देखि पार्टीलाई अनिर्णयको बन्दी बनाइएको छ अध्यक्षको यस अबैधानिक कदमले गर्दा अन्य नेताहरुले साथ नदिएको अवस्था बुझ्न सकिन्छ /

किरात याक्थुङ चुम्लुङको सहजीकरण तथा समन्यवमा गठन भएको लिम्बुवान संयुक्त सङ्घर्ष समितिमा संघीय लिम्बुवान पार्टी जाने, आबद्ध तथा मोर्चाबन्दी गर्ने कुरा अध्यक्ष कुमार लिंङदेनले अहिलेसम्म पार्टीमा कुनै कुरा राख्नु भएको छैन / पार्टीको जिम्मेवार अध्यक्षले पार्टीमा कुनै छलफल वा जानकारी नै नदिई लिम्बुवान पार्टी र सम्पूर्ण नेताहरुलाई त्यागेर एकलौटी लिम्बुवान संयुक्त सङ्घर्ष समितिमा हस्ताक्षर गरि अघि बढ्नु भएको थियो / पार्टी अध्यक्षको यस किसिमको अबैधानिक कदम भए पनि पार्टीको धेरै नेता-कार्यकर्ताहरुले साथ र सहयोग गरिरहेकै थियो / पार्टी संचालन प्रक्रियामा नेताहरुको यस्तो अराजक क्रियाकलापले गर्दा आन्तरिकरुपमा विवाद सिर्जना हुदै नेताहरु बीच असहयोग र बिरोधको श्रीखला सुरु भएको देखिन्छ / जसले गर्दा लिम्बुवान आन्दोलनले बिचमै घुडा टेकेर आत्मसमर्पण गर्नु पर्ने स्थिति देखा पर्यो, जसलाई दमकमा लिम्बुवानको केन्द्रिय कार्यालय तोडफोडको घटनालाई लिन सकिन्छ तर पार्टीमा यस बिषयको कुनै समिक्षा पनि भएको छैन /

लिम्बुवान पार्टीको हरेक कार्यक्रमहरुको बारेमा अध्यक्ष कुमार लिंङदेनले गत साल देखि पार्टीमा छलफल नै नगरी एकलौटी निर्णय गरी घोषणा गर्दै, निरन्तर एकलै बढिरहेको देखिन्छ / जुन पार्टी-संघठन संचालनको लोकतान्त्रिक विधि-बिधान प्रकृया विपरित देखिन्छ तर यस्तो कुरा लिम्बुवान पार्टीको तल्लो स्थारको कार्यक्रता र प्रवास समितिहरुलाई जानकारी नभएको जस्तो देखिन्छ / लिम्बुवानी जनताहरुलाई पार्टीको यस्तो अबैधानिक क्रियाकलापबाट बेखबर भएर होला, पार्टीको हरेक कार्यक्रमहरुमा उपस्थित हुदै आएका छन् / यसरी उहाको निजि कार्यक्रमहरु घोषणा गर्दै हरेक ठाउमा अध्यक्ष कुमार लिंङदेन मात्र पुगेको देखिन्छ / जसले गर्दा सबैको नजरमा अध्यक्ष कुमार लिंङदेन मात्र सर्वपरी नायक झैँ देखिएको र बुझिएको छ / त्यसैले “लिम्बुवान भनेको अध्यक्ष कुमार लिंङदेन हो र अध्यक्ष कुमार लिंङदेन नै लिम्बुवान हो” भन्ने आम-लिम्बुवानी शुभेक्छुक समर्थकहरुमा नजिर पर्न गएको देखिन्छ / जसको कारण लिम्बुवान पार्टीको कार्यक्रता देखि शुभ-चिन्तक जनताहरुले लिम्बुवान पार्टीको अध्यक्ष कुमार लिंङदेन मात्र पार्टीको इमानदार, सकृय र राम्रो खुबी भएको राजनेता र पार्टीको सम्पूर्ण काम पनि अध्यक्ष कुमार लिंङदेनले मात्र गरेको देखिका छन् / यसरी पार्टी-नेतृत्व पक्षहरुको सत्य तथ्य कुरा नबुझी धेरै जसो मानिसहरु अध्यक्ष कुमार लिंङदेनको अन्धभक्त भएर लागेको देखिन्छ / त्यसैगरी तिब्बतको दल्ले लामा जनताको नजरमा यति प्रिय राजनेता र भगवान जस्तो हुनु हुन्छ, दल्ले लामालाई भगवानको अवतारको रुपमा पनि मानिन्छ, जसको लागि रात-दिन भगवान सम्झेर पुजा-आजा गर्ने र उसको दिशा-पिसाब भाग्यमानीहरुले मात्र खान पाउछन रे जसलाई अमृत मानिन्छ भन्ने प्राय: सबैले सुनेकै होला ? अहिले लिम्बुवान राजनीतिको सवाललाई लिएर सामाजिक संजालहरुमा अध्यक्ष कुमार लिंङदेनको पक्षमा जुन एक किसिमको माहोल हेर्दा लाग्छ कि तिब्बतको दल्ले लामाको पक्षधर जनता झैँ लिम्बुवानको कुमारवादी पक्षधरहरु त्यो बाटोमा हिड्न खोजेको त होइन भन्ने सङ्केत देखिन्छ /

पार्टीमा कुनै छलफल नै नगरी अध्यक्ष कुमार लिंङदेन एकलौटी संयुक्त लिम्बुवान सङ्घर्ष समितिमा लागे पछि दमकमा अन्य नेताहरुले पार्टीको तर्फ बाट आन्दोलनको घोषणा गरेको थिए तर त्यो आन्दोलन कार्यक्रम असफल भएको थियो । बाहिर जानकारी आए अनुसार उक्त्त दमकको बैठकमा अध्यक्ष कुमार लिंङदेनलाई पनि बोलाइएको थियो तर उहा बिबिध कारण देखाई अनुपस्थिति भएको भन्ने बुझियो /



केन्द्रिय नेताहरुको गुटबन्दीको प्रभाव तल्लो स्थरमा देखिएको स्वरूप

संघीय लिम्बुवान पार्टीमा बिशेषगरी दुई किसिमको विचारको समुहहरु देखिन्छन छन् तिनीहरु बीच प्राय सधै जसो विवाद चलिरहन्छ / जसलाई यहाँ तिन भागमा बर्गिकरण गरि अध्यायन गर्न जरुरी ठानेको छु / लिम्बुवान पार्टी प्रति कार्यकर्ताहरुमा बिभिन्न धार देखिन्छ जसको बारेमा केहि चर्चा गर्न आवश्यक ठानेको छु / यसमा पहिलो समुह अन्तर्गत पार्टी संघठन-समितिको माथिल्लो आधिकारिक पद दायित्व सम्हालेर बसेका समुहहरुको आफ्नै व्यक्तिगत तथा पदीय स्वार्थ अनुसार एक किसिमको विचारहरु बाहिर वकालत गरेको देखिन्छन / आफ्नो पदको सुरक्षा तथा दीर्घकालीन व्यक्तिगत स्वार्थ अनुसार केन्द्रिय सस्थापन पक्षधर अर्थात (उहरुको बुझाई अनुसार सस्थाक नेता भनेको अध्यक्ष कुमार लिंङदेन हुन) को पक्षमा खुलेर वकालत गरेको देख्न पाइन्छ / त्यसैले लिम्बुवान पार्टी-नेता गलत दिशामा अघि बढ्दा पनि अध्यक्ष कुमार लिंङदेन कै पक्षमा हनुमान झैँ भएर रक्षा गर्ने तथा गलत कार्यहरुलाई पनि सहि बनाएर आफ्नो अनुकुल वकालत गर्ने जमात देखिन्छन् /

उनीहरुको एउटा बेग्लै समुह निर्माण गरिएको छ उनीहरुको आफ्नै किसिमको विचार बाहिर आएको देखिन्छ / जसमा पार्टी अध्यक्षलाई अन्य नेताहरुले एक्ल्याएर पेल्न खोजिएको भन्ने आरोप लगाए देखिन्छ / त्यसैगरी पार्टी अध्यक्ष भनेको सबै कुरा अन्य नेताहरुले स्वीकार गर्नै पर्छ र अध्यक्ष कुमारले जे गर्दै हुनु हुन्छ सबै ठिकै गरिरहनु भएको छ भन्ने तर्कहरु गर्नु भएको देखिन्छ / पार्टी अध्यक्षले गरेको काम किन आरिस र बिरोध गरिन्छ ? यदि सक्छौ भने अन्य नेताहरुले गरेर देखाऊ भन्ने आक्रोशहरु देख्न सकिन्छ / पार्टी अध्यक्षले पार्टीमा कुनै छलफल तथा जानकारी नै नदिइ लिम्बुवान संयुक्त्त संघर्ष समितिमा गए पछि पार्टीको तर्फ बाट अन्य नेताहरुले आन्दोलनको घोषणा गरिएको थियो जसलाई कुमार पक्षधरहरुले अहिले पनि अध्यक्ष बिनाको कोठे बैठक भनि सशक्त बिरोध र आलोचना गरिरहेको देखिन्छ /

पदिय दायित्व पाएका नेता-कार्यक्रताहरुले पार्टी अध्यक्षले सहि या गलत जे-जस्तो कार्य गरे पनि दुई हातले दरो तालि ठोक्ने अथवा अध्यक्ष कुमार लिंङदेनको सबै कु-कार्यहरुको पक्षमा बोल्न पनि लाज नमान्नेहरुको जमात देखिन्छन / सायद आफ्नो पद-जिम्मेवारी खोसिने डर र जिम्मेवार पदमा रहेसम्म केन्द्रिय अध्यक्षको पक्षमा लागेर शक्ति संचय गरी आगामी दिनमा आफ्नो बाटो सुरक्षित राख्ने व्यक्तिग स्वार्थ पनि हुन् सक्छ / यस समुहमा पर्नेहरु बिशेषगरी संघीय लिम्बुवान पार्टीको प्रवास समितिको नेता-कार्यकर्ताहरु अत्यधिक मात्र देखिन्छन /

आफ्नो पद-दायित्व जोगाउन व्यक्तिगतरुपमा पार्टी अध्यक्ष कुमार लिंङदेनको चाकडी गर्ने र सकेसम्म अध्यक्ष कुमार लिंङदेनलाई भौतिक तथा आर्थिकरुपमा सहायता गरी आफ्नो पकडमा राख्ने होडबाजी चलेको कुरा बाहिर आएको छ / केन्द्रिय पार्टी अध्यक्ष कुमार लिंङदेनलाई आफ्नो पकडमा राखी आफ्नो स्वार्थ अनुसार प्रयोग गर्ने अभियान पनि देखिएको छ / यस कार्यको लागि प्रवास समितिको मुख्य-मुख्य नेताहरुको एउटा बेग्लै समूह छन् / तिनीहरु बीच आन्तरिकरुपमा गोप्य सल्लाह तथा सहमति गरि मिलेर केन्द्रिय पार्टी तथा नेताहरुलाई हल्लाउने अभियान चलिरहेको अवस्था देखिन्छ / यदि उनीहरुले भनेको कुरा केन्द्रिय अध्यक्ष कुमार लिंङदेनले मानेन भने आर्थिक नाकाबन्दी समेत गराउने राजनीतिक खेल यस अघि पनि भएको थियो / त्यसैले लिम्बुवान पार्टीलाई अनिर्णयको बन्दी बनाउन पनि यिनीहरुको ठुलो हात रहेको मुल्यंकन र विश्लेषण गर्न सकिन्छ /

पार्टीको केन्द्रिय अध्यक्ष कुमार लिंङदेनलाई हात लिएर प्रवास समितिको केहि साथीहरु मिलि एकलै अधिवेशन गर्ने र आफ्नो विचारको बिपक्षमा रहेको अथवा फरक विचारको नेताहरुलाई पाखा लगाउन समिति भंग गरि अर्को नया समिति निर्माणको गर्नेहरु समुह पनि देखिएको छ / जुन समितिमा अहिले अध्यक्ष कुमार लिंङदेनको मावली खलक-सन्तानहरु हालीमुहाली व्यवस्था गरिएको छ, जसलाई UK प्रवास समितिलाई एक उदाहरणरुपमा लिन सकिन्छ / त्यसैगरी अध्यक्ष कुमार लिंङदेनलाई हात लिएर प्रवास समितिमा व्यक्तिगत तथा पदीय स्वार्थ अनुसार फरक विचार समुहको नेताहरुलाई कार्वाही तथा पार्टी संघठन समितिबाट सामान्य सदस्य समेत नरहने गरि निलम्बन गराउने जस्ता अनेक राजनीतिक सड्यन्त्रहरु देखिन्छन जसलाई प्रवास समिति दोहा-कतारको घटनालाई लिन सकिन्छ, जहाँ ३-४ जना प्रवास समितिको नेताहरुहरुलाई निलम्बन गरिएको थियो / अझ अहिले अर्को राजनीतिक सड्यन्त्रहरु पनि भित्र-भित्रै संचालन गरिदैछ, जसमा लिम्बुवानको अससलाई खारेज गरी आफ्नो अनुकुलको नया समिति बनाइ आफु र आफ्नो पकडको मान्छे राखेर अससलाई कब्जा जमाउने राजनीतक खेलहरु पनि हुदैछ / यसरी समितिको मुख्य जिम्मेवारी पाएको नेता-कार्यकर्ताहरुले पद-पैसाको स्वार्थमा केन्द्रिय पार्टी तथा नेताहरुलाई नै हल्लाउने कार्य पनि हुदैछ, / जसको उदाहरणको रुपमा बिगतको उनीहरुको सड्यन्त्रपूर्ण गोप्य इमेल काण्ड र एक महिना पहिले अध्यक्ष कुमार लिंङदेनलाई स्पष्टीकरण माग गर्नेसम्मको हैसियत राख्ने समितिको नेताहरुलाई लिन सकिन्छ / उनीहरुले गोप्यरुपमा निर्माण गरेको जुन समुहले सामाजिक संझाल मार्फत लिम्बुवानमा विवाद र भ्रम सिर्जना गर्ने आन्तरिक ठुलो राजनीतिक सड्यन्त्रमा सामेल हुदै आएको छन् / ति प्रवासको केहि नेताहरुले पार्टीको केन्द्रिय कमिटीमा अध्यक्ष कुमार लिंङदेन एक्लो हुने डर देखाउदै, अध्यक्ष कुमार लिंङदेनलाई पार्टीको बैठक नराख्न उचाल्ने गरेको बुझ्न सकिन्छ /

समितिमा अर्को फरक विचारको नेता-कार्यकर्ता पनि देखिएको छ तिनीहरुको चै त्यस्तो अलग समुह छैन / तिनीहरु पदीय दायित्व भन्दा अलिक तल्लो सदस्य स्थारको समूहमा पर्छन / ज-जसले आफ्नै किसिमको एउटा विचारधारा बाहिर वकालत गरेको देखिन्छन / यस समुहले पार्टी-नेतृत्वहरुको गलत कार्यहरुको खुलेर बिरोध गर्ने र सहि छ भने खुलेरै समर्थन गर्नेहरु छन् / उनीहरुमा पहिलो समूहहरुमा जस्तो कुनै पदीय र व्यक्तिग स्वार्थ देखिएको छैन, जसको कारण बाहिर पनि सत्य-तथ्य कुराहरुलाई लिएर वकालत गरेको देखिन्छन / उनीहरुले विचार पार्टी विधि-प्रक्रिया अनुसार चालोस सबै नेताहरु मिल्नुको बिकल्प छैन भन्ने पक्षमा बोलेको देखिन्छन /

यस दोश्रो विचारको कार्यकर्ताहरुको विचार अनुसार पार्टीलाई यो उच्चाईमा पुर्याउन सबै नेता-कार्यकर्ताहरुको उतिकै भूमिका र योगदान रहेको दाबी गरेका देखिन्छन / पार्टी सबैको साझा संघठन हो त्यसैले पार्टी संघठनमा सबैले छलफल-बहस र सहमतिको लोकतान्त्रिक विधिबाट पार्टी संचालन हुनु पर्छ भन्ने पक्षमा देखिन्छन / पार्टी नेतृत्वको आन्तरिक विवाद समाधानको लागि पार्टीको बैठक राखिनु पर्छ, पार्टीको हरेक कार्यक्रमहरुको बारेमा पार्टीमा छलफल होस् भन्ने पक्षमा बोलेको देखिन्छ / यसरी अभिव्यक्ति राख्दा पहिलो समूहमा पर्ने नेता-कार्यकर्ताहरु जो पदीय र व्यक्तिगत स्वार्थमा चुर्लुम डुबेकाहरुले ति दोश्रो फरक विचारको नेता-कार्यकर्ताहरुलाई पार्टी छोडेर या फुटाएर जाउ सम्म भनि रहेको अवस्था देखिन्छ / यदि तिमीहरुले पार्टी छोडेर या पार्टी फुटाएर जादा पनि पार्टीलाई कुनै असर नपर्ने धावा र धम्कीहरु प्राय: जसो सधै बोलिरहेको देखिन्छन जुन सिङ्गो पार्टीको लागि पकै राम्रो होइन /

यस दोश्रो बिचारमा पर्नेहरु, पहिलो समुहमा पर्ने नेता-कार्यकर्ताहरु जस्तो खासै बाहिर प्रतिक्रिया दिएको पनि देखिदैन / उनीहरुको सधै भन्ने गर्छन पार्टी एकता बिरोधीहरुलाई बाकी राखिदैन, धेरै प्रयासको बाबुज बल्ल पार्टी एकता भएको छ जसलाई फेरी फुटाउने सड्यन्त्र नगरियोस / हिजो पार्टी एकताको लागि हामीले पहल गर्दा तिमीहरुले नै पार्टी एकताको बिरुद्धमा बोलेका थियौ / पार्टी एकताको बिरुद्दमा लागेर पनि एकता पछि पार्टीको निर्णायक तहमा पार्टी एकताको बिरोधीहरु नै पुगेको छौ / हिजो पार्टी एकताको बिरुद्धमा बोल्ने र अहिले फेरी पार्टी फुटाउने सड्यन्त्र गर्ने ? यहाँहरुको सड्यन्त्र कुनै पनि हालतमा पुरा हुन् दिदैनौ भन्दै दोश्रो समूहको नेता-कार्यकर्ताहरु निरन्तर बोलेको देखिन्छन /

अत: केन्द्रिय पार्टी अध्यक्ष कुमार लिंङदेनले अन्य सबै नेताहरुलाई बेवास्था गरी पेलेर जानु राम्रो नियत होइन / पार्टीको लोकतान्त्रिक बिधान प्रक्रिया अनुसार पार्टी चलाउनु पर्छ, लिम्बुवान पार्टी कुनै एक व्यक्तिको निजि पेवा र कम्पनि होइन, पार्टी संघठन समिति सबैको साझा हुनु पर्छ, सबैको आवाजको सम्बोधन हुनु पर्छ / पार्टीमा छलफल-बहस मार्फत सबै नेताहरुको विचारले स्थान पाउनु पर्छ भन्ने पक्षमा पनि देखिन्छन / लिम्बुवान पार्टीमा अध्यक्ष कुमार लिंङदेनले एकलौटी लादेको सबै निर्णयहरु स्वीकार नै पर्छ भन्ने छैन / यदि अध्यक्षको सहि र पारदर्शी विचार ल्याउनु भयो भने मात्र स्वीकार्ने छौ भन्ने पक्षमा पनि अडिक देखिन्छन र अन्य समुहमा पर्नेहरु (पार्टी संघठन बाहिरको शुभ-चिन्तक तथा लिम्बुवान जनता) अन्योलमा छन् / तिनीहरु पार्टी-नेताहरुको कुन कार्य सहि-गलत राम्रोसंग बुझ्न सकेको छैन तर अन्य साथीहरुको भड़काब लागेर उफ्रिनेहरु भने धेरै देखिन्छन / माथिको दुइ समुहको विवादको कारण तेश्रो अर्थात शुभ-चिन्तक जनताहरु चै अन्योल वातावरणमा अघि बढिरहेको अवस्था देखिन्छन तर यस्तो बातावरण सिर्जना गराउने केन्द्रिय नेताहरुमा नै दोष जानेछ जसले आ-आफ्नो व्यक्तिगत स्वार्थको कारण ति कार्यकर्ताहरुलाई आफ्नो अनुकुल प्रयोग गरि परिचालन गरिरहेका छन् /


क्रमस.....
मेरो अर्को अन्तिम लेख "लिम्बुवान पार्टीको आन्तरिक विवादहरुको वास्तविकता र समाधानको उपाय के हो ?" लेख पनि चाडो यहाँहरु सामु ल्याउनेछु कृपया हेर्नु नभुल्नु होला.....

लिम्बुवानी स्वतन्त्र शुभेक्छुक Dammar Labung बाट

Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

1 comments:

  1. लिम्बुवान पार्टी को मुख्य किचोलो टुंगाउनु नसक्नु नै पार्टी को मुख्य रोग बनेको हो l एक समूह अधक्ष लाई एक्लो पारेर अवसर को दाउ मा छन् भने अधक्ष को कमजोरी को कारण पार्टी भित्र भएका नहुनु पर्ने गल्तिहरु लाई कारबाही गर्नु नसक्नु पनि एक हो l जसले गर्दा पार्टी को अनुसासन मा कमि कमजोरी आएर पार्टी नै अनयोल परेको अवस्था हो l लिम्बुवान पार्टी नेपाल मा शक्ति को रुपमा चिनिने आज शिथिल हुदै गएको छ l
    यो गल्ति केद्रीय नेता हरु को कमीकमजोरी नै हो वहाँ हरु को गलत कदम को कारण पार्टी को अस्तित्व नै समाप्त हुनु लागेको अवस्था हो l
    लिम्बुवान पार्टी लोकतान्त्रिक पार्टी भएर पनि खुलेर लोकतान्त्रिक बन्नु नसक्नु को कारण ४ दल का नेता हरु एक बनेर अधक्ष लाई एकल बनाएर हटाउनु खोज्नु पनि हो l जसको कारण अधक्ष लाई पनि आफ्नो पकड पार्टी मा नरहला भन्ने अशुरक्षा महसुस भएको प्रतित हुन्छ l

    ReplyDelete