Breaking News
Loading...
######



प्रकाशित मिति 29 Nov. 2015

“संघीय लिम्बुवान पार्टी “नेपाल” को आन्तरिक विवादले गर्दा पार्टी फुटको अन्तिम चरणमा पुगेको स्थिति देखिन्छ / पार्टीको आन्तरिक विवाद समाधान गरि पार्टीलाई सस्थागत र बलियो बनाउने उदेश्यले पार्टीको अन्तर बिषय बस्तुहरुको बारेमा उल्लेख गर्दै, पार्टीको आगामी रणनीति र कार्य दिशाहरुको बारेमा सहयोग पुगोस भनि केहि बिषयमा छलफल गर्नेछु /”

यस बिषयमा प्रवेश हुन अगाडी निम्न बिषयमा आधारित रहेर छलफल गरिनेछ

१) बिषय प्रारम्भ

२) जनताको नजरमा लिम्बुवान पार्टी र लिम्बुवान आन्दोलन कस्तो देखिन्छ ?

३) कार्यकर्ताहरुको नजरमा लिम्बुवान पार्टी कसरी चल्दैछ ?

४) लिम्बुवान पार्टीको आन्तरिक विवादहरुको वास्तविकता के हो ?

५) विवाद समाधानको बिकल्प तथा पार्टीको आगामी रणनीति-कार्यदिशाको सवालहरु के-के हुन ?



१) बिषय प्रारम्भ

नेपालको पूर्व क्षेत्रमा क्रियाशील लिम्बुवान पार्टी बिगत १० बर्ष यता देखि संघीयता, स्वायत्तता र धर्मरिपेक्षता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको संविधान निर्माण गरी जातीय ऐतिहासिक पहिचानको पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्यहरुको संवैधानिक सुनिश्चितता हुनुपर्ने मागका साथ सशक्त आन्दोलन गर्दै आएको छ ।

यस १० बर्षको अन्तरालमा लिम्बुवान पार्टी धेरै पटक फुट तथा बिभाजन हुदै, पुन: एकता भएको छन / यसै सिलसिलामा पाच लिम्बुवान जन्य पार्टीहरु बीच एक-आपसमा बिबाद हुदा-हुदै पनि आम लिम्बुवानी जनता र नेता-कार्यकर्ताहरुको दबादमा परि, अन्तत २०७१ साउन २० गतेको दिन बुद्धिजीवीहरुले बिजयपुरको माटो छुवाएर कसम खुवाउदै, पुन: फेरी कहिले पनि नफुट्ने बाचा गरि भेडेटारमा पार्टी एकिकरणको घोषणा गरिएको थियो / पाच पार्टी बीच एकिकरण पश्चात नया पार्टीको नाम संघीय लिम्बुवान पार्टी “नेपाल” गठन गरिएको थियो / पार्टी गठनसँगै नेताहरूले लिम्बुवान प्राप्ति नै आफुहरुको एक मात्र लक्ष्य रहेको बताएका थिए / लिम्बुवानी जनता र कार्यकर्ताहरुको पनि अत्यधिक खुशी भएका थिए तर बिडम्बना पार्टी एकता पछि राजनीतिक माहोल परिवर्तन हुदै गयो / धेरै प्रयासको बाबुजुत कठिनाइले पार्टी एकता भएको छ र तर बिडम्बना लिम्बुवानमा अझै पनि भावनात्मक एकता हुन् सकिरहेको छैन /

तत्कालीन अवस्थामा कुमार लिङ्देनले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद्, वीर नेम्बाङको लिम्बुवान मुक्ति मोर्चा, कमल छाराहाङको संघीय गणतान्त्रिक मोर्चा, सञ्जुहाङ पालुङ्वाको संघीय लिम्बुवान राज्यपरिषद् र रामभक्त कुरुङ्बाङको लिम्बुवान मुक्ति मोर्चा नेपालबीच पार्टी एकीकरण गरिएको थियो। एकीकृत पार्टीको नाम संघीय लिम्बुवान पार्टी नेपाल राखेर लिङ्देनलाई अध्यक्ष बनाइएको थियो।

एकात्मकवादी चार दलको तिन बाहुन दलीय मोर्चाले पुर्वको १४ ओटा जिल्लाहरुलाई समेटेर १ नम्बर प्रदेशको खाका सार्वजनिक गर्दासमेत आन्तरिक विवादमा फसेको लिम्बुवान पार्टीले आन्दोलनलाई सशक्त पार्न सकेन । अढाई सय बर्ष देखि मुलुकमा एक तर्फी लादेको एकात्मक केन्द्रिकृत एकल जातीय एकाधिकार भएको राज्य प्रणाली र सम्पूर्ण असमान तथा विभेदकारी कानूनहरुलाई पुन: निरन्तरताको लागि नयाँ संबिधान ल्याइएको छ / पार्टीको आत्मघाती आन्तरिक विवादहरुको कारण लिम्बुवान आन्दोलन उठ्न नसकिरहेको अवस्थामा पार्टीमा कुनै छलफल नै नगरी अध्यक्ष कुमार लिङ्देन एकलै संयुक्त्त लिम्बुवान सङ्घर्ष समितिमा लाग्नु भएको छ / त्यसैले पार्टी भित्र छलफल नै नगरी अध्यक्ष कुमार लिंङदेनले एकलौटी पेल्न खोजे पछि पार्टी भित्रकै सम्पूर्ण नेताहरु अध्यक्ष लिङ्देनको नेतृत्वप्रति असन्तुष्टि जनाए पछि पार्टीभित्र ठूलो विवाद उत्पन्न भएको हो ।

पार्टी एकीकरण पछि पार्टीमा बिधान-प्रक्रिया तथा प्राविधिक समस्याको कारण उग्र रूप लिएको देखिन्छ 'बल्लबल्ल एकीकरण भएको पार्टी फुट्नु हुँदैन / पार्टीको आन्तरिक विवाद र समस्या पार्टीभित्रै छलफल गरेर मिलाउनु उत्तम हुन्छ। तर लिम्बुवान धेरै जसो नेताहरु यस्तो सकारात्मक पक्षमा देखिदैन / पार्टी एकीकरण पछि अध्यक्ष कुमार लिंङदेनलाई सबै अधिकार दिने या नदिने भन्ने बिषयले पनि पार्टी भित्र समस्या भएको देखिन्छ / किन भने पार्टी एकता पछि सामुहिक नेतृत्व वा अध्यक्ष मात्र अधिकार सम्पन्न भन्ने सवालले पनि आन्तरिक कलह सुरु भएको दखिन्छ / कुमार लिङ्देनको अडान अनुसार संघीय लिम्बुवान पार्टीको अध्यक्ष भएको हैसियतले पार्टीको सम्पूर्ण अधिकारीहरु पार्टी अध्यक्षलाई दिनु पर्छ भन्नु भएको छ यस बिषयमा अन्य नेताहरुको असहमति रहेको बुझ्न सकिन्छ /

लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देन, लिम्बु जातिको बिशुद्द समाजिक संस्था किरात याक्थुम चुम्लुङ सहितको लिम्बुवान संयुक्त संघर्ष समितिमा आबद्ध भएका छन् / लिम्बुवान संयुक्त संघर्ष समितिमा जानको लागि पार्टीमा अहिलेसम्म कुनै छलफल नै भएको छैन, जसको कारण अध्यक्ष कुमार लिङ्देन बाहेक सम्पूर्ण नेताहरु बाहिर छन् / यस्तै बिबिध कारणले गर्दा लिम्बुवान पार्टीको विधान निर्माण प्रकृया र सामुहिक नेतृत्व प्रतिको असहमतिका बाबजुत विभाजनको संघारमा पुगेको अवस्थामा पार्टीकै सर्वमान्य नेता वीर नेम्वाङ, वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वा, महासचिव सूर्य माखिम र सचिव छवी सम्बाहाम्फेसहितका नेताहरुले बैठक बसी आन्दोलनको घोषणा गरे पछि लिम्बुवानमा झन विवाद तथा बिभाजनमा अचारको काम गरेको देखियो /

पार्टी नेतृत्व वर्गहरु दुई समुहमा विभाजित भए पनि दुबै समुहले पार्टी फुटेको औपचारिक घोषणा गरेका छैनन् । अध्यक्ष कुमार लिङ्देनले आज भोली संयुक्त संर्घष समितिको प्रवक्त्ता तथा सूचना तथा सन्चार मन्त्री जस्तो देखिएको छ / जसले लिम्बुवानको बिभिन्न चरणको आन्दोलनहरुको घोषणा तथा सूचना बाहिर निरन्तर दिदै आउनु भएको छ / पार्टीमा लगभग एक साल देखि पार्टीको कुनै बैठक बसेको छैन र पार्टी अध्यक्ष कुमार लिङ्देनले यसरी निरन्तर घोषणा गरिरहनु भएको आन्दोलन तथा कार्यक्रमहरुको बारेमा अहिलेसम्म पार्टीमा कुनै छलफल नै भएको छैन / यसरी पार्टीको बिधान, प्रक्रिया भन्दा बाहिर गएर पार्टी अध्यक्ष कुमार लिङ्देनले आफ्नो गोजीबाट झिकेर एकलौटी आन्दोलन तथा कार्यक्रमहरु घोषणा गरि रहनु भएको छ / पार्टीको अध्यक्ष कुमार लिङ्देनले यसरी एकलौटी अन्य नेताहरुलाई बेवास्ता गरी पेले पछि अथवा पार्टीको बिधि-बिधान, प्रक्रिया मिचेर अन्य नेताहरु माथि आफ्नो एकाधिकार र हैकम लादे पछि अन्यहरु रुष्ट भएको देखिन्छन /

गत साल चार दलबीच १६ बुँदे सहमति पछि राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गर्दै आन्दोलनको नयाँ खाका तयार पार्ने लगायतको उद्देश्यले असार ९, १० र ११ गते इलाममा पार्टीको सचिवालय बैठक भएको थियो । नेताहरूले बोल्ने समय नपुगेर बैठक १३ गतेसम्म चलेको थियो तर इलाममा भएको पार्टीको बैठक पनि निष्कर्ष विहिन अवस्थामा टुङ्गिएको थियो / यसरी संघीय लिम्बुवान पार्टी नेपालका शीर्ष नेताहरूको आन्तरिक छलफलमा समेत कुनै उपलब्धि हाता परेनन् । आन्तरिक विवादले पहिचानको आन्दोलनमा एक कदम अगाडि रहेको लिम्बुवान आन्दोलन यतिबेला अन्यौलग्रस्त भएको छ ।

बैठकमा अध्यक्ष कुमार लिङ्देन (मिराक)द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई आधार बनाएर मुख्य गरी तीन वटा विषयमा विवाद भयो । छुट्टा-छुट्टै प्रकाशित दुई वटा विधान, वितरित क्रियाशील सदस्यता पत्र र आर्थिक अपारदर्शितालाई मुख्य केन्द्रविन्दु रहेको थियो । विवाद नमिले पछि अध्यक्ष लिङ्दनेलले पाँच दिनको लागि बैठक स्थगित गरेका थिए ।

अहिले लिम्बुवानको अन्तरिक लडाई-विवाद हेर्दा लाग्छ, लिम्बुवान विचार-दर्शन भन्दा प्रधान व्यक्ति र पद-पैसा ठुलो रहेछ भन्ने आम समुदायमा नजिर बसेको छ / यस प्रकारको अराजक राजनीतक माहोल सिर्जना गर्न लिम्बुवानको केहि जिम्मेवार नेता-कार्यकर्ताहरुमा नै दोष जान्छ / जहाँसम्म पार्टी-संघठन भनेको पार्टीको बिधि-बिधान तथा प्रक्रिया भित्र रहेर विचार दर्शनले चलाउनु पर्ने हो तर यसको बिपरित लिम्बुवान पार्टीमा अहिले व्यक्तिवादी, अवसरवादी पद लोलुप हैकम हावी भएको छ / अहिले लिम्बुवानमा केहि नेता-कार्यकर्ताहरुको अराजक तथा प्रतिगामी क्रियाकलापले गर्दा आम लिम्बुवानी जन-समर्थक जनताहरुमा दिन-प्रतिदिन अन्योल र निरासा छाएको छ / यस प्रकारको अन्तरिक रोगको उपचार गरि, रोग मुक्त पार्न पनि लिम्बुवानी नेता-कार्यकर्ताहरु नै जिम्मेवार छन् / यसरी अन्तरिकरुपमा लिम्बुवान ओअर्टी कमजोर भए पछि बाहिरको सङ्घीय आन्दोलन बिरोधी तथा लिम्बुवान बिरोधिहरुले फाइदा नलिने कुरा नै आउदैन /

अहिले लिम्बुवान पार्टीमा आन्तरिक अराजकताले सिमा नागिसकेको छ / लिम्बुवान पार्टीको बिधि-बिधान, प्रक्रिया र लिम्बुवानको विचार-दर्शन भन्दा कदापी व्यक्ति अथवा नेता ठुलो-प्रधान हुन सक्दैन / यदि कोहि नेता-कार्यकर्ताहरुले नेता (व्यक्ति) र सर्वोच्च पद (कुर्सि) प्रति ध्यान दिदैछ भने, पकै सात-प्रतिशत प्रतिगामी, अराजक, विचारमा स्खलन वा ओरालो लागेको भनि बुझ्दा हुन्छ / अहिले लिम्बुवानमा नेपाल भित्र र प्रवास समिति देखि पार्टी अध्यक्ष कुमार लिंदेन र उप-अध्यक्ष खगेन्द्र माखिमको नाम नै लिएर गम्भीर खेल खेलिरहेका छन् यो पकै राम्रो पक्ष होइन / बिगतमा कुमार र खगेन्द्र बीच एक आपसमा घनिष्ट सम्बन्ध थियो तर यो राम्रो सम्बन्धलाई भत्काएर आफ्नो स्वार्थ पुरा गर्न केहि प्रवास समितिको नेताहरुले आफ्नो न्वारन देखि तागत निकालिरहेका छन् / त्यसैले अहिले ति लिम्बुवान एकता बिरोधी, पद-पैसालाई प्रधान ठान्ने प्रतिगामी, अराजक तथा अवसरवादी नेता-कार्यकर्ताहरुले पार्टीमा जबर-जस्ता गुटबन्दी र विवाद सिर्जना गर्दै आएका छन् /

देशको संघीय आन्दोलनको लागि मधेसवादी शक्ति पछिको दोस्रो ठुलो शक्तिको रुपमा लिम्बुवानलाई चिनिन्छ तर पछिल्लो समयमा सुनियोजित रुपमा लिम्बुवान भित्र एका-एक विवादले शिखर चुमिरहेको छ / यस बिषयमा केन्द्रिय पार्टीको नेताहरु बीच भएको अन्तरिक व्यक्तिगत स्वार्थ अनुसारको शक्ति सघर्ष र गुटबन्दीको प्रभाव तल्लो स्थरको कार्यकर्ता र आम जन-समर्थकहरुमा पनि राम्रो असर देखा परेको छ / अहिले लिम्बुवान पार्टीको आन्तरिक मुख्य विवाद र समस्याहरु मध्ये नेतृत्व प्रति असन्तुष्ट र आक्रोस नै हो भन्दा सायद फरक नपर्ला जसलाई, जटिल बिषयको रुपमा लिन सकिन्छ / लिम्बुवान पार्टीमा अहिले नेतृत्वको बिकल्प खोज्ने समय होइन, अहिले लिम्बुवानको केहि नेता-कार्यकर्ताहरुले पार्टी नेतृत्व परिवर्तन गराउने खेलमा लागेको केहि सङ्केतहरु पनि देखिन्छ / पार्टीको एकताको क्रममा पार्टीको महाधिवेशन एक बर्ष भित्र गर्ने सहमति थियो तर अहिलेसम्म हुन् सकेको छैन / पार्टी नेतृत्व परिवर्तनको जटिल समस्या पार्टीको आगामी महाधिवेशन बाट हल गर्दा राम्रो हुन्छ /

लिम्बुवान पार्टीमा अहिले क्रियाशील सदस्यता वितरण काण्ड पनि निकै पेचिलो भएको छ / पार्टीको बिधान अनुसार दुइ किसिमको सदस्यता वितरण गरिन्छ जस्तो कि १) साधारण सदस्य :- पार्टीको उदेश्य, नीति र कार्यक्रमसँग सहमत हुने पार्टीको समर्थक तथा शुभेक्छुकहरुलाई साधारण सदस्थाता दिइने प्रावधान रहेको छ / २) क्रियाशील सदस्यता :- पार्टीको कुनै पनि तहको समितिहरुमा रही काम गरेको वा पार्टीका आङ्गिक तथा जन-संघठनको सदस्य भर ६ महिना काम गरेको, पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिप्रति प्रतिबद्द र पार्टी बिधान र निर्णयहरुलाई स्वीकार गर्दै पार्टीले खटाएर काम गर्दै आएको व्यक्तिलाई मात्र क्रियाशील सदस्यता वितरण गर्ने प्रक्रिया छ /

पार्टीले क्रियाशील सदस्यता वितरण गर्नु भन्दा पहिले सबै पार्टी पधिकारी-नेताहरु बीच बैठक राखी सहमतिमा काम सुचारु गरेको भए बैधानिक र सहज हुने थियो / पार्टीको बिधानमा उल्लेख भए अनुसार क्रियाशील सदस्यता वितरण गर्नु पर्थ्यो तर त्यसो हुन नसकेको आम गुनासो बाहिर आएको छ सायद यस प्रक्रियामा पार्टी नेतृत्वले अबैधानिक कदम चलेकै हुन सक्छ / केहि नेताहरुको भनाइ अनुसार यसको समाधान भइ सक्यो तर सतहमा हेर्दा केहि सामाधान भए जस्तो देखिदैन / किन भने पार्टी अध्यक्ष लिङ्दनेलले पार्टीको बिधान प्रक्रिया तथा नियमलाई ख्याल नगरी आफ्नो खुशी दुनिया पान पसलेहरु समेतलाई क्रियाशील सदस्यता कौडीको भाउमा बिक्रि वितरण गर्नु भएको जानकारी आएको छ /

क्रमस.....



Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

1 comments:

  1. Stupid Writer/ secretary/ vice chairperson whatever मेराे स्वास्नी छिमेकी संग सुत्याे भन्नु र याे लेख उस्तै हाे।

    ReplyDelete