नेपाल वैधानिक र घुमाउरो रुपमा धर्मरिनपेक्ष राज्य त घोषित भयो । तर, व्यवहारमा लागु भएको छैन । यो लागु हुने दिन आउला भनेर विश्वास गर्न सकिने अवस्था पनि छैन । राज्य सञ्चाकहरूमा त्यो मानसिकता देखिँदैन । यसमा स्वयम् धर्मनिरपेक्ष राज्यको पक्षधर हुनुपर्ने व्यक्ति र समुदायको पनि कमजोरी छ । ती कमी-कमजोरीहरू महसुस गरी त्यसलाई सच्याएर लैजान सहयोग हुन्छ कि भनेर यो ‘तिहार’ चाडको बारेमा केही अभिमतहरू राख्न खोजिएको छ ।
दशैं केवल हिन्दूमात्रको चाड भनिए पनि तिहार भने त्यस्तो होइन । यो प्रायः नेपालका सबै आदिवासी जनजातिहरूको पनि चाड हो । त्यसैले, यसबारे हामी सबै अलिक बढी संवेदनशील भएर बहसमा जुट्नु पर्दछ ।
नेपालकै आदिवासी किरात लिम्बू समुदायमा पाइने मतानुसार यो तिहार शब्दको उत्पत्ति ‘त्यो हार’ बाट नभएर ‘तियाहा’ भन्ने शब्दबाट भएको हो । यो ‘तियाहा’ शब्दको निर्माण र उत्पत्तिको तथ्य पहिल्याउँदा नेपालकै प्रथम र सबभन्दा लामो समयसम्म राज्य सञ्चालन गर्ने किरातकालतिर पुग्नुपर्ने हुन्छ ।
तिहार चाड र शब्दको उत्पत्ति
यो ‘तिहार’ शब्दको शाब्दिक अर्थलाई औंल्याउँदा अवश्य पनि सबै जाति र सम्प्रदायअनुसार केही फरक मतहरू पाइन्छन् । तैपनि, खास तथ्य कुरा एउटै नै हुनुपर्ने हो । नेपालमा प्रचलित हिन्दू धार्मिक मतानुसार यमराजको जीत वा हार भन्ने प्रसङ्गबाट ‘त्यो हार’ (त्यो पराजय) हुँदै ‘तिहार’ शब्दको व्युत्पत्ति भएको हो भनिन्छ । तर, वास्तवमा त्यही यमराजको कथामा पनि यमराजको न त कतै जीत भएको हो, या त हार नै । त्यहाँ हार र जीतको प्रसङ्ग कतै पाइँदैन । यसकारण, यो तिहार ‘त्यो हार’ शब्दबाटै बनेको हो भनेर विश्वास गर्न सकिन्न ।
नेपालकै आदिवासी किरात लिम्बू समुदायमा पाइने मतानुसार यो तिहार शब्दको उत्पत्ति ‘त्यो हार’ बाट नभएर ‘तियाहा’ भन्ने शब्दबाट भएको हो । यो ‘तियाहा’ शब्दको निर्माण र उत्पत्तिको तथ्य पहिल्याउँदा नेपालकै प्रथम र सबभन्दा लामो समयसम्म राज्य सञ्चालन गर्ने किरातकालतिर पुग्नुपर्ने हुन्छ ।
किरात इतिहासकार स्वर्गीय इमानसिङ् चेम्जोङ्का अनुसार नेपालको किरातकालिन समयमा वलिहाङ (‘हाङ्’ को अर्थ किरात समुदायले बोल्ने प्रायः सबै भाषामा राजनेता वा प्रतापी व्यक्ति भन्ने हुन्छ) नाम गरेका राजनेता थिए । वलिहाङ जनताको दुःख-सुखमा प्रत्यक्ष सहभागी हुने गर्दथे । उनी जनताप्रति बफादार, प्रतापी र दूरदर्शी भएकाले राज्यमा कुनै कष्ट थिएन ।
राजकाज गर्दै एवंरीतले समय बित्तै जाँदा एक समय एकाएक राजनेता वलिहाङको मुहारमा उदासिनता र मलिनता छाउन थाल्यो । जनताहरू छक्क परे, आश्चर्यचकित हुने भए । आफ्ना प्यारा राजनेतालाई विन्तिभाउ गर्दै जोड गरेर सोधेपछि रहस्योद्घाटन गर्दै राजनेताले भनेछन्– “मेरो मृत्युको दिन नजिक आइपुगिसकेको छ । म यही कातिक महिनाको कालरात्री औंशीको रातसम्ममा मर्दैछु । म मेरा प्यारा जनतादेखि मृत्युवरण गर्न जानुपर्दा चिन्तित छु, दुःखी भएको छु ।”
किरात याक्थुङ् भाषामा ‘जय होस्’ वा ‘जय भयो’ भन्ने अर्थमा प्रयोग हुने ‘तियाहा’ शब्द नै खस नेपाली भाषामा अपभ्रंश हुँदै ‘तिहा’ र ‘तिहार’ भएको हो भन्ने भनाइ छ । अझै पनि किरात (याक्थुङ) समुदायमा कुनै धार्मिक वा सांस्कृतिक अनुष्ठान गर्दा सामुहिक रुपमा ‘तियाहा’ भन्ने चलन छ ।
राजनेता वलिहाङको यस्तो कारुणिक कुरा सुनेपछि राजदरवार र देशभरि रुवाबासी चल्न थाल्यो । पुनः राजनेतालाई बिन्ति चढाउँदै बाँच्ने उपाय बताइदिन आग्रह गरे । राजनेता वलिहाङ्ले सान्त्वना दिँदै भने रे- “हुन त मलाई कालले लैजान्छ नै, तैपनि त्यस रात सबैले आआफ्नो घरघरमा दियो-कलश राखी रातभरि उज्यालो बत्ती बालेर काललाई नलैजान बिन्ती गर्दै, ईश्वरसँग प्रार्थना गर्दै बस्यौं भने कतै मर्दिनँ कि ।”
त्यसपछि, राजनेताले भनेबमोजिम त्यो औंशीको रातमा दियो-कलश राखी बत्ती बालेर ईश्वर (तागेरा निङवा?भुमाङ्) सँग आफ्ना प्यारा राजनेताको दीर्घायुको कामना गरिबसे । दुःखी जनताको यो प्रार्थनाले स्वभावैले राजनेताको मनोवलमा ऊर्जा थप्यो । त्यो दिन वालिहाङ् पनि आफ्नो जीवनरक्षाका लागि ध्यानमा बसे । वालिहाङ् गहिरो ध्यानमा बस्दा बस्दै मध्यरातमा समाधिस्थ भए । बिहान उज्यालो घाम उदाउने बेलामा वालिहाङ् गहिरो समाधिबाट ब्यूँझी फर्के ।
हुनसक्छ, ईश्वरबाट पनि जनताको कामनालाई स्वीकार भयो र होला, राजआवासमा त्यसरात बितिसक्दा पनि राजाको मृत्यु भएन । अब क्रमशः राजनेताको मुहारमा मुस्कान छाउन थाल्यो । उनी शारीरिक र मानसिक दुबै रुपले स्वस्थ्य हुँदै गए । अनि, त्यस राजआवास वरिपरि रहेका जनताले खुशीले एकैसाथ भने- ‘तियाहा !”
यसरी हर्ष र खुशीमा भनिने यो ‘तियाहा’ भन्ने किरात (याक्थुङ) शब्दको अर्थ ‘जय’ वा ‘विजय’ भन्ने हुन्छ । यसप्रकार, राजनेता वलिहाङ र जनताको जित भयो मुत्यृसित । तसर्थ, यो कुनै अन्य समकक्षी व्यक्ति वा शत्रु विशेषसित भएको जय नभएर स्वयम् मृत्युसँग भएको विजय हो । यसपश्चात्, राजनेता वलिहाङले निर्देशन दिए कि यसरी निको भइसक्दा पनि विचरा जनताहरू राजनेता के भए भनेर विलौना गर्दै अझै पनि पीरमर्कामा दियो-कलश बालेर आआफ्नो देवताको पूजाआजा गरी सुर्ताएर बसेका होलान् । त्यसैले, अब यहाँका सम्पूर्ण कार्यकर्ताहरू पूर्व–पश्चिम, उत्तर–दक्षिण सबैतिर राजनेता वलिहाङको मृत्यु नभई निको भएर सकुसल रहेको खबर प्रत्येक कुनाकाप्चामा पुर्याउन निर्देशन दिने सल्लाह भयो ।
त्यही निर्देशनअनुसार सञ्चारकर्मीको रुपमा आम् कार्यकर्ताहरू गाउँघर डुल्दै ‘वलिहाङरेन् तियाहा !’ (वलिहाङको जय भयो)’ भन्दै खबर पुर्याउँदै हिँडे । तिनीहरू आजका सञ्चारवाहक पत्रकारजस्तै थिए । यसरी किरात याक्थुङ् भाषामा ‘जय होस्’ वा ‘जय भयो’ भन्ने अर्थमा प्रयोग हुने ‘तियाहा’ शब्द नै खस नेपाली भाषामा अपभ्रंश हुँदै ‘तिहा’ र ‘तिहार’ भएको हो भन्ने भनाइ छ । अझै पनि किरात (याक्थुङ) समुदायमा कुनै धार्मिक वा सांस्कृतिक अनुष्ठान गर्दा सामुहिक रुपमा ‘तियाहा’ भन्ने चलन छ ।
किरात मुन्धुम् र संस्कारमा कतै पनि भीख माग्ने र दान-दक्षिणा दिने-लिने चलन छैन । बरु, त्यतिकै सहयोग मागिन्छ, केही चिजले साटिन्छ वा मूल्य नै तिरिन्छ । तर, त्यसलाई दान-दक्षिणाको रुपमा दिने-लिने चलन किरात संस्कार र संस्कृतिभित्र पर्दैपर्दैन ।
तिहारमा खेलिने देउसी–भैलोको अर्थ
‘देउसी’ वा ‘देउसिरे’ भन्ने शब्दको शाब्दिक अर्थ केलाउँदा यो शब्द कुनै सुर, असुर वा देवासुर आदिबाट बनेको नभई अर्कै फरक र सार्थक अर्थ लाग्ने किरात (याक्थुङ) शब्दबाटै बनेको देखिन्छ । किरात (लिम्बू) भाषामा त्रिकालदर्शी महात्मा व्यक्तिलाई ‘तेअङ्सि’ भनिन्छ । तेअङ्सि भन्ने शब्दको अर्थ ज्ञानी अवतारी व्यक्ति भन्ने पनि हुन्छ । किरात मतमा वर्णित राजनेता वलिहाङ त्रिकालदर्शी पनि थिए भनिन्छ । उनी भूत, वर्तमान र भविष्यबारे राम्ररी हेक्का राख्दथे, र त आफ्नो मृत्युबारे अग्रीम थाहा पाए । उनी सपना, विपनामा अतीत, वर्तमान र भविष्यबारे ज्ञान पाउँदथे, थाहा पाउँथे । यस्ता व्यक्तिलाई किरात लिम्बू समुदायमा ‘तेअङ्सि’ भनिन्छ । जस्तै, किरात सिरिजङ्गा लिपिका पुनरुत्थानकर्ता तेअङ्सि सिरिजङ्गा एक तेअङ्सि हुन् ।
अतीतका कुराहरू समयसँगै व्यतीत हुँदैजाँदा कथा-कहानीजस्तै हुन्छन् । यस्तै इतिहासमा आज कथाजस्तै वर्णित वलिहाङको वर्णनमा आउने सञ्चारकर्मी खबरदारीहरू ‘तियाहा ! हाम्रा राजनेताको जय भयो, उनी बाँचे’ भन्दै सञ्चारप्रवाह गर्दै हिँड्दा जनताले पहिलो पटक त्यति सजिलै विश्वास नगरेर उल्टै प्रश्न सोधे, ‘होइन तिमीहरूलाई यसरी कसले पठाएको ?’ जवाफमा उनीहरूले भनेँ- ‘तेअङ्सिरे (महात्माले) ।’ ती महात्मा तेअङ्सि तिनै राजनेता वलिहाङ थिए । यसरी ‘तेअङ्सि’ले पठाएको भनी पटक-पटक स्पष्टीकरण दिँदै हिँड्दा भनिएको ‘तेअङ्सिरे’ भन्ने शब्दनै अपभ्रंश हुँदै कालान्तारमा देअङ्सिरे हुँदै ‘देउसी वा देउसीरे’ भएको हो । अझै पनि देउसी खेल्दा आफ्नो देउसी खेल्ने हकअधिकारको सफाया गर्न देउसी टोलीहरू भन्ने गर्छन्- ‘ए हामी त्यसै आएको होइन, यहीँको भूमिराजले खटाएको, वलिराजले पठाएको’ भन्ने चलन छ ।
त्यसैगरी, आज खेलिने यो भैलोको बारेमा खोजतलास गर्दा भने यसको चलन यहाँका आदिवासी जनजाति समुदायको किंवदन्तिमा कतै पाइँदैन । आज प्रचलित भैलो चाहिँ किरात संस्कृतिभन्दा अलिक बेमेल खालको महसुस हुन्छ । यो भैलोचाहिँ किरात समुदामा आफ्नै मुन्धुम् गाएर खेलिँदैन । अहिले देउसी खेल्दा महिला-पुरुष दुबै मिलेर खेलिन्छ भने भैलोचाहिँ महिलाले मात्रै, त्यसमा पनि औंशीको रातमा खेलिने चलन आदिवासी समसुदायमा छैन । र, कतै नक्कल गरिएको भए पनि यसको मुन्धुमी आधार पाइँदैन ।
यसैगरी, किरात मुन्धुम् र संस्कारमा कतै पनि भीख माग्ने र दान-दक्षिणा दिने-लिने चलन छैन । बरु, त्यतिकै सहयोग मागिन्छ, केही चिजले साटिन्छ वा मूल्य नै तिरिन्छ । तर, त्यसलाई दान-दक्षिणाको रुपमा दिने-लिने चलन किरात संस्कार र संस्कृतिभित्र पर्दैपर्दैन । भैली खेल्नेहरू आउँछन् आँगनमा । त्यो पनि गुन्युँ चोलो माग्न । त्यै पनि अँधेरी औंशीको रातमा, त्यसमा पनि केवल महिलाहरू मात्रै । यो अलिक बेमेल छ ।
खासमा, वहिहाङको मुन्धुम्अनुसार देउसी खेल्नेले गाउँगाउँमा गएर सृष्टि र सभ्यताको मुन्धुमसँगै वलिहाङको मुन्धुम् सुनाउँदै सांस्कृतिक कार्यक्रमहरू गरेर सबै जनतालई सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा सचेत गराउने खालका कार्यक्रमहरू गर्नुपर्ने हो । एउटा गाउँ र अर्को गाउँ अथवा एउटा जाति र अर्को जातीय समुदायमाबीचमा सहयोग र सद्भावको विकास हुने कार्यक्रमहरू गर्नुपर्ने हो । त्यसै गर्थे पहिले गाउँघरमा । र, अहिले कहींकतै यसको मर्म बुझ्नेले त्यसै गर्ने गर्छन् । तर, धेरैजसो व्यक्ति, संस्था र समुदायबाट यसलाई त्यसरी लिन र गर्नको सट्टा केवल पैसा उठाउने र रमाइलो गर्ने पक्षमा मात्र विकसित हुँदै जानुले तिहारको भविष्य पनि खतरामा पर्दै गएको आभास हुन्छ ।
देउसी खेल्दा पनि यही मुन्धुमको आधारमा राजनेता वालिहाङ् सुसमाचार प्रचार गर्नुपर्ने हो । औंशीरातको दोस्रो दिन बिहानबाट देउसी खेल्नुपर्ने हो । किरात लिम्बु समुदायमा राजनेता वालिहाङ् बिहानपाख घाम उदाएको बेलामा समाधीबाट फर्केर सकुसल भएको अवस्थालाई घाम झुल्केको प्रतीकस्वरूप मुन्धुम भट्याइसँगै “नाम्लिङ्से-घे”/लालिङ्से-घे (सुर्योदय भयो/चन्द्रोदय भयो) भन्ने अर्थमा सहयोगीले अन्तरा थप्दै देउसी खेल्ने चलन छ ।
यी यस्ता चाडहरूलाई संस्थागत गर्न र समयानुसार सही र सार्थक रुपमा मनाउँदै लैजानका लागि आदिवासी जनजातिको हकमा सम्बद्ध जातीय, धार्मिक र सांस्कृतिक संघ-संस्थाहरूले विशेष ध्यान दिएर यसलाई सही मार्गमा डोर्याउँदै लाने कार्यक्रम र नीतिहरू अवलम्बन गर्दै जानु आवश्यक छ ।
तिहारमा देखिने विकृतिहरू
दसैं शुद्ध हिन्दू मात्रको चाड हो । यसलाई अरु धर्म र जातीय समुदायले अशुद्ध पारिदिनु हुँदैन । तर, तिहारको सवालमा आज मिश्रित संस्कार, संस्कृति र दर्शनले आआफ्नै ठाउँ लिएको छ । यसमा थुप्रै विकृतिहरू पनि देखिंदैछन् ।
१) जुवा-तासको विकृति
तिहारको बेला घरदेखि गल्ली, सडक र चोकचोकमा जुवा–तास खेल्ने चलन छ । यो चलन गाउँभन्दा पनि शहर–बजारमा अझै बढी व्याप्त छ । यसरी, तिहारमा जूवा–तास खेल्ने चलन आदिवासी किरात समुदायको संस्कार र चलनसँग सम्बद्ध भएको पाइँदैन । यो केवल हिन्दू संस्कृतिअनुसार मात्र यमपञ्चकको रुपमा मानिन्छ र खेल्ने गरिन्छ । मनोरञ्जनको रुपमा खेल्नु ठीकै भए पनि यसलाई संस्कृतिकै एउटा अङ्गको रुपमा मानेर लैजादाँ यसले अरु त के हिन्दू समुदायलाई पनि हित गर्दैन ।
साथै, यसको नकारात्मक असर अन्य आदिवासी समुदायमा पनि पर्न जान्छ । यो जुवा-तास आदिवासी समुदायले खैल्दै नखेलेर र खेल्नेले पनि यसलाई चाडै छोड्नु पर्दछ । अर्थात् यो जुवा-तास खेल्ने परम्परालाई सांस्कृतिक रुपमा मान्नु र वैधता दिनु राम्रो होइन । यो समयलाई कुनै सिर्जनात्मक कर्ममा सदुपयोग गर्नु उत्तम हुन्छ ।
तिहारमा दान–दक्षिणा माग्ने र दिने–लिने विकृति
ख्यालख्यालमै अहिले आएर तिहार चाड पनि दशैंभन्दा विकराल दशाको रुपमा विकसित हुँदैछ । चाड मान्ने र देउसी खेल्ने निहुँमा वलिहाङको नाम जप्दै बलजफ्ती चन्दा र दान–दक्षिणा असुल्ने गलत चलन हाबी हुँदैछ । यसको उन्मूलनको लागि यतिमात्र पैसा दिने भनेर बरु दररेट तोकिन्छ तर कहिल्यै पनि यसको ऐतिहासिक तथ्यलाई खोतलेर हेर्ने र सही कुरा पत्ता लगाएर गलत कुराको जरै उखेल्ने प्रयत्न गरिन्न । यो हाम्रो पनि मानसिक विकृति र कुसंस्कृति हो ।
किरात लिम्बु समाजमा आफ्नै चेलीको हातबाट उनिएको फूलमाला माइतिलाई लगाइदिने चलन धार्मिक-सांस्कृतिक रुपमा पाप र अशुभ हुन्छ भन्ने मान्यता र मुन्धुम् छ । अझै पनि किरात लिम्बू समुदायमा चेली-माइतिबीचमा फूलले एकापसमा कुनै हालतमा पनि हानाहान गर्नुहुँदैन भन्ने मान्यता छ र त्यसो गरिँदैन पनि ।
नेपालका आदिवासी किरात लिम्बू संस्कृतिअनुसार त तिहारमा वा कुनै कुरामा पनि दान-दक्षिणा माग्ने र दिनेलिने संस्कार छैन । यो पछि थोपरिएको विकृति हो । पहिले वलिहाङको सु-समाचार प्रवाह गर्ने खबरदारीहरूलाई माया, दया लागेर मानवीय सहयोगको भावनाले सही सु-समाचार ल्याएकोमा खुशीहुँदै यसो बाटो खर्च, केही चिजबिज वा खानेकुराहरू दिने वा खुवाइ पठाउने क्रमको सुरुवात अवश्य भयो नै । र, अझै पनि सही रुपले तिहारको अर्थ र देउसीको मर्मानुसार देउसी खेल्नेले यसलाई त्यसरी नै बुझ्ने वा लिने गर्दछन् । गाउँघर वा शहर-बजारतिर पनि देउसी खेल्दा खाजापानी दिने चलन अझै पनि छँदैछ ।
तर, अब विस्तारै यो चलन लोप भएर खाजाको सट्टा पनि पैसै दिनुपर्ने चलन नआउला भन्न सकिन्न । त्यसरी, खाजा दिनु भनेको पैसा दिनुभन्दा पनि ठूलो सम्मान दिनु र पाउनु हो । यो “हुक्वा” वा हातको सोवित् दिने चलन पनि हो । यो हुक्वा वा हातको सोवितसँगै खासमा माया, ममता सहयोग र सद्भाव पनि दिइएको हुन्छ । तर, आज यतिमात्र पैसाले हुँदैहुँदैन, यति त दिनैपर्छ; कालो कात्तिकमा दिएको दानै हुन्छ भन्ने चलन गर्नु यो चाड र संस्कृतिको मर्मविपरीत र विरुद्धमा हुन्छ ।
यस्ता गलत पक्षहरूलाई सुधार्नका लागि अब हामीले कसैको करकाप र भुलभुलैयामा नपरी-नलागी आफ्नै संस्कार-संस्कृति र चाडपर्वहरूलाई पनि एकपटक गहिरो गरी हेरेर वा बुझेर यसको मुन्धुम् वा मर्मविपरीत विकसित गरिएको वा अर्काको संस्कृतिबाट भित्र्याइएका गलत प्रवृत्तिहरूलाई सच्याएर साँच्चिकै गौरव गर्न लायकको संस्कार-संस्कृतिहरूको अवलम्बन र विकास गर्दै लैजानु पर्दछ ।
तिहार र देउसीको सवालममा पहिले सञ्चारको साधन थिएन र कुनै समाचार पुर्याउन घरघर नै चहार्नुपर्दथ्यो । आज संसार सञ्चारको कारणले सानो गाउँझै साँघुरिएको जमानामा त्यहीअनुसार कतिपय परम्परागत संस्कारहरूलाई सच्याउँदै लानु अपरिहार्य भएको छ । यदि यसो गर्न सकिएन भने त्यो चाडले सामाजिक र सांस्कृतिक रुपमा कुनै खास अर्थ बोकेर समाजलाई सही दिशाबोध गर्न सक्दैन ।
तिहारमा गरिने पूजा, भाइटिका र देउसीको प्रसङ्ग
मानव समाज र सभ्यताको विकासक्रममा आइपरेका कयौं समस्याहरूको सामना गर्दै आउँदा जानी नजानी विभिन्न मूल्य-मान्यता र संस्कार-संस्कृतिहरूको सिर्जना र विकास हुँदै आएको हो । यी सही कुराहरूले मानव समाजलाई सदैव सजग र सचेत गराइरहन्छ । यदि त्यो गलत छ भने पछिको त के वर्तमानमै पनि त्यो संस्कारसँगै बाँच्न र अस्तित्व कायम गर्न गाह्रो भइदिन्छ । झण्डै यो तिहार पनि त्यस्तै हुन लाग्दैछ- हाम्रो कमजोरी र गलत प्रवृत्तिको राज्यसत्ताको एकात्मक नीतिले गर्दा ।
यहाँ फेरि, यो तिहारमा गरिने पूजाआजा र मानिने पुजिने वस्तुहरूको बारेमा एउटा दृष्टिकोणबाट विश्लेषण गर्ने कोसिस गरौं । यसरी हेर्दा यो तिहार चाडमा केही सही कुरासँगै अनगिन्ती गलत कुराहरू पनि हाबी हुँदै आएका छन् । यसमा गहिरिएर आफ्नै संस्कार-संस्कृतिको कोणबाट हेर्ने हो भने थुप्रै बेमेल र असमान संस्कारहरू विकसित भएको पाइन्छ ।
वलिहाङको मुन्धुम्अनुसार तिहारमा काग, कुकुर, गाई, गोरु र भाइलाई देवता मानेर पूजा गर्ने प्रसङ्ग कतै पाइँदैन । यो तिहारमा आजसम्म विद्यमान काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र केवल चेलीले मात्रै भाइ-दाइको पूजा गर्नुपर्ने एकपक्षीय पक्षपाती चलन किरात (याक्थुङ्) मुन्धुमको मर्म, दर्शन र संस्कार संस्कृतिभित्र पर्दैन । यो पछि हिन्दू संस्कारबाट भित्र्याई कोचिएका वा जोडिएका कुराहरू हुन् ।
तिहारको प्रमुख तथ्य मुन्धुम् राजनेता वलिहाङको प्रसङ्गमा कतै पनि चेलीले माइतिलाई फूलमाला, टीका आदि लगाइदिएर पूजा गरिदिएको प्रसङ्ग छैन । वलिहाङको मुन्धुम्अनुसार घर-आँगन फूलले सजाई उज्यालो वत्ती बालेर तिहारको सुरुदेखि औंशीको रातसम्म पहिलेका ती प्रतापी कुसल राजनेता वलिहाङको सम्झना र अबका राजनेताहरू पनि तिनै वलिहाङजस्तै जनताको लागि मरिमेट्ने असल शासक होऊन्, उनीहरूलाई कुनै विघ्न बाधा-अड्चनहरू आइ नलागोस् र देशमा शान्ति सुव्यवस्था छाइरहोस् भनेर आफ्नो इष्टदेवदेवी (तागेरा निङ्वाभूमाङ् र युमा-थेबा साम्माङ्) सँग कलश राखी उज्यालो दियो बालेर विहान-बेलुकी मुन्धुमवमोजिम सेवाप्रार्थना गर्नु सान्दर्भिक हुन्छ ।
देउसी खेल्दा पनि यही मुन्धुमको आधारमा राजनेता वालिहाङ् सुसमाचार प्रचार गर्नुपर्ने हो । औंशीरातको दोस्रो दिन बिहानबाट देउसी खेल्नुपर्ने हो । किरात लिम्बु समुदायमा राजनेता वालिहाङ् बिहानपाख घाम उदाएको बेलामा समाधीबाट फर्केर सकुसल भएको अवस्थालाई घाम झुल्केको प्रतीकस्वरूप मुन्धुम भट्याइसँगै “नाम्लिङ्से-घे”/लालिङ्से-घे (सुर्योदय भयो/चन्द्रोदय भयो) भन्ने अर्थमा सहयोगीले अन्तरा थप्दै देउसी खेल्ने चलन छ ।
लिम्बुजातिले देउसी खेल्दा महिला-पुरुषको समूह र च्याब्रुङ् बाजा हुनु अनिवार्यजस्तै हुन्छ । च्याब्रुङ् नाच्दै देउसी खेल्ने घर-आँगनमा प्रवेश गरेर वलिहाङको मुन्धुम सुसन्देश भट्याउने गरिन्छ । मुन्धुम भट्याउँदा सृष्टिको मुन्धुमदेखि मानवसमाजको विकास हुँदै वालिहाङ्को कहानी जोडिन्छ । वलिहाङको सन्देशको रुपमा तत्कालिन अवस्थाअनुसार सामाजिक, सांस्कृतिक र राजनीतिक सन्देशहरू पनि दिने गरिन्छ । अन्तमा, मुन्धुमअनुसार नै शुभ-आशिर्वाद दिएर विदा लिइन्छ ।
मुन्धुम्अनुसार प्रकृतिमा पाइने जति पनि फूलहरूको बेग्लै अर्थ, उपादेयता र पहिचान छ । किरात लिम्बु समाजमा आफ्नै चेलीको हातबाट उनिएको फूलमाला माइतिलाई लगाइदिने चलन धार्मिक-सांस्कृतिक रुपमा पाप र अशुभ हुन्छ भन्ने मान्यता र मुन्धुम् छ । अझै पनि किरात लिम्बू समुदायमा चेली-माइतिबीचमा फूलले एकापसमा कुनै हालतमा पनि हानाहान गर्नुहुँदैन भन्ने मान्यता छ र त्यसो गरिँदैन पनि ।
किरात याक्थुङ् संस्कार, संस्कृति र मूल्य-मान्यतानुसार फूलको प्रयोग केवल बिहेमा मात्रै बेहुलीले बेहुलालाई उनिएको फूलको माला गलामा लगाइदिन सक्छ । यस समुदायमा जुनसुकै फूलहरू तरुनी-तन्देरीबीचमा पनि आदान-प्रदान गरिँदैन, गर्नु हुँदैन । विभिन्न किसिमका फूलहरूमध्ये शुभ र मानिस जातिका फूलहरू मात्र आदान-प्रदान गरिन्छ, गर्न मिल्छ । त्यसमा पनि तरुनी-तन्देरीले सुनाखरी फूल (अम्लारी फुङ) माया प्रेमको प्रतीकको रुपमा दिनेलिने गर्दछन् ।
त्यसैगरी, शुभकार्य र अशुभ कार्यमा दिनेलिने र प्रयोग गर्ने फूलहरू बेग्लाबेग्लै हुन्छन् । त्यसमा पनि तिहारमा प्रयोग गर्ने बावरी फूल (अन्दङ्फुङ) त मुन्धुम्अनुसार मान्छेले लगाउन नहुने पशु वा बाघको प्रतीक अशुभ फूल हो । सिल्लरी फूल (सेक्मुरिफुङ्) समग्रमा मानिसको प्रतीक फूल हो । यसैगरी, सयपत्री फूल (थोप्पारा फुङ्) तरुण युवा युवतीको फूल हो ।
यसबारेमा मुन्धुमले भन्छ-
“मिनुआङ् फुङ्बे, सेक्मिुरिफुङ् ग
मेन्छाम्मे फुङ्लो, नाम्याप्मि फुङ्लो
मिनुआङ् फुङ्बे अन्दङ्ले फुङ् ग
थक्सारे फुङ्लो, केसामी फुङ्लो
मिनुआङ् फुङ्बे थोप्पारा फुङ् ग
नालिए फुङ्लो, मेन्छिन्ले फुङ्लो
मिनुआङ् फुङ्बे, मिक्चिरि फुङ् ग
खेमा ए फुङ्लो, यङ्सङ् ए फुङ्लो
ए मिक्कि ए सेगुम्लो, कुभुङ् ए सेगुम्लो…..।”
मेन्छाम्मे फुङ्लो, नाम्याप्मि फुङ्लो
मिनुआङ् फुङ्बे अन्दङ्ले फुङ् ग
थक्सारे फुङ्लो, केसामी फुङ्लो
मिनुआङ् फुङ्बे थोप्पारा फुङ् ग
नालिए फुङ्लो, मेन्छिन्ले फुङ्लो
मिनुआङ् फुङ्बे, मिक्चिरि फुङ् ग
खेमा ए फुङ्लो, यङ्सङ् ए फुङ्लो
ए मिक्कि ए सेगुम्लो, कुभुङ् ए सेगुम्लो…..।”
(त्यो सेताम्मै फुल्ने सेक्मुरि (सिलरी ?) फूल त,
मानवको फूल हो, मानिसको फूल हो
त्यो कलेजी रङको बाबरी फूल त
पशुको फूल हो, बाघको फूल हो
त्यो सुनौलो फुल्ने, सयपत्री फूल त
युवा तरुणको फूल हो, तरुणीको फूल हो
त्यो लासमा चढाउने जंगली फूल त
मृत्युको फूल हो, मृतकको फूल हो
ए यी फूलहरू केलौऊँ है, जीवनको फूल जगाऊँ है ।)
मानवको फूल हो, मानिसको फूल हो
त्यो कलेजी रङको बाबरी फूल त
पशुको फूल हो, बाघको फूल हो
त्यो सुनौलो फुल्ने, सयपत्री फूल त
युवा तरुणको फूल हो, तरुणीको फूल हो
त्यो लासमा चढाउने जंगली फूल त
मृत्युको फूल हो, मृतकको फूल हो
ए यी फूलहरू केलौऊँ है, जीवनको फूल जगाऊँ है ।)
यसरी प्रकृतिमा पाइने प्रायः सबै फूलहरूको आफ्नै महत्व, पहिचान र उपादेयता मुन्धुममा वर्णन भएको पाइन्छ । अहिन्दू आदिवासी किरातहरूले तिहारमा ओखर-पाङ्ग्रा फुटाएर, तेलको घेरो लगाउँदै दाइभाइको वरिपरि घुम्दै फन्को मारेर विभिन्न रङ्गहरूको टीका र आफ्नो संस्कारसँग मेल नखाने फूलको माला लगाइदिनुभन्दा अन्य विकल्पबारे सोच्नु आवश्यक छ ।
तिहारमा चेली-माइतिको बीचमा केही अनुष्ठानहरू नगरी नसकिने वा नहुने अवस्था भएमा सोही दिन पारेर किरात लिम्बूहरूको हकमा प्रत्येक छ-छ महिनामा चेली-माइति दुबै पक्षले गरिने शीर उठाउनी (माङ्गेन्ना) अनुष्ठान कार्य गर्न सकिन्छ । यो माङ्गेन्ना गर्ने आफ्नै शैली र मुन्धुम् हुन्छ । यसमा चेलीको माङ्गेन्ना गर्दा माइति र माइतिको माङ्गेन्ना गर्दा चेलीको उपस्थिति अनिवार्य मानिन्छ । यसमा एकअर्काको पूजाभन्दा पनि मुन्धुम्अनुसार उज्यालो-चोखो दियो-कलश र मुन्धुम् विधिले एकअर्काको शीर उठाइदिने कार्य गरिन्छ ।
जीवनयात्रा र सङ्घर्षका मोडहरूमा रहँदा कहींकतै शीर ढल्छ, ढल्नसक्छ । शीर ढलेको मान्छेले कुनै प्रगति गर्न सक्दैन । यसको लागि त्यो ढलेको शीर वा त्यतिकै पनि मेरो चेली वा माइतिको शीर नढलोस् भनेर गरिने अनुष्ठान शीर उठाउनी (माङ्गेन्ना) अनुष्ठान के भाइटीकाभन्दा कम महत्वको विषय हो र ?
db.angbung@gmail.com
यो आलेख पालाम मासिक वर्ष- ५, अंक २/३, पूर्णाङ्क २०, २०६७ (सन् २०१०) मा प्रकाशित ‘तिहारको मुन्धुम, विकृति र सच्चाइहरू’ लेखको सम्पादित रुप हो -सम्पादक ।
esamata.com/ बाट साभार



0 comments:
Post a Comment