प्रकाशित मिति 03, Oct, 2015
मलाई लाग्छ लिम्बुवान आन्दोलन कुनै भावनाको खेती होइन यो लिम्बुवानी मुद्दाले प्राप्त गरेको उर्जा हो । त्यसैले यो उर्जालाई कुनै पनि वहानामा स्खलित हुन दिनु हुँदैन । संघीय लिम्बुवान पार्टी, नेपाल विषेश त: लिम्बुवान स्वायत्तता स्थापना गर्न आउने दिनमा लिम्बुवनवासी जनताको सत्ता स्थापना गर्नकै लागि निर्माण भएको पार्टी हो । त्यसैले यो पार्टीले लिम्बुवान स्वायत्तता स्थापनाका लागि आवश्यक रणनीतिक कार्यदिसा निर्माण गरेर लिम्बुवान प्राप्तिको मार्गचित्र कोर्न सक्नु पर्दछ । अरु पार्टीहरु भनेका लिम्बुवानको चर्चा गर्ने गरेता पनि साँचो अर्थमा जनताबाट पोखिएका भावनाहरु समेटेर आफ्नो राजनीतिक स्वार्थको दुनो सोझ्याउनमात्र लिम्बुवानको नारा अलाप्ने हुन । यसबारे सबै पार्टी नेत्रित्वपङ्ती विश्वस्त हुन सक्नु पर्दछ । विगतको शासकीय भूगोल सहितको ऐतिहासिक प्रिष्ठभूमिको आधारमा स्वायत्तता प्राप्त गर्न चाहने प्रगाढ इच्छाशक्ति लिम्बुवनवासी जनताले आन्दोलनमार्फत जाहेर गरेको हुनाले यो महान कार्यलाई संगठित र संस्थागत अभ्यासबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता र उद्देश्य अनुरुप राजनैतिक पार्टीको निर्माण गर्न अनिवार्य देखिएकोले आजभन्दा १० वर्ष अगाडि नै संघीय लिम्बुवान राज्य परिषद नामक राजनीतिक संगठनको जन्म भएको हो । यो संगठनले विगत २०६४ साउन २२ गतेबाट ऐतिहासिक र सशक्त लिम्बुवान स्वायत्तता आन्दोलनको सुरुवातमात्र गरेन सत्ताधारीहरुलाई झुक्न वाध्य र विवस पनि पार्यो । सरकारले वार्ता आह्वान गर्यो, संगठनले वार्ता समिति गठन गर्यो । हामी वार्तामा गयौं, सरकारको लचकता आशाप्रद नै थियो तर हाम्रै पार्टी नेत्रित्वपङ्तीभित्र सामर्थ्यवान मानसिक तन्दुरुस्ती थिएन । कुटनीतिक सामर्थ्यता र वाक पाटुकता भएकाहरुको मनग्य सहभागिता भएन । आन्दोलनको दम्भले मात्तिएका साथीहरुको बाक्लै लर्कोले वार्ताको हल भरियो । बौद्दिक प्रस्तुतीको सून्यता छायो । सरकार अनौपचारिक प्रकृयाको वार्ताद्वारा हाम्रो नाडी छाम्न लाग्यो । त्यसैबेला हाम्रो जिब्रोहरु कतै चिप्लन पुग्यो । सरकारी पक्ष शिर्ष नेताहरुसँग वार्ता गर्ने सर्त राख्न थाल्यो । मलाई राम्ररी थाहा थियो यदि हाम्रा शिर्ष नेताहरु वर्तामा बस्ने हो भने त्यो वार्ता एक घण्टामै भंग हुनेछ र नयाँ समस्यामा पर्नेछौं । अन्त्यमा परिणाम त्यही भयो । अर्को चरणको आन्दोलन अगाडि बढाउन फलामे च्यूरा नै भयो । किनभने त्यसबेला लिम्बुवान आन्दोलनको फेरो समातेर राजनीतिक वैतरणी तर्न चाहने अन्य महत्वकांक्षी समुहको लर्को लाग्न थालीसकेको थियो । हाम्रा साथीहरु मोर्चावन्दीको माध्यमबाट ठूलोशक्ति बनाएर एकात्मकवादीहरुलाई प्रहार गर्ने रणनीतिमा हौसन पुगेका थिए । कतिपय साथीहरु आन्दोलनबाट उठेको लिम्बुवानी शक्ति र उर्जालाई निरन्तररुपमा अगाडि बढाएमा त्यसले उपलब्धी हासील गर्नसक्ने विचारमा अडिग थिए ।
यी दुइवटा विपरित विचारहरुबीचमा अन्तरद्वन्द्व चलिरहेकै बेला दोश्रो चरणको आन्दोलन घोषणा भयो । अन्तमा परिणाम दु:खदायी भयो । एकजना सहीदको जन्म भयो । यति नै परिणाममा लिम्बुवान आन्दोलन थलो परेको हाम्रो मानसपटलदेखि डिलिट भएको छैन । त्यसपछि सहीद माङ्तोकको बिषयमा जोडदार विवाद चल्यो । लिम्बुवान मुक्तिको आन्दोलन अनर्गल विवाद र वहसमै थन्को लागेर पार्टी विभाजन हुन पुग्यो । दुइवटा लिम्बुवानजन्य पार्टीहरु अस्वस्थ ढंगबाट आपसी झिनाझपटीमा फसीनाले आन्दोलन कमजोर मात्र होइन पूर्णरुपमै सिथिल भयो । २०६४ फागुन १८ र चैत्र ६ गते दुइवटै लिम्बुवानजन्य राजनैतिक संगठनहरुले सरकारसँग वार्ता र सहमति गरे तर त्यो सहमतिलाइ कार्यन्वयन गराउन सक्ने सामर्थ्यको अभाव भएकोले गर्दा सहमति कागजको खोस्टामै सीमित हुन पुग्यो । हुनसक्छ लिम्बुवानलाई कमजोर बनाउनका लागि लिम्बुवान विरोधी घुसपैठीया शक्तिहरु त्यसबेला पनि सकृयताका साथ परिचालन भएका थिए । जसले गर्दा उदाउदै गरेको आन्दोलनको सरगर्मी घट्दै गयो । धेरै कार्यकर्ताहरु विचलित भएर विदेश पलायन भएका थिए । नेताहरु आफूलाई योग्य र साँचो सावित गर्नका लागि आपसी गालीगलौजमै समय व्यतित गर्न लागे । संविधानसभाको चुनावमा भाग लिने र नलिनेहरुबीचमा कथित वैचारिक मतभिन्नता खडा गरी हिलो छ्याप्ने धन्दालाई प्राथमिकतामा राखियो । पार्टी विभाजनको स्रिङ्गखला रोकिएन । २ बाट ४ र ४ बाट ५ हुँदै बढ्दै जान थाल्यो । नेता हुने रहर भएकाहरुको भाउ चुलिदै गयो । पार्टीको गुणस्तर खस्किदै गयो । दशवर्षे जनयुद्दले थाङ्थिलो भएको राज्यसत्ता झनझन मजबूत बन्दै गयो । हाम्रो अविवेकबाट उत्पन्न भएका घमण्डहरुले हाम्रो आफ्नै धरातल कमजोर हुँदै गयो । लिम्बुवानको राजनीतिलाइ विज्ञापनमा सीमित राखेर जीवीकोपार्जन गर्ने नेताहरुको उत्पादन वर्गेल्ती हुन थाल्यो । लिम्बूमात्र होइन गैरलिम्बूहरुले पनि लिम्बुवानकै मुद्दा र राजनीतिलाइ आफ्नो खाइजीवीकाको सजिलो माध्यमको रुपमा उपभोग गर्न कुनै कसर बाँकी राखेनन ।
यस्तो परिवेसबाट लिम्बुवानी राजनीति दौडन थालेपछि त्यसले जन्माउने उत्पादन गर्ने नेता र कार्यकर्ता पनि कदापी मुक्तिकामी हुन सक्दैनन । विकृति र विसंगतिको दलदलले पार्टी र संगठनहरुलाई पुरै गाँज्दै लगेपछि एकताको पहल त्यसबेला नै सुरुवात भएको हो । तर पार्टी फुटाएर आफ्नो दुनो सोझ्याउन चाहने साथीहरुले फेरी पार्टीलाई विभाजनको स्थितिमै राख्दा आफ्नो हालिमुहाली हुने ठानेर त्यो महत्वपूर्ण समय जोड्नै मानेनन । उनीहरुले लिम्बुवान मुक्ति आन्दोलनको आफूलाई मसीहा नै ठाने । वैचारिक, सैद्दान्तिक मार्गदर्शन, रणनीति र कार्ययोजना विना नै भिडभाडले हुडलेर आन्दोलन सफल बनाउन सकिन्छ भन्ने ठेट्ना बुझाईबाट आ-आफ्नो पार्टी चलाउन थाले । पार्टी एकताको नामै सुन्न रुचाएनन । धेरै लामो प्रयत्न पश्चात गएको वर्षमात्र पार्टी एकतालाई टुङ्गोमा पुर्याउन सफल भैयो । तर यो एकतापश्चात पनि साथीहरुको अन्तरात्मामा संदिघ्नता पुरै अन्त्य हुन नसक्नु लिम्बुवान मुक्ति आन्दोलनका लागि एउटा विषव्रिक्ष जीवीत रहेकै देखिन्छ । एकता भएपछि सबैभन्दा पहिला एकतालाई संस्थागत गर्न अत्यान्त जरुरी हुन्छ । त्यो कार्य सम्पन्न हुन नसेकेको कारणले नै आज पार्टीभित्र आन्तरिक प्रतिगमन खतरा भएर देखा परेको छ । पार्टीलाई संस्थागत गर्नका लागि आवश्यक तीन तत्वहरु: पार्टी संस्क्रिती, पार्टी चरित्र र अनुशासन कडाइ र दिगो ढंगले स्थापित गर्न सक्नु पर्दछ । सबै नेता कार्यकर्ताहरुमा पार्टी स्कूलिङ मनग्य हुनु पर्दछ । आचरण स्वस्थ्य र अनुकरणीय हुन अनिवार्य छ । यी तत्वहरुको अभावमा कुनै संगठन पार्टी बन्न सक्दैन सिवाय अराजकहरुको जत्था । हाम्रो पार्टी अहिले यही खुड्किलोमा रुमल्लिरहेको छ ।
अहिले संघीय लिम्बुवान पार्टी, नेपाल विभाजनको संघारमा छ भनेर धेरै संचारमाध्यमहरुले अनर्गल प्रचारवाजीहरु गरिरहेको अवस्था छ । यी हल्लाहरुले मित्रशक्ति र दुश्मनहरुलाई विभिन्न द्विविधाहरु उत्पन्न गर्न सहयोग गरिरहेको अवस्था छ । यसबेला हामी अरु पार्टीमा जोजोसँग सहकार्य गरिरहेका छौं उनीहरुबाट पनि उपहास भैरहेको अवस्था विध्यमान छ । दुस्मनहरुले यही मौकामा महत्वकांक्षी र लालची मानिसहरुलाइ दुरुपायोग गरी पार्टीलाई हानी नोक्सानी हुने कार्य गर्न गराउन पछी पर्ने छैनन । हाल यस्ता कार्यहरु भैरहेको कुरा प्रसस्त आभास भैरहेको छ । योग्यता, लगाव र काम विना पद र प्रतिष्ठा खोज्नेहरु पार्टीमा प्रशस्तै भएकोले उनीहरुको महत्वकांक्षाले पनि पार्टीलाई खतरा पुर्याइरहेको अवस्था छ । यसबेला पार्टीलाई कसरी सुरक्षित ढंगले अगाडि बढाउन सकिन्छ त्यसबारे नेत्रित्वले असाध्य विवेक पुर्याउनु पर्ने आवश्यकता छ । यसको लागि नै एउटा राजनीतिक कार्यदिसाको जरुरी पर्दछ । जुन कार्यदिसाले पार्टीलाई आफ्नो राजनीतिक गन्तव्य चुम्नदेखि लिएर सिंगो पार्टीलाई सन्तुलित ढंगबाट अगाडि बढाउन सकोस ।
मधेस र थरुहट आन्दोलनले उत्कर्षरुप लिइरहेको बेला लिम्बुवान मुक्ति आन्दोलनलाइ उचाइ प्रदान गर्नका लागि सबैभन्दा पहीले आफ्नो पार्टीभित्र आन्तरिक सुद्रिढीकरण शक्त जरुरी हुन्छ । पार्टीको बहुमत नेत्रित्वपङ्ती मोर्चा र गठबन्धनको प्रकृयालाई स्थगन गरेर पार्टीको आन्तरिक सुद्रिढीकरणलाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउनु पर्छ भन्ने जिकीर गरिरहँदा त्यसलाई वेवास्ता गरेर जानु उपयुक्त हुँदैन । पार्टीका आन्तरिक द्विविधाहरुको अन्त्य नगरि अस्वस्थ रहेकै बेला अन्य शक्तिहरुसँग साँठगाठ गर्नु उत्पादक हुँदैन भन्ने राजनीतिक बुझाई नेताहरुमा अनिवार्य हुनु पर्दछ । किनभने यसैबेला पार्टीलाई कमजोर बनाउने तत्वहरुले खेलिरहेका हुन्छन । कुन कुन राजनीतिक वा सामाजिक शक्ति र संगठनहरुसँग सहकार्य गर्नु पर्ने हो त्यसबारे विचार विमर्श छलफल अन्तर पार्टी संयन्त्रमा गर्नु अनिवार्य छ । किनभने यो राजनीतिक संस्कार र चरित्र पनि हो । राजनीतिक संस्कृति नभएका कुनै पनि नेता वा कार्यकर्ताले पार्टी र संगठनलाई अवस्य दुर्घट्ना गराउने छ । अहिले हाम्रो पार्टी झण्डै दुर्घट्नाको संघारमा उभिएको छ । पार्टीलाई विघटन गराएर लिम्बुवान आन्दोलन तुहाउने तत्वहरु हाम्रै पार्टीसँग सहकार्यको नाममा नजिक आएर हर्कत गरिरहेको संवेदनशील अवस्था छ । यसबेला हामी सबै नेत्रित्वपङ्तीहरु सचेत नहुने हो भने चाँडै नै पार्टीले प्रत्यूत्पादक परिणामहरु भोग्नु पर्ने अवस्था आइसकेको छ । तसर्थ यसबेला पार्टीका आम नेता कार्यकर्ताहरुलाई एकत्रित बनाएर लिम्बुवान मुक्ति आन्दोलनमा सकृय र कृयाशील बनाउनका लागि अल्पकालीन र दिर्घकालीन आन्दोलनका रणनीतिक कार्ययोजना बनाएर गाउँ गाउँ पठाउने कार्यदिसा निर्माण गर्न जरुरी छ । यसका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय शक्तिहरुसँग कुटनीतिक वहस र सम्वाद गरी लिम्बुवानको एजेण्डालाई प्रशस्त वकालत गर्ने पहुँच मनग्य बढाउनु पर्दछ । यसतर्फ सबै नेत्रित्वहरुको ध्यान जान सकोस । यही नै हाम्रो वर्तमान दायित्व र कार्यदिसा हुनेछ ।
जय लिम्बुवान !!!
-छविसुब्बा सङ्बाङ्फे लिम्बू

0 comments:
Post a Comment