Breaking News
Loading...
######

नेताज्यू ! छोराछोरी भारतमा पढाउने, जनतालाई अधिकार नदिने, हाम्लाई नाकाबन्दी खेपाउने ?

प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत टनकपुर सम्झौता हुँदा नेपाललाई वर्षेनी २० अरब फाइदा हुन्छ भनेर खोकेको कुरो आज कहाँ छ ? यो कुरोको हिसाबकिताब न वहाँलाई थाहा छ, न वहाँको पार्टीलाई । नेपाललाई त थाहा हुने कुरै भएन, किनकि यो दशा त आजको नभै पुरानो जमाना, इस्टइन्डिया कम्पनीदेखिकै हो ।
विनाहिसाबकिताब छिमेकी राष्ट्र भारतसँग किन दौत्य सम्बन्ध राख्नुपर्छ ? उत्तर सहज छ ।
कामरेड मदन भण्डारीदेखि माधव नेपालसम्मका छोरा-छोरी, हुँदाहुँदा जिल्ला कमिटीका नेता कार्यकर्ताको छोरा-छोरी भारतको अल इण्डिया मेडिकल इन्स्टिट्युट (एआइएम्स्), एआइटी, जेएनयु, दिल्ली युनिभर्सिटी, चङ्डीगढ, कहाँ पढ्दैनन् ? कसरी डाक्टर र इन्जिनियर बन्छन् ? दुनियाँलाई छर्लङ्गै छ। यो त कस्तो भने नेपालमा क्रान्ति गर्नेले गाउँ-घरमा बुर्जुवा शिक्षा बहिस्कार गर्न लाए, आफ्ना छोरा छोरी काठमाडौंका राम्रा निजी विद्यालयमा पढाएजस्तै हो । सिधा, सोझा जनताका छोराछोरी युथ फोर्स, वाइसीएलदेखि, मिलिसिया बनाएजस्तै हो ।
कामरेड मदन भण्डारीदेखि माधव नेपालसम्मका छोरा-छोरी, हुँदाहुँदा जिल्ला कमिटीका नेता कार्यकर्ताको छोरा-छोरी भारतको अल इण्डिया मेडिकल इन्स्टिट्युट (एआइएम्स्), एआइटी, जेएनयु, दिल्ली युनिभर्सिटी, चङ्डीगढ, कहाँ पढ्दैनन् ? कसरी डाक्टर र इन्जिनियर बन्छन् ? दुनियाँलाई छर्लङ्गै छ।
अरूका छोराछोरीले भारतमा पढ्ने यो जुनीमा नचिताए हुन्छ, जबसम्म यो देशमा नेता हुन्छन् र लाजिम्पाटमा भारतीय एम्बेसी रहन्छ । हुनत प्रधानमन्त्रीज्यू, त्यो सहुलियतमा पर्नुहुन्न भन्ने सुनेको छु, अपवादमा । दैव नै देब्रो परेपछि के गरुन् उनले ! यो कुरोको जानकारी नभएजस्तो प्रधानमन्त्री बन्नुभएका हाम्रा प्रधानमन्त्रीले बेरोजगार युवाहरूलाई राष्ट्रवादको तात्तातो पिँडालोमा नारा लाउन लाएर कति दिन राख्नुहुन्छ ? केही दिन हेर्नैपर्ने भो ।
तर फसाद के हुने भो भने आफ्नो किचनको ग्याँस पो सिद्दिन आँट्यो ! दाउरा बाल्ने ज्ञान त छ, तर काठमाडौंमा बानी छैन । अनि दाउरा पनि कहाँ पाउने ? अलिअलि समिल (काठमिल)मा भाको डिपो रित्तिएको भन्ने सुनियो । गाउँ टाढै छ। हेरौं, कुनै उपाय आउला नि ! मेरो राष्ट्रवाद त यस्तो पो छ ।
कसैलाई पिर परेछ भने रिसानी माफ है, हिन्दुहरूको महान् चाडवाडको बेलामा, गाउँले बोलीमा ‘न खानु, न केजाति गर्नु’ भा छ। खाए नि नखाए नि, बाघको मुख रातो भनेझैं; जनजातिको हक अधिकार भए नि नभए नि मुख रातै छ । सुनिल थापा ‘राते काँइला’ त्यसको उदाहरण हो ।
मधेसी मित्रहरू जो आन्दोलनमा हुनुहुन्छ, यहाँहरूलाई शुभकामना छ आफ्नो अधिकारको आन्दोलनमा बढ्नोस्, लाग्नोस्; गच्छेदार सापले बिताएनन् भने, पार लाउनुहुन्छ भन्ने विश्वास छ । आजादी नलडी हुन्न । के दसैँ, के छठ; लड्नलाई शुभकामना छ यहाँहरूलाई।
दशैं धार्मिक चाडको रुपमा नमनाए पनि छर छिमेकी सबैको चाडमा आफूले पनि तातो तोङ्बा सङ्गै सरर लाइयो फूलपातिको अवसरमा । सबैलाई शुभकामना छ, छिप्पेको तोङ्वा तानेर । कि कसो हाउ ?
साभार esamata.com बाट 
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment