"विचार-दर्शन भन्दा ठुलो कदापी व्यक्ति-नेता हुन सक्दैन, पार्टी-संघठन विचार-दर्शनले चल्ने हो, नेता-व्यक्तिले चल्ने होइन" :- by Dammar Labung
१) लिम्बुवानमा विचार भन्दा, व्यक्तिवाद हावी......
अहिले लिम्बुवानको अन्तरिक लडाई-विवाद हेर्दा लाग्छ, लिम्बुवान विचार-दर्शन भन्दा प्रधान व्यक्ति र पद-पैसा ठुलो रहेछ भन्ने आम समुदायमा नजिर बसेको छ / यस प्रकारको अराजक राजनीतक माहोल सिर्जना गर्न लिम्बुवानको केहि जिम्मेवार नेता-कार्यकर्ताहरुमा नै दोष जान्छ / जहाँसम्म पार्टी-संघठन भनेको विचार दर्शनले चलाउनु पर्ने हो तर यसको बिपरित लिम्बुवान पार्टीमा अहिले व्यक्तिवादी, अवसरवादी पद लोलुप हैकम हावी भएको छ / यसरी अहिले लिम्बुवानमा केहि नेता-कार्यकर्ताहरुको अराजक तथा प्रतिगामी क्रियाकलापले गर्दा आम लिम्बुवानी जन-समर्थक जनताहरुमा दिन-प्रतिदिन अन्योल र निरासा छाएको छ / यस प्रकारको अन्तरिक रोगको उपचार गरि, रोग मुक्त पार्न पनि लिम्बुवानी नेता-कार्यकर्ताहरु नै जिम्मेवार छन् भन्नेमा सायद दुइमत नहोला / अन्तरिक मामलामा अरुले हात हाल्न त बिल्कुल मिल्दैन तर यसरी अन्तरिकरुपमा लिम्बुवान कमजोर भए पछि बाहिरको सङ्घीय आन्दोलन बिरोधीहरुले धुमिलो पानीमा माछा मार्ने दाउ चै राम्रोसंग प्रयोग अवश्य गर्ने छन् /अहिले लिम्बुवान पार्टीमा आन्तरिक अराजकताले सिमा नागिसकेको छ / लिम्बुवान र लिम्बुवानको विचार-दर्शन भन्दा कदापी व्यक्ति अथवा नेता ठुलो-प्रधान हुन सक्दैन / यदि कोहि नेता-कार्यकर्ताहरुले नेता (व्यक्ति) र सर्वोच्च पद (कुर्सि) प्रति ध्यान दिदैछ भने, पकै सात-प्रतिशत प्रतिगामी, अराजक, विचारमा स्खलन वा ओरालो लागेको सङ्केत हो / अहिले लिम्बुवानमा नेपाल भित्र र प्रवास समिति देखि पार्टी अध्यक्ष कुमार लिंदेन र उप-अध्यक्ष खगेन्द्र माखिमको नाम नै लिएर गम्भीर खेल खेलिरहेका छन् / यस बिषयमा मेरो व्यक्तिगत विचार केहि भने यी दुइ नेताहरु सिक्काको दुई पाटा हुन त्यसले यी दुइ नेताहरुमा एक जना नभए लिम्बुवान क्रान्ति जिउदो अपांग र लाश हुनेछ / कुमार र खगेन्द्र बीच एक आपसमा घनिष्ट सम्बन्ध पनि छ तर यो राम्रो सम्बन्धलाई भत्काएर आफ्नो स्वार्थ पुरा गर्न केहि प्रवास समितिको नेताहरुले आफ्नो न्वारन देखि तागत निकालिरहेका छन् / त्यसैले अहिले ति लिम्बुवान एकता बिरोधी, पद-पैसालाई प्रधान ठान्ने प्रतिगामी, अराजक तथा अवसरवादी नेता-कार्यकर्ताहरुले पार्टीमा जबर-जस्ता गुटबन्दी र विवाद सिर्जना गर्दै आएका छन् / यो खलनायक भूमिकामा मुख्य पर्दा पछाडीको खेल प्रवास समिति UK बेलायत बाट परिचालित तथा संचालित हुदै आएको बुझ्न सकिन्छ / यस गम्भीर बिषयमा पार्टी नेतृत्वहरुले कतिको चासो र चिन्ता मनन गर्छन त्यसैमा भर पर्न जान्छ /
२) लिम्बुवानमा अयोग्य नेताहरुको व्यवस्था......
देशको संघीय आन्दोलनको लागि मधेसवादी शक्ति पछिको दोस्रो ठुलो शक्तिको रुपमा लिम्बुवानलाई चिनिन्छ तर पछिल्लो समयमा सुनियोजित रुपमा लिम्बुवान भित्र एका-एक विवादले शिखर चुमिरहेको छ / यस बिषयमा केन्द्रिय पार्टीको नेताहरु बीच भएको अन्तरिक व्यक्तिगत स्वार्थ अनुसारको शक्ति सघर्ष र गुटबन्दीको प्रभाव तल्लो स्थरको कार्यकर्ता र आम जन-समर्थकहरुमा पनि राम्रो असर देखा परेको छ / जसको मुख्य कारण लिम्बुवानको केहि जिम्मेवार नेता भनाउदाहरु, ज-जसलाई नेता हुन सक्षम-क्षमता, योग्यताको मापदण्ड पुरा नभएकाहरुलाई नै तुलनात्मकरुपमा धेरै लिम्बुवान पार्टीको जिम्मेवारी सुप्पिएको छन / जो अयोग्य केहि नेताहरुले पार्टीको हित बिपरित अनुशासन तथा नैतिकता भन्दा बाहिर आफु क्षणिकरुपमा चर्चामा कमाउन, हावादारीमा जथाभावी बाहिर केहि बिबादित अभिव्यक्ति लेख्ने र बोल्ने काम हुदैछ / जुन सङ्घीय लिम्बुवान क्रान्तिको लागि पकै राम्रो पक्ष होइन / तसर्थ यस बिषयलाई ध्यानमा राखी पार्टी नेतृत्वले बिधानमा कडाई अनुशासनको व्यवस्था गर्न जरुरी भएको छ जसको मध्यबाट पार्टी र आफ्नो नेता-कार्यकर्ताहरुलाई बिधानको सिमा भित्र बस्न बाध्य गराउनु पर्छ, जसमा अराजक नेता-कार्यकर्ताहरुलाई कार्वाही सहज तरिकाले गर्न सकियोस /३) लिम्बुवान पार्टी नेतृत्वमा प्रभक्ताको व्यवस्था.....
लिम्बुवान पार्टीको कुनै पनि आन्तरिक बैठकको बारेमा मिडिया र जनताहरुलाई सूचना तथा जानकारीको लागि पार्टीको अध्यक्षले या पार्टी प्रवक्त्ताको व्यवस्था गराई जिम्मेवार नेता मार्फत मात्र लिम्बुवानको अन्तरिक सूचना तथा जानकारीहरु आम जनता माझ पुर्याउने व्यवस्था हुनु पर्छ / यदि पार्टी नेतृत्वले यसरी संघठन बिधिसम्मत संचालन गर्न सके अझ प्रभावकारी हुन सक्छ / यसरी निश्चित जिम्मेवारी नेताहरु मार्फत पार्टी संचालन गर्न , पार्टीको केहि आन्तरिक गोपनियतामा पनि सुधार आउन सक्छ /४) पार्टीको आन्तरिक कुरा सार्वजनिक गर्न रोक......
पार्टीको केहि आन्तरिक बैठकहरुमा गोप्य तथा संवेदशील बिषय-बस्तुहरु हुन सक्छन ति बिषयहरु सार्वजनिक हुन गए सिङ्गो पार्टी र नेतृत्वहरुमा गम्भीर प्रश्न चिन्ह खडा हुनुको साथै पार्टीको ठुलो बेइजत र अविश्वास आपतकालीन समस्याहरु आइपर्न जान्छ / उदाहरणको लागि अहिले लिम्बुवानको केहि नेताहरुको आन्तरिक गोप्य इमेल सम्बादको असरलाई लिन सकिन्छ / जुन गोप्य इमेलको कारण पुरा लिम्बुवान पार्टीमा भूकम्प गइरहेको वास्तविकतालाई नकार्न सकिदैन / यी यस्ता विचार-नीतिहरु सिङ्गो पार्टीको हितमा छलफल भएको हो भने ठिकै छ, यदि पार्टी-नेतृत्वलाई असर पुर्याउने उदेश्यले गरिएको सड्यन्त्रहरु हो भने, ति सबै जिम्मेवार नेता-कार्यकर्ताहरुलाई कडाई कार्वाहीको व्यवस्था गर्नुको बिकल्प छैन /
५) पार्टीमा अनावश्यक नेता सङ्ख्या घटाउने......
पार्टीको आकार अनुसार नेताहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ यसलाई पनि जति-सक्दो ५०% प्रतिशत घटाउदा राम्रो हुनेछ र तिनीहरुलाई उनीहरुको पार्टीमा योगदान, क्षमता र योग्यता अनुसार तल्लो तहमा जिम्मेवारी दिदा राम्रो हुनेछ / किन भने लिम्बुवान पार्टीको लागि त्यति योग्यताको मापदण्ड नै नपुगेको धेरै जसो व्यक्तिहरु माथिल्लो स्थरसम्म पुर्याइएको छ, जसले लिम्बुवान पार्टीलाई फाइदा भन्दा झन बेफाइदा मात्र पुर्याएको देखिन्छ छ / अहिले पार्टीमा अन्तरिक विवाद सिर्जना हुनुमा यी राम्रो योग्यता र क्षमता नपुगेको नेता बाट धेरै गैरजिम्मेवार तथा अराजक गतिविधि हुदै आएको जस्तो देखिन्छ / त्यसैले पार्टी नेतृत्वले आफ्नो नेता-कार्यकर्ता छनौट गर्नु उपयुक्त र सान्दर्भिक होला कि भन्ने मेरो धारणा राख्न चाहन्छु / सायद यस बिषयमा धेरैलाई नेता-कार्यकर्ताहरुमा नकारात्मक असर चै नजाओस......६) पार्टीमा नेतृत्वको बिकल्प बारे.......
अहिले लिम्बुवान पार्टीको आन्तरिक मुख्य विवाद र समस्याहरु मध्ये नेतृत्व प्रति असन्तुष्ट र आक्रोस नै हो भन्दा सायद फरक नपर्ला जसलाई, जटिल बिषयको रुपमा लिन सकिन्छ तर अहिले लिम्बुवान पार्टीमा नेतृत्वको बिकल्प खोज्ने समय होइन, अहिले लिम्बुवानको केहि नेता-कार्यकर्ताहरुले पार्टी नेतृत्व परिवर्तन गराउने खेलमा लागेको केहि सङ्केतहरु देखिन्छ ,जुन अहिलेको परिस्थतिमा उचित र सान्दर्भिक हुदैन तरअहिले लिम्बुवान पार्टीमा आन्तरिक अराजकताले सिमा नागिसकेको छ / लिम्बुवान र लिम्बुवानको विचार-दर्शन भन्दा कदापी व्यक्ति अथवा नेता ठुलो-प्रधान हुन सक्दैन / यदि कोहि नेता-कार्यकर्ताहरुले नेता (व्यक्ति) र सर्वोच्च पद (कुर्सि) प्रति ध्यान दिदैछ भने, पकै सात-प्रतिशत प्रतिगामी, अराजक, विचारमा स्खलन वा ओरालो लागेको सङ्केत हो / अहिले लिम्बुवानमा नेपाल भित्र र प्रवास समिति देखि पार्टी अध्यक्ष कुमार लिंदेन र उप-अध्यक्ष खगेन्द्र माखिमको नाम नै लिएर गम्भीर खेल खेलिरहेका छन् / यस बिषयमा मेरो व्यक्तिगत विचार केहि भने यी दुइ नेताहरु सिक्काको दुई पाटा हुन त्यसले यी दुइ नेताहरुमा एक जना नभए लिम्बुवान क्रान्ति जिउदो अपांग र लाश हुनेछ / कुमार र खगेन्द्र बीच एक आपसमा घनिष्ट सम्बन्ध पनि छ तर यो राम्रो सम्बन्धलाई भत्काएर आफ्नो स्वार्थ पुरा गर्न केहि प्रवास समितिको नेताहरुले आफ्नो न्वारन देखि तागत निकालिरहेका छन् / त्यसैले अहिले ति लिम्बुवान एकता बिरोधी, पद-पैसालाई प्रधान ठान्ने प्रतिगामी, अराजक तथा अवसरवादी नेता-कार्यकर्ताहरुले पार्टीमा जबर-जस्ता गुटबन्दी र विवाद सिर्जना गर्दै आएका छन् /
७) पार्टीको क्रियाशील सदस्यता वितरण बारे.......
लिम्बुवान पार्टीमा अहिले क्रियाशील सदस्यता वितरण काण्ड पनि निकै पेचिलो भएको छ / पार्टीले क्रियाशील सदस्यता वितरण गर्नु भन्दा पहिले सबै पार्टी पधिकारी-नेताहरु बीच बैठक राखी सहमतिमा काम सुचारु गरेको भए बैधानिक र सहज हुने थियो / पार्टीको बिधानमा उल्लेख भए अनुसार क्रियाशील सदस्यता वितरण गर्नु पर्थ्यो तर त्यसो हुन नसकेको आम गुनासो बाहिर आएको छ सायद यस प्रक्रियामा पार्टी नेतृत्वले अबैधानिक कदम चलेकै हुन सक्छ / जे भए पनि यस कार्य अघि बढीसकेकोले अब यसलाई बदर गर्न त्यति उचित र सान्दर्भिक हुदैन /८) लिम्बुवानको दुई विवादित विधान बारे.......
लिम्बुवान पार्टीको अर्को ठुलो गल्ति विधान काण्डलाई लिन सकिन्छ / बाहिर कुरा आए अनुसार पार्टी दुइ प्रकारको विधान निकालिएको छ / यो निकै गम्भीर बिषय हो किन भने लिम्बुवानको केन्द्रीय कमिटीको सहमतिमा तयार पारिएको बिधान छाप्ने प्रक्रियामा हुदा, त्यो अर्को बिधान कहाँ बाट र कुन उदेश्यले छापियो ? जहाँसम्म यस बिषयमा कुमार र खगेनको नाम मुछिएको छ तर यसको वास्तविकता भने बाहिर आएको छैन / लिम्बुवान पार्टी र नेताहरु बीचमा पुन: फुटाउने उदेश्यले सुनियोजित सड्यन्त्र बमोजिम अर्को अबैधानिक प्रक्रियाबाट बिधान छापियो भन्दा सायद फरक नपर्ला / जे भए पनि पार्टीको केन्द्रीय कमिटीको सहमतिमा भएको बिधानलाई नै बैधानिक मान्न सकिन्छ / जे भए पनि अब पार्टी नेतृत्वहरु एक-आपसमा झगडा गर्न छोडेर त्यो बैधानिक प्रक्रिया बाट छापिएको बिधानलाई सर्वसम्मतिले स्वीकार गरेर अघि बढे उचित हुनेछ /९) लिम्बुवानमा नया विचार र नेतृत्व बारे.......
लिम्बुवान क्रान्तिको लागि विचार-दर्शन भन्दा ठुलो कदापी व्यक्ति-नेता ठुलो हुदैन / पार्टी-संघठन भनेको विचार-दर्शनले चल्ने हो र चलाउनु पर्छ तर सबैले ख्याल गनु पर्ने कुरा केहि भने, समय परिस्थिति र आवश्यकता अनुसार लिम्बुवानको विचार-दर्शनलाई पनि अपडेट गर्दै अथवा सुधार त विकास गर्दै लानु पर्छ / त्यो १८ औ शताब्दीको कार्ल माक्स, लेनिनको विचारलाई अहिलेको २१ औ शताब्दीमा जस्ताको त्यस्तै लागु गर्छु भनेर हुदैन, त्यसलाई पनि समय परिस्थिति अनुसार विकास गराएर लागु गर्नु बुद्धिमानी हुन सक्छ / त्यसै गरि अहिले लिम्बुवानको सन्दर्भमा भन्नु पर्दा पनि पार्टीको विकास गरि उचाईमा पुर्याउन लिम्बुवान विचार दर्शनलाई पनि समय परिस्थिति अनुसार सुधार तथा विकास गरेर लानु पर्छ / लिम्बुवान पार्टीमा पनि यस्तो नया विचार, योग्यता र क्षमता भएको नेताहरु छन् भने, पार्टी नेतृत्वले ठाउँ-अवसर दिनु पर्छ र जनाले पनि साथ दिनु पर्छ तर यस नया विचारको स्थान दिदा पार्टी नेतृत्वले राम्रो साबधानी अपनाएर व्यवस्था गर्नु पर्छ ता कि तत्कालिन एमाओवादी पार्टी तिन ३-४ टुक्रा भएको पृष्ठभूमि पनि ख्याल गर्न जरुरी हुन्छ / जसमा आफ्नो एक तर्फी मुडे बलले मात्र लिम्बुवानको क्रान्ति अघि बढ्न र निकाश पाउन सक्दैन /
१०) पार्टीमा गैर लिम्बुहरुको प्राथमिकता तथा स्थान......
संघिय आन्दोलनको अभियन्ता पार्टीहरुलाई एकात्मकवादीहरुले जातीय पार्टी र राज्यको वकालतको आरोप लगाई रहेको अवस्थामा पार्टी नेतृत्वमा पनि पछिल्लो पाच पार्टी एकता पछि त्यस्तै झ-झल्को दिने गरि पार्टीको सघठनात्मक स्वरूप निर्माण गरिएको छ / यसले पकै सङ्घीय लिम्बुवान क्रान्तिलाई ठुलो असर परिरहेको छ / त्यसैले पार्टी नेतृत्वले गैर लिम्बुहरुको समावेसी प्रतिनिधित्व र गैरलिम्बुहरुको हक-हित अत्याधिक मात्रामा व्यवस्था गर्न जरुरी छ / त्यसर्थ लिम्बुवान पार्टीको नेताहरुमा मेरो निबेदन यो छ कि लिम्बुवानमा गैर लिम्बुहरु हक-हित, आत्मसम्मान र समावेसी पहुचको स्थान निरन्तर सम्बोधन गर्नु होला /११) निष्कर्ष
लिम्बुवानमा अहिले विवाद र झगडा गर्ने समय होइन, व्यक्तिगत स्वार्थहरु भन्दा माथि उठेर लिम्बुवान क्रान्तिमा मात्र ध्यान दिनु पर्छ, त्यसैले पार्टी नेतृत्वहरु सङ्घीय लिम्बुवानको लागि एक हुनुको बिकल्प छैन / यसरी एक-अर्कामा खुट्टा ताना-तान गरेर सङ्घीय लिम्बुवानको क्रान्ति सफल हुदैन / अहिले नेपालको राजनीतकमा एकात्मक जातिवादी चार दलहरुको असबैधानिक कदमको राष्ट्रघाती १६ बुदे र संविधानको मसौदाको बिरुद्धमा लिम्बुवानले शसक्त सडक आन्दोलन गरेर सबै ठप्प बनाएर एकात्मक राज्यलाई चुनौतीको शक्ति प्रदर्शन गर्नु पर्ने हो / लिम्बुवानको मुख्य पाच पार्टीहरु बीच एकता पछि लिम्बुवान झन् बलियो भएर तिब्रगतिमा निकै अघि बडीसक्नु पर्ने तर झन् दिन-प्रति दिन कमजोर भएको देखिन्छ, कतै पाच पार्टी एकतासंगै सङ्घीय बिरोधी एकात्मक जातिवादीहरुले आगामी दिनको लागि सभासद-मन्त्रि पदको हड्डी त लिम्बुवानको नेताहरुलाई दिएको छैन ? भन्ने संका आम सङ्घीयवादी शक्ति र लिम्बुवानी जनताहरुमा पर्न गएको छ / यदि एकात्मक जातिवादीहरुको करार मन्त्रीको सम्झौता लिम्बुवानी नेताहरुले स्वीकारेर यसरी लिम्बुवान पार्टीलाई अनिर्णयको बन्दी बनाइएको हो भने खबरदार.....!!! लिम्बुवानी जनताको सहयोगले पार्टी नेतृत्व यहाँसम्म पुगेर, अहिले सङ्घीय लिम्बुवान क्रान्ति र जनतालाई धोका दिदै हुनु हुन्छ भने, हामी आज देखि लिम्बुवान प्रतिको माया र बिश्वास त्याग्ने छौ /जय लिम्बुवान........!!! जय सङ्घीय अभिवादन..........!!!
नोट:- यो विचार लिम्बुवान पार्टीको नेता-कार्यकर्ता नभएर, एक स्वतन्त्र लिम्बुवानी जनता हो / Dammar Labung को Facebook वाल बाट साभार गरिएको..........

0 comments:
Post a Comment