Breaking News
Loading...
######


मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद एक जना व्यक्तिको पेवाले बनेको राजनैतिक शक्ति होइन् यो त सारा लिम्बुवान प्रेमी, पहिचानवादी, संघीयतावादी, गणतन्त्रवादी, धर्मनिरपेक्षता वादी, ऐतिहासिक पृष्ठभूमिलाई आत्मा साथ गर्दै सारा संसारमा रहेका लिम्बुवानको पानी खाँएका सारा लिम्बुवानीहरुको साझा शक्ति भएकोले लिम्बुवानको एक शक्ति हुँ भन्दै भारतमा बसेर भारतको पानी खाँएर राजनीति गर्नेले चाँहि लिम्बुवान प्राप्तगर्छ भन्ने के छ ? लिम्बुवानको गाउँ गाउँ पुगेर लिम्बुवानी जनताहरु बीच बसेर लिम्बुवान प्राप्तीको लागि राजनीति गर्न म आदरणीय फेसबुकमा मञ्च सम्बद्ध लिम्बुवान र यस संगठनको अध्यक्ष महोदयलाई गाली गर्न तल्लीन मित्रहरुलाई आग्रह गर्दछु । तपाईहरु खुल्ला राजनैतिक बहसमा आउँनुहोस् हामी बहस गर्न तयार छौं तर फेसबुकको पन्नामा मात्र तपाईहरु नानाभाती लेखेर आत्माग्लानी नबन्नुहोस् । आउनुहोस् वार्तामा बसौं । नयाँ विचार र सिद्धान्त खोजौं यदि लिम्बुवान स्वायत्त राज्य निर्माणमा त्यसले मद्दत गर्दछ भने तर फेसबुकमा मात्रै गाली गरेर के पनि पाइन्दैन् यो जानी राखे हुन्छ ।
जय लिम्बुवान, संघीय अभिवादन ।
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला