लिम्बुवानी नेताहरुलाई आत्म निर्भर गराउने र आगामी स्थानीय निर्वाचन चुनावमा लिम्बुवानको भूमिका के भन्ने ? धेरै नेताहरुले हालै दमक झापामा ४ दिन सम्म लामो बहस गरेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले गम्भीर समिक्षा गरेको छ । त्यसमा पहिलो कुरा चाँही लिम्बुवानी नेता तथा कार्यकर्ताहरुलाई आत्मा निर्भर हुन सामुहिक लगानीमा व्यावसाय, कृषि लगायतका कार्यक्रममा सरिक गराउने, सहकारी व्यवसायमा संलग्न गराउने जस्ता कुराहरु उठेका छन् भने अब बन्ने सरकारले स्थानीय चुनाव गरे त्यसमा पार्टीको कस्तो उपस्थिति हुने भन्ने धेरैनेताहरुमा कुरा उठेपछि हामी नेतृत्वहरुले गम्भीर भएर सोच्नै पर्छ त्यसैले आगामी आउने पार्टीको केन्द्रीय बैठकले सो कुराको टुंगो लगाउने हुँदा जति पनि लिम्बुवानलाई माया गर्नुहुने र लिम्बुवानी प्रेमीहरुको प्रश्नको अब हुने बैठकले समाधान गर्ने छ है । जय संघीय, जय लिम्बुवान ।
Breaking News
Loading...