दमक/संघीयता र लिम्बुवान आन्दोलन बारेमा धेरै व्याख्या विश्लेषण र चर्चा परिचर्चा अनि बहस छलफल भईरहेको भएतापनि लिम्बुवानको आवश्यकता नै किन ? भन्ने धेरैमा जिज्ञासाहरु आईरहेको वर्तमान राजनैतिक वृत्तलाई नै च्यालेन्ज दिने एउटा पुस्तिका मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पौष २६ गते बाट सार्वजनिक गर्दै लिम्बुवानको गाउँ गाउँमा सो पुस्तिका पुराउने बताईएको छ ।
संघीय लिम्बुवान पत्रकार परिषदको संयोजनमा तयारी भईरहेको सो पुस्तक करिब ६० पेजको हुने बताइएको छ भने सो पुस्तामा लिम्बुवानको दर्शन देखि भोलिको लिम्बुवानमा हुने आर्थिक, सांस्कृतिक, राजनैतिक तथा विभिन्न विषय बस्तुहरुलाई सो पुस्तिकामा पस्कने कोसिस गरिएको बताइएको छ । सो पुस्तिकाले लिम्बुवानमा त भन्दा म के कम भन्ने लिम्बुवान जन्य संगठनहरुलाई ठूलो शिक्षा दिने पनि बताइएको छ । सो पुस्तिका अध्ययनको लागि विभिन्न मिडिया तथा लिम्बुवानका सबै पत्रपत्रिका पसलहरुमा राखिने पनि तयारी भईरहेको जानकारी प्राप्त भएको छ । देश विदेशमा सो पुस्तिका पु¥याउने र लिम्बुवान आन्दोलनलाई अझ थप उचाईमा पुराउने मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तयारी रहेको जानकारी प्राप्त भएको छ ।
पत्रकार मित्रहरुलाई भोलि उर्लाबारीको वाणिज्य संघको सभाहलमा हार्दिक निम्तो छ है ।
जय लिम्बुवान, संघीय अभिवादन ।