दमक/आज भन्दा २ बर्ष अगाडि दमकमा स्थापना गरेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज दमकको औषधी व्यवसायी संघको हलमा दोस्रो बार्षिक उत्सव सम्पन्न गरेको छ ।
झापा सहकारी डिभिजनका सहायक प्रशिक्षक बषिष्ठ अधिकारीको प्रमुख आतिथ्य तथा राष्ट्रिय बहुमुखी सहकारी सस्था लिमिटेड दमकका अध्यक्ष जितमान राईको उपस्थितिमा सम्पन्न उक्त उत्सव कार्यक्रममा १३ पुरुष र १२ महिला गरि २५ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नुहुने सबैलाई सहकारीको तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको अध्यक्षता अध्यक्ष मेहमान लावुङ्ले गरेका थिए भने संचालन सचिव संकल्प लिङ्देनले गरेका थिए ।
आदरणीय मित्रहरु, घरघरमा भक्कारी घरघरमा सहकारी भन्ने नारामा सबै एकजुट हौं । म पनि यस फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर सदस्य भएकोले सबै मित्रहरुलाई सहकारीमा सदस्यता बन्न आग्रह गर्दछु ।