ताप्लेजुङको प्रसिद्ध मुन्धुमी तिर्थस्थल मुक्कुमलुङ युमा माङ्हिम स्थलमा बिकासको
नाममा केहि मुट्ठीभर भ्रष्ट, कमिसनखोर, नाफाखोर, माफिया, भु-माफिया र दलाल पुजीपति
वर्गबाट बिकासको नाममा अतिक्रमण हुँदैछ ।
मुक्कुमलुङमा केवलकार निर्माणको लागि
जग्गा खरिद प्रक्रियामै ठुलो भ्रष्टाचार भएको देखिन्छ । जसमा ७,२०,००० रुपैयाँमा
जग्गा खरिद गरि २९,८५,००,००० रुपैयाँमा बिक्री गराई जम्मा २९,७७,८०,००० रुपैयाँ
भ्रष्टाचार भएको देखिन्छ ।
धार्मिक तथा सास्कृतिक उपनिवेशकारी र दलाल पुजीपति
वर्गहरुले मुक्कुमलुङलाई उनीहरुको निजी व्यक्तिगत व्यापारी केन्द्र बनाउदै छन् ।
जसको लागि केहि स्थानीय युमावादी लिम्बु तथा याक्थुङ युमा साम्योका दलालहरुलाई
आर्थिक लेनदेनको प्रलोभनमा पारि परिचालन गराइएको देखिन्छ । त्यसैले मुक्कुमलुङको
अस्तित्व र पहिचान रक्षा गर्नको निमित्त सबै बिद्रोहमा होमिनु पर्ने अवस्था आएको छ
। सायद अब केवलकारका दलाल पुजीपति वर्गको स्वार्थ अनुसार, स्थानीय
लिम्बु-लिम्बु/दाजुभाइहरु बिचमै मारामार र काटाकाट हुने निश्चित देखिन्छ ।
0 comments:
Post a Comment