डा. बाबुराम भट्टराईले एउटा नयाँ प्रकारको राजनीतिक ‘मुभ’ गर्न खोज्नुभएको जस्तो देखिन्छ । मलाई लाग्छ, अहिलेको परिस्थितिमा मुलुक त्यसको लागि तयार छैन ।
मलाई एउटा कुराले घचघच्याइरहेको कुरा चाहिँ के हो भने संविधान जारी गर्नेबेलामा तपार्इं पनि एउटा महत्वपूर्ण स्थानमा हुनुहुन्थ्यो । संविधान जारी गर्ने विषयमा तपाईंले पनि भूमिका निर्वाह गर्न सक्नुहुन्थ्यो/पर्थ्यो । संवाद समितिको सभापति हुनुहुन्थ्यो, तर संविधान त तपाईंहरुकै पहलमा आयो ।
मधेशको समस्या समाधान गर्ने मौका हामीले गुमाइसक्यौं । अहिले यो समस्या हाम्रो हातमा छैन । हामी कसैको आदेश वा निर्देशनको पर्खाइमा छौं । वार्ताटोली पनि त्यसैको पर्खाइमा छ । त्यसैले अहिले हामीले केही गर्न सक्छौं भने वातावरण बनाउने काम मात्र गर्न सक्छौं । तर निकास निकाल्न सक्दैनौं ।
अहिले पनि तपाईं ‘संविधान त राम्रै आयो’ भन्दै हुनुहुन्छ । ‘यो कुरा नहुन्जेलसम्म चाहिँ संविधान जारी गर्न मिल्दैन’ भन्नुपर्थ्यो नि त । तपाईंले पनि मधेशको कुरा सुनिराख्नै भएको थियो । तर ऐनमौकामा त्यो बोलिएको कुरा पूरा गर्न किन चुक्छन् राजनीतिक दलहरु ? मधेशवादी दलहरुले पनि संविधान भएन भनेर भोट नहालेका त होइनन् नि त ! त्यसैले यो दोहोरो कुरा गरेर भएन डा.’साप ।
हामी चुक्यौं, तपाईं पनि चुक्नुभयो । संविधानसभा रहँदासम्म समय थियो । संविधानसभा रहँदा तपाईंहरुले संविधानसभा र राज्य पुनःसंरचनाको विषयलाई तपाईंहरुले एकअर्काबीच मेल नखाने कुराको रुपमा हेर्नुभयो । हिजोको त्यो संविधानसभाले सबै पक्षलाई समेट्छ भन्ने परिकल्पनाभन्दा बाहिर गएर हेर्नुभयो ।
अहिलेकै मनस्थितिमा रहेर यो समस्या हल हुँदैन । मलाई लाग्छ, यो वार्तासार्ताले पनि केही निकास दिनेवाला छैन । वार्तामा बस्दा दुई पक्षले बोलेको कुरा र वार्ता सकिएपछि उनीहरुले बोलेको कुरा सुन्दा यस्तो वार्तामा जति बसे पनि कहीँ पुगिने छैन ।
मधेशको समस्या समाधान गर्ने मौका हामीले गुमाइसक्यौं । अहिले यो समस्या हाम्रो हातमा छैन । हामी कसैको आदेश वा निर्देशनको पर्खाइमा छौं । वार्ताटोली पनि त्यसैको पर्खाइमा छ । त्यसैले अहिले हामीले केही गर्न सक्छौं भने वातावरण बनाउने काम मात्र गर्न सक्छौं । तर निकास निकाल्न सक्दैनौं ।
अहिले एमाओवादी, कांग्रेस र एमाले मिलेर संविधान जसरी जारी भयो, संसारमा संविधान यसरी बन्दैन । संशोधन त आज देख्न नसकिएका, आज खुट्याउन नसकिएका समस्याहरु आइपरेपछि त्यसको समाधानको लागि गर्ने हो । तर यहाँ त समस्या नाकमा झुन्डिरहेको छ, समाधान चाहिँ भोलि खोज्छु भनेर गरियो । दुनियाँमा कहीँ यस्तो हुन्छ ?
यो तनावपूर्ण वातावरणमा हामी केही गर्नै सक्दैनौं । यसले दूरगामी प्रभाव पार्ने प्रकारको परिवर्तन ल्याउँछ भन्ने मलाई लाग्दैन । विगतका हाम्रा सम्झौताहरु किन लागु भएनन् भन्ने सन्दर्भमा यो पनि एउटा कारण हो । त्यसबेला पनि सम्झौताका बुँदाहरुले भविष्यमा के प्रभाव पार्छ भन्ने नहेरी तत्कालको समस्या समाधान गर्ने भनेर गरियो ।
अहिले एमाओवादी, कांग्रेस र एमाले मिलेर संविधान जसरी जारी भयो, संसारमा संविधान यसरी बन्दैन । अगाडि नाकमा झुन्डिरहेको समस्यालाई भोलि संशोधनमार्फत सम्बोधन गर्छु भनेर संविधान बन्छ कहीँ ? संशोधन त आज देख्न नसकिएका, आज खुट्याउन नसकिएका समस्याहरु आइपरेपछि त्यसको समाधानको लागि गर्ने हो । तर यहाँ त समस्या नाकमा झुन्डिरहेको छ, समाधान चाहिँ भोलि खोज्छु भनेर गरियो । दुनियाँमा कहीँ यस्तो हुन्छ ?
जहाँसम्म मधेशको समस्याको कुरा छ, हामीले खालि वातावरण निर्माण गर्ने हो, संवादका लागि वातावरण हामीले निर्माण गर्न सकिन्छ । तर, अहिले सत्तापक्षले सुन्छ भन्ने कुरामा चाहिँ मलाई विश्वास लाग्दैन । विश्वास भएको भए सायद डा’सापले पनि पार्टी छोड्नुहुन्नथ्यो कि ?
कातिक १५ गते राजधानीमा ‘समकालीन राजनीतिका आन्तरिक र बाह्य चुनौतीहरु’ विषयक अन्तर्क्रियामा डा. बाबुराम भट्टराईद्वारा व्यक्त विचारमाथि प्रा. कृष्ण खनालको टिप्पणीको सम्पादित अंश ।
esamata.com बाट साभार

0 comments:
Post a Comment