Breaking News
Loading...
######




१ ) लिम्बुवान स्वायत्तता को लागि पहिले देखि नै आन्दोलनहरु चल्दै आए |

२ ) ०४७ साल मा स्थापना भएको नेपाल रास्ट्रिय जनजाति पार्टी ले १२ धर्के झन्डा सहित १२ प्रान्त को प्रस्ताब शशक्त गरि अघि सर्यो |
तर केहि व्यक्तिहरुको उग्र सोच ले गर्दा त्यो जनजाती पार्टी दर्ता हुन् सकेन | निर्बाचन आयोग ले जनजाती पार्टी दर्ता गर्न मानेन ,जनपार्टी दर्ता गर भन्यो | तर ,भर्खरै पंचायत को पनि कोर पन्च टिम बाट आएका साथीहरुले आफुलाई क्रान्तिकारी देखाउन दर्ता गर्न दिदैन भने नगर्ने भनेर उग्रबादी कुरा गरे |
जनजाती पार्टीका काजिमान कन्दवा देखि सबै जना आखिर पन्च बाटै आएका थिए | पन्च बाट आएर संघीय आन्दोलन मा होमिनु नराम्रो कुरा थिएन तर कम्तिमा हिजो प्रगतिशिल पृष्ठभूमि नभएका साथीहरुले एक्कासि त्यति उर्ग्र कुरा गर्नु उचित थिएन | सबै मिलेर जनपार्टी नै दर्ता गरेर पूर्वमा जुर्मुराएको त्यत्रो मास लाइ क्याच गर्न सकेको भए संघीय आन्दोलन ले धेरै फडको मार्थ्यो | यो गुनासो पछी काजिमान ज्यु ले मलाइ सुनाउनु भएको थियो |

३ ) स्वतन्त्र बाट जनजाती साथीहरु चुनाब लडे ,पार्टी दर्ता थिएन ,पछी फ्रस्टेसन सुरु भयो र दर्ता गरेको पार्टी जनमुक्ति मोर्चा संग एकीकरण गरे |
जनजाती पार्टीले शशक्त रुपमा प्रान्तीय /संघीय मुद्दा उठाएको थियो तर जनमुक्ति मोर्चा ले संघीयता कम र समानुपातिक कुरा मेजर गरि उठाएको थियो |
एकीकरण पछी रास्ट्रिय जनमुक्ति मा संघीयता को कुरा कम र समानुपातिकता को कुरा बढी उठ्यो | बिस्तारै संघीयता को कुरा ओझेल पर्दै गयो |

४ ) अब डाइरेक्ट संघीयता को कुरालाई नै हाइलाइट गरेर लानु पर्छ भनेर हामीले २०६२ सालमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच स्थापना गरेको हो | पार्टीको नाम मा नै संघीय जोडने भनेर |
अनि ,संघीय मंच ले संघीय लिम्बुवान जन्माएको होईन बरु एकै दिन दुवै जन्मिएको हो भनेर हामीले बुझ्यौ |
केहि साथीहरुले संघीय मंच ले संघीय लिम्बुवान जन्माएको हो भनेर बुझे |
संघीय लिम्बुवान राज्य परिसद को स्थापना दिवस कसैले मंच स्थापना भएकै दिन मान्नु र कसैले अर्कै दिन मान्नु को कारण यहि हो |
५ ) मंच र लिम्बुवान को दुइटा झन्डा हुनु पर्छ भन्ने कुराले ठुलो बिबाद सृजना भयो | संघीय मंच को राजनीतिलाई देश ब्यापी गर्ने लंग टर्म को भिजन लाइ धेरैले बुझेनन र बुझाउन सकिएन |
६ ) अरु त अरु लिम्बुवान को अघि संघीय शब्द राख्नु हुदैन भनेर सानो मात्र बिबाद झिकेनन | देश पो संघीयता हुन्छ त लिम्बुवान कहिँ संघीय हुन्छ ? भनेर तर्क दिए साथीहरुले |
धेरै लाइ अल्मलाइयो |
अरे बाबा , नेपाल मा माओबादी पार्टी छ ,के माओको शाशन छ त ? माओबाद भन्ने त एउटा राजनैतिक आदर्श पो त |
त्यसतै लिम्बुवान आन्दोलन ले पनि संघीय आन्दोलन लाइ आदर्श मान्छ भनेर हाम्रो पार्टीको नाम मा संघीय शब्द राखेको पो त भनेर बुझाउने प्रयास भयो |
त्यसबेला पनि अहिले सबैले भन्ने गरेको कुमारे निरङ्कुश ले त्यो निरङ्कुशता ( !) प्रयोग नगरेको भए लिम्बुवान को अघि संघीय शब्द रहने थिएन |
त्यस्ता साना तिना कुरामा पनि बिबाद हुन्थ्यो हाम्रो सर्कल मा |

७ ) पंचायत कालमा पनि कम्युनिस्ट / माओको किताब हरु छ्याप छाप्ति पाइन्थे | धेरै ले त महेन्द्र स्वयम् ले गाउ गाउमा बाडी दिन्थ्यो भन्ने पनि आरोप लागाएका छन् | किनकि एकदलीय कम्युनिस्ट पार्टीको अबधारण र दलविहीन पन्चायत को अबधारण मिल्थ्यो रे ! जेहोस यो एउटा बहस को बिषय हो | तर पुस्तक हरु पाइन्थ्ये |
तर पंचायत कालमा त के कुरा ,बहुदल काल र अहिलेको गणतन्त्र काल मा पनि नेपाल को पुस्तक पसल हरुमा संघीयता सम्बन्धि पुस्तक हरु पाइन्दैन |
के के बाट खोजेर ,पढेर ,बुझेर पार्टीको आन्दोलनको बुझाइ हरु बिकसित गरियो | साम्यवाद र पुजिबाद ले पुरै खाएको एउटा पुस्ता संग लडाई लड्नु पर्यो ,लडिरहेका छौ |
यस्तो गाह्रो अवस्था बाट संघीय ,लिम्बुवान आन्दोलन लाइ अघि बढाइयो |
लिम्बुवान आन्दोलन संगै देश विदेश मा एउटा राजनैतिक पुस्ता बिकसित भयो |
कुमार लिङदेन - मुर्दाबाद भन्ने एउटा पुस्ता पनि बिकसित भयो ,यो राम्रो कुरा हो ,लोकतान्त्रिक धारबाट हेर्दा |
तर पनि यहाँ सम्मको बाटोहरु सजिलो थिएन भनेर पनि बुझ्नु पर्छ |
पर्खाल हरुले घेरिएको हाम्रो सागुरो सोच हरुको बिरुद्ध मा लडेर यहाँ सम्म आइपुग्नु सजिलो थिएन भनेर बुझ्नु पर्छ |

८ ) सबैले भने पछी एकीकरण पनि गरियो | एकीकरण ले आन्दोलन थलियो | थलिनुको कारण हरु के के हुन् भनेर अहिले नभनौ होला ,परेको दिन बोल्नु पर्छ |

फुटाउदा फुटाउदा नथलिएको लिम्बुवान आन्दोलन जुटाएर राम्ररी नै थलियो ,कसले कहाँ बाट प्रयोग गरेको यो थ्योरी हो कोनी क्षणिक को लागि भए पनि त्यो सफल जस्तो देखियो |

९ ) यी सबै कठिनाइ हरुको बाबजुद पनि ,फेरी पनि लिम्बुवान आन्दोलन लाइ अघि बढाउने हिम्मत भएको छ |
दार्जिलिंग को सापटी लिदै नेताहरुले भन्थे ,
'' पार्टी भन्दा जाति ठुलो ,जाति भन्दा माटी ठुलो '' |
नेताहरुको यहि भनाइलाई आधार मान्दै अब अघि बढने हो , लिम्बुवान माटोको लिम्बुवान अस्तित्व को लागि पार्टी भन्दा माथि उठेर काम गर्ने हो |
कांग्रेस एमाले लाइ पार्टीको सागुरो घेरामा घेराबन्दी नहोउ भनेर अर्ति दिने हामी हरु ,
आवश्यक पर्दा त्यो अर्ति हाम्रो पार्टीमा पनि लाग्दैन भन्ने कुरा आउदैन |
१० ) मैले बारम्बार यहाहरुलाई भनेको - जेहोस लिम्बुवान आन्दोलन अघि बढछ है ,यसमा कुनै दुइ मत छैन |
अलि अलि साहित्य पनि कोर्ने गरेकोले मैले प्रत्येक पल लिम्बुवानी धरतीको आत्मा संग बात मार्छु ,
लिम्बुवानी आमा भन्छिन - तिमीहरु जस्तो सानो तिनो कुरामा अल्झने ,लिम्बुवान आन्दोलन लाइ करिअर / भर्यांग बनाउने हरु संग दिक्क लाग्छ | तर ख्याल गर ,धरती हु धरती - नया नया सपुत हरुले जन्म लिन्छ , लिम्बुवान आन्दोलन अघि बढेरै छोडछ |
......................
लिम्बुवान आन्दोलन जारि छ ,जारि रहने छ |
जय लिम्बुवान ,संघीय अभिभादन |

कुमार लिंङदेनको facebook वाल बाट साभार 
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment