Breaking News
Loading...
######







किरात धार्मिक वन र माङ्हिमकै जग्गामा बारम्बार हस्तक्षेप किन ?

25, Oct, 2015
काठमाडौँ खाल्डोलाई देवताहरूको बासस्थान पनि भन्दछन् । यहाँ हिन्दुहरूको पशुपतिनाथ र बुद्धिष्टहरूको स्वयम्भू लगायत छन् । तर, यहाँ सबैभन्दा लामो समयसम्म शासन गर्ने आदिवासी पुर्खा किरातहरूको चाहिं त्यस्ता देवस्थलहरू छन् कि छैनन् होला ?
काठमाडौँको किरातेश्वर, गोकर्ण, शंखमूल र पाटन क्षेत्रमा किरातहरूको ऐतिहासिक अवशेषहरू छन् भनिन्छ । हो कि होइन होला ? साँच्चै छन् कि छैनन् होला ? यो थप खोज र अध्ययनको विषय हो ।
यसमा त्यति चर्चा नपाएको तर साक्षात् प्रमाण र निरन्तरता रहेको दुई ठाउँ ललितपुरको तिखेदेवल र धापाखेलस्थित सानो हात्तीवन किरात माङ्हिम (मन्दिर) क्षेत्र पनि रहेका छन् । तिखेदेवलमा धेरै पहिलेदेखि नै केही किरात लिम्बु पुर्खाहरुको बसोबास रहेको बताइन्छ । यही ठाउँमा पहिले ‘युमा’ माङ्हिम थियो । त्यसैलाई अहिले ‘उमा महेश्वरी’ मन्दिर बनाइएको छ । मन्दिरमा भएको शिलालेखले यसको पुष्टि गर्दछ ।
किरात माङ्हिम व्यवस्थापन समितिले बैठकपश्चात कुनै पनि हालतमा सो धार्मिक वन र माङ्हिमको जग्गा वन कार्यालयलाई उपलब्ध गराउन नसकिने; बरु जीवन-मरणको सङ्घर्ष नै गर्ने निर्णयसमेत भएको व्यवस्थापन समितिका अध्यक्ष क्या. शिवकुमार लिम्बुले बताएका छन् । यति हुँदाहुँदै पनि जिल्ला वन कार्यालय, ललितपुरले सरकारी बल प्रयोग गरेर भए पनि जबर्जस्त जग्गा लिएरै छोड्ने योजना रहेको बुझिएको छ ।
किरात इतिहास तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बाका अनुसार सबैभन्दा लामो अवधि १७७९ वर्षसम्म ३२ पुस्ता राज्य गरी किरातहरू पूर्वतर्फ लागे । तिनै किरातमध्ये केहीका सन्तानहरू भैरवनाथ पल्टन खडा गर्ने क्रममा हजारौं वर्षपछि पुनः काठमाडौं उत्पयकामा आएर बसोबास गर्न थालेका हुन् । यसमध्ये तिखेदेवलमा बढी लिम्बुहरू बस्ने हुनाले यस गाउँलाई अझै पनि ‘लिम्बु गाउँ’ भन्ने गरिन्छ । यही तिखेदेवलमा किरातकालीन सत्ताइसौं राजा शङ्खाहाङ्द्वारा निर्मित युमा माङ्हिमलाई गैरलिम्बुहरुले अहिले उमा महेश्वर मन्दिर नामकरण गरेर हिन्दुशैलीमै पूजाआजा गर्ने गर्दछन् ।
यो यस्तो धार्मिक, सांस्कृतिक र भाषिक अतिक्रमणको एउटा सानो उदाहरण मात्र हो । यस्ता अतिक्रमणहरू उता लिम्बुवानैभरि भएका छन्, मुलुकैभर हुँदैआएका छन्, अझै भइरहेका छन् । यसविरुद्ध पनि एक सचेतना र मौलिकीकरणको आन्दोलन नै छेड्न आवश्यक छ । त्यो ढिलो पनि हुँदैछ |
यो तिखेदेवल नजिक सातदोबाटो हुँदै गोदावरी जाने मूलबाटोको दाहिनेपट्टि कोट्खुखोला पश्चिममा किरात लिम्बु, राई, याक्खा र सुनुवार जातिको एक संयुक्त धार्मिकस्थल छ । अहिले यस धार्मिकस्थलाई सानो हात्तीवन किरात माङ्हिम क्षेत्र भनेर चिनिन्छ । यहाँ लिम्बु राईहरूको मौलिक परम्पराअनुसार उभौली यक्वा पूजा गर्ने कार्यको सुरुवात वि.सं. १९०५ बाटै भएको प्रमाण छ ।
यस धार्मिक स्थललाई किरातहरूकै परम्परागत रुपमा पूजाआजा गर्ने स्थलको रुपमा सरकारी तवरबाट स्वीकार गरिँदै आएको तथ्यहरूसमेत छन् । यध्यपि, यसलाई त्यहाँका स्थानीय गैरकिरातहरूद्वारा पटक पटक निजी जग्गाको रुपमा हस्तक्षेप गर्ने प्रयास भएको छ । साथै, सरकारी तवरबाट पनि कहिले भूसंरक्षणको नाममा त कहिले वन संरक्षण गर्ने कार्यालय बनाउने निहुँमा जग्गा खोस्ने हुर्मतहरू हुँदै आएका छन् ।
यही अतिक्रमण, हस्तक्षेप र हुर्मतको पछिल्लो नमुनास्वरुप जिल्ला वन कार्यालय, ललितपुरले आफ्नो कार्यालय विस्तार गर्नका लागि यसै धार्मिकस्थल रहेको वनको २ रोपनी जग्गा खोस्ने षड्यन्त्र सुरु गरेको छ । मिति २०७२ भदै ३१ गते जिल्ला वन कार्यालयको तर्फबाट जिल्ला वन अधिकृत डा. विनोदप्रसाद देवकोटाले सानो हात्तीवन किरात माङ्हिम व्यवस्थापन समितिलाई जग्गा उपलब्ध गराउन भनी लेखेको एक पत्रबाट सो षड्यन्त्रको पुष्टी हुन्छ । यो दाउ गरिएको जग्गा भनेको उभौली र उधौलीको बेला उक्त धर्मावलम्बी समुदायहरू जम्मा भई धार्मिक उत्सव या मेला गर्ने समतल ठाउँ हो |
सरोकारवाला किरात लिम्बु, राई, याक्खा र सुनुवार लागायतका आदिवासी समुदायमा एउटा अनुत्तरित प्रश्न उब्जिएको छ कि यो वन कार्यालयको भवन निर्माण र विस्तारका लागि किरात धार्मिक वन तथा माङ्हिम क्षेत्रकै जग्गा बारम्बार अतिक्रमण गर्नुपर्ने किन ?
जिल्ला वन कार्यालय, ललितपुरले यस्तो व्यहोराको पत्र धार्मिक वन तथा माङ्हिम व्यवस्थापन समितिलाई पठाएपछि तुरुन्तै समितिको बैठक बसेको छ । बैठकमा सम्बद्ध विभिन्न प्रबुद्ध व्यक्तित्वहरूसँग परामर्श भएको छ । बैठकपश्चात कुनै पनि हालतमा सो धार्मिक वन र माङ्हिमको जग्गा वन कार्यालयलाई उपलब्ध गराउन नसकिने; बरु त्यसको विरुद्धमा जीवन-मरणको सङ्घर्ष नै गर्ने निर्णयसमेत भएको व्यवस्थापन समितिका अध्यक्ष क्या. शिवकुमार लिम्बुले बताएका छन् ।
यति हुँदाहुँदै पनि जिल्ला वन कार्यालय, ललितपुरले सरकारी बल प्रयोग गरेर भए पनि जबर्जस्त जग्गा लिएरै छोड्ने योजना रहेको बुझिएको छ । यदि यसो भएमा आफ्नै धार्मिक, सांस्कृतिक पहिचानको लागि काठमाडौं उपत्यका, देशभित्र र संसारभर छरिएर रहेका किरात लिम्बु, राई, याक्खा र सुनुवार लगायतका आदिवासीहरू यसका लागि लड्न तयार हुनुपर्ने अवस्था रहेको बताइन्छ ।
अन्तरिम संविधानमै व्यवस्थित धर्मनिरपेक्षताको हिन्दुधर्म सापेक्ष कुटिल व्याख्या गरी घोषित अमान्य संविधानमा राखेर राज्यले मान्न खोजेको बाहेक अन्य धर्म, संस्कृति र समुदायलाई अझै अतिक्रमण, हस्तक्षेप र बहिष्करण नै गर्ने नयाँ षड्यन्त्रको रुपमा यस घट्नालाई लिन बाध्य पारिएको अवस्था छ ।
यो अवस्थामा यहाँका सरोकारवाला किरात लिम्बु, राई, याक्खा र सुनुवार लागायतका आदिवासी समुदायमा एउटा अनुत्तरित प्रश्न उब्जिएको छ कि यो वन कार्यालयको भवन निर्माण र विस्तारका लागि किरात धार्मिक वन तथा माङ्हिम क्षेत्रकै जग्गा बारम्बार अतिक्रमण गर्नुपर्ने किन ?
बाट साभार http://esamata.com/
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment