Breaking News
Loading...
######


प्रकशित मिति 26 jun 
       संसार भरि छरिएर रहनु भएका पहिचान र संघियाबादी, लिम्बुवान प्रेमी सम्पूर्ण परिचित तथा अपरिचित महानुभाब हरु सर्बप्रथम सेवारो, जय लिम्बुवान! संघिय अभिबादन!

       केहिदिन अगाडी केन्द्रिय अध्यक्ष ज्यु, र संसार भरि छरिएर रहनु भएका मेरा शुभचिन्तक ज्यु हरुको चाहाना, सल्लाह, सुझाब हरुलाई स्वीकार्दै हामीले हदै सम्मको लचकता अपनाउदा पनि यहा कतारमा रहेका केहि फोहरी गेम्लर हरुले बेवास्ता गर्नुका साथै यो हाम्रो प्रस्ताब लाइ अबज्ञा गरेको हुनाले आज तपाइँ हरु सामी मैले बाध्य भएर सबै कुरा हरु राख्न गइ रहेको छु कृपया एक पटक सरसर्ती अल्छी नमानी पढी दिनुहुन र कतारको बारेमा बास्तबिकता बुझी दिनु हुन सबैमा सादर अनुरोध गर्दछु।

 प्रसङ्ग यहा बाट सुरु गरौँ ,,,मार्च २० को बनभोज कार्यक्रम सकेर जब हामि फर्कियौं, सोहि रात कियाचु समिति (सलिस ग्रुप) को बेलुकानै गोप्य बैठक सनैयामा बसेछ। अफसोच हामि केहि लाइ बाहेक कतार सलिस का अतिबादी हरुको त्यो गोप्य मिटिंग नै यो अहिले सम्मको बखेडा हो भन्दा अत्युक्ति नहोला। के कसरि त्यो अबस्था बाट यो अबस्थामा आइपुग्यो? भनेर म आज पहिलो चरणमा छोटकरीमा सरसरती तपाइँ हरु सामु केहि कुरा हरु राख्नेनै छु। यदि तपाइँ हरु प्रष्ट हुन चाहानु हुन्छ भने अझै म संग भएका ति व्यक्ति हरु बोलेका सम्बाद सहित पुन पोस्ट गर्नेनै छु।

२७ मार्चको दिन कियाचु कतारको ८औ अधिबेसन हुने बहस चलि रहदा तत्कालिन कियाचु कार्यबाहक महासचिब र सलिस उपमहासचिव डम्बर लिबांग र उपाध्यक्ष यातु कुमार लिम्बु हरुले सलिस कतारको सामुहिक च्याट ग्रुप भित्र पटक पटक भ्रामक कुरा हरु लेख्दै सहयोद्दा मित्र हरुको मनोबल गिराउने काम र ध्रुविकरण गर्दै लैजाने कार्य गर्नु भयो। सो समूह भित्र सलिसा कतारका महासचिब तिल बिक्रम थेबे ज्युले कियाचुको अध्यक्ष पदमा प्रतिसपर्धा गर्ने प्रस्ताब राख्नु भयो। यो प्रस्ताब लाइ हामि केहि साथि हरु १-मदन मादेम्बा, २- धन प्रसाद साब, ३- अबिर मादेन , ४- सेवालुंग लिबांग, ५- बिरेन जबेगु, ६- किरण लिङ्ग्देन हरुले पहिचानबादी कसैले कियाचुमा बस्न वा नेतृत्व गर्न मन्जुर हुनुहुन्छ भने किन समर्थन नगर्ने? भनि जोडदार आवाज उठायौ। त्येस बेला उपाध्यक्ष यातु लिम्बुले "तिल बिक्रम थेबे लाइ त नेसनल तिरका खजुराको बोटले पनि बिरोध गर्छ" भनि पटक पटक उहाको खिलाप मा उत्रिनु भयो। डम्बर लिबांग ले पनि "तिलबिक्रम थेबेको योजना भनेको कियाचुको अध्यक्ष हुदै जनजाति महासंग छिरेर अन्तिममा एन एर एन मा छिर्नेनै हो त्येसैले उहा लाइ यो हुन बाट रोक्नु पर्छ" भनेर पटक पटक मलाइ फोन गरेर यस्ता कुरा लगाउनु भयो। अनि मैले हाम्रो सलिस समायोजन हुदा तपाइले कुन बिस्वासले तिलविक्रम थेबे लाइ टपक्कै टिपेर महासचिब मा राख्नु भयो? यो कुरा त अन्य साथि हरु लाइ थाहा थिएन, र अहिले किन उनै तिल बिक्रम जी को बिरोध गर्नु हुन्छ? भनि प्रश्न गर्दा उहा लगाएत अन्य दुइ जनाले (नाम खुलाउन परे खुलाउने छु) थेबे सर ले त्यो रक्सि खाएर मातेको बेला बोल्नु भएको हो भनि छोटो जवाफ दिनु भयो।

तिलविक्रम थेबे लाइ हामीले त्येसबेला पहिचान र संघियताको आवाज उठाउने एक जिम्मेवार पार्टीको व्यक्ति भएको हैसियतले मात्र समर्थन गरेका हौ। तर उहा लाइ अन्तत त्यो उहाको इच्छालाई टेकेर जबरजस्ती डम्बर लिबांग लाइ कियाचुको महासचिब र म सेवालुंग लिबांग लाइ सचिब अनि तिलविक्रम थेबे लाइ सदस्य पदमा राख्न सफल भए। यदि प्रक्रियाले दिदैन थियो भने तिल बिक्रम थेबे लाइ उहाको अनुमति बिनानै किन सदस्य पदमा चाहि राखियो? र बहस तथा छलफल हुदा किन कहिले प्रक्रियाको कुरा कहिले के को कुरा गरेर हामि जस्ता हरुको आखामा छारो हाल्ने काम गरियो? यो गम्भीर र रहस्यमय कुरा छ। कियाचु कतारमा तिलविक्रम थेबे लाइ पछारेको खुसियाली मनाए केहि सिमित व्यक्ति हरुले। त्यो सबै रोल खेल्ने मान्छे हरुको नाम आबस्यक परे र खोल्नु परे म अर्को पटकको लेखमा खोल्नेनै छु।

यो अबस्था भइ सके पछि संघिय लिम्बुवान समाज कतारमा आन्तरिक रुपमा निकै छटपटी हरु भयो। डम्बर लिबांग र यातु लिम्बु तिल बिक्रम थेबे को बिरुद्दमा किन यति धेरै खनिए? यसको एउटा प्रमुख जड (कारण) छ त्यो पनि आबस्यक परे अर्को पटक प्रस्ट पार्नेनै छु। अब यो अबस्था लाइ साम्य बनाउनका लागि छदमभेसि सकुनी हरु कियाचु पछाडी अन्तराष्ट्रिय समन्वय समिति केन्द्रित भए। चलाख डम्बर लिबांग ज्युले के योजना बनाए भने, अब तिलविक्रम थेबे लाइ अससको महासचिब पद थम्याएर उहाको दुखेको मनमा मल्हम पट्टि गर्ने र उहाको चित्त बुझाउने भनि उहाले एक्लै तिलविक्रम थेबे लाइ अब अससको महासचिबमा लैजानु पर्छ भनेर अर्को नाटक मन्चन गर्न थाले। सलिस कतार कुनै एकदुइ व्यक्ति हरुको निजि कम्पनि होइन, जतिबेला पनि उनै दुइजनाले भनेको कुरा मान्नुपर्ने, समर्थन गर्दै तालि बजाउनु पर्ने, यो हुन सक्दैन अब यदि संगठन लाइ संगठनको रुपमा हेर्ने हो भने अरुको बिचार र भावनालाई पनि समेट्नु पर्छ भनि हामीले प्रस्ताब राख्यौं। र यदि अस्स पुनर्गठन भएमा कतार बाट दुइ जना १ मदन मादेम्बा र २ रेखा राइ एक जना जिम्मेवार पद बहन गर्ने गरि र एक जना प्रतिनिधिको रुपमा जाने भनि अप्रिल ३ तारिख हिमालय रेस्टुरेन्ट मा भएको समिक्षा कार्यक्रमका एउटा प्रस्ताब राखेर्नै निर्णय गरियो। तर पछि बाट ति खुरापाती हरुले त्यो निर्णय होइन भनेर आफ्नो औकात देखाएर बिस्व सामु इमान्दार छु भनि पानीमाथिको ओभानो भएरनै छाडे।

पद मा लिप्त ति दुइ जनाले डम्बर लिबांगको स्काइप आइडी बाट यातु लिम्बुले असस पुनर्गठन हुदा मिटिंग अबधिमा ३ पटक पदको बार्गेनिङ्ग गरेको उपस्थित सबैले सुनेकै थियौ। १ पहिला शुभकामना भनेर खुब मिठो बोल्यो। २ कतारलाई एउटा जिम्मेवार पद चाहियो। ३- कतारले पद नपाए पछि चोर कुकुर भागेको जस्तो जान्छु पनि नभनी भागेको। जब कतारले महासचिब पद दाबि गरेको थियो त्यो किन भने तिल बिक्रम थेबेको भाग पुर्याएर माङ्ग्गेन्ना (सिर उठाउनी) गरि दिनु थियो तर त्यो सफल भएन। त्येसैले उनि हरु मिटिंग हुदाहुदै कुलेलम ठोके। यदि पदको लिप्त थिएनन भने कि मितिन्ग्मानै आउने थिएनन। तिनी हरुले अससको त्यति धेरै ठुलो मिटिंग लाइ सलिस कतारको मिटिंग जस्तै लागेछ। कतारमा त दुइ जनाले जे बोल्यो त्यसै कुरामा तालि बज्छ तर असस त्यति साघुरो संगठन होइन भन्ने कुरो के थाहा ति हिटलर हरु लाइ? असस संसार भरि रहेको लिम्बुवानी हरुको साझा छाता संगठन हो। त्यो पुनर्गठन हुदा प्रादेसिकता, समाबेसिता सबै हेरिन्छ। यदि सच्चा मनले लिम्बुवान चाहेको हो भने त्येसरी पदको बार्गेनिङ्ग गर्नु हुदैन गुइठे हरुले। बरु आफु बाहिरनै बसेर भए पनि केहि गरौँ भन्ने हरुलाई सल्लाह, सुझाब हरु दिएर अघि बढ्न सकिन्छ। त्येस्बेला यदि कतारले पद पाएको भए अबस्य पनि अससलाई ओके नै मान्ने थिए। त्यसै अससको कारणले दुइजनाले व्यक्तिगत रिस इबिका कारण हामि ३-४ जनालाई सलिस कतार बाट निलम्बन गरिएको भन्ने एउटा नक्कली पत्र पनि हामीले देख्यौं। तर अनुशासन तथा अनुगमन बिभाग प्रमुख धन प्रसाद साब जी लाइ त्यो निलम्बन को कुरा आफु लाइ पटक्कै थाहा नभएको र त्यो निलम्बन गर्न आफ्नो कुनै सहमति नरहेको प्रष्ट पारि सक्नु भएको छ। तर डम्बर लिबांग ले चाहि धन प्रसाद साबाको टाउको मा लगाएका छन् ति सबै निलम्बन प्रक्रियाको भार हरु।

कियाचु, असस हुदै अब जाउँ एन आर एन तिर, अहिले सलिस कतार एन आर एन को बिषय लिएर निकै तातिएको छ। सलिस कतारमा पनि एन आर एन प्रति दुइ धार छन् एउटा धुपौरे (डम्बर लिबांग) समूह र अर्को आफ्नो स्वाभिमान लाइ नबेच्ने (तिलविक्रम थेबे) समूह। यो कुरा पहिलानै थाहा थियो। यथार्थ भन्नु पर्दा यहा आफ्नो बिचार र अडान अनि सिंगो संगठनको पक्षमा बोल्ने अहिले तिल बिक्रम थेबे लाइ हामीले पाएका छौं। उता उहाका बिरोधि हरु जो एन आर एन को एमाले चुनाब लाइ सहयोग गर्न आतुर छन् तिनी हरु बैशाखी च्यापेर आफ्नो संगठन भन्दा पनि त्येता धेरै चासो लिने र दिने जस्तो देखिन्छ। खास भन्ने हो भने अहिले को सलिस कतारको मुद्दा एन आर एन होइन। देश विषम परिस्थितिमा गुज्री रहेको छ। तर यहा भने आफ्नो मुद्दा लाइ बिर्सिएर एन आर एन को चुनाब केन्द्रित किन भए २-४ जना व्यक्ति हरु? यो बाहिरका साथि हरुले भित्रि कुरा बुझ्नु भएको छैन तर मैले सारै नजिक बाट बुझ्ने मौका पाएको छु। आबस्यक परे त्यो पनि बाहिर गर्नेनै छु।

यो एन आर एन को चुनाबी माहोलमा चाहि १००% बदला भाबको कारणले गर्दा आज सलिस कतार पक्ष र बिपक्षमा रहेको देखिन्छ। बिपक्षमा रहने ले त खासै गल्ति गरेको जस्तो लाग्दैन तर त्यो पक्षमा बोल्ने हरुले चाहि पुरानो रिस इबी लाइ पैचो तिर्न नै लागि परेको जस्तो देखिन्छ। होइन भने झोल पाउनु न चोक्टा पाउनु किन लागि पर्दै छन् त यी केहि मनुवा हरु? यो मुद्दाले पनि अब अर्को परिस्थितिको सृजना सलिस कतारमा उत्पन्न नहोला भन्न सकिन्न। अब अनुमान गरौ त हाम्रा साथि हरु नवप्रबेसि हरु लिम्बुवान प्राप्तिका लागि सीस कतारमा आएका रहेछन कि बदलाको फोहरी खेल खेल्न? यहि बाट प्रष्ट थाहा पाई हालिन्छ नि होइन र?

अन्तमा यदि बास्ताबमानै लिम्बुवान चाहानु हुन्छ भने र लिम्बुवानी आन्दोलन लाइ प्रबासमा बसेर नैतिक समर्थन र आर्थिक सहयोग गर्न चाहानु हुन्छ भने कृपया यस्तो फोहरी खेल हरु बाट टाढा रहनु होला यहिनै मेरो सुझाब छ। यसैमा सिंगो संगठनको भलो हुनेछ। संघ सस्था हरुमा राजनीति घुसाउने र राजनिजी संगठन हरुमा धर्म घुसाउने गलत प्रबितिको अन्त्य गरिनु पर्छ। अनि मात्र सफलता मिल्लाकी?
(कुनै प्रतिक्रिया भए र प्रष्ट अस्पष्ट भए हाजिर हुनेनै छु)

सेवारो,
जय लिम्बुवान !
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment