अहिले नेपाली राजनीतिको मुख्य परिवर्तनकारी शक्तिहरु माओबादी ,लिम्बुवान र मधेश हुन् |
यी तीन शक्तिहरुलाई तहस नहस बनाउन ठुलो सडयन्त्र भैरहेको थियो र भै रहेको छ |
परिवर्तनकारी शक्तिहरुलाई बन्दुक ले ध्वस्त गर्न सक्दैन ,परिवर्तनकारी शक्तिलाई ध्वस्त गर्न सत्ता र भत्ता को जालो फ्याकिएको हुन्छ |
हामीले माओबादी र मधेश लाइ हाम्रो लडाई पुरा नभइन्जेल सत्ता बाट टाढा रहन अनुरोध गरेका थियौ |
मंगसिर ४ को कथित चुनाब द्वारा यी तीन शक्तिलाई सिध्याउने डर लाग्दो खेल भैरहेको छ ,त्यसैले यसको बिरोध गर्नु जरुरि छ भनेर हामीले साथीहरुको खुट्टा मात्र ढोक्न सकेनौ |
त्यस पछिको घटनाक्रम सबैको सामु छर्लंग छ |
जे हुनु बितिसक्यो अब त्यसमा रोएर बस्नु भन्दा पनि अब आउने परिस्थितिको बिश्लेषण गरेर इमान्दारिता र साहस का साथ अघि बढौ |
स्थाई परिवर्तन को लागि माओबादी ,लिम्बुवान र मधेश निकटमा रहेर अघि बढ्नु पर्छ भन्ने कुरा संग हामी सधै सहमत छौ ,
हामी सबैको आ आफ्नो कमि कमजोरी लाइ सुधार्दै आपसी समन्वय द्वारा अघि बढ्नु पर्छ ,
यसो गर्न सकियो भने देशमा पहिचान सहितको संघीयता ले मुर्त रुप लिन्छ |
जय लिम्बुवान ,संघीय अभिभादन |

