कतिपयलाई लाग्नसक्छ राजनीति शक्तिप्रदर्शन र बलजफ्ति अरुलाई कावुमा राखेर सत्ता खोसाउने खेल हो । तर त्यसले सबैतिर साँचो र अर्थपूर्ण परिणाम हासील नगर्न सक्छ । लिम्बुवानमा १० वर्षसम्म शक्तिप्रदर्शनका लगातार श्रीङ्खलाहरु निरन्तर रहे । आन्दोलनकारी चारतर्फ विभाजन हुन पुगे । कुनै नेताहरुले शक्तिलाई एकत्रित बनाएर विपक्षीहरुलाई चोटीलो प्रहार गर्नुपर्छ भनी रणनीतिक योजना बनाएनन । आ-आफ्नै ढंगले पार्टी संचालनमा कृयाशील रहे । सत्ताधारीहरु एकत्रित भएर पहिचान पक्षधरहरुलाई पाखा लगाउन हरदम कृयाशील रहे भने पहिचान पक्षधरहरु आ- आफ्नो साँगुरो स्वार्थका लागि टुक्रा टुक्रा भएर आ-आफूवीचमै झिनाझम्टी गर्न थाले । यस्तो खालको रोग देशैभरी फैलिएर गयो । लिम्बुवानको नतिजा पनि त्यो भन्दा अलग हुन सकेन । तर एकवर्ष पहिला लिम्बुवान एकता भएपछि आन्दोलनले नयाँ मोड लिएकै हो तर पार्टीलाई संस्थागत गरेर जनताको आकांक्षा अनुरुप आन्दोलन एकत्रितीकरण गर्न नसकेको कारणले हामी लक्ष्य चुम्न नसकेको हो भन्ने अनुभव भैरहेको छ । यसका साथै हामीले सत्ताको जग यतै वरिपरी छ र त्यसलाई कुटनीतिक दवाव र पहलबाट सहज बनाउनु पर्छ भन्ने पहलकदमी लिन नसक्दा धेरै अवसर र समयहरु हामीबाट घर्किएकै हो । त्यसो भएको हुनाले संविधान जारी हुँदासम्मको अवस्थामा हाम्रो राजनीतिक सुजबुझ र परिपक्वताहरु आलाकाँचा नै रहेको हामीले महसूस गर्यौ । त्यसो भएको हुनाले लिम्बुवानको मुद्दा ओझलमा पर्न गयो ।
अब हामीले पार्टीलाई आन्दोलन र कुटनीतिक पहल दुवै प्रकृयालाई सकृय बनाएर लगेको खण्डमा वर्तमान राष्ट्रिय राजनैतिक परिवेसमा बन्ने नयाँ समिकरण र संविधान संसोधनको माध्यमबाट लिम्बुवानको एजेण्डालाई सम्बोधन गराउन सकिने धेरै सम्भावना जीवीत देखिन्छ । यसो भएको हुनाले पार्टीको उच्च नेत्रित्व तह यस दिसामा लागिपरेको छ । सबै नेता कार्यकर्ताहरुले यो प्रकृयालाई सकारात्मक तरीकाबाट बुझिदिन हुन अनुरोध गर्दछु ।
जय लिम्बुवान !!!

0 comments:
Post a Comment