Breaking News
Loading...
######



प्रकाशित मिति :- 16 Sep, 2015

             हिन्दू-सांस्कृतिक सत्ताको रक्षार्थ नेपालका बुर्जुवा सत्ताधारीहरुले संविधान जारी गर्ने सबै तयारी पुरा गरे । अब उनीहरु वहुल राष्ट्रिय लोकतन्त्र स्थापना गर्न चाहँदैनन । उनीहरुको मूल लक्ष्य र योजना भनेको यूगौंदेखि नेपालमा कायम रहँदै आएको मनुवादी संविधान र त्यस अन्तर्गतका जातीय तथा सांस्कृतिक विभेदकारी कानूनहरुलाई आउने संविधानबाट संस्थागत गरेर सुरक्षा प्रदान गर्ने हो । माओवादी दशवर्षे युद्द र २०६२/६३ को जन-आन्दोलनले तयार गरेको राजनीतिक प्रारुपलाई कसरी असफल तुल्याएर एकल हिन्दूसत्ताको संरक्षण प्रदान गर्ने मूलुकी ऐनलाई निरन्तरता प्रदान गराउने भन्ने ध्याउन्नमा मै सत्ताधारीहरु लामो अभ्यासमा व्यस्त थिए । पहिलो संविधानसभाको चुनावबाट गठन भएको संविधानसभाले हिन्दू-सांस्कृतिक सत्ताको निरन्तरता भङ्ग गर्ने अवस्था आएकोले तिनका सबै उत्तराधिकारीहरु एक भएर त्यसको विघटन गर्न पुगे । उनीहरुले भनेजस्तै दोश्रो संविधानसभाको परिणाम आएकोले विगतका आन्दोलनहरुबाट मुखरित भएका जनताका मर्म, भावना, चाहना र चासोहरु अल्पमतको नाम दिएर वहिष्क्रित गर्न पनि सजिलो भयो । ऐतिहासिक प्रिष्ठभूमि र भाषिक-सांस्कृतिक उत्पीडन अन्त्यका लागि आन्दोलनरत शक्तिहरुमा राजनीतिक, लक्ष्य, गन्तव्य र स्पष्ट कार्यदिशाको अभाव भएकोले गर्दा उनीहरुबाट भएका आन्दोलनहरु आमूल परिवर्तनकामी राष्ट्रिय आन्दोलनमा रुपान्तरित हुन सकेनन । सत्ताधारीहरुलाई धम्क्याएर आफ्नो माग पुरा गराउने दलाली हर्कतहरुमा आन्दोलनको कृयाकलाप सीमित रहन पुग्यो । यसो भएको हुनाले आन्दोलनको शक्तिमा व्रिद्दिभन्दा पनि ह्रास देखा पर्‍यो । संविधान जारी हुने मितिहरु नजिकिदै जाँदा थरुहट र मधेसको आन्दोलन ह्वात्तै उठेर हिंसामा परिणत भयो र त्यसलाई उनीहरुले आतंककारीको संज्ञा दिएर दमनको नीति अख्तियार गर्न पुगे । लिम्बुवान आन्दोलनमा घुसपैठीया तत्वहरु परिचालन गरेर दिगभ्रमित बनाइ आन्दोलनलाइ चिरा पार्न सत्ताधारीहरु सफल भए । राष्ट्रिय मुक्ति आन्दोलनलाइ सही कार्यदिशा दिनसक्ने कामायावी नेत्रित्व बिकास हुन नसक्नु सिंगो पार्टी र वर्तमान नियतिको ठूलो कमजोरी बन्न गएको छ । पार्टीलाई कसरी शक्तिशाली बनाउने भन्दा पनि नेता कसरी शक्तिशाली र निरंकुश बन्ने भन्ने मार्गचित्रबाट चलायमान मानिसहरुले आन्दोलनलाइ उर्जा प्रदान गर्न नसकेको अहिलेको वर्तमान परिस्थिति हो ।

           यी सबै कारणले यो १० वर्षको अवधीमा सम्पन्न भएका आन्दोलनहरु गुमराहमा नै व्यतित भए । अब सत्ता दलाली र भागशान्तिको मार्गचित्र बनाएर गरिने आन्दोलनका सबै कोर्षहरु अन्त्य भैसकेका छन । संविधान जारी भएपछि मूलुक र आन्दोलन नयाँ कोर्षमा जानेछ । यथास्थिवादी शक्तिहरु आफूले बनाएको संविधान कार्यन्वयन गराउनका लागि राज्यसंयन्त्रका सबै शक्तिहरु प्रयोग गरेर आफ्नो प्रतिकुलता उत्पन्न गराउने शक्तिहरुलाई दमन गर्न कुनै कसर बाँकी राख्ने छैनन । दलाली प्रकृयाबाट थोरवहुत अवसरको भोग गर्न लागेका विपक्षी कित्ताका महत्वकांक्षी र अवसरवादी मानिसहरु सत्ताधारीहरुको कितामा जाने नयाँ बाटो खोज्नेछन । आफ्नो ऐतिहासिक तथा जातीय, भाषिक तथा सांस्कृतिक उत्पीडनबाट सामूल मुक्ति चाहने समुदायको नेत्रित्व गर्नेहरु आन्दोलनको नयाँ कोर्षमा जानेछन । त्यस अवस्थामा राष्ट्रिय मुक्तिका लागि आउने दिनमा नयाँ वैचारिक, सैद्दान्तिक तथा दार्शनिक कार्यदिशा बनेर आमूल परिवर्तनकामी आन्दोलनको सिर्जना हुनेछ । त्यस आन्दोलनलाइ नेपालको राष्ट्रिय मुक्ति क्रान्तिको रुपमा परिभाषित गरिने छ । त्यो आन्दोलनलेमात्र हालसम्म कायम रहेको सामन्ती हिन्दू-सांस्कृतिक सत्ताको अन्त्य गरी वहुल राष्ट्रिय लोकतन्त्र स्थापना गर्नेछ । यो भन्दा अब अर्को विकल्प रहने छैन । त्यसकारण सबै मुक्तिकामी जनताहरु अलिकती पनि विचलित नभै आउने आन्दोलनलाइ निर्णायक बनाएर तार्किक निष्कर्शमा पुर्याउन तत्पर हुनु पर्ने अहिलेको वर्तमान परिस्थिति हो ।

जय लिम्बुवान !!!!
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment