हाम्रो बहसमा उठेका केही महत्वपूर्ण सबालहरु: १ उदारबाद र मार्क्सबादले पारेको राष्ट्रिय अन्तर्घुलनको प्रभाव र पारीणामको counter model के हुने? २ राजनीतिक तथा आर्थिक शक्ती तथा सुबिधा वितरणको आधारभूत इकाइ के हुने व्यक्ती व समुदाय? ३ त्यस्तो आधारभूत इकाइ वर्गिय हुने वा जातिय हुने वा जातिय-वर्गिय हुने? ४ आधारभूत इकाइहरु निर्माण गर्दा त्यसलाई कुन राजनीतिक सिद्धान्तले निर्देशित हुने उदारबाद, मार्क्सबाद वा अदिबासीबाद? ५ यदी उदारबाद (नवउदारबाद), मार्क्सबाद (नवमार्क्सबाद)द्वारा निर्देशित भई इकाइहरु निर्माण हुनेहो भने त्यस्ले जाति-वर्ग उत्पिडनको पूर्ण हल हुने कि नहुने? ६ संघियताको विशेश्ता के हुने ? जातिय-संघियता ethnic federalism, आर्थिक-संघियता fiscal-federalism वा अन्य कुनै? ७ विश्वमा भई रहेको सांस्कृतिक पूनोरुत्थान र राष्ट्रिय आन्दोलनबाट राजनीतिक शक्ती वितरणमा ल्याएको हेरफेरलाई कसरी वा कुन model द्वारा लोक्तान्त्रिक संस्थाहरु भित्र समाहित गर्ने ताकी त्यस किसिमको फेरबदलबाट अधिनायक शक्तिहरु नजन्मिउन । ८ समाजवाद नै यदी सही सामाजिक-आर्थिक व्यवस्था हो भने समाजवाद कस्तो हुने? राज्यनियन्त्रित हुने कि समुदाय नियन्त्रित हुने? ९ समुदाय नियन्त्रित हुने हो भने त्यस्को सत्ता कस्तो हुने? आदिबासी सत्ता हुने कि नहुने? १० यदी आदिबासी सत्ता बिना समुदाय नियन्त्रण भन्ने हो भने त्यो कस्तो हुने र त्यस्ले के उत्पिडनको समस्या हल गर्छ?
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment