कथित चुनाब पछी कतिपय साथीहरु निराश भएको पनि पाए | तर निराश हुनु पर्ने अवस्था पटक्कै छैन |कांग्रेस र एमाले ले यस्तो प्रायोजित रिजल्ट ल्याउछ भन्ने कुरा त पहिले नै थाहा भएर त मन्च सम्द्ब संघीय लिम्बुवान राज्य परिसद र ३३ दलले त्यत्रो प्रतिरोध गर्नु परेको थियो |४ दल ,शशस्त्र ,सेना ,मिडिया संग मन्च सम्द्ब स लि रा प ,३३ दल एक्लै भिडीरहदा को क्षण हरु कुनै दिन लेखौला |त्यसबेला ४ दल र तिनीहरुको सेनेभेने ले पेल्थ्यो नै तर पहिचानबादी साथीहरुले पेल्दा ,कटाक्ष हान्दा नरमाइलो लाग्दो रहेछ | तर ,जेहोस यो हाम्रो चित्त दुखाइ हरुलाई हामीले मेजर इस्सु बनाएका छैनौ | मुख्य कुरा हाम्रो राजनैतिक मुद्दा हो |
अहिले परिस्थितिले हामी सबै पहिचान पक्षधरहरुलाई एउटै कित्तामा ल्याउदै छ ,यो नै खुसीको कुरा हो |
आन्दोलनकारी साथीको नाताले ,मधेसी जनताको लागि लडेको श्रद्देय व्यक्तित्वको नाताले मैले धेरै पल्ट उपेन्द्र यादब जि लाइ प्लिज सरकार मा नजानुस भनेको थिए |
किनकि जुन सिंहदरबार भत्काउन हामी हजारौ जनताहरुलाई साथ लिएर आन्दोलन हाकिरहेका छौ ,आन्दोलन को नेतृत्व गरिरहेका छौ ,यदि हामी नै फेरि पनि सिंहदरबारको मन्त्रीको लागि र्याल चुहाउन थालियो भने कसरि सिंहदरबार भत्कन्छ ?
मैले यो कुरा मधेश का नेताहरु ,माओबादी का नेताहरुलाई धेरै पल्ट भनेको थिए |तर ,त्यसबेला हाम्रो कुरा उहाहरुले किन सुन्थे नि !
जेहोस मधेश का साथीहरु मात्र २ बर्ष सरकार मा नगएको भए लिम्बुवान र मधेश को संयुक्त प्रयास ले एकात्मक सिंहदरबार लाइ गर्ल्यामगुर्लुम बनाई सक्थ्यौ |
तर ढिलै भए पनि आन्दोलन को लागि राम्रो परिस्थिति बनेको छ |
अहिले तत्कालै उपेन्द्र यादव ,महन्त ठाकुर ,राजेन्द्र महतो ,प्रचण्ड जि हरु मन्त्रि ,प्रधानमन्त्री भै हाल्ने परिस्थिति छैन |
अब ,सडक बलियो हुने भयो नि त |
किनकि मन्च सम्द्ब सलिराप र ३३ दलले आन्दोलनको बाटो त सोझ्याई दिएकै छ |अब ,अरु साथीहरु आएर त्यो आन्दोलन को बाटो लाइ अझ शशक्त बनाउने |
त्यसैले सबै साथीहरु be hopeful ,be ready .
जय लिम्बुवान ,संघीय अभिभादन |
