Breaking News
Loading...
######

प्राचीन रोममा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भए पछि पनि समाजमा बिधमान अन्याय,विभेद, उत्पीडन कायम नै रहिरह्यो। अधिकार सम्पन्न शासक वर्गका रुपमा रहेका पेट्रीसियनहरुले अधिकार बिहिन प्लेबियन वर्ग माथि निरन्तर शोषण, विभेद र उत्पीडन गरिरहे। अधिकार बिहिन प्लेबियनहरुले न त गणतन्त्रको अनुभूति गर्न पाए न त स्वतन्त्रता र समानता नै महसुस गर्न पाए। त्यस अवस्थामा प्लेबियनहरुले आफ्नो अधिकार, आत्मसम्मान र न्यायको निम्ति पेट्रीसियन बिरुद्द २०० बर्ष लामो कठोर संघर्ष गरे। त्यो लामो संघर्ष पछि अन्तत प्लेबियनहरुले पेट्रीसियनहरुलाई घुंडा टेक्न बाध्य बनाए। प्लेबियनहरुको त्यो ऐतिहासिक बिजयले उनीहरुलाई समानता, न्याय, आत्मसम्मान मात्र दिलाएन कि त्यसले उनीहरुलाई नयाँ ढंगबाट राज्यसंग जोड्ने काम समेत गर्यो। त्यो घटना पछि रोमले नयाँ जीवन पायो। रोमन इतिहासले नयाँ मोड लियो। त्यो घटनाले रोमबासीहरुमा अभूतपुर्व एकता र उत्साहको भावना जागृत गरायो। त्यो एकताको बलमा रोम शहरको सेरोफेरोमा खुम्चिएर रहेको रोम राज्यले एउटा विशाल साम्राज्य खडा हुन सक्यो। उसले युग-युग सम्म बाँचिरहने मानब सभ्यताको अमर इतिहास लेखाउन सक्यो। जसलाई आज पनि गर्वको भावले रोमन सभ्यता भनि सम्बोधन गरिन्छ। यहाँ हामीले बुझ्नुपर्छ कि जनतालाई अधिकार सम्पन्न बनाएर राज्य कमजोर हुदैन। त्यो त अझ मजबुद र एकताबध्द हुन्छ। राणाहरुले १०४ बर्ष सम्म नेपाली जनतालाई अधिकार बिहिन बनाएर राखे। के त्यसले राज्यलाई बलियो बनायो? ३० बर्षे पंचायत भरि पनि जनताको अवस्था त्यस्तै रहयो। के त्यसले देशलाई सम्पन्न बनाउन सक्यो? लगभग बिगत २४० बर्ष देखि यो देशमा यस्तै अवस्था छ। अनि हामी र हाम्रो देशको अवस्था कस्तो छ? बरु शासक वर्गहरुले जनतालाई अधिकार दिन कन्जुस गर्दा आज मुलुकको यो दुर्दशा भएको छ। जनताको अधिकारलाई अपहरण गर्न खोज्दा पटक-पटक यो मुलुकका सपुतहरुले रगत बगाउनु परेको छ। जनतालाई अधिकतम अधिकार सम्पन्न बनाउनु पर्ने यो बेला फेरी पनि जनताको अधिकारहरुलाई अपहरण गर्ने दुस्प्रयास गरिंदैछ। सिंहदरबारमा खुम्चिएको राज्य सत्तालाई हरेक नेपालीको घर-दैलोमा पुराउनु पर्ने यो बेला पर्दा पछाडी जनताको अधिकार, आत्मसम्मान र न्यायको आकांक्षाहरुलाई निमोठ्ने षडयन्त्र गरिदैछ। सबै नेपाली जनतालाई पहुँच, प्रतिनिधित्व, प्रतिष्ठाको समान हकदार बनाउदै राज्यको मुलधारमा समाबेश गर्नु पर्ने बेला उनीहरुलाई पुरानै अवस्थामा धकेल्ने काम हुदैछ। जुन मुलुकको लागि ज्यादै दुर्भाग्यपुर्ण हो। अहिले सबै नेपालीहरुलाई राज्यको मुलधारमा ल्याउने ऐतिहासिक घडी हो। सिंगो नेपाली जनतालाई समानता र न्यायमा आधारित नयाँ राष्ट्रियताको भावना सहित एकताबद गर्ने बेला हो। साझा लक्ष्य र संकल्प सहित मुलुकलाई नबिन यात्रामा अघि बढाउने बेला हो। यसका निम्ति इतिहासबाट पाठ सिक्नु जरुरी छ। Copy pest by kansore limbu
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment