Breaking News
Loading...
######


प्रकशित मिति 11 Sep, 2015

           इतिहास भन्छ चारभञ्ज्याङ्मा गोपालवंशीपछि किरातहरुले शासन गरे । यो इसापूर्व ३ हजार वर्ष अगाडिको कुरा हो । त्यसपछि लिच्छवीहरुको उदय भएको कुरा गरिन्छ । मल्ल र शाहकाल उदय भएपछि राजनैतिकरुपमा किरातहरुको अस्तित्व खासै देखिदैन । सत्रौं शताब्दीमा जतिबेला अंग्रेज अन्वेशक भेन्सीटार्टले गोर्खाली साम्राज्य बिस्तारका द्रिष्यहरु प्रत्यक्ष हेरिरहेका थिए उपत्याकाको चारभञ्ज्याङ्भित्र त्यतिबेला सबैतिर मल्लहरुको शासन व्यबस्था थियो । उनको खोज र अनुसन्धानमा पूर्वका खम्बू जातिहरु किरात हुनसक्ने आकलन थियो । अठारौं शताब्दीमा अंग्रेजको तर्फबाट नेपालमा कुटनीतिक नियोग सम्हाल्न आएका हड्सनले आफ्नो अध्ययनलाइ केही विस्त्रित बनाएको जस्तो देखिन्छ । उनका अनुसार राइ, लिम्बू, याख्खा र सुनुवार जातिहरु किरात परिवारमा पर्दछन भन्ने उल्लेख छ । त्यसपछि पछिल्लो समयमा मानवशास्त्री तथा समाजशास्त्री सुनितिकुमार च्याटर्जीले नेपालमा बसोबास गर्ने, तिब्बतोवर्मन भाषा परिवारका मङगोलोइड नश्लहरु सबै किरात हुन भनी उल्लेख गरेका छन । अहिलेको अवस्थामा यो नश्ल भएका यो भाषा परिवार बोल्ने समुदायहरु नेपालको सबै भागमा बसोबास गर्दछन । जस्तै: लिम्बू, राइ, यख्खा र सुनुवार पूर्वमा बस्छन, तमाङ मध्यभागमा बस्छन, मगर र गुरुङ पश्चिममा बस्छन, शेर्पा र भोटेहरु हिमाली क्षेत्रमा बस्छन, थारु र थकाली लगायतका समुदायहरु तराइका सबै भागमा बसोबास गर्दछन । धिमाल, कोच आदि पनि यही भाषा र नश्ल परिवारका हुन । भाषा र नश्लको हिसाबले किरात राज्य बन्ने हो भने सिंगो नेपाल नै वास्तवमा किरात राज्य हो ।

            अब आयो इतिहासको कुरा । इतिहासमा कहिल्यै पनि नेपालको पूर्वी भागमा किरात राज्य थिएन । चौदण्डी क्षेत्रमा विभिन्न थरीका खम्बूहरुको गणराज्य कायम थिए भने पूर्वमा लिम्बूहरुको आपुङ्गी राज्यहरु नै थिए । ती राज्यहरुको स्वतन्त्र वा स्वायत्त ऐतिहासिक निरन्तरता भनेको शाहवंसको उदयसम्म हो । जङ्ग बहादुर राणाले शासनसत्ता आफ्नो हातमा लिएपछि उनले पूर्वमा तीनवटा प्रशासनिक इकाइहरु बनाएका थिए । जस्तै : वल्लो किरात, माझ किरात र पल्लो किरात । यी नामाकरणले परिचित तीनवटै भूभागहरु विगतका शासकीय भूगोलका ऐतिहासिक निरन्तरता थिएन । त्यो नेपालका तत्कालीन शासकहरुको काल्पनिक क्षेत्र विभाजन थियो । लाग्छ राणाकाल अहिलेसम्म लम्बिएको भए पश्चिमका मगर र गुरुङ्को ईलाकालाई पनि पश्चिम किरात भनी नामाकरण गरिन्थ्यो होला । त्यसकारण किरात नामले कुनै पनि जातिको एकल वा साझा पहिचान झल्काउने इतिहास र पुर्ख्यौली विरासत बोक्दैन । यो एउटा केही समुदायको सभ्यतासँग जोडीएको नाम हो जसको आधारमा पहिचानजनित राजनीतिक भूगोल निर्माण हुन सक्दैन । किरात नामलाई जातिहरुको साझा पहिचान बनाउने हो र त्यसको आधारमा राज्य बनाउने हो भने सिंगो नेपाल नै एउटा प्रदेश बन्नेछ ।

          जातिहरुको परम्परागत मिथक, पुर्ख्यौली इतिहास, श्रुती परम्परा आदिमा हेर्दा के देखिन्छ भने लिम्बू जातिको कुनै पनि मुन्धुममा "किरात" भन्ने शब्द उल्लेख र उच्चरण समेत छैन । न यो लिम्बू भाषाको कुनै अर्थ र सैलीहरुमै मेल खान्छ । पछिल्लो कालमा केही धार्मिक नेता मण्डलीहरुले यो शब्दको प्रयोग गरेको देखिन्छ । जुन शब्दले परम्परागत सांस्कृतिक अर्थ र महत्व राख्दैन त्यही शब्दलाई आफ्नो पहिचान बनाएर त्यसको आधारमा राजनीतिक अधिकार खोज्नु जस्तो मुर्खता सिवाय अरु केही हुनसक्छ ? इतिहास हेर्ने हो भने पूर्वमा राजनीतिक भूगोलको रुपमा किरात राज्य कहिल्यै पनि थिएन । त्यहाँ थियो भने लिम्बुवान र खम्बुवान थियो जसको ऐतिहासिक निरन्तरता गोर्खा उपनिवेसवादी साम्राज्य बिस्तार हुन अगाडिसम्म ती राज्यहरु अस्तित्ववान थिए । खम्बुवान राज्य गोर्खालीहरुबाट पराजित भएपछाडि लिम्बुवानसँग गोर्खाली सेनाको लामो युद्दपश्चात पनि हारजित नभएको इतिहास छ । सत्रौं पटकको गोर्खा-लिम्बुवान युद्दपछि बि.स. १८३१मा दुइपक्षबीचमा सन्धि भएर लिम्बुवान नेपालको एउटा स्वायत्त प्रदेशको रुपमा २०२१ सालसम्म निरन्तर कायम रहेको कुरा अहिलेका वर्तमान पुष्ताहरुले पनि भुलेका छैनन । त्यसकारण लिम्बुवानको ऐतिहासिक शासकीय भूगोल अरुण कोसीपूर्वका नौ जिल्लामा कदापी किरात राज्य बन्न सक्दैन । कसैले जवर्जस्त बनाउन कोसिस गर्छ भने त्यो ऐतिहासिक निरन्तरतामा स्वत: विखण्डन ल्याउने छ ।

           सुनिन्छ किरात राइ यायोख्खाले एकात्मकवादी सत्ताधारी दलहरुबाट घोषित सात प्रदेशको खाका अन्तर्गतको पूर्व १ नं. प्रदेशको समर्थनमा विजयपुर लिम्बुवानको धरानमा यही अशोज २ गते आमसभा गर्दैछ । यो कुन मानसिकता हो ? जो आफूलाई पहिचानवादी भन्छ र राज्य पुन:संरचनाको माध्यमबाट आफ्नो राजनीतिक अधिकार सिर्जना गर्न दावा गर्छ, त्यो संस्थाले आफ्नो परम्परा र सांस्कृतिक मूल्यमान्यताभित्र नपर्ने अर्थहीन शब्दहरुको पछाडि दौडधुप गर्छ । विगतको आफ्नो शासकीय भूगोलको दावाविरोध गर्दैन । जातीय भड्काव श्रीजना गरेर साम्प्रदायिक दंगा फैल्याउन उद्दत शासकहरुको नियतमा प्रिष्टपोषण हुने खालको कृयाकलापमा आफूलाई ढाल्दै पहिचान पक्षधरहरुको आन्दोलनमा तगारा बन्छ । आफ्नो ऐतिहासिक विरासत र त्यसको निरन्तरताका लागि आफूलाई समर्पित गरेर राष्ट्रिय मुक्ति आन्दोलनलाइ टेवा दिनको सट्टा छिमेकी र भाईचारा शक्तिहरुको शासकीय भूगोलमा अनर्थको कार्यक्रम र कृयाकलापमा समय व्यतित गर्छ । धिक्कार छ यायोख्खा तिमीलाइ जुन वस्तु जहाँ हरायो त्यहाँ खोज्न छाडेर नचाहिंदो किरात राज्य खोज्न लिम्बुवानमा किन मुन्टिन्छौ? किरात राज्य हराएको नै खोज्छौ भने उपत्यकाको चारभञ्ज्याङ्भित्र खोज त्यहाँ लिच्छविहरुले किरात राज्य खोसेका थिए । तर लिम्बुवान र खम्बुवानमा कहिल्यै किरात राज्य थिएन । त्यहाँ धेरै लामो ऐतिहासिक निरन्तरतापछि हाम्रा पूर्खाहरुले खोरीया फाँडेर खम्बुवान र लिम्बुवान राज्य कायम गरेका थिए जसको अविच्छिन्न विरासत बोकेर हामी अझै बाँचिरहेका छौं । लोकतन्त्रमा हामी आधुनिक राजनीतिक विज्ञानसम्मत पहिचान र अधिकारका लागि वलिदानी संघर्ष गर्न तत्पर भैराखेका छौं । यस्तो अवस्थामा कायर र पराजित मानसिकता प्रदर्शन गरेर किन तिमी लिम्बुवान भूमिमा एकात्मकवादीहरुको नियतको विजारोपण गर्छौ ? फर्क जाउ र तिम्रो पूर्खाहरुले खोरीया फाँडेर सृस्‍टि उमारेको जमिन खम्बुवानमा विद्रोहको राँको सल्काउ । त्यसो गरेमा तिम्रो इतिहास, माटो र आफ्नो पुर्ख्यौली विरासतको निरन्तरता स्थापित गर्न सक्ने छौ । यो नै मेरो सुझाव छ यसपाली, अरु बाँकी फेरी कुरा गर्ने नै छु ।

जय लिम्बुवान !!!
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

3 comments:

  1. ...koche meche bodo haru pani ekai santan ho...koche ko koch bihar ,bodo ko assam , kathmandu lai pani kirat ghosana garnu paryo ....bakwas ho ..... kirat ko artha k ho tyo kirat bhanne lai nai thaha chaina..kirat bhanne rajya itihas ma kahi pani chaina ...yo nam afaima sanskrit hindu nam bhanne bujincha

    ReplyDelete
  2. Most of the kirati people should agree with your historical view. But you seems lost or forgot root matters of current Nepali Political systems, super deeply corrupt Leaders, Brahamanbadi policy(Untrustworthy, selfishness, discrimination, deeply corrupt, criminal heart and mind). Limbu brothers and sister!!! If you only think Limbuwan and Limbu, You even do not know what you actually doing whatever you doing now. You think Ilam, Jhapa, Morang and sunsari in only Limbus's Limbuwan. You have to be very careful on it. In this very difficult situation and real context of Nepali political situation, it is very obvious that we all Kirat must Unite and stand up for our rights. The question is "How should we all Kirati must Unite and stand up as one "United Kirat"? There is a only and good word "Kirat" comes in the mind. Do you think so? Think Quick, Think Unity, Think Big, Think sustainability, prosperous future for all kiratis. Think real social and political situation of Nepal .... before you do anything else.

    ReplyDelete