Breaking News
Loading...
######

एुटा समाजलाई नै राष्ट्रको राष्ट्रिय दायीत्व निरभाह गर्न सक्ने बनाउनुको लागी बिभिन्न तह्,तप्काहरुमा समावेशी करण गर्न सक्नु पर्छ। शदियौ देखी एकभाषा खस,नेपाली,एकलिपी देवनागरी,एकधर्म हिन्दू,लादेर यहाँको रैथाने मूलबासी,आदिवासी,जनजाती(जनजातीको शाब्दीक अर्थ थाहा नभएको)हरुको अस्तित्व,पहीचान्,सम्पूर्णतालाई नामेट् पार्दै,आफ्नो नितान्त आफू र आफ्नो परिवारको हीतार्थ मात्रा भलो हुने खालको एकात्मक राज्य प्रणाली जबरजस्ती ठोकेर सिङ्गो राज्य नेपाललाई नै कुजे बनाइरहेको अवस्था हो यो। एकात्मक राज्य प्रणालीको भूत या ह्याङोवर अहीले सम्म पनि जिउका तिउ रहेका कारणले तुरुन्तै आमूल परिवर्तन हुनेछ भन्ने सोचीहाल्दा अलिकती अपुरो नै हुनेछ। संसारमा समयनुसार फेरबदल् हुने क्रममा बिभिन्न चराणहरु आए। र गए पनि। कुनै समयमा सबै भन्दा बलवान भूसतिग्ग्रेहरुको सन्सारमा बोलाबल थियो। कुनै बेला छल कपटीहरुको रजाइ थियो। कुनैबेला यताको कुरा उत्ता र उत्ताको कुरा यता गर्ने नारदमुनीहरुको राज्य थियो। यस्तै बिभिन्न राज्य पद्दत्तीहरुबाट जुन थालमा खाना दियो त्यही थालीमा आची गर्ने प्रब्रितीहरुको सन्सकार नै बस्यो। त्यस्तो धोकेबाज कार्यशैलीहरुको अनिशरण गरी नै रहयो। आफू बाहेक अरु कसै र कुनैको अस्तित्व पहीचानलाई हत्या गर्ने मनपरी तन्त्रको राज्यबेबस्थाको कारण नै यहाँको भूमीपुत्रहरुलाई केवल जनवरको रुपमा प्रयोग गरी, जनवरको नै पहीचान दिन थालयो। यसको उद्दाहरण स्वोरुप रामयाणकालको रामका सेनाहरु सबै जनवर हनुमान्,बाँदर,भालुहरु थिए। यो मेरो कल्पना होइन। यो त हिन्दूधर्मग्रन्थ रामायाणमा लेखिएको कथाका वास्तविक कथाहरु हुन। राम र रावणको युद्धमा रामको तर्फबाट लडाईं लड्ने,बानर सेनाहरु,र रामको अड्भूत सच्चा सहयोगी हनुमानलाई एुटा जनावरको स्थानमा चित्रण गरिएको छ। के यो साचो हो? जनवरको झुण्डहरु नै थिए त? रामको सम्पूर्ण सहयोगी सेनाहरु? यदी हिन्दूधर्मको देवता रामचन्द्र कुनै आदिमकालमा मान्छे नै थियो भन्ने हो भने। त्यसबेलाको रामको तर्फबाट लड्ने लड्डाकूहरु कुनै जनवर नभै हालमा थाइल्याण्ड्,बर्मा,लावोस्,भेटनाम्,मलेशीय। इन्डोनएसिया तिरको मूलबासी,आदिवाशीहरुले नै राम् र रावनको को लडाईंमा रामको तर्फबाट लड्ने तीनै भादुर् आदिवासी जनताहरु नै थिए। किन भने अहीले पनि थाइल्याण्डका जनताहरु, उनीहरुको भूमी रामले फिर्ता गरीदिएका थिए रे भन्ने लोकोउक्त्तीहरु छन्। यसरी शदीयौ कालदेखी नै झुट्मुटको इतीहास बोकेकोहरुले चलाएको देशमा यहाँको मूलबासी,भुमीपुत्रहरुको सम्पूर्ण पहीचानलाई काट्,छाट्,गरी बङ्याएर नङ्याएर तहस्नहस बनाइसकेको छ। सबै पहीचानहरु,अस्तित्वको रुप नै झन्डै झन्डै परिवर्तन गरीसकेका थिए। युगौ युगदेखी कुजे अपाङ्ग,र बिभिन्न भाईरसहरुले ग्रस्त हाम्रो देश नेपालले भर्खरै मात्रा अलिकती भएपनी औषधीमूलो गर्न पाएका छन। तर पूर्णरुपले स्वास्थ्य भने हुन सकेको छैन। यो देशमा केही जन्मदेखी नै हालिमुहाली गर्न पल्किएको केही क्यान्सरको भाईरसहरुलाई बिस्तारै,आस्ते,आस्ते,परास्त गर्दै लैजानु पर्ने हुन्छ। भने यहाँको मूल्बासी आदिवासिहरु,रथाने हरुलाई स्कूलिङ्ग गर्दै लैजानु पर्ने हुन्छ। बिभिन्न भ्रमहरुको गुण्टा यस धरतीमा थोपरेको कारण मनोबैज्ञानीक रुपमा पनि केही पक्षहरुमा भ्रमीत हुँदै रहेका छन। अबस्य यो शास्वत कुरा हो,कुनै न कुनै दिन यहाँको सम्पूर्ण मूलबसी,आदिबासीहरुले आफूले आँफैलाई चिन्दै जानेछ। आफूलाई उभ्याउदै जाने छ। यो समय भनेको बिज्ञानको युग हो। बिज्ञानले फेरी पूर्वजन्मा हुन्छ भन्ने भ्रम पाल्ने गरेको हुँदैन। भ्रमको रहस्यलाई बुझीनसक्क्नु बनाउने दस्तावेजहरु की त खोलामा बगाए हुन्छ। की त बिच चौरहामा आगो लगाइदिए हुन्छ। किन भने झुट्,ढाट्,र थुन्सेले छोप्ने रहस्यहरु उदाङ्गी सक्यो। त्यसैले एकात्मक राज्य सरकारको धङ्गधङ्गीले ग्रस्त बनाएको बिद्यावारधी प्राप्त गर्ने समाजको सोच बुझलाई बुझ्ने भाईटपल्ने बिधुवान माड्साबहरुले पनि आफू अघाडी प्रत्यक्ष जे घटना घटीरहेको छ। त्यही देख्ने बानी बसालुन्,सत्य बोल्ने लेख्ने मनहरु बादलने कोशीस गर्नु पर्छ। निन्द्रा नलागी निन्द्रा लागेको बाहना गर्नेहारु सँग त के नै पो गर्न सकिन्छ र? यसरी देशमा एकापक्ष मात्रा नभै शर्वपक्षबाट नै एक समाज्ले अर्को समाजलाई,धनीले गरीबलाई,दुरबललाई बलले,बहुदललाई निरदलले हेप्ने होच्याउने,खिस्याउने,सानो जाती र ठुलोजातीमा बिभक्त गराउने,यी यस्ता कृयाकलापहरुको बिरुद्दमा सामुहीक अभीयानलाई साथ दिदैरहनु पर्छ। राज्यबाट मर्नको लागी बेचिएका मूल्बासीहरु,आदिबासिहरु,जनजातीहरु,सिमान्तक्रित बर्ग समुदायहरुको हक अधीकार प्रत्य्भूत गराउने निती अनुरुप जो जसले मोर्चाबन्दी अभीयानहरुलाई साथमा साथ,हातमा हात मिलाएर सबै भन्दा पहीले आफूलाई म को हुँ? भनेर चिन्ने प्रयास गरिनु पर्छ। गराउनु पर्छ। राजनैती भनेको फोहोरी खेल हो।भन्ने जस्ता कहावातहरुलाई सबैले हराउदै लैजानु पर्छ। राज्नितीसँग सङ्ग भागने तर्किने होइन।राजनिती सँग पौठेजोरी खेल्न सुरु गर्नु पर्छ। सम्पूर्ण अौने जेनेरेशनहरुलाई नेपाली राजनीतिमा अौनको लागी प्रेरीत गरिनु पर्छ। गराइनु पर्छ। यस् धरतीमा जन्मेको नै किन नहोस,पर्तेक नेपालीहरुले जन्मभूमीप्रतीको भर बहन गर्नु नै पर्ने अनिबार्यतालाई बिर्सनु हुँदैन। बहु भाषा,बहु धर्म्,बहु जाती,जस्ता बिभीन्न फुलहरुले ढाकिएको फूलबारीमा बराबरी मलजल्,स्याह्र् सुसार्,पानी दिनु पर्छ।पाउनु पर्छ। यस्ता बिभिन्न प्रकारको प्रिस्टभूमी,पहीचान्,अस्तित्व बोकेर बचेँको देशमा एक भाषा,एक लिपी,एक धर्म्,जस्ता एकल्काटे स्वार्थी एकात्मक पहीचानको राज्य कल्पना गर्नु,सपना बुन्नु,पहल गरीनु अहीलेको समय सन्दर्भनुरुप हुने पटक्कै हुने छैन। एकात्मक शासन प्रणालीको पक्षमा नै आफूलाई लैजाने सुरमा हुनुहुन्छ भने कोही कोही,उनको आफू र आफ्नो परिवार भन्दा अरु कुनै स्वार्थ छैन रहेछ भनेर हामीले बुझिदिदा पनि हुन्छ। यो युग र समयमा आएर एकात्मक जातीय धार्मिक राज्य शासनको चाहना मनभित्र पालिरहनु भनेको आफ्नो अनेकन बिकारहरुको बिक्रित रुप शिवाय अरु केही पनि होइन। संसार सबैको साझा हो। यो धरती एक कसैको होइन। तपाईंहरुको जती अधीकार छ।त्यत्ती नै अधीकार अरु कसैको पनि हुन्छ। त्यसैले संसार सबैको हो। यसलाई आफ्नो अनुभूत गर्ने दिने अबशर प्रधान गर्नु भनेको हामी मान्छे हुनुको कर्तब्यबोध पनि हो। एकहोरो एकात्मक लिडेढिपी गरेर आफ्नो डाक्टर ,प्रोफेशर्,टीचर्,राजनितिग्य आदिको मर्यदालाई किन अंअरयादित बनाउदै लैजाने? कम्सेकम आफ्नो मर्यदाको खातीर भए पनि साचो र सत्य ओकल्ल्ने कोशीसमा रहनुहोस्।
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment