Breaking News
Loading...
######

मानिस --सरण राई आदर्शको आकाशमुनी आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा बिबिन्न स्वार्थका छाताहरू ओढेर मानिस अथाह मानिसको भेलमा बगिरहेको छ मानिस अथाह मानिसको मेलामा हराईरहेको छ रेशमको किराझें मानिस आफ्नै स्वार्थको कोकिनमा कैदी भएको छ | आदर्श र यथार्थको दुई समानान्तर रेखाहरु बीच घडीको पेन्डुलमझैं मानिस कहिले आदर्शको रेखामा उभिएर सम्भाषण गरिरहेको हुन्छ कहिले यथार्थको धरातलमा उभिएर स्वार्थको बिगुल बजाई रहेको हुन्छ मानिस कति आदर्श र कति यथार्थको समीश्रण हो मानिस कति प्रकाश र छायाको रङ्गीन चीत्र हो मानिस कति फूल हो मानिस कति पात हो मानिस कति काडा हो | अनि आदर्शको पारसले छुँदा मानिस कति सुन हुन्छ स्वार्थ-सिध्दिको अग्नि-कुण्डमा पोल्दा मानिस कति डरलाग्दो फलामे हतियार हुन सक्छ प्रेमको मायालु रापमा पग्लिएर हिउँझैँ कति शितल हुन सक्छ मानिस | मानिस अनन्त रहस्य जीवन असीम कौतुक भइदिनाले भोग्न रहर लाग्दो हुन्छ जति भोगे पनि जीवनमा नौलो आस्वादन प्राप्त भइरहेको हुन्छ जीवन रुचिकर प्रिय हुन्छ जीवनको पुर्ण स्वाद थाहा पाउन हजार ययातिको जीवन पनि अपर्याप्त हुन्छ | सिध्दी, मोक्ष , मुक्ति मानब मनको दिब्य आकाङ्क्षा पन्छिझें उन्मुक्त आदर्शको आकाशमा उड्न चाहन्छ मानिस शान्तिमय शीतल अनन्तमा विचरण गर्न चाहन्छ मानिस | पराप्ति, उपलब्धि सफलताको सांग्लोले बाधिएको मानिस प्रकृतिसंग सिगौरी खेल्दै प्रकृतिलाई परास्त गर्ने बिजेताको सपना देख्छ जति अघि बदन चाहन्छ भौतिक प्रगतिको प्रतेक लहरसित उपलब्धिको डुंगा चढेको मानिस आफ्नै अन्तर्मनको किनारादेखी टाडा गईरहेको हुन्छ | प्रेम, माया, मोह जीवनको सर्बोच्च स्थिति मानिस प्रेम सागरमा पौडी खेल्न चाहन्छ स्वच्छंद अतुलनीय गहिराइमा डुबेर जीवन अनुभब गर्न चाहन्छ बिलाउदै पानीको थोपाझैं उत्कर्ष , समर्पण, बिलयमा जिउन चाहन्छ त्यागमा सन्तुस्टी छ प्राप्तिमा सन्तुस्टी छ कति त्याग र कति प्राप्तिको जोड हो मानिस कति सुख र कति दु:खको मेल हो मानिस मानिस कति प्रेम हो मानिस कति घृणा हो मानिस कति संगघर्ष हो | अनि मायाले थपथपापउदा मानिस कति मानिस हुन्छ मोहको जालमा फस्दा मानिस कति जनावर हुन सक्छ पेटको रापिलो भट्टीमा परेर माकुराझें कति स्वार्थि हुन सक्छ मानिस | भोक शाश्वत यथार्थ तृप्ति मनोहर आवस्यकता भइदिनाले मानिस कर्मबिर भइरहेको हुन्छ अतृप्त जिब्रोझें पुर्ण तृप्तिको खोजीमा दिन रात रात दिन भौतारिरहेको हुन्छ पुर्ण तृप्तिको बिन्दुमा पुग्न हजार संसारको सम्पति पनि अपर्याप्त हुन्छ | सत्य , न्याय, शान्ति उच्च आराध्य सौन्दर्य ब्रमाण्ड बिजेता बन्न चाहने मानिस आफ्नै मूल थलो प्रिथ्बीलाई छेप्यास्रहरुले भरेर अन्तरिक्छेमा शासन गर्न चाहन्छ बिनाश महाविनाशको सृष्टि गरेर अमर बन्न चाहन्छ मानिस बारुदमाथि बसेर आगो खेलाइरहेछ मानिस मृतु थुपारेर जीवनको गीत गाउरहेछ मानिस | अनि सस्र, शक्ति, सन्तुलन मानिसको प्रतेक 'अहम्'सित सृस्टिभन्दा देरै टाडा लयहीन प्रलयको निमन्त्रणा गरिरहेछ मानिस प्रलयको प्रतिक्छा गर्नु बारुदमाथि बसेर आगो खेलाउनु मतिभ्रम भएको मानिस आफ्नै भविष्यको सुन्दरताबाट टाडा भइरहेको छ | आदर्शको झरीमा नरुझ्न स्वार्थको रङ्गीन छाताहरू ओढेर मानिस कति समयसम्म स्वार्थको कोकिनमा कैदी भएर बस्न सक्छ ? साभार मधुपर्क २०४७,असोज (वर्ष २३, अङ्गक ५ पुर्र्णाङ्क २५६ ) मेरो अरु रचनाहरु हेर्न -- http://saranr.blogspot.com/
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment