२०७३/१०/०३
नेपाल देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसस्कृति, र भौगोलिक रुपमा हिमाल, पहाड र तराई क्षेत्रको रुपमा विविधतायुत्त विशेषता रहेको कारण नेपाल एउटा बहुराष्ट्रिय राज्यको रुपमा देखिन्छ / त्यसैले नेपालीहरू विभिन्न राष्ट्रका नेपाली हुन्, त्यस कारण सबै नेपाली एउटै ‘राष्ट्र’मा अटाउन सक्दैनन् । त्यसरी अटाउन सक्दैनन् भन्दैमा नेपाली जनता नेपाल राज्यप्रति बफादार हुँदैनन् भन्ने पनि होइन । त्यस्तो बफादारिता भनेको देशभक्ति (patriotism) हो । त्यसैले एउटा राज्यमा धेरै ‘राष्ट्र’ अटाएर बस्न सक्छन् तर यहाँको पुरानो राष्ट्र–राज्य पहाडी खस आर्य शासकका मूल्य-मान्यतामा मात्र आधारित थियो /
निरंकुश शासनकालमा शासकहरूले आफ्नो जातीय
समुदायका भाषा, धर्म, संस्कृतिको आधारमा राष्ट्रियतालाई परिभाषित गर्न प्रयास गरे । यस्तो
प्रयास र धारणामा केही महत्वपूर्ण विसंगति र प्राज्ञिक बेमेल थिए । त्यसैले पुरानो
‘राष्ट्र–राज्य’को परिभाषामाथि
विस्तारै चुनौती पनि बढ्न थाल्यो । देशको कुनै एक ‘राष्ट्र’ले अरु ‘राष्ट्र’माथि थिचोमिचो र अरुमा हाबी हुन खोज्यो वा दमन गर्यो भने त्यहाँ अवश्य
द्वन्द्व हुन्छ । विश्वमा त्यस्ता थुप्रै द्वन्द्वका कारण क्रान्ति भएका पनि छन् ।
नेपालमा अढाई सय बर्ष देखि “एक भाषा, एक भेष, एक राष्ट्र एक देश” को नारा अनुसार देशको दिशा उन्मुख गराइएको थियो / तसर्थ उत्त समय देखि
नेपालमा आर्यन (बाहुन/क्षेत्री) हरुको एकल साम्प्रदायिक राज्यको प्रयोग गरी लादिएको
एकाधिकारले सिर्जना गरेको वर्गीय विभेद, जातीय विभेद, भाषिक विभेद, क्षेत्रीय
विभेद, धार्मिक विभेद, लैंगीय विभेद, सास्कृतिक विभेद, राजनीतक रुपमा विभेद, आर्थिक
असमानता, राज्यको असमावेसी व्यवस्था आदि अहिलेसम्म निरन्तरता दिईएको छ /
नेपालमा एकात्मक तथा एकल जातीय/साम्प्रदायिक
राज्यको जग बसाउने कार्य वि.स. १८२५ असोज १३ गते देखि गोरखाको
आर्यन(बाहुन/क्षेत्री)हरुको जातिगत राजा पृथ्वी नारायण शाहले सुरु गरेको थियो / उत्त
शाहको नेतृत्वमा नेपाललाई “असली हिन्दुस्तान” बनाउने मिसन अनुसार तमुवान क्षेत्रमा
आर्यनहरुको अधिनस्त रहेको गोरखाको सानो राज्यको सिमा विस्तारको अभियानमा गरेका थिए
/ पहिले भारत देशमा बाहिरबाट भित्रिएको
आर्यन जातिहरुले त्यहाँका मूल-आदिवासी/जनजातीहरुको राज्य आक्रमण गरी कब्जा गर्ने
अभियानको क्रममा आदिवासीहरुको राजा (रावण)लाई राक्षस नाम दिएर सबैतिर
प्रचार-प्रसार गराइ उसको राज्य कब्जा गर्न र उसलाई मार्नको लागि भारतको
आर्यन(बाहुन/क्षेत्री)हरुले मूल-आदिवासी- जनजातीहरुलाई नै सेनाको रुपमा प्रयोग
गरेको थियो / त्यसैगरी नेपालमा पनि बाहिरबाट १३,१४औ शताब्दीमा भित्रिएको आर्यनहरुले
यहाँको मूल-आदिवासीहरुको राज्य कब्जा गरी लुट्न र आदिवासीहरुको राजा तथा नेताहरुलाई
मारेर सिध्याउन यहाँका मूल-आदिवासी किराती वंशका मगर र गुरुङ जातिहरुलाई नै सेनाको
रुपमा प्रयोग गरिएको थियो /
भारतका हिन्दू ब्राहमण/क्षेत्रीहरु १३,१४औ
शताव्दीमा मुसलमानको आक्रमणबाट जोगिन नेपाल प्रवेश गरे / त्यसबेला यहाँका संघीय
ढाचाका स्वायत्त राज्यहरु पृथ्वी नारायण शाहको नेतृत्वमा खुनी आक्रमण गरी जातीय
नरसंहार गरेर गोर्खा राज्यको सिमा विस्तार गरेका थिए / राणा जङ्गबहादुरले मुलुकी
ऐन जारी गर्दा उपाध्याय बाहुन, जैसी बाहुन, क्षेत्री–ठकुरी तथा मधेसी बाहुनलाई उपल्लो दर्जाको विशेषाधिकार दिँदै अन्य
जातजातिलाई भने मासिने र नमासिने, छोइछिटो लाग्ने र नलाग्ने जस्ता नागरिक अधिकार विहीन तुल्याउने क्रम करिब
अढाई सय बर्षसम्म चल्यो । टङ्कप्रसाद आचार्य ब्राम्हण भएकैले जीवनदान पाएर पछि
प्रधानमन्त्री बने । तर, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्री गैरब्राम्हण भएकैले शूलीमा चढाएर मारिए
(किराती)
नेपालको मूल-आदिवासी जनजातीहरु प्रति आर्यन
(बाहुन/क्षेत्री) जातिले हेर्ने दृष्टिकोण उनीहरुको रचनामा आधारित निम्न कविताबाट प्रष्ट
हुन्छ /
‘जङ्गली, स्वाँठे, तिघ्रे,पाखे, खर्पने, डोकेको देश हो नेपाल,
भगवान् राखिदेउ यो यसैगरी /
यिनीहरु सभ्य र शिक्षित भए हाम्रो
सिरिखुरी कहाँ जाला ?
मन्त्रीमण्डल जोड्दा बाहुन क्षेत्री
लिनू, त्यो पनि उच्च कुलको,
मतवाली कोही नहुल्नू’
अयोग्य, मतुवाली र पाखण्डी, निच,
निर्दयी /
पस्यो भने मण्डलमा राज्य उठ्ठा गराउला
//
बाहुन-क्षेत्रीबाट मन्त्रीमण्डल जोरुन
/
त्यस्तै मन्त्रि लिई रक्षा गर्नु
राज्यको सधै //
-राममणि आ.दी., भलोकुराको नमुना,२०१८,
उदृत, दुर्गहांग याखा राई, पाना २८१
त्यसैगरी भाषाको क्षेत्रमा आर्य(बाहुन/क्षेत्री)
जातिहरुको दृष्टिकोण यस्तो रहेको छ
अझसम्म एकही “गोर्खा भाषा” को
सर्व-व्यापकता हुन सकेको छैन,
किन्तु नेवार, भोटे, मगर, गुरुङ,
लिम्बु, सुनुवार, दनुवार, थारु प्रवृत्तिका
जङ्गली भाषाहरुले पनि आफ्नो
जन्मस्थानलाई एकदम छाड्न सकेका छैन /
जहासम्म एक मात्र “गोर्खा भाषा” ले अरु
सबै जङ्गली भाषालाई
अर्ध-चन्द्र (गलहती) लगाउन्न,
त्यहाँसम्म “गोर्खा भाषाको उन्नति हुन्छ”
भन्नु र “मुख्य भाषा कहिन योग्य छ”
भन्नु केवल मनोलड़डू मात्र हो /
-कृष्णचन्द्र अर्याल व वैद्यनाथ जोशी
गोर्खा भाषा, गोर्खा एजेन्सी कार्यालय
उदृत, हर्क गुरुङ, पाना १३०
नेपाल जस्तो बहुलराष्ट्र समाजमा रहेको बहुल
राष्ट्रवादमा विभिन्न जात-जातिहरुको आ-आफ्नै भाषा, धर्म, सस्कृतिक मूल्य-मान्यता र
परम्परा हुन्छ साथै उनीहरुलाई एकसुत्रमा आबद्द गर्ने भावनात्मक सम्बन्ध हुन्छ /
यस्तो बहुलराष्ट्रिय समाजलाई बलपूर्वक एउटाई राष्ट्र बनाउन खोजियो भने त्यहाँ
विभिन्न प्रकारका समस्याहरु उत्पन्न हुन जान्छन / बिगतमा झैँ देशको शासक वर्गहरुले
बहुलराष्ट्रवादलाई एक राष्ट्र, एक राज्यको रुपमा विलय गराउन खोज्दा यो राष्ट्रवाद
संकटमा पर्न जान्छ / नेपाल जस्तो एकात्मक शासन व्यवस्था भएको विश्वका धेरै
देशहरुमा आज पनि यो समस्या देखापरेको छ / सोभियत संघ र युगोस्लाभिया यस्तै
समस्याका कारण टुक्रिन बाध्य भयो / विश्वको हरेक राष्ट्र(जाति)हरुलाई आफु उपेक्षित
भएको वा आफ्नो सास्कृतिक परम्परा, भाषा, धर्म र रीतिथितिमाथि हस्तक्षेप भएको महसुस
भएमा राजनीतिमा गम्भीर असर पर्छ र देश विभाजनतर्फ अभिमुख हुन सक्छ /
विभिन्न राष्ट्र(जाति)हरुको भावनालाई स्वतन्त्र
रुपमा अभिव्यत्त हुन नदिदा लामो समयदेखि दबिएर रहेका इच्छा र आकांक्षाहरु विस्फोट
हुन हुन्छन / यस प्रकारको स्थिति विशेषगरी एसिया, अफ्रिका र दक्षिण अमेरिकाका
विकासोन्मुख मुलुकहरुमा देखा परेको छ / यस्तो यस्ता संघर्षहरु राष्ट्र(जाति)हरुको पहिचान,
अधिकार, समानता, सामाजिक न्याय, आर्थिक अधिकार र सास्कृतिक संरक्षणका लागि हुने
गर्दछन / राजनीतिमा सहभागिता, सम्पत्तिमाथिको हक, आत्मनिर्णयको अधिकार र जातीय
स्वशासनका लागि विभिन्न किसिमका आन्दोलनहरु हुने गरेको छ / विश्वको विभिन्न
देशहरुमा अहिले देखापरेको संघर्षहरु पहिचानको राजनीतिमा आधारित रहेको छ /
नेपालमा एक शताब्दी भन्दा लामो समयसम्म अंग्रेज
दलाल राणाहरुको जहानियाँ शासन अन्तर्गत चल्यो / त्यसैगरी नेपालको राजनैतिक
आन्दोलनमा २००७ साल पछि नेपाली कांग्रेस जस्ता भारतीय दलालहरुले प्रभुत्व जमाउन
सफल भए परिणाम जनताको आन्दोलनलाई दिल्ली दरबारको छत्रछायामा राजा, राणा र
कांग्रेसको बीचमा सत्ताको भागबण्डा मिलाई सामन्त, नोकरशाही र दलाल पुजीपति वर्गले
नयाँ सत्ता समीकरणका लागि प्रयोग गर्न सफल भए / उत्त कुख्यात दिल्ली सम्झौता र सन्
१९५० को कुख्यात नेपाल-भारत सन्धि ठिक त्यसकै परिणाम हो / वि.स. २०४६ सालको
आन्दोलन सफल भएपछि एमालेका नेताहरुले पनि नेपाली जनतालाई राजनीतिक रुपमा धोका
दिएका थिए / त्यसैगरी माओवादीका नेताहरुले पनि दिल्लीको छत्रछायामा १२ बुदे सहमति
र सम्झौता गरी निर्वाचन पहिलो पार्टीको रुपमा जितेर जब सरकारमा पुगेपछि नेपाली
जनतालाई राजनीतिक रुपमा धोका दिएको छन् / जसको कारण आज “एकीकृत नेकपा माओवादी” विभिन्न
टुक्रामा विभाजित हुदै अन्ततः दोश्रो कथित निर्वाचनमा तेश्रो पार्टीमा सिमित हुन
बाध्य परेको हामी सबैले देखेका छौ /
अत: समग्रमा भन्नु पर्दा नेपाली राजनीतक ईतिहासमा
पहाडे खस आर्यन(बाहुन/क्षेत्री)हरुको नेतृत्वमा रहेको पार्टी/नेता तथा शासक
वर्गहरुले राज्य सत्ताको प्रयोग गरी नेपालको अनार्य(मूल-आदिवासी-जनजाती/मतुवाली)
हरुलाई अढाई सय वर्ष देखि अहिलेसम्म निरन्तर राजनीतिक रुपमा धोका दिदै हरेक
क्षेत्रमा शोषण, दमन, अन्याय-अत्याचार र विभेद गर्दै आएका छन् / त्यसैले एकात्मक
राज्य सत्ताको ति साम्प्रदायिक शासक वर्गहरुले गरेको वर्गीय विभेद, जातीय विभेद,
भाषिक विभेद, क्षेत्रीय विभेद, धार्मिक विभेद, लैंगीय विभेद, सास्कृतिक विभेद,
राजनीतक रुपमा विभेद, आर्थिक असमानता, राज्यको असमावेसी व्यवस्था आदिबाट मुत्तिको
लागि गरिने आन्दोलन नै पहिचान राजनीतिक आन्दोलन हो / त्यसैले देशको सम्पूर्ण
उत्पीडित राष्ट्र(जाति) तथा समुदायहरु एक
भएर पहिचानको राजनीतिक आन्दोलनमा अघि बढ्नुको बिकल्प छैन /
क्रमसः ......

No comments:
Post a Comment