२०७३/१०/०३
“जो राष्ट्र/जातिहरु भाषाहरुको समानता
स्वीकार गर्दैन, त्यसको वकालत गर्दैन र सम्पूर्ण जातीय उत्पीडन र असमानताको
विरुद्द संघर्ष गर्दैन, ऊ मार्क्सवादी होइन, ऊ त अझ जनतन्त्रवादीसम्म पनि होइन,
यसमा कुनै शंका छैन /” –लेनिन
दन्दनात्मक भौतिकवाद कार्ल मार्क्सको सम्पूर्ण
राजनीतिक दर्शनको आधारशिला हो / मूलत पुजीवादी व्यवस्थालाई अन्त्य गर्नको लागि नै
मार्क्सवादी दर्शन अगाडी ल्याइएको हो / मार्क्सवादी राजनीतिशास्त्र अनुसार
राज्यसत्ता भनेकै अधिनायकत्व प्रयोग गर्ने सस्था हो / पुजीवादी व्यवस्थामा
पुजीपतिवर्गको अधिनायकत्व रहेको हुन्छ तर समाजवादी अथवा नयाँ जनवादी राज्यमा
श्रमिकवर्गको अधिनायकत्व हुन्छ / कम्युनिष्ट घोषणापत्रको सुरुमा लेखिए अनुसार,
“आजसम्म सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो /”
दासयुगिन समाजमा दास र मालिकहरु, सामन्ती समाजमा
भूदास-किसान र सामन्त(जमिन्दार), पुजीवादी समाजमा सर्वहारा र पुजीपतिहरु मुख्य
वर्गहरु हुन् / त्यसैले प्रमुख दुइ वर्गहरु मध्ये यौटा त्यो वर्ग जोसँग उत्पादनका
साधनहरु हुन्छन र अर्को त्यो जोसँग शारीरिक श्रम मात्र हुन्छ / प्रथम शोषक वर्ग र
दोश्रो शोषित वर्ग हो / पुजीवादी क्रान्तिबाट समाजको अत्यन्त अल्पमत पुजीपति
वर्गको हित भयो / सर्वहारा क्रान्तिमा समाजको बहुसंख्यक हिस्साद्वारा समाजको
अत्याधिक बहुमतको हित स्थापना गर्न संचालन हुने मान्यता राख्दछ / त्यसैले यस
बारेमा मार्क्स-एंगेल्स भन्छन –“बिगतका सम्पूर्ण ऐतिहासिक आन्दोलन अल्पमतका
आन्दोलन थिए वा अल्पमतको स्वार्थका लागि सम्पन्न भएका थिए / सर्वहारा आन्दोलन स्वय
सचेत आन्दोलन हो, यो स्वतन्त्र र अत्याधिक बहुमतको आन्दोलन हो तथा समाजको अत्याधिक
बहुमतको हित स्थापित गर्ने आन्दोलन हो /”
समाजमा दास र मालिक उदय हुनु अघि समाज वर्ग
विभाजित थिएन / समाजमा परस्पर विरोधी वर्गहरुको उदय भएपछि प्रत्येक ऐतिहासिक
घटनाहरु कुनै न कुनै रुपमा वर्ग संघर्षसँग सम्बन्धित छन् / वर्ग संघर्षको इतिहासमा
पुजीवादी व्यवस्था भित्रको वर्ग संघर्ष नै सबै भन्दा प्रष्ट एवं तिखो भएर अगाडी
आएको छ किनभने पुजीवादले कारखानामा काम गर्ने श्रमिकलाई मात्रै होइन
भौगोलिकशास्त्री, कानूनवेत्ता, पुजारी, कवि, वैज्ञानिक, इत्यादी सबैलाई ज्यालादारी
श्रमिकमा परिणत गरिदिएको छ / त्यसैले मानव समाजको अस्तित्व निश्चित उत्पादन
पद्दतिले निर्धारण गर्दछ भन्ने कुरा नै मार्क्स र एंगेल्सको दार्शनिक अध्यायनको
सार हो / जहाँ वर्ग विभाजित हुदैनन् त्यहाँ राजनीति र राज्य दुवै हुदैनन् /
छुट्टाछुट्टै वर्गका छुट्टाछुट्टै राजनीति हुन्छ / एक वर्गले अर्को वर्गमाथि गर्ने
दमन नै राजनीति हो / आदिम समाजमा वर्ग थिएन त्यसैले त्यहाँ राजनीति पनि थिएन /
आर्थिक कारणहरुले नै राजनीति जन्माउछ / मार्क्सले राजनीतिक संघर्षलाई वर्ग
संघर्षको उच्चतम अभिव्यक्त्ति हो भनेका छन् / त्यसैगरी एंगेल्स भन्छन, “राजनीतिमा
नलागेर पूर्ण तटस्थ बस्नु असम्भव कुरा हो / आफुलाई तटस्थ बताउने प्रेस जगतले
दिनदिनै राजनीति गरिरहेको हुन्छ / कसले कस्तो राजनीति गर्छ र कुन रुपमा गर्छ भन्ने
कुरा छुटै विषय हो /”
समाजको वर्गीय विभाजनको आधार मानव सम्बन्धहरुको
मुख्य क्षेत्र भौतिक उत्पादनको क्षेत्रमा नै खोज्नु पर्छ भन्छन / उत्पादनका
साधनहरुप्रतिको सम्बन्धबाट नै सामाजिक उत्पादनमा वर्गहरुको स्थान र भूमिका
निर्धारीत हुन्छ, आम्दानीको मात्रा र त्यसको प्राप्तिको पद्दति निरुपित हुन्छ भन्ने
दाबी रहेको छ / व्यक्त्तिगत स्वामित्वको विकास र सामुदायिक स्वामित्वको अन्त्यको
साथसाथै मानिसहरुको बीचमा आर्थिक असमानता पनि बढ्दै गयो / खास गरिकन कुलीन वर्गका
मानिसहरु धनी बन्दै गए, उनीहरुले उत्पादनका सामुदायिक साधनहरुमाथि प्रभुत्व जमाए /
यी साधनहरुबाट बन्चित भएका मानिसहरु तिनका मालिकहरुको निमित्त काम गर्न बाध्य भए /
त्यसपछि समाजमा वर्गहरुको स्थितिको प्रतिरक्षाताले गर्दा उनीहरुको बीचमा भिषण
संघर्ष चल्न थाल्यो /
पुजीवादी समाजको प्रमुख वर्गहरु नै बुर्जुवा वर्ग
र सर्वहारा वर्गहरु हुन् / मुनाफाको होडबाजीमा बुर्जुवा वर्गले सर्वहारा वर्गको
शोषण गर्दछ / पुजीवादी व्यवस्था विकास हुदै जादा शोषणले बढी निर्मम रुप लिदै जान्छ
/ त्यसैले सर्वहारा वर्गले यी सब कुरा सहेर बस्न सक्दैन / पुजीवादको आन्तरिक
चरित्र नै कस्तो छ भने यहाँ मजदुरले आफ्नो श्रमको फलबाट वन्चित रहनु पर्ने हुन्छ /
त्यसैले सर्वहारा वर्गको स्थितिले नै उसलाई बुर्जुवा वर्गको बिरुद्द संघर्ष गर्न
बाध्य तुल्याउछ /
समाजबाट सदाको निमित्त शोषणको अन्त्य गर्नु,
पुजीवादी व्यवस्थाको उन्मुलन गर्नु, राज्य बिहिन समाजवाद र वर्गरहित साम्यवादी
समाजको निर्माण गर्नको लागि “सशस्त्र बलद्वारा राज्यसत्ता कब्जा गर्नु,
युद्दद्वारा समस्या हल गर्नु, क्रान्तिको केन्द्रिय काम र सर्वोच्च रुप हो /
क्रान्तिको यो मार्क्सवादी-लेनिनवादी सिद्दान्त सर्वत्र लागु हुन्छ, चीन र अन्य
सबै देशमा लागु हुन्छ तर सिद्दान्त एउतै हुदाहुदै पनि जब सर्वहारावर्गको पार्टीले
त्यसलाई व्यवहारमा लागु गर्दछ, त्यतिबेला उसले अलग-अलग परिस्थिति अनुसार
अभिव्याक्त्ति अलग-अलग तरिका अपनाउछ / -माओ(युद्द रणनैतिका समस्याहरु)
अत: मार्क्सवादी वर्गसंघर्षको मुख्य राजनीतिक
विश्व दृष्टिकोणको सारतत्व भनेको धनी र गरिब समुदाय बीचको अन्तरसंघर्ष मात्र हो /
त्यसैले यी अल्पसंख्यक रुपमा रहेको मुठ्ठीभर धनी-सामन्त, धनी-जमिन्दार,
धनी-पुजीपति, धनी उद्योगपति, धनी शासक वर्ग र तिनीहरुको स्वार्थ अनुसार तयार
गरिएको राज्य व्यवस्थाहरुलाई राजनीतिक रुपमा या सशत्र क्रान्तिद्वारा भौतिकरुपमा सिध्याएर
उनीहरुको एकछत्र स्वामित्व तथा एकाधिकारमा कायम रहेको सम्पूर्ण भौतिक तथा आर्थिक
सम्पत्तिहरु खोसाएर बहुसंख्यकरुपमा रहेको गरिब तथा सर्वहारा वर्गहरुलाई समानरुपमा वितरण
गराई दिनु र उनीहरुको स्वामित्वमा राख्ने राजनीतिक अभियान मात्र हो / त्यसैले
मार्क्सवादी वर्गसंघर्षले विश्वको हरेक देशभित्र देखा परेको राष्ट्रिय/जातीय,
भाषिक, धार्मिक, क्षेत्रीय तथा सास्कृतिक, सामाजिक आदि विभिन्न विभेद बारेमा सम्बोधन
गर्दैन / तर पहिचानको राजनीतिले यी सम्पूर्ण समस्याहरुको समाधान सहित वर्गीय विभेद
बारेमा पनि सम्बोधन गर्छ /
विश्वमा हालसम्म अस्तित्व रहेको यी मार्क्सवाद र
पुजीवादले देशमा रहेको जातीय र वर्गीय समस्यालाई समाधान गर्न सक्दैन भन्ने कुरा
संसारभर प्रमाणित हुदै आइरहेको छ / केहि मार्क्सवादी तथा साम्यवादी विचारक तथा
नेताहरुले जाति, भाषा र सस्कृतिको समस्या पनि वर्गीय समस्याकै एकरुप हो भन्दै,
त्यस किसिमको शोषण र उत्पीडनको बिरोध गर्दै वर्गीय आन्दोलनसँग जोड्न खोजेपनि
अन्ततः त्यो उनीहरुको मार्क्सवादी आन्दोलन सफल पार्ने रणनीतिक उपयोग मात्र भएको
देखिएको छ /
क्रमशः......

No comments:
Post a Comment