राजनीतिक रुपान्तरणको लागि ५ तयारी के र किन आवस्यक छ ?
४, संघीय लिम्बुवान पार्टी, नेपालको अबको प्रस्न रुपान्तरणको नै हो / एकतापछिको रुपान्तरण कसैलाई लागु हुनपर्ने र कसैलाई लागु हुनुनपर्ने हुदैन / रुपान्तरण राजनीतिको समग्रतामानै हुनुपर्दछ / राजनीतिक समग्रताको ब्याख्यालाई समाजमा रहेको आधार-रचना र अधिरचनालाई दार्सनिक, एतिहासिक तथा बस्तुबादिताको कसीमा राखेर हेर्न अनिबार्य छ / यसर्थ पनि जव पार्टीमा रुपान्तरणको प्रश्न उठ्छ त्यतिबेला राजनीतिको मुलत: ५ तयारीको समग्रतामानै पार्टीको साझा बुझाई बनाउनु पर्दछ र त्यसैको जगमा पार्टीको कर्यदिसा तय गर्नसक्नुपर्दछ / संघर्स, एकता र रुपान्तरण राजनीतिक बिज्ञान हो / त्यहि भएर कार्लमार्क्सले पनि संघर्स, एकता र रुपान्तरणलाई राजनीतिक विज्ञानको रुपमानै ब्याख्या गरे / उनले एकता, संघर्स र रुपान्तरण भनेनन् /
राजनीतिक रुपान्तरणको लागि ५ तयारी के र किन आवस्यक छ ?
क. वैचारिक तयारी
ख. राजनीतिक तयारी
ग. नेतृत्वको तयारी
घ. भौतिक तयारी
ङ. सांगठनिक तयारी
क. वैचारिक तयारी
ख. राजनीतिक तयारी
ग. नेतृत्वको तयारी
घ. भौतिक तयारी
ङ. सांगठनिक तयारी
क. बैचारिक तयारी-
पहिलो, बैचारिक तयारी हो / किनभने विचारनै पार्टी निर्माण र पार्टी संचालनको आधारभूत सर्त हुन जान्छ / संघीय लिम्बुवान पार्टी नेपालको सन्दर्भमा बैचारिक तयारीको तत्कालिन आधार बृहत लिम्बुवान एकताको ९ बुदे सहमति-पत्र र त्यसको जगमा बनेको संघीय लिम्बुवान पार्टी, नेपालको घोसणा-पत्रमा समिटिएका बिचारलाईनै टेक्नुपर्दछ / जसमा बहुलराष्ट्रियबाद, संघीय सहास्तित्वबाद, लोकतान्त्रिक गणतन्त्र र समाजबाद रहेका छन् / यसैको जगमा पार्टीको बैचारिक तयारीको गुणात्मक विकास गर्दै लैजानु पर्दछ / राजनीतिक विचार सारसंग्रह वा फुजनबाट निर्माण हुदैन /

विचार निर्माणको दार्शनिक धरातल चाहिन्छ, त्यसको ऐतिहासिकता हुन्छ, त्यसको बस्तुबादिता हुन्छ / पार्टीमा कहिलेकही रहरमा वा नबुझेर सारसंग्रह वा फुजनबाट विचार निर्माण भएको ठान्छन, ठानिन्छ / जुन राजनीतिको बैचारिक बुझाइको अंसमात्र हो समग्रता होइन / वा कहिलेकाही नीति र कार्यक्रमका सवालहरुलाई पार्टीको बिचारको रुपमा बुझ्ने वा बुझाउने पनि गरिएको छ / नेतृत्वबाट हुने त्यस्ता कमजोरीले पार्टी र आन्दोलनलाई लक्षहीन गोलचक्करमा फसाई दिन्छ /
राजनीतिमा हुने पाँच तयारीको अनिबार्यतालाई नबुझदा या बुझेर पनि गौण ठान्दा ४० को दसकदेखि संगठित रुपमा सुरु भएको उत्पिरित जाति-वर्ग मुक्ति (राष्ट्रिय मुक्ती) संघर्सले अहिले पनि नेपालको राजनीतिमा मुलधारको आकार लिनसकेको छैन / तर ५० को दसकमा सुरु भएको माओवादी जनयुद्धले १० बर्षमै नेपाली राजनीतिको मुलधार बनाउन सक्नु ५ तयारीको किटानी प्रस्ताबनै हो / बीपी कोइराला र पुष्पलालहरुले आज भन्दा ६ दसक अघिनै उनीहरुको राजनीतिक प्रस्तावमा ५ तयारीको सवाललाई गम्भीर गरि अघि सरेका थिए /
लिम्बुवान एकताको ९ बुदे सहमति-पत्र र त्यसको जगमा बनेको संघीय लिम्बुवान पार्टी, नेपालको घोसणा-पत्रमा समिटिएका बिचार- बहुलराष्ट्रियबाद, संघीय सहास्तित्वबाद, लोकतान्त्रिक गणतन्त्र र समाजबाद नेपालको उत्पिरित जाति-वर्ग मुक्ती संघर्सको प्रारम्भिक विचार भनेर बुझदा राम्रो हुन्छ / कम्तिमा यो बिचारले हामी मार्क्सवादी र पुजीबादी होइनौ भन्ने मियो समात्न सकेको छ / साथै यो बिचारले उत्पिरित जाति-वर्ग मुक्ती संघर्सको बैचारिक जरालाई भेटेको छ / यही बैचारिक जराबाट आउने सम्मेलनहरुबाट विचार निर्माणलाई उठाउनु सक्नुपर्दछ /
ख. राजनीतिक तयारी
राजनितीमा राजनीतिक तयारीले धेरै गम्भीर महत्व र स्थान राख्दछ / यसमा आन्तरिक र वाह्य गरी दुइ किसिमले तयारी गर्नुपर्दछ / आन्तरिक तयारी अन्तर्गत प्रतिस्पर्धी तथा मित्र शक्तिहरुको पहिचान गरी उनीहरुलाई आफ्नो लक्ष प्राप्त गर्न अधिकतम उपयोग गर्ने योजना र क्षमता निर्माण गर्न सक्नुपर्दछ / साथै मित्रशाक्तीहरुबाट आफु विरुद्ध प्रयोग गर्न सक्ने तत्वहरु जस्तै- जासुसी संयन्त्र, प्रहरी, सेना, अदालत, नोकरशाहीतन्त्र, लगायत अन्य संगठन, संस्था, समूहबाट हुने धुसपैठ आदिलाई न्युट्रलाईज गर्ने योजना र क्षमता निर्माण गर्नुसक्नु पर्दछ / साथै ती एजेन्टहरुमा आफ्नो लक्ष र उदेश्यमा सकारात्मक प्रभाव पर्नुसक्नुपर्दछ / त्यसरीनै बहिय्य तयारी अन्तर्गत मुलुक बाहिरको सम्बन्धहरु जस्तै जस्तै- गैर-आबासिय नेपालीहरु माझ आफ्नो लक्ष र उदेश्यमा सकारात्मक प्रभाव पर्नुसक्नु, छिमेकि मुलुकहरुमा रहेका सहयोगी मित्र शक्ति, संगठन, समूह वा व्यक्तिको पहिचान गरी सम्बन्ध विस्तार गर्नु, कुटनीतिक नियोगहरुसंग आफ्नो लक्ष र उदेश्यमा सकारात्मक प्रभाव पर्दै राजनीतिक सम्बन्ध विकास गर्नु आदि पर्दछन् /

नेत्रित्वको तयारिको अभावमा चार तयारीहरु- (वैचारिक तयारी, राजनीतिक तयारी, भौतिक तयारी र सांगठनिक तयारी) लेमात्र आदोलानलाई टुंगोमा पुर्याउन सकिदैन भन्ने उदारण नेपालकै ३० बर्स लामो जातीय मुक्ती आन्दोलनलाई हेर्दा हुन्छ / नेतृत्व- नेता, कार्यकर्ताको पनि नेता हो / आमजनसमुदायको पनि नेता हुन्छ / बिपक्षी र पर्तिस्पर्धी राजनीतिक पार्टीहरुको पनि नेतानै हो भन्ने प्रभाव दिनुसक्नु पर्दछ / दुनियामा मुक्ती आन्दोलनका नेत्रित्वहरु बिपक्षी र पर्तिस्पर्धी राजनीतिक पार्टीहरुको पनि नेता बन्न सके / यसका लागि नेत्रित्वहरुमा चार तयारीहरु- (वैचारिक तयारी, राजनीतिक तयारी, भौतिक तयारी र सांगठनिक तयारी) को गहिरो अध्यन र ज्ञान हुनु अनिबार्य सर्त नै हुन्छ / साथै जोखिम मोल्नसक्ने क्षमता, साथै राजनीतिक आम पक्षको चेतना र मनोबिज्ञानलाई नेतृत्व गर्न सक्न अनिबार्य छ /

नेतृत्वको बिसयमा गान्धी र जिन्नाको रोचक प्रसङ्ग छ / भारतमा संबिधानसभा चलिरहेको बेला नेहेरुले मुस्लिमहरुको नेतृत्व गरिरहेका जिन्नालाई सिमान्तिकरण पार्दै गएपछि पाकिस्तानलाई अलग गर्ने निष्कर्समा पुग्छन / त्यसको औपचारिक निर्णय लिन अगाडी राजनीतिभन्दा माथि उठेका गान्धीलाई भेट्न जिन्ना पुग्छन / जिन्नाले गान्धीलाई भन्छन- "हामी भारतलाई ब्रिटिस उपनिबेसबाट मुक्त गर्नमात्र लडेका थिएनौ, भारत स्वतन्त्रता संगै आन्तरिक उपनिबेसबाट मुक्तिको लागि पनि हाम्रो सघर्स थियो / तर नेहेरुले करोरौ आवादी भएको मुस्लिमहरुलाई फेरी आन्तरिक उपनिबेसमै राख्न चाहन्छ / यसर्थ हामी पाकिस्तानलाई अलग गर्ने निष्कर्समा पुगेको छौ/" गान्धीले एक बक्यान्समा भन्छन्- "तिमीले निर्णय गर्दा छातीमा हात राख्नु र सोच्नु कि मैले यो निर्णय लिइरहदा देसका ति सबैभन्दा सिमान्तिकरण परेका जनताको हितमा छकी छैन ? बिना पुर्बग्रह अत्नरआत्माले सबैभन्दा सिमान्तिकरण परेका जनताको हितमा छ भन्ने पुगेपछि गरेको निर्णय कहिल्यै गलत हुदैन /" यसर्थमा नेतृत्व स्प्रिचुअल र दार्सनिक हुन्छ, हुनुपर्दछ /
घ. भौतिक तयारी
संगठनले आफ्नो लक्ष र उदेश्यमा प्राप्त गर्नका लागि भौतिक तयारीको ठुलोमात्र होइन आधारभूत आवस्यकता हुन्छ / भौतिक तयारी बिना गरिने संगठनमा हुने कामहरु जतिसुकै राम्रो भए पनि जतिसुक्कै बैज्ञानिक र ब्यबाहारिक भएपनि सफल हुदैनन् / अझ अहिलेको बिस्वसमाजलाई कुनै न कुनै रुपमा पूजीवादी खुल्ला अर्थतन्त्रले नछोएको क्षेत्र छैन / फलात: समाज, समुदायदेखी ब्यक्तीसम्मलाई उपभोक्तावादले छोएको छ / पूजीवादी खुल्ला अर्थतन्त्रले समाज, समुदायदेखी ब्यक्तीसम्म निर्माण गरेको उपभोक्तादी चरित्र र चिन्तनले नत समाजमा रहेको उत्पिरित जाति- वर्ग असमानतको अन्त्य हुन्छ नत उत्पिरित जाति- वर्ग मुक्ति आन्दोलनको लक्ष र उदेश्यमा जाननै दिन्छ / उपभोक्तादी चरित्र र चिन्तन बोकेको समाजमा आन्दोलनलाई अगाडी बडाउन "फलामले फलाम काट्छ" सिदान्त प्रयोग गर्नुनै भौतिक तयारीको सैदान्तिक पक्ष हो / भौतिक तयारीको ब्यबहारिक पक्ष भनेको आदोलनमा रहेका क्रान्तिकारीहरुलाई क्रान्तीको लक्ष र उदेश्य बाहेक निजि जिबनको अर्को लक्ष र उदेश्य छैन भन्नेसम्मको बस्तुगत तयारी गर्नु हो / खाली नेपाली आन्दोलनकै दुइ उदहारण दिउ- बीपीले क्रान्तिको भौतिक तयारी गर्दा एकातिर एकहदसम्मको सम्झौता गरेर नेपाली कांग्रेसमा सुबर्णसमशेर मार्फत रानाहरुकै अर्थ प्रयोग गरे भने अर्कोतिर सरकारको पैसा बोकेको प्लेन अपहरण गरे / त्यस्तै प्रचण्डले क्रान्तिको भौतिक तयारिको लागि राज्यको बैंक लुट्ने र सामन्तहरुको सम्पति कब्जा गर्ने नीति लिए / यी सबैले राजनीतिक क्रान्तिको लागि भौतिक तयारी कति महत्वपुर्ण, गम्भीर र जोखिमपूर्ण छ भन्ने स्पस्ट पर्छ /

ङ. सागठनिक तयारी
आन्दोलनमा संगठनिक तयारी बिना कुनैपनि तयारिहरुको परिणाम औदैन / यसर्थ राजनीतिका अन्य तयारीहरु जस्तै संगठनिक तयारीले पनि ठुलो महत्व राख्दछ / संगठनीक तयारी गर्न कुसल, अनुसासित, तथा प्रतिबद्द संगठकहरुको आवस्यकता पर्दछ / जाति-वर्ग मुक्ति आन्दोलनमा कुसल, अनुसासित, तथा प्रतिबद्द संगठकहरुको अभावमा संगठनिक तयारी ज्यादै कम्जोर रहयो / संगठनिक तयारीबिनाको उत्पिरित जाति-वर्ग मुक्ति आन्दोलन एकखालको झारो टराईमात्र हुन्छ / यसको प्रत्यक्ष नमुना ४० को दसकदेखि हुदैआएको जातीय-मुक्ती आन्दोलनलाई हेर्न सक्छौ / ३० वर्ष लामो संघर्स भईसक्यो राजनीतिक हिसाबले एउटा गाबिस पनि कब्जा हुन सकेको छैन / यसर्थ उत्पिरित जाति-वर्ग संघर्सका लागि भौतिक तयारी उच्च महत्वकासाथ गर्न अनिबार्य छ /

राजनीतिक ५ तयारीका दर्सनिक पक्ष (बस्तु, चेतना र सत्ता) बारे / क्रमस...
जय-लिम्बुवान !!!
जय-लिम्बुवान !!!