Pages

संघीयता नै उद्योगको मुख्य आधार...:-वीरेन्द्रबहादुर बस्नेत, प्रबन्ध निर्देशक, बुद्ध एयर

Birendra-bdr-Basnet-2



०६२/६३ को आन्दोलन राजा फाल्ने मात्रै थिएन । जनताले केन्द्रीय शासन भत्काएर विकेन्द्रीकरण चाहेका थिए । जनताले स्थानीय स्तरमै आफ्नो सहभागितासहितको विकास खोजेका थिए । जनताले शब्दमा भन्न नजाने पनि भावमा विकेन्द्रीकरण अर्थात् संघीयता नै चाहेका थिए ।
जनताले कुनै राजा छ, उसको शक्ति छ भन्ने नभएर सबै अधिकार आफैँमा आयोस् नै भन्ने चाहेका हुन् । त्यो भनेको विकासका सबै रूप स्वास्थ्य, शिक्षा, सडक, कलकारखानामा विकेन्द्रीकरण चाहेका थिए ।
आज संघीयताको मुद्दालाई बुझेको भए देशले धेरै फड्को मारिसक्थ्यो । व्यवसाय, उद्योगधन्दा पनि विकेन्द्रीकरण हुन्थ्यो । स्थानीय आवश्यकता अनुसारको रोजगारी सिर्जना हुन्थ्यो । स्थानीय स्रोत–साधनको सदुपयोग हुन्थ्यो ।
नेपालको सन्दर्भमा स्थानीय स्रोतसाधन भनेको कृषि, वन, नदी, पर्यटन यिनै हुन् । नदीबाट विद्युत् निकालेर उद्योग–कारखाना चलाउने नै हो । प्रशस्त नदी भएकाले हामीले जलविद्युतबाटै प्रगति गर्न सक्छौँ । किनभने, इनर्जी सस्तो परेपछि यसबाट थुप्रै विकासका ढोका खुल्छन् । धेरै चिज उत्पादन गर्न सक्छौँ । जसलाई विदेशमा निर्यात गरेर हामीले आर्थिक विकास गर्न सक्छौँ ।
यसरी नै उद्योग व्यवसाय फस्टाउने हो । उद्योग व्यवसायले राष्ट्रलाई कति फाइदा पु¥याउँछ त्यो नै प्रमुख हुन्छ । नेपाली जनतालाई कति, कसरी रोजगारी सिर्जना गरेको छ, स्थानीय क्षेत्रका जनतालाई समानस्तरमा लाभ दिइरहेको छ/छैन यही नै प्रमुख हुन्छ ।

जनआन्दोलनको सारभूत उद्देश्य यही थियो कि जनताले देशमा शान्तिसँगै स्थानीयस्तरबाटै विकासको लहर चाहेका थिए । जनताले संघीयता नै चाहेका थिए । आफ्नो क्षेत्रको विकासमा आफ्नो सहभागिता होस्, स्रोतसाधनमा आफ्नो स्वामित्व होस् भन्ने नै चाहेका थिए । जस्तो म पूर्वको हुँ । हाम्रोमा पर्यटन विकासको सम्भावना छ । यदि संघीयता हुन्थ्यो भने हाम्रो संघमा एउटा पर्यटन विभाग बन्न सक्थ्यो, त्यसले पर्यटकीय विकासका लागि योजना ल्याउँथ्यो । त्यो योजनामा त्यो क्षेत्रका जनताको लाभ र स्वार्थलाई हेरिन्थ्यो । सँगसँगै त्यहाँका जनताले आफ्नो ठाउँलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा चर्चामा ल्याउन सामूहिक पहल गर्थे, अथवा त्यो पहलमा संघ वा राज्यबाट सघाउहुन्थ्यो ।
मेरो मोरङको बेलबारी गाविस अहिले नगरपालिका बनेको छ । त्यहाँ एउटा सिमसार छ । त्यसलाई स्थानीय किसिमले संरक्षण र विकास गर्न खोजिएको छ । अहिले केन्द्रले त्यस्ता ठाउँ हेरेर कति सक्छ र ? यदि संघ भइदिएको भए, त्यसको संरक्षण र विकास उही किसिमले हुन्थ्यो । यो कुरा धेरैले बुझेको अवस्था पनि छ अहिले । खालि के हो भने संघीयता आउँदा सही किसिमले आउनुप¥यो ।
दशवर्षे जनयुद्धले हाम्रो देशको खासगरी पहाडको सामन्ती व्यवस्था भत्काइदियो । मलाई लाग्छ, मधेसमा सामन्ती सोच भत्काउन माओवादी सफल भएन । जेहोस्, पहाडका सामन्ती सोच दशवर्षे जनयुद्धले भताभुंग बनाएकै हो । यसकै उत्कर्ष थियो, ०६२/६३ को जनआन्दोलन । मैले माओवादी जनआन्दोलनको दुई उपलब्धि के देख्छु भने, एउटा त पहाडको सामन्ती व्यवस्था लगभग उन्मूलन ग¥यो भने अर्को संघीयता पनि माओवादीकै मुद्दा हो । उनीहरूले खासगरी स्थानीयस्तरमा जनताको शासनको मुद्दा उठाएका थिए । वास्तवमा ०६२/६३ को जनआन्दोलन सात राजनीतिक दल र माओवादी विद्रोहकै बलमा भएको थियो ।
बेनी–जोमसोम बाटो खोलेको २० वर्ष भइसक्यो । तर, केन्द्रीकृत शासन भएकै कारण त्यहाँ सडक पिच हुन सकेको छैन । त्यो क्षेत्र कुनै संघभित्र हुन्थ्यो भने, निकै प्राथमिकताका साथ सडक पिच हुन्थ्यो । बेनी–जोमसोमको बाटो मात्रै ७० किलोमिटरको छ । जसलाई पिच गर्न सात अर्ब रुपैयाँ लाग्छ भनिएको छ । तर, केन्द्रीकृत सरकारलाई त्यस्ता थुप्रै बाटो पिच गर्नु छ । त्यसैले उसलाई वास्ता छैन । तर, संघीयता हुन्छ भने त्यो संघको सबैभन्दा पहिलो उद्देश्य बेनी–जोमसोमलाई बजेट छुट्याउने नै हुन्छ ।
यो देशमा किन संघीयता आवश्यक छ भने, केही उदाहरण लिन सकिन्छ । जस्तो, अहिलेलाई हाम्रो वास्तविक अर्थ क्षेत्र भनेको पर्यटन हो । पर्यटनबाटै हाम्रो देशले विदेशी मुद्रा भित्र्याउन सक्छ । कृषि पनि हो तर त्यसलाई आधुनिकीकरण गर्न सकिएको छैन । त्यसैले अहिले हाम्रो आर्थिक उन्नतिको मूलभूत उद्देश्य पर्यटन नै हो । यसमा विभिन्न किसिमका जनशक्तिको आवश्यकता हुन्छ, कुकदेखि लिएर गाइडसम्मको । अहिले हाम्रो देशको पर्यटकीय क्षेत्रको केन्द्र पोखरा बनेको छ । त्यहाँदेखि अर्को गन्तव्य भनेको जोमसोम हो । बेनी–जोमसोम बाटो खोलेको २० वर्ष भइसक्यो । तर, केन्द्रीकृत शासन भएकै कारण त्यहाँ सडक पिच हुन सकेको छैन । त्यो क्षेत्र कुनै संघभित्र हुन्थ्यो भने, निकै प्राथमिकताका साथ सडक पिच हुन्थ्यो । बेनी–जोमसोमको बाटो मात्रै ७० किलोमिटरको छ । जसलाई पिच गर्न सात अर्ब रुपैयाँ लाग्छ भनिएको छ । तर, केन्द्रीकृत सरकारलाई त्यस्ता थुप्रै बाटो पिच गर्नु छ । त्यसैले उसलाई वास्ता छैन । तर, संघीयता हुन्छ भने त्यो संघको सबैभन्दा पहिलो उद्देश्य बेनी–जोमसोमलाई बजेट छुट्याउने नै हुन्छ । किनभने, पर्यटनबाटै नेपालले बढी आम्दानी गर्न सक्छ भन्ने यहाँको ढुंगामाटोलाई पनि थाहा छ । त्यो सडक पिच भयो भने त्यहाँ पर्यटक ओइरिन्छन् । ती सडकछेउमा कति होटल रेस्टुरेन्ट खुल्छन् । कति गाडी चल्छन् । यसबाट रोजगारी, आम्दानी नै बढ्ने हो । त्यसैले हाम्रो देशमा संघीयता अपरिहार्य छ । के, कति, कस्तो संघ बनाउने भन्ने अर्को कुरा होला ।
संघीयतासहितको संविधान नबन्दासम्म जनआन्दोलनको उद्देश्य पूरा हुँदैन । केही गरी संघीयतासहितको संविधान आएन भने अर्को आन्दोलन अवश्यम्भावी छ । संघीयता भनेको विकासको व्यवस्थापन हो । हाम्रो देशको जुन संरचना छ— हिमाल, पहाड, मधेस । यसले संघीयताकै माग गर्छ । केन्द्रीकृत शासन व्यवस्थाले यो देशको समग्र विकास हुन त सैयौँ वर्ष लाग्छ ।
नेपालको विकासको आधार खोज्दा केही जल, जमिन, जंगल, पर्यटन नै आउँछ । अझ आधुनिक विकासको पहिलो खुड्किलो हाइड्रोपावरलाई लिन सकिन्छ । तर, हाइड्रोपावर भनेको भाडा उठ्ने घरजस्तै हो । विद्युत उत्पादन भएपछि नै अनेक सम्भावनाका ढोका खुल्छन् । त्यसैले यसमा स्थानीय जनताको लगानी हुनुपर्छ । किनभने, यसबाट आउने भाडा त स्थानीयको हुनुपर्छ । अपरकर्णाली आयोजना जुन छ, त्यो हाम्रो देशको कोहिनुर हो । जसलाई भारतीय कम्पनी जिएमआरलाई दिने कुरा छ । त्यो योजना डेढ अर्ब डलरको भनेर रकम जम्मा गर्दै छन् । यसमा मेरो व्यक्तिगत धारणा के छ भने, हाम्रो देशका जनताले अहिले विदेश गएर एक ढंगले दासत्वकै रूपमा रहेर वर्षको पाँच अर्ब डलर रेमिट्यान्स आधिकारिक रूपमा भित्र्याएका छन् । त्यस्तै, हुन्डी हमला र व्यक्तिगत तबरले ल्याइएको हिसाब गर्ने हो भने त्यो १० अर्ब डलर पुग्छ । तर, त्यो पैसा हामीले महँगा मोबाइल, टेलिभिजन, मोटरसाइकल किन्नेजस्ता अनप्रोडक्टिभ क्षेत्रमा खर्च गरिरहेका छौँ । त्यसैले हामीले हाम्रा हाइड्रोपावरमा लगानी गर्न सकेसम्म विदेशीलाई नदिएर नेपालीले नै गर्नुपर्छ । अपर कर्णालीको लागत जुन डेढ अर्ब डलर भनिएको छ, त्यसमा नेपालीले नै लगानी गर्न सक्छन् र गर्नुपर्छ, गर्न पाउनुपर्छ । किनभने, त्यसबाट आउने भाडा त नेपालीले पाउँथे । नेपालीले लगानी गर्न नसक्ने ठाउँमा मात्रै बाहिरबाट ऋण–सहयोग लिने हो ।
हाम्रो उत्पादनको सबैभन्दा ठूलो क्षेत्र हो, कृषि । हामीले अहिलेसम्म परम्परागत रुपमै खेती गर्दै आएका छौँ । हामीसँग कृषियोग्य जमिन थुप्रै छन् । तर, अहिले आधुनिक खेती प्रणालीको अभावमा जमिन खेर नै गइरहेको जस्तै अवस्था छ । किनभने, हामीले आधुनिक खेती गर्छौं भने अहिलेको अवस्थाभन्दा पाँच गुणा बढी फाइदा लिन सक्छौँ ।
अर्को हाम्रो उत्पादनको सबैभन्दा ठूलो क्षेत्र हो, कृषि । हामीले अहिलेसम्म परम्परागत रुपमै खेती गर्दै आएका छौँ । हामीसँग कृषियोग्य जमिन थुप्रै छन् । तर, अहिले आधुनिक खेती प्रणालीको अभावमा जमिन खेर नै गइरहेको जस्तै अवस्था छ । किनभने, हामीले आधुनिक खेती गर्छौं भने अहिलेको अवस्थाभन्दा पाँच गुणा बढी फाइदा लिन सक्छौँ ।
Birendra-Bdr-Basnet-1
जस्तो, नेपालको प्रमुख खेतीमा धान पनि पर्छ । तर, हामीले वासमती धान उब्जनी गरेको मलाई थाहा छैन । भारतले सबैभन्दा बढी वासमती चामल निर्यात गर्छ । हाम्रोमा मोटो चामल उत्पादन हुन्छ, जसको होलसेल मूल्य किलोको त्यस्तै ३० रुपैयाँ पर्छ । वासमती किलोको ९३ रुपैयाँ पर्छ । मोटो चामल उत्पादन गरेर ३० रुपैयाँमा बेच्दा किसानलाई त्यति फाइदा छैन । तर, हामीले किन वासमती उत्पादन गर्न सकेका छैनौँ त ? यदि त्यसो गरियो भने त फाइदा पनि दोब्बर–तेब्बर हुन्थ्यो । यसो गर्न राज्यकै भूमिका चाहिन्छ । किनभने, एक ढंगले खेती गर्दै आइरहेका किसानले खेती गर्ने शैली नै बदल्दा लगानी पनि चाहिन्छ, तालिम पनि चाहिन्छ । कृषि क्रान्ति भनेको यही हो । यो क्रान्ति गर्न पनि संघीयता नै चाहिन्छ । केन्द्रीय सरकारले त कहाँ–कहाँ हेरेर सक्छ र ? फेरि केन्द्रबाट स्थानीयस्तरमा विकास पु¥याउँदा भ्रष्टाचार उस्तै हुन्छ, भइरहेकै छ ।
अर्को हाम्रो विकासको क्रान्ति भनेको, पर्यटन हो । माथि आइसकेको छ, पोखरा र बेनी–जोमसोमको उदाहरण । बेनी–जोमसोम सडक बन्दाबित्तिकै पर्यटक बढ्छन् । अहिले देशभरि पाँच लाख पर्यटन घुमिरहेका छन् भने बेनी–जोमसोम सडक बन्नेबित्तिकै पाँच लाख पर्यटन थपिने आधार प्रशस्तै छन् । तर, काम हुन सकिरहेको छैन । त्यसकारण यी सबैले के देखाउँछन् भने, नेपालमा संघीयता अपरिहार्य छ । संघीयता कस्तो, कति बनाउने भन्ने अर्को छलफल होला । मलाई संघीयताबारेको विवाद त्यति थाह छैन । सुनेको छु, खास विवाद तराईको झापा, सुनसरी, मोरङलाई कुन राज्यमा राख्ने भन्नै हो । हामी मोरङका हौँ । यी तीन जिल्लालाई छुट्टै राज्य बनाउँदा पनि केही हुँदैन । तर, संघीयता हुनैपर्छ । किनभने, हाम्रो क्षेत्रको विकासमा हाम्रो निर्णय हुन्छ, जसले द्रूत विकास हुन्छ । अहिले यी तीन जिल्लामा बिजुलीको चुहावट ४० प्रतिशत छ । संघीयता भयो भने यी र यस्ता समस्या आफैँ हटेर जान्छन् । किनभने, यी सम्पत्तिले स्थानीय जनतासँग सीधै सरोकार राख्छन् । तसर्थ, यो देशमा संघीयता भएन भने, फेरि अर्को जनआन्दोलन हुन्छ ।
०६२/६३ को आन्दोलनको गहिराईमा मुख्य उद्देश्य नै संघीयतासहितको संविधान थियो । अहिले संघीयताका विषयमा दलबीच विवाद छ । यो विवाद ठीकै पनि हो । यो विवाद र छलफलकै बीच आउने कुरा हो । जेहोस्, अझै हामी आशावादी छौँ संघीयतासहितको संविधान आउँछ ।
रातोपाटी बाट....साभार.........

संघीयताबारे ७ जना विज्ञका सुझावमा के के थिए ? के ती सुझाव जातिवादी नै थिए त ?


संघीयताबारे ७ जना विज्ञका सुझावमा के के थिए ? के ती सुझाव जातिवादी नै थिए त ?

डा. पीताम्बर शर्मा, डा. महेन्द्र लावती, डा. कृष्ण हाछेथु, प्रा. कृष्ण पोखरेल, श्याम श्रेष्ठ,

तुलानारायण शाह र प्रा. कृष्ण खनालले राज्य पुनर्संरचना, शासकीय प्रणाली र

निर्वाचन पद्धतिबारे दिएका सुझाव जातिवादी थिए ?


डा. बाबुराम भट्टराईले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापतिको हैसियत एक पटक ७ जना विज्ञहरुसँग भेटघाट गरेका थिए । भट्टराईले उनीहरुसँग राज्य पुनर्संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे सुझाव मागेका थिए । संघीयताका विभिन्न पक्षमा मत राख्दै आएका ती विज्ञहरु भिन्न भिन्न राजनीतिक विचारप्रति आस्थावान बौद्धिकहरु थिए, कुनै पार्टी विशेषसँग आबद्ध थिएनन् । उनीहरुले आआफ्ना मतभिन्नताबीच पनि केही साझा विन्दु खोजेका थिए, केही दिनको बौद्धिक कसरतपछि ।
तिनै साझा विन्दुहरुलाई लिपिबद्ध गरी संक्षिप्त सुझावका रुपमा डा. भट्टराईलाई बुझाइएको थियो । उक्त संक्षिप्त सुझावलाई उनले राजनीतिक दलका शीर्ष नेताहरुसामु पेस गर्न खोज्दा ती साझा विन्दुलाई पढ्नुसम्म पनि आवश्यक ठानिएन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले त ‘ती जातिवादीहरुको सुझाव के हेर्नुपर्छ र ?’ भन्दै सहजै बेवास्ता गरिदिए । उनले त्यति भनेपछि शीर्ष नेताहरुको बैठकमा छलफलै नभएको उक्त संक्षिप्त सुझाव पनि बेवास्ताको शिकार भयो ।
भिन्न विचार बोक्नेहरु सबैलाई जातिवादी वा साम्प्रदायिक आरोप लगाएर उनीहरुका विचारलाई पनि पूरै खारेज गर्ने राष्ट्रिय रोग बढ्दो छ । यस्तो असहिष्णु र अराजनीतिक रोगले राज्य पुनर्संरचना गर्न दिँदैन, न त कुनै राजनीतिक परिवर्तन गर्न नै दिन्छ । अहिले संघीयतालाई थाती राखेर वा संघीय आयोगमा थान्को लगाएर संघीयताबिनाको एक थान संविधान जारी गर्ने  कसरत हुँदैछ । यस्तो स्थितिमा बौद्धिक राजनीतिक विमर्शका लागि ७ जना बौद्धिकहरुको संयुक्त मतलाई पहिलो पटक सार्वजनिक गरिएको छ । यसरी बौद्धिक मन्थन गर्ने व्यक्तित्वहरु हुन् डा. पीताम्बर शर्मा, डा. महेन्द्र लावती, डा. कृष्ण हाछेथु, प्रा. कृष्ण पोखरेल, श्याम श्रेष्ठ, तुलानारायण शाह र प्रा. कृष्ण खनाल ।
उनीहरुको संयुक्त मतअनुसार जातीय बसोबासको निरन्तरता कायम रहनेगरी प्रदेशको सीमांकन गर्नुपर्ने, मधेशको सन्दर्भमा तराईको भूगोल समेटिनेगरी प्रदेशको सीमांकन गर्नुपर्ने, प्रदेश बनाउँदा चुरेको वर्तमान भूगोललाई नबिथोलिनेगरी बनाउने तथा प्रदेशहरुको आर्थिक हैसियत र सम्भावनालाई पनि ख्याल गर्नुपर्ने, खास गरेर विकास भूगोलको अनुकूलतालाई ध्यान दिनुपर्ने विचार उल्लेखनीय छ । यसको तार्किक निष्कर्षका रुपमा उनीहरुको ठम्याइ छः उपर्युक्त सन्दर्भमा प्रदेशहरुको संख्या १० वा सोभन्दा बढी हुने सम्भावना छ । यदि संख्या कम गर्ने हो भने दुई प्रमुख जातिहरुको बसोबासलार्ई एकै प्रदेशमा समेट्न सकेमात्र सम्भव छ ।
ती विज्ञहरुले शासकीय प्रणालीको सन्दर्भमा बालिग मतबाट निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री)ले मात्रै अपेक्षित स्थिरता र कार्यकुशलता दिनसक्ने मत राखेका छन् । उनीहरुको विचारमा शासनको स्थिरता र कार्यकुशलताका लागि कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन र त्यसका लागि बहुसदस्यीय निर्वाचन प्रणाली (MMPR) अपनाउनु बढी उपयुक्त हुन्छ ।

राज्य पुनर्संरचना र शासकीय स्वरुपबारे संक्षिप्त सुझाव

(३० साउन २०७१)
२२ साउन २०७१ मा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईसँगको भेटघाटमा उहाँले राज्यको पुनर्संरचना र शासकीय स्वरुपका विवादित विषयहरुमा हाम्रो दृष्टिकोण र प्रस्तुतिका लागि आग्रह गरेअनुसार हामीहरुले २५, २६ र २७ साउनमा आपसमा छलफल गरी प्रारम्भिक चरणमा डा. भट्टराईलाई सुझाउने कुराहरुको संक्षिप्त टिपोट गरेका छौं जुन यस प्रकार छ ।
१. राज्य पुनर्संरचनाका सम्बन्धमा
यो विषयमा अन्तरिम संविधानको धारा १३८ ले केही कुरा निर्देशित गरेको छ । पुनर्संरचना गर्दा त्यसलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । यसका अतिरिक्त संघीय खाका कस्तो हुने भन्ने निर्णय गर्दा निम्न कुराहरुमा ध्यान जानु आवश्यक छ ।
• जातीय बसोबासको निरन्तरता कायम रहनेगरी प्रदेशको सीमांकन गर्नुपर्ने ।
• मधेशको सन्दर्भमा तराईको भूगोल समेटिनेगरी प्रदेशको सीमांकन गर्नुपर्ने ।
• प्रदेश बनाउँदा चुरेको वर्तमान भूगोललाई नबिथोलिनेगरी बनाउने ।
• प्रदेशहरुको आर्थिक हैसियत र सम्भावनालाई पनि ख्याल गर्नुपर्ने, खास गरेर विकास भूगोलको अनुकूलतालाई ध्यान दिनुपर्ने ।
• उपर्युक्त सन्दर्भमा प्रदेशहरुको संख्या १० वा सोभन्दा बढी हुने सम्भावना छ । यदि संख्या कम गर्ने हो भने दुई प्रमुख जातिहरुको बसोबासलार्ई एकै प्रदेशमा समेट्न सकेमात्र सम्भव छ ।
• प्रदेश रचना गर्दा संघीयताका अन्य पक्षहरुलाई पनि ध्यानमा राख्नु आवश्यक छ । जस्तै:
– लक्षित जाति\समुदायले राजनीतिक रुपमा खेल्नसक्ने ठाउँ (अनुकूल स्पेस) खोजेको कुरा यथार्थ हो । प्रदेशको जनसांख्यिकी बनोटलाई सो अनुकूल बनाउन सके प्रतिनिधित्व र नेतृत्वको आकांक्षाअनुसार प्रतिस्पर्धा सहज हुनेछ । अन्यथा हाल प्रभुत्वमा रहँदै आएका जाति\समूह (क्षेत्री, बाहुन) नै कतिपय प्रदेशमा बाहुल्यमा रहने हुँदा प्रदेशहरुमा पनि सोही समूहको प्रभुत्व कायम रहन सक्छ ।
– माथिल्लो सदनको भूमिकालाई तुलनात्मक रुपमा बढी शक्तिशाली बनाउनुपर्ने ।
– हालको केन्द्रीकृत वित्तीय संघीयतालाई विकेन्द्रीत संघीयता उन्मुख बनाउनुपर्ने ।
– वित्तीय आयोगमा विज्ञहरुको भूमिका प्रधान हुनुपर्ने र यसको आवधिक रुपमा गरिने पुनरावलोकनका आधारमा वित्तीय संघीयताका विषयहरुको संवैधानिक तथा नीतिगत संशोधनको प्रावधान राखिनुपर्ने
– दलितको प्रश्नलाई राज्य पुनर्संरचनाभन्दा भिन्न संवैधानिक प्रावधानबाट सम्बोधन गर्नुपर्ने ।

२. शासकीय स्वरुपका सम्बन्धमा
आवधिक रुपमा निर्वाचित, उत्तरदायी, स्थिर एवं परिणाममुखी लोकतान्त्रिक शासन प्रणाली अहिलेको आवश्यकता हो । नेतृत्वको कुशलता र दलहरुमा तदनुकूल राजनीतिक संस्कारको विकास हुन सके प्रस्तावित कुनै पनि प्रणाली अपनाउँदा खासै फरक पर्ने छैन । यो दलहरुले नै निर्णय गर्ने राजनीतिक विषय पनि हो । तथापि नेपालको सामाजिक बनोट, दलहरुको प्रवृत्ति र विगतका अनुभवलाई दृष्टिगत गर्दा हाम्रो निम्नानुसार मत रहेको छः
२.१. प्रत्यक्ष रुपमा बालिग मतबाट निर्वाचित कार्यकारी प्रमुख हुने प्रणाली (बालिग मतबाट निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री)ले अपेक्षित स्थिरता र कार्यकुशलता दिन सक्नेछ ।
• यसमा संसदबाहिरबाट मन्त्रीहरुको चयन हुने व्यवस्था आवश्यक छ जसले सांसदहरुको कामलाई कार्यकारी उन्मुख नबनाई व्यवस्थापिका उन्मुख बनाउने छ । सांसदहरुको दक्षतालाई पनि बढी व्यवस्थापिका केन्द्रित र व्यवसायी बनाउँछ ।
• यी दुवै प्रणालीमा मन्त्रिपरिषदको सदस्य संख्या प्रमुख कार्यकारीसहित अधिकतम १५ मा सीमित गरिनु आवश्यक छ । सदस्यहरुको चयनमा समानुपातिक समावेशी सिद्धान्त अनिवार्य गरिनुपर्छ ।
२.२ समानुपातिक प्रतिनिधित्व, ससाना र क्षेत्रीय दलहरुको उपस्थिति आदि कारणले सुधारिएको संसदीय व्यवस्थाको विकल्प पनि विचारणीय छ । यसले दलहरुलाई सत्ता साझेदारीमा तुलनात्मक लाभ र अवसर दिनेछ ।
• सुधारिएको संसदीय प्रणालीलाई शासकीय स्थिरता, परिणामदायी नेतृत्व र कुशलताउन्मुख बनाउनु जरुरी हुन्छ । केवल संसदीय बहुमत जुटाउने खेलमा अस्वस्थ राजनीति र कमजोर नेतृत्वले बढावा पाउने अवस्थाको विश्वसनीय अन्त्य आवश्यक छ ।
• यो प्रणालीमा पनि मन्त्रीहरुको अधिकतम संख्या निश्चित हुनुपर्छ । सबैलाई समेट्ने र बहुमत जुटाउने नाममा जम्बो मन्त्रिपरिषद बनाउने प्रवृत्तिको प्रभावकारी नियन्त्रण हुनु आवश्यक छ ।
२.३ कार्यकारी राष्ट्रपति प्रणालीमा जाँदा शक्तिको पृथकीकरण र सन्तुलनको संयन्त्र एवं प्रक्रियामाथि विशेष ध्यान दिनुपर्ने हुन्छ ।
२.४ संसदीय कारोबारमा प्राइभेट बिलको व्यवस्थालाई प्रवर्धन गर्ने संवैधानिक प्रावधान आवश्यक छ । यसले समाजका विविध हितसँग संसदलाई प्रत्यक्ष जोड्नेछ ।

३. निर्वाचन प्रणाली
निर्वाचन प्रणाली र शासकीय स्वरुप अन्तरसम्बन्धित छन् । अहिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्वको अंशलाई छोड्न सकिन्न । यसले शासन प्रणालीको स्थिरता र कुशलतामा सोझै प्रभाव पार्ने हुँदा प्रत्यक्ष निर्वाचित कार्यकारीको औचित्यलाई थप पुष्टि गर्छ ।
• यदि कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन गर्ने हो भने बहुसदस्यीय निर्वाचन प्रणाली (MMPR) अपनाउनु बढी उपयुक्त हुन्छ ।
• संसदीय बहुमतको शासन प्रणालीमा यसले एकल दलीय बहुमतको सरकार अझ कठिन बनाउँछ । तर गठबन्धनको राजनीतिक संस्कारको विकास गर्न दबाब बढाउँछ ।
• समानुपातिक प्रतिनिधित्वको सिट पाउनका लागि दलले प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको वा समानुपातिकतर्फ न्यूनतम मत प्रतिशत (Threshold) अनिवार्य गर्नुपर्छ ।
• न्यूनतम मत प्रतिशत (Threshold) तोक्ने सवालमा केन्द्रीय विधायिकाको निर्वाचन र प्रदेश विधायिकाको निर्वाचनका लागि छुट्टाछुट्टै मापदण्ड तोक्नुपर्ने हुन्छ ।
• संसदको विघटन नहुने, यदि गर्नै परे विघटनको प्रस्ताव संसदमा लैजानुपर्ने र संसदीय अनुमोदनपछि मात्र विघटन हुने व्यवस्था उपयुक्त हुनेछ ।
सहभागी विज्ञहरु
१. डा. पीताम्बर शर्मा
२. डा. महेन्द्र लावती
३. डा. कृष्ण हाछेथु
४. प्रा. कृष्ण पोखरेल
५. श्री श्याम श्रेष्ठ
६. श्री तुलानारायण शाह
७. प्रा. कृष्ण खनाल

माथि दिइएको नक्सामा नेपालका गाविस तहसम्ममा विभिन्न जातिको अवस्था देखाइएको छ । नक्सा सौजन्य:  नेपाली क्यानभासका रंगहरु\पीताम्बर शर्मा । 

इसमता पत्रिकाबाट.....साभार 

ग्रेटर लिम्बुवान किन ?...:- -वीर नेम्बाङ


पहाडकी रानीको नामले विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र दार्जीलिङ प्राग्ऐतिहासिक कालदेखि नै लिम्बुवानको अभिन्न अङ्ग रहिआएको मानिन्छ । यो क्षेत्रको पुरानो नाम ता:जेङलुङहो, जुन लिम्बू भाषाको शब्द हो । सन् १८१९ मा इतिहासविद् फ्रान्सिस बुकानन् ह्यामिल्टनले लिम्बू शब्द उच्चारण गर्न नजानेर ता:जेङलुङलाई दार्जीलिङभनेका हुन् । ६ अगष्ट १७७४ को नेपाललिम्बुवान सहअस्तित्वको सन्धिमा सहराज्यको मर्यादा प्रदान गरेर लिम्बुवान सङ्घलाई एकीकृत नेपालमा अन्तर्भूत गरिएपछि स्वत: दार्जीलिङ नेपालमा अन्तर्भूत भयो । यद्यपि २ डिसेम्बर १८१५ मा ब्रिटिश सरकार र नेपाल सरकारबीच भएको सुगौलीको सन्धिमा दार्जीलिङ भारतमा अन्तर्भूत भयो । त्यसलगत्तै १० फेब्रुअरी १८१६ मा भएको तितालियाको सन्धिमा ब्रिटिश सरकारले सिक्किम सरकारलाई दार्जीलिङ हस्तान्तरण गर्‍यो । १ फेब्रुअरी १८३५ मा सिक्किमका राजा चुङफुद नामग्यालले ब्रिटिस गभर्नर जनरल लर्ड विलियम बेन्टिङलाई दार्जीलिङ दान दिए । अन्तत: ३१ जुलाई १९५० को नेपालभारत शान्ति तथा मैत्री सन्धिमा २ डिसेम्बर १८१५ मा ब्रिटिश सरकार र नेपाल सरकारबीच भएको सुगौलीको सन्धि खारेज गरिएपछि स्वत: दार्जीलिङ मूलभूमि लिम्बुवानमा अन्तर्भूत भयो ।

१३ मार्च १९८६ मा दार्जीलिङमा गोरखा राष्ट्रिय मुक्ति मोर्चाले गोरखाल्यान्डराज्यको दावी गर्‍यो । त्यसलगत्तै २० डिसेम्बर १९८६ मा लिम्बुवानमा लिम्बुवान मुक्ति मोर्चाले लिम्बुवान स्वायत्तताको माग गर्‍यो । यद्यपि गोरखाल्यान्ड राज्यको दावी र लिम्बुवान स्वायत्तताको मागमा तात्विक पार्थक्य छ किनकि गोरखा राष्ट्रिय मुक्ति मोर्चाले नेपाल उपत्यकादेखि ९० किलोमिटर पश्चिममा अवस्थित १२ हजार घरमात्र भएको एउटा सानो पहाडी राज्य गोरखाका राजा पृथ्वीनारायण शाहले गोरखा साम्राज्य दार्जीलिङसम्म विस्तार गरेका थिए भन्ने इतिहासलाई टेकेर त्यस क्षेत्रमा गोरखाल्यान्ड राज्यको दावी गरिएको हो भने लिम्बुवान मुक्ति मोर्चाले सन् १९६६ सम्म अस्तित्वमा रहेको ६ अगष्ट १७७४ को नेपाललिम्बुवान सहअस्तित्वको सन्धिप्रदत्त सहराज्यको मर्यादाको अवशेषको रुपमा रहेको किपट व्यवस्था तथा अमाल प्रशासन नामधारी लिम्बुवान स्वायत्तता पुन:स्थापनाको माग गरेको हो ।

यस सन्दर्भमा गोरखाल्यान्ड राज्यको दावी कथित गोरखा साम्राज्यको प्रतिच्छायामात्र हो भन्दा अत्युक्ति नहोला किनकि कहिल्यै गोरखाली राजाहरुले दार्जीलिङमा प्रत्यक्ष शासन गरेनन् अपितु उनीहरुले लिम्बुवानका सहराजाहरुमार्फत् शासन गरे । जब कि २ डिसेम्बर १८१५ मा ब्रिटिश सरकार र नेपाल सरकारबीच भएको सुगौलीको सन्धिअघि दार्जीलिङ लिम्बुवानको अभिन्न अङ्ग रहेको र ३१ जुलाई १९५० को नेपालभारत शान्ति तथा मैत्री सन्धिपछि उक्त भूभाग लिम्बुवानकै अभिन्न अङ्ग भएको प्रामाणिक तथ्य हो ।

सिद्धान्तत: ब्रिटिश सरकारले दार्जीलिङलाई भारतमा अन्तर्भूत गरे पनि भारत सरकारले उक्त भूभागलाई परित्याग गरेको देखिन्छ । यस्तो स्थितिमा १ जुन १९९२ मा लिम्बुवान मुक्ति मोर्चाले भारत सरकार र नेपाल सरकारसाग लिम्बुवान र दार्जीलिङको पुनर्एकीकरण गरी ग्रेटर लिम्बुवानगठन गर्न माग गर्‍यो । उक्त मागलाई लिम्बुवानवासी र दार्जीलिङवासीले जोडदार समर्थन गरे ।


यस घडी दार्जीलिङमा गोरखाल्यान्ड आन्दोलन र लिम्बुवानमा लिम्बुवान आन्दोलन उत्कर्षमा छन् । यी आन्दोलनका रुप स्वायत्तता वा राज्य प्राप्ति हो भने सार ग्रेटर लिम्बुवानगठन हो । किन्तु भारतीय शासकहरुले लिम्बुवान आन्दोलनलाई नेपालको आन्तरिक मामिला मान्दा र नेपाली शासकहरुले गोरखाल्यान्ड आन्दोलनलाई भारतको आन्तरिक मामिला ठान्दा धमिलो पानीमा माछा मार्न माहिर राष्ट्रियअन्तर्राष्ट्रिय शक्तिकेन्द्र र पृथकतावादीआतङ्कवादी संगठनहरुले लिम्बुवान आन्दोलन र गोरखाल्यान्ड आन्दोलनलाई आआफ्नो स्वार्थअनुकूल उपयोग गरिरहेका छन् । यस सन्दर्भमा भारत सरकार र नेपाल सरकारले लिम्बुवान र दार्जीलिङको पुनर्एकीकरण गरी ग्रेटर लिम्बुवान गठन गर्नुको विकल्प छैन अन्यथा यी आन्दोलन राष्ट्रियअन्तर्राष्ट्रिय शक्तिकेन्द्र र पृथकतावादीआतङ्कवादी संगठनहरुका स्वार्थपूर्तिको साधन बन्ने निश्चित प्राय: छ ।

ब्लास्ट पत्रिका बाट साभार........

लिम्बुवानका कार्यकर्ता माथि भएका झुटामुद्दा फिर्ता प्रक्रियाको अन्तिम तयारी हुदै :-उपाध्यक्ष खगेन्द्र माखिम





मंसिर ४,२०७० मा सम्पन्न संविधान सभाको कथित निर्वाचन तत्कालिन संघीय लोकतान्त्रिक रास्ट्रिय मन्च सम्बद्द संघीय लिम्बुवान राज्य परिसद सहित ३३ दलीय मोर्चाले बहिष्कार गरेको थियो l सोहि क्रममा लिम्बुवानका युवा नेता रक्की थेबे जी (लगायत) ले ९ महिना जेल बस्नु पर्यो र अहिले पनि तारिख धाई रहनु भएको छ l रक्की झैँ एकात्मक राज्य सत्ताले झुटामुद्दा लगाएर तारिख धाईरहनु भएका लिम्बुवानका नेता, कार्यकर्ताहरु करिब ७० जना हुनु हुन्छ l
यसै सन्दर्भमा आज सिंहदरबारमा नेपाल सरकारका जिम्मेवार प्रतिनिधिहरुसंग भेटघाट भयो l अब तत्काल लिम्बुवानका नेता, कार्यकर्ताहरुलाई लगाइएको सम्पूर्ण झुटामुद्दाहरु फिर्ता गर्नको लागि प्रक्रिया अघि बढाउने कुरा भएको छ l
जय लिम्बुवान l


प्रवास कार्य समिति बैठक सम्पन्न :- Mausam Angdembe Limbu


४ वैशाख, दमाम | संघीय लिम्बुवान समाज , प्रवास कार्य समिति दमाम साउदी अरबको पुनर्गठन पश्चात पहिलो मासिक बैठक आज मिति २०७२ वैशाख ४ गते शुक्रबारको दिन महत्त्वपूर्ण निर्णय पारित गरि समपन्न गरेको छ | बैठक श्री टंक माङलाकको अध्यक्षता र सचिव मौसम आङदेम्बेको संचालनमा समपन्न भएको थियो | उपाध्यक्ष विनोद लिम्बु नेपाल फर्कनु भए पछि रिक्त रहेको पद पूर्ति गर्दै यान नेयोहाङ् ज्युलाई सर्वसम्मतिले मनोनित गरियो | साथै सह-सचिवमा वसन्त चेन्जी माबो र सह-अर्थसचिवमा सुरेन्द्र शेर्मा मनोतित भएका छन् भने नव नियुक्त सदस्यहरुमा मंगल राई, रत्न बहादुर राई र इन्द्र जङ्ग तुम्याहाङ् रहनु भएका छन् |
बैठकले प्रत्येक महिनाको अन्तिम शुक्रबार मासिक बैठकमा अन्तरक्रिया कार्यक्रम, समिति विस्तारबारे छलफल तथा लेबी संकलन गरि सो कोषबाट लिम्बुवान आन्दोलन, बाढीपीडित, अग्निपीडित तथा दैवीप्रकोपबाट विस्थापित परिवारप्रति क्षतिपूर्तिका लागि उद्धार कार्यमा योगदान गर्ने निर्णय गरेको छ | आफ्नो काम कर्तव्य र उत्तरदायित्वप्रति एकदमै कटिबद्ध तथा उत्साहित रहनु भई समितिको लागि महत्त्वपूर्ण भौतिक सहयोग पुर्याउनु हुने बरिष्ट उपाध्यक्ष श्री प्रसाद यवा ज्युलाई समितिको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गरियो |
जय लिम्बुवान, संघीय अभिवादन
मौसम आङदेम्बे लिम्बु
सचिव
संघीय लिम्बुवान समाज
प्रवास कार्य समिति दमाम, साउदी अरब
मौसम आङदेम्बे लिम्बु को facebook  वाल बाट साभार......

थापाको हार्दिक श्रद्दान्जली ,:- Kumar lingden limbu mirak


संघीय लिम्बुवान नेपाल पार्टीको अध्यक्ष द्वारा स्व. सुर्य बहादुर थापाको  हार्दिक श्रद्दान्जली गर्नु भएको छ /
भुतपुर्ब प्रधानमन्त्री सुर्य बहादुर थापा को आज राति ८८ बर्षको उमेरमा निधन भएको छ |
यस दुखद घडीमा स्वर्गीय आत्मा प्रति हार्दिक श्रद्दान्जली र शोक सन्तप्त परिवारजन मा समबेदना प्रकट गर्दछौ |
पहिले उहाको पृष्ठभूमि जे जस्तो भए पनि ०६२ \६३ को जनआन्दोलन पछी उहाले संघीय गणतन्त्र को पक्षमा दह्रो अडान लिनु भएको थियो |
( त्यसो त किपट उन्मुलन अवस्थामा उहाको भूमिका हरु बारेमा पछी छलफल गरौला )
०४० /४१ साल तिर धनकुटा र पान्थर मा सुर्य बहादुर थापा र लोकेन्द्र पद्मसुन्दर लावती ग्रुप को गड्याम पर्दा म त्यहि पान्थर धनकुटा को सिमाना छेउ छाउ तिर कक्षा ५ ,६ को बिद्यार्थी थिए |
पद्म सुन्दर लावती र उहाले सबै भन्दा आदर गर्ने व्यक्ति स्व मान बहादुर लावती बिचमा ( सबै सुति सके पछी राति को समयमा ) देशको राजनीति ,पान्थर र धनकुटा को राजनीति ,थापा ग्रुप लाइ पल्टाउने रणनीति सम्बन्धि गरिएको अति गोप्य कुराकानी सुन्ने अवसर मैले पाउथे |
किनकि उहाहरुले गफ गर्ने ठाउको छेउमा म सुतिरहेको हुन्थे ,मैले भने नि म कक्षा ६ तिर पढथे हुला |
पन्च हरु बिचको शक्ति संघर्ष मैले त्यसबेला प्रत्यक्ष देख्ने ,महसुस गर्ने मौका पाए |
त्यसबेला देखि नै मलाइ यो राजनीति को बारेमा थोरै जानकारी हुन् थाल्यो |
थापा ग्रुप को मान्छे ले लावती ग्रुप को मान्छे लाइ धनकुटा र पान्थर को सिमाना मा लाग्ने छ न बुधबारे बजार मा आउदा दिउसै गोलि हानि दिन्छु भन्थे |
यो यौटै पन्चे पन्चे किन झगडा गरेको होला भनेर म छक्क परिरहन्थ्ये | आज बुझ्छु यो राजनीति त्यस्तै हुदो रहेछ बुझेर बुझ्न नसकिने |
अन्त्यमा ,पुन श्रद्दान्जली |
जय लिम्बुवान ,संघीय अभिभादन |

आन्दोलनले उचाई लिदा,अहिलेका पार्टीहरुको हालत पंचेहरुको हालत नै हुने छन :- Kumar lingden limbu mirak




क .प्रचण्ड ,बिजय गच्छेदार दाइ हरुले लिम्बुवान ,किरात खम्बुवान ,ताम्सालिंग ,मधेश .................भनेर आवाज उठाउन कहिल्यै नछोड्नु हुने भो ,
तर यी स्वायत्त राज्यहरुको प्राप्तिको लागि रिस्क मोलेर आन्दोलनमा पनि नजानु हुने भो ,
कुरा प्रस्ट नै छ - उहाहरु हाम्रो बैचारिक सहयात्रीहरु हुनु भो ,
तर यी स्वायत्त राज्यहरु प्राप्तिको लागि हामी सरोकार वालाहरु आफैनै छातीमा गोलि थाप्ने साहसका साथ मैदान मा उत्रनु तयारि गर्नु पर्ने भो |
अबको राजनैतिक दृश्य ,
हामी आन्दोलन गर्छौ - कांग्रेस एमालेले हामी माथि दमन गर्छ -एमाओबादी हरु हाम्रो समर्थन मा घनघोर समर्थन को प्रेस रिलिज गर्दै बस्छ |
हामीलाई एकछिन अलिक गाह्रो पर्छ ,
तर हाम्रो आन्दोलन जब उचाई चढ्दै जान्छ ,अहिलेका पार्टीहरुको हालत पंचेहरुको हालत नै हुने छ |
नौ जिल्ला लिम्बुवान आन्दोलन जारि छ |
जय लिम्बुवान ,संघीय अभिभादन |

अरुण नदि - संग्खुवाखोला दोभान सम्मको लिम्बुवान मार्चपासको केहि सम्झनाहरु... Kumar lingden limbu mirak



फाइल फोटो १ :-
३ बर्ष अघिको चतरा - अरुण नदि - संग्खुवाखोला दोभान सम्मको लिम्बुवान मार्चपासको केहि सम्झनाहरु -
अरुण नदिको किनारमा हिडने क्रमको र संग्खुवाखोला दोभान मा बास बसेर घर फर्कन लाग्दै गरेको फोटोहरु छन् |
एउटा जोश थियो ,उमग थियो ,lead by doings भने जस्तै लिम्बुवानको सबै मार्चपास हरु को नेतृत्व मैले शुरु देखि अन्त्य सम्म आफैले हिडेर गरेको थिए |
भोलि आउने पुस्ताले हामीले गरि छोडेका कार्यहरुमा गर्ब गर्न सकुन भन्ने नै हाम्रो चाहना हुन् |
कहिले काही रातको अबेर समयमा कम्प्युटर अघि बस्दा मार्च पास का ति कठिन क्षण हरु र उक्त मार्चपास मा हिडने साथीहरु कहाँ कहाँ छन् होला भन्ने कुरा सम्झन्छु | एक प्रकारको ' फिल ' ले घाटि अबरुद्द पार्छ |
जेहोस ,हाम्रो नौ जिल्ला लिम्बुवान यात्रा जारि छ |
जय लिम्बुवान ,संघीय अभिभादन |


फाइल फोटो ३ :-
३ बर्ष अघि चतरा -अरुण नदीको तिरै तिर -संग्खुवाखोला दोभान सम्मको लिम्बुवानी मार्चपास को फोटो सम्झनाहरु -
हामीलाई यो यात्रा पार गर्न पुरापुर ४ दिन लागेको थियो |
एउटा जोश मा नै ऐतिहासिक कार्यहरु गरिदोरहेछ है |
त्यसैले लिम्बुवानको लागि केहि सृजनात्मक कार्य गर्ने कुनै योजनाहरु छ र उक्त योजना केहि तार्किक पनि छ भने अघि बढाई हाल्नु पर्ने रहेछ |
त्यो समय ,त्यो संयोग ,त्यो जोश जागर फेरी नजुरन पनि सक्दोरहेछ |

त्यो बेला अरुण नदीको किनारै किनारै घामले सेकियर ४ दिन हिडन धेरै नै कठिन भएको थियो ,
तर अहिले आएर सम्झिद्दा त त्यो लिम्बुवानी आन्दोलनको इतिहास पो भैसकेछ |
नौ जिल्ला लिम्बुवान प्राप्तिको आन्दोलन जारि छ |
जय लिम्बुवान ,संघीय अभिभादन |








‘जाजरकोटको पीडाले राज्यलाई छोएन' :-Dev Limbu Labung



अहिले जाजरकोटमा जुन मौसमी फ्लु
(रुघाखोकी) ले भकाभक ज्यान लिइरहेको छ,
त्यो संक्रमण बिरामीले खोक्दा, हाच्छिऊँ
गर्दा, थुक्दा, हात मिलाउँदा र
श्वासप्रश्वासबाट समेत सजिलै सर्छ। यति
भयावह प्रकोप फैलिँदा पनि राज्यको रोग
नियन्त्रण तरिका भने पाँच वर्षअघिको भन्दा
फरक छैन।
सरकारले न तालिमप्राप्त स्वास्थ्यकर्मीकटोली त्यहाँ पठाउन सकेको छैना यस्तो
मौसमी फ्लुले जटिल रूप लिँदा व्यवस्थापन
गर्नसकेको छैना।सत्ता मा हुने लाई कुनै मतलव छैना ।सत्ता बाहिरो हुने राजनीतीक पार्टी हरू लाई पनी कुनै मतलव छैना।जनता को दुःख कसले बुजने।।।।।।

सूर्यबहादुरको वैकुण्ठ यात्रा र किपटीया लिम्बूहरुको आत्मवृतान्त :-Chhabisubba Sangbangphe Limbu










सूर्यबहादुर थापासँग जोडिने काण्डहरुमा धेरैले खुकुछिन्ताङमा 2026 सालको नरसंहारको नाम लिने गर्दछन । तर यो उनको शक्ति अभ्यासको पछिल्लो हर्कत हो । त्यो भन्दा अगाडि उनले आफू शक्तिमा आउनका लागि गरेका अभ्यासहरुका बारे धेरै कम मानिसमात्र जानकार छन् । किनभने तत्काल उनीसँग राजनीतिक प्रतिस्पर्धा गर्ने पूर्वका किपटीया सुब्बाहरुले धेरै वर्ष अगाडि नै वैकुण्ठ यात्रा गरी सके । जिवीत साक्षीको रुपमा रहेका मध्ये सुब्बा शेरबहादुर लावती (डिट्ठा)का नाती पद्मसून्दर लावती मात्र मेरो नजिकका चिनजान हुन । लावतीको कहिल्यै पनि थापासँग राजनीतिक सहयात्रा भएन चाहे पञ्चायती व्यबस्था होस या त्यसपछि पनि । उनीहरु पञ्चायती व्यबस्थादेखि त्यसपश्चात कायम भएका बहुदलीय व्यबस्था हुँदै गणतन्त्रसम्म आईपुग्दा समेत उनीहरुको बीचमा राजनीतिक तालमेल मिल्न सकेन । पछिल्लो समयमा थापा संघीय गणतन्त्रको पक्षधर भए भने लावती हिन्दूधर्म सापेक्षित राज्य सहितको संवैधानिक राजतन्त्रको पक्षमा अध्यावधी आवाज मुखरित गरिरहेका छन् ।


धनकुटा जिल्लामा थापासँग कठोर राजनीतिक प्रतिद्वन्द्वीता गर्ने व्यक्ति पनि लिम्बू नै थिए । उनको नाम विष्णु कुमार लिम्बू थियो । थापासँग कडा प्रतिद्वन्द्वीता गरेरै भए पनि एकपटक लिम्बू धनकुटा जिल्लाको सभापति भएका थिए । त्यसपछि पञ्चायतकाल भर कुनै पनि लिम्बूहरु जिल्ला सभापति बन्न सकेनन् । बहुदलीय व्यबस्था आएपछि भने थापाको राजनीति क्रमशः ओरालो लाग्दै गरेको अबस्था थियो । 2048 सालको चुनावमा एमालेका नपत्याउदो उमेरद्वार गोपाल गुरागाईले समेत थापालाई हराई दिए । यसै गरी 2064 को संविधान सभाको चुनावमा त झन एमाओवादीका ठेट्ना उमेरद्वार हरी खेवाले पनि थापालाई नराम्ररी हारको स्वाद चखाई दिए । उनको जीवनका ती हारहरु उनको व्यक्तित्व र लोकप्रियतामा आएको ह्रास भन्दा पनि राजनीतिक परिवर्तनहरुले ल्याएको धमिलो बाढी थिए होला सायद । पछिल्लो समयमा उनले धनकुटा जिल्ला नै विर्षिसकेका आफ्ना छोरालाई चुनाव लडाएर जिताउनुले उनको व्यक्तित्व प्रतिको लोकप्रियता कायमै रहेको झल्काउदछ ।


थापासँग लिम्बूहरुको अन्तर्द्वन्द्व खासगरी 2021 देखि हो । जुन सालमा राजा महेन्द्रले भूमि सम्बन्धी ऐन जारी गरेर जिमिदारी प्रथाका साथै किपट प्रथा पनि उन्मुलन गर्यो । थापा भूमि सम्बन्धी ऐन जारी गर्ने निर्णायक व्यक्ति नभएता पनि उनी एउटा सुत्रधार थिए । त्यसको योजनार तत्कालीन वामपन्थी नेता डिपी अधिकारी थिए । यो ऐन लागू गर्नका लागि 2022 सालमा थापाको प्रधान मन्त्रीत्वमा मन्त्रीमण्डल बन्यो र त्यो मन्त्रीमण्डलमा भूमिसुधारका योजनाकार डिपी अधिकारी भूमिसुधार मन्री बने । लिम्बुवानका किपटीया लिम्बूहरुले भूमिसुधारका कार्यक्रमहरु अवरोध गरे । त्यसपछि नाम चलेका हर्ताकर्ता लिम्बूहरुलाई नै भूमिसुधार अधिकारी बनाईयो । त्यसबेला भूमिसुधार अधिकारी बनाईएका बिबि सुब्बा लावती, तिलबहादुर लक्सम र मानबहादुर जवेगु मध्ये दुईजनाले पहिले नै वैकुण्ठ यात्रा गरिसकेका छन भने जवेगु हालसम्म जिवीतै छन् । लिम्बूहरुलाई नै भूमिसुधार अधिकारी बनाईएपछि किपटीया लिम्बू र सरकारी लिम्बू हाकिमहरुको बीचमा घनघोर द्वन्द्व उत्पन्न गराईयो । सरकारी हाकिमहरुसँग पुलिस र सेना जस्ता सरकारी संयन्त्रको साथ सहयोग थियो भने किपटीयाहरुसँग ऐतिहासिक कागजी दस्तावेज बाहेक केही थिएन । लिम्बूहरुले लिम्बूसँगै लडाई गर्नु पर्ने अवस्था आयो । त्यसबेला लिम्बूहरु कमजोर हुँदै गएपछि सूर्यबहादुर थापाले बोलेको हुनुपर्छ "लिम्बूहरुको छाला काडेर जुत्ता लगाउने छु ।" वास्तवमा छाला भनेको भूमि हो । किपट प्रथा अन्तर्गत किपटीया लिम्बूहरुको एकलौटी वंशजको आधारमा सामूदायिक स्वामित्वमा रहेको भूमिलाई कानून बनाई अरु जातिलाई सजिलै हस्तान्तरण हुन सक्ने बनाएपछि लिम्बूहरुको छाला काडिएकै हो । सूर्यबहादुर थापाले आफ्नो वादा पुरा गरेर किपटीया लिम्बूहरुको रैतीबाट मुक्त भएर उनी शासक भन्न सफल भए । उनको त्यो जित भनेको लाखौं मानिसको नरसंहार गरेर जितेको लडाई भन्दा कम छैन । हो मलाई लाग्छ एउटा नामुद किपटीया सुब्बाको सन्तान भएको हुनाले पद्मसुन्दर लावतीले थापासँग पुरानो तुष बोकेको पनि हुन सक्छ । उनले जतिसुकै शक्तिमा भएको बखत पनि थापासँग सम्झौता गरेनन् । बरु समय अनुसारको प्रतिद्वन्द्वीता नै जारी राखे ।


खुकुछिन्ताङ काण्ड भनेको वामपन्थी विरुद्दको दमन हो । एक समय त्यो काण्डको विषयमा घण्टौ भाषण गरेर मानव समवेना जित्न अभ्यास गर्ने कमरेडहरु अहिले नेपाल कम्यूनिष्ट पार्टीको बिभिन्न नामबाट सत्ता र शक्तिमा विराजमान छन् । आज त्यो काण्डका नाईकेले वैकुण्ठ यात्रा गरिरहँदा उनीहरु आफ्नो अभिभावक गुमाएकोमा शोकमग्न छन् । अब छिन्ताङ काण्डले राजनीतिक रोगन पखालेर त्यो जातीय संहारमा रुपान्तरण भैसकेको छ । त्यो काण्डमा सहादत प्राप्त गर्ने कोही पनि सरकारी खातामा सहीद दर्ज भएका छैनन् । छिन्ताङ काण्डलाई राजनीतिको भर्याङ बनाएर सत्तारोहण गर्ने कमरेडहरुका लागि अहिले त्यसबेला सहादत प्राप्त गर्ने सहीदहरु भन्दा आजबाट वैकुण्ठ यात्रामा पदार्पण भएका सूर्यबहादुर थापालाई कसरी कालजयी बनाउन सकिन्छ ? त्यता लाग्ने छन् ।


त्यसकारण आफ्नो जातीय, ऐतिहासिक, भाषिक तथा सांस्कृतिक उत्पीडनको मुक्तिबाहेक अन्य भावनात्मक कुरामा दौडधुप गरेर गैरसमुदायको भजनण्डलीमा समावेस भएर आत्मोत्सर्ग गर्नु फोगटीया लगानी र बलिदान मात्र हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण खुकुछिन्ताङले देखाएको छ । त्यसबेला सहीद भएकाहरुको सन्तानहरु आज जतिसुकै प्रताडित भए पनि सहीद बनाउन उक्साहट गर्ने कामरेडहरु अब आएर सहीद बनाउने थापाकै भजन गाउने छन र उनलाई सहज वैकुण्ठ यात्राको मार्गप्रशस्त गराउन दिल र दिमागले लागि पर्ने छन् । पानी भन्दा रगत बाक्लो हुन्छ भनेको यही हो । मानसिक दासताबाट मुक्त भएर आत्मसम्मान, स्वाभिमान र स्वतन्त्रताका लागि अब लड्ने प्रण गरौं । त्यसपछि मात्र छिन्ताङका सहीदहरुको आत्माले शान्ति पाउने छन् । अहिलेलाई वैकुण्ठमै थापासँग छिन्ताङका सहीदहरुले हिसाब किताब मिलाउन सकुन भनी प्रार्थना गरौं ।


जय लिम्बुवान !!!


Chhabisubba Sangbangphe Limbu को facebook वाल बाट साभार

यस्ता नेता र पार्टीहरु कसरी राष्ट्रवादी हुन सक्छन ?.....:-Dev Limbu Labung

येस्तो सम्झौताहरू को कारण नेपाली जनताले दुःख पाएको छ।हाम्रो नेपाल को खोला नाला बेच्ने नेताहरु कसरी माहान हुनु सक्छ ?हामीलाई भारतक‍ो दास भनाएको छ येस्तो सम्झौता ले गर्द।
१)कोशी सम्झौता ,(स्व.मातृकाप्रसाद कोईराला )
२)गण्डक सम्झौता ,(स्व.वि.पि कोईराला )
३)कालापानीमा भारतीय सैनिक तैनाथ राख्ने सम्झौता (स्व.वि.पि.कोईराला )
४)शान्ति ,सेना र हातहतियार सम्बन्धि सम्झौता (स्व.वि.पि कोईराला )
५)टनकपुर,महाकाली सन्धि(स्व.गिरिजाप्रसाद कोईराला+माधव कुमार नेपाल +शेर बहादुर देउवा )
६)माथिल्लो कर्णाली (स्व.गिरिजाप्रसाद कोईराला +सुशील कोईराला सरकार )
७)पश्चिम सेती (स्व.गिरिजाप्रसाद कोईराला )
८)अरुण -३(स्व.गिरिजाप्रसाद कोईराला +सुशील कोईराला सरकार )
९)-विप्पा सम्झौता (डा.बाबुराम भट्टराई )
Dev Limbu Labung को वालबाट साभार.......

स्यालबाट सिंह भएर मरे सूर्यबहादुर थापा :- Chhabisubba Sangbangphe Limbu ·


लिम्बुवानको खान्दानी थापा परिवारमा जन्मेता पनि सूर्यबहादुरसँग एउटा पीडा र आत्मकुण्ठा थियो । उनको राजनीतिको सैसवकालमा लिम्बूहरु नै हर्ताकर्ता थिए । स्वशासनको अधिकतम अधिकार उपभोग गर्ने सुब्बा लिम्बूहरुको अगाडि सूर्यबहादुरले जतिसुकै फूर्ति गरे पनि उनलाई हिसाब गर्ने हैसियत भनेको रैती नै हुन्थ्यो । उनीमा त्यसबेला देखि नै सामन्ती महत्वकांक्षा पलाएको देखिन्छ । जसको कारणले परम्परागत रुपमा स्थानीय सत्ता चलाई रहेका सुब्बाहरुलाई उच्च रवाफ देखाउन नसक्नु उनमा एउटा हीनताबोधले जकडेको थियो । केन्द्रीय राजनीतिमा उनको पञ्चायती राजनीतिको सुरुदेखि नै पहुँच र दख्खल रहेता पनि आफ्नो गृह जिल्लामा सुब्बाहरुकै बोलवाला रहने हुनाले उनको राजनीतिमा ठूलो चुनौती थियो ।
प्रजातन्त्रको हत्या गरेर निरंकुश शाही सत्ता चलाईरहेका राजा महेन्द्रले शासकीय चरित्र र स्वरुपलाई कसरी केन्द्रीकृत गर्ने भनी बिभिन्न दाउपेच गरिरहेका थिए । त्यसबेला उनलाई केही महत्वकांक्षी र चलाख खेलाडीहरुको आवश्यकता परेको थियो । तत्काल राजनीतिका माहिर खेलाडीहरु तुलसी गिरी, विश्वबन्धु थापा, सूर्यबहादुर थापा, पर्शुनारायण चौधरी आदि सबै नेपाली कांग्रेसमा थिए । विपी कोईराला जस्तो प्रकाण्ड विद्वान व्यक्तित्वको अगाडि यी सबै खेलाडीहरु सम्भव त ओझलमै परेका थिए । उनीहरुमा अन्तर्निहीत महत्वकांक्षा र कुण्ठाका बारे राजा महेन्द्र जानकार नै थिए । त्यसकारण महेन्द्रले नेपाली कांग्रेसका ती माहिर खेलाडीहरुलाई पञ्चायती व्यबस्थाको वागडोर सम्हाल्ने जिम्मा लगाएर आफू शिर्ष र कार्यकारी नेतृत्वमा बसे ।
त्यसबेला देखि नै सूर्यबहादुर थापा पञ्चायती राजतन्त्रको महत्वपूर्ण प्रशासकको रुपमा वहाल रहँदै आएका थिए । बिस 2020 सालताका चितवनको दियालो बंगालामा देशभरका भाईभारदार सहितको राजाको जमघट थियो । देशभरका समस्याहरुका बारे उपस्थित पञ्च नेताहरुबाट प्रतिवेदन लिने हुकुम राजाबाट भयो । त्यसैबेला पूर्वाञ्चलको तर्फबाट सूर्यबहादुर थापाले विन्ति गरे । उनको विन्ति थियो " महाराज पूर्व लिम्बुवानमा हामीले जतिसुकै फूर्ती गरेता पनि हाम्रो केही नलाग्ने भयो, स्थानीय स्वायत्त शासन लिम्बू सुब्बाहरुले नै चलाउने हुँदा हामी त उनीहरुको रैती मात्र भयौ, हामीबाट लिम्बुवानमा सरकारको हुकुम तामेल हुन सक्ने अवस्थै छैन सरकार ।" राजा महेन्द्रले सूर्यबहादुर थापाको यो जाहेरी सुनेपछि त्यसको उपायको बारेमा सोधेका थिए र त्यसको जवाफमा सूर्यबहादुरले लिम्बूहरुको किपट उन्मुलन गर्नुपर्छ भनी सुझाव दिएका थिए । त्यसकै एकवर्ष पछि बिस 2021 सालमा राजा महेन्द्रले भूमि सम्बन्धी ऐन जारी गरी लिम्बुहरुको स्वायत्त शासनको अवषेशको रुपमा रहेको किपट प्रथा उन्मुलन गरियो । लिम्बूहरुलाई ठेगान लगाएर आफ्नो रवैया कायम गर्ने थापाको सपना राजाको निगाहाबाट पुरा भयो । उनी स्यालबाट सिंहको अवतारमा रुपान्तरीत भए ।
त्यसपछि पञ्चायती व्यबस्थाको कालभरी नै थापा राजनीतिको केन्द्रमै रहे । महेन्द्रको मृत्यूपछि राजा बनेका बीरेन्द्रसँग थोरै समय सम्बन्धमा टकराव आएको थियो । त्यसबेला उनले नेपालमा द्वैधशासनको कुरा उठाएर चर्चामा आएका थिए । तर 2036 सालको राजनीतिक संकटका बेला राजा बीरेन्द्रले फेरी सत्ताको वागडोर जिम्मा लगाएर उनलाई शक्तिमा पुनरस्थापित गरे । त्यसबेला उनले आफ्नै जिल्लाको खुकुछिन्ताङमा कम्यूनिष्टहरुको निर्ममतापूर्वक दमन गरे । तराई क्षेत्रमा झोडा खुलाएर निर्दलीय पञ्चायती व्यबस्था जिताउने रकम जुटाउन लकडी निकासाको आदेश जारी गरे । अधिकांश चारकोसे झाडी सखाप बनाएर पञ्चायतलाई जिताई छाडे । शाही राजनीतिमा उनको यो ठूलो योगदान नै मान्नु पर्छ ।
अब रह्यो खुकुछिन्ताङको कुरा । छत्तीस सालदेखि सूर्यबहादुर त्यो क्षेत्रमा जान सकेका थिएनन । तर गतः सालको दोश्रो संविधान सभाको चुनावमा उनले आफ्ना छोरा सुनिल थापालाई उमेरद्वार बनाएर चुनाव लडाए । त्यसबेलाको चुनावी कार्यक्रम जिल्लाभर सबैभन्दा ठूलो उनकै उपस्थितिमा खुकुछिन्ताङमै भएको थियो । त्यसबेला नै उनले भनेका थिए "अब म बुढो भएँ मेरो कुनै टुंगो छैन, त्यसकारण मेरो सट्टा मेरो छोरोलाई भोट दिनुहोस, मलाई दिए सरह हुनेछ ।" जुन ठाउँमा उनी जान नै वर्जीत थियो त्यही ठाउँमा गएर भोट मागे र त्यहाँका जनताले भोट दिएर उनका उत्तराधिकारीलाई जिताएर संविधान सभामा पठाएर मन्त्री समेत भएका छन । यसको अर्थ सूर्यबहादुर त्यस्ता भाग्यमानी या राजयोग जुरेका नेता भएर बाँचे र मरे जसले जसको विरुद्दमा त्यत्रो अपराध गरेका थिए उनीहरुले नै जियाजियै सम्मान गरे । अहिले उनको विरोधी नत खुकुछिन्ताङवासी नै छन न कुनै किपटीयाका सन्तान लिम्बू नै । अन्त्यमा उनले सबै जातिलाई समान अधिकार दिने संविधान बनाउनु पर्छ भनेर अर्को भाषा फेर्न नपाईकन नै प्रण त्यागे । त्यकारण उनलाई भाग्यमानी नेता नै भन्नु पर्छ ।
यतिबेला रोग र उमेरको कारणले कुनैबेला फालहान्न डाँडामाथि बसेका केपी ओली र सुशील कोईरालाका दिनचर्या र हर्कतहरु प्रायः आलोचनाहरुले भरीने गर्दछन । मलाई शंका लागिरहेको छ, के उनीहरुले पनि सूर्यबहादुर थापा जस्तो भाग्यमानी भएर प्राण त्याग्ने अवसर पाउलान वा त्यस्तो जुरान गर्लान? शंकै छ दैव !!
अन्त्यमा जे भए पनि सूर्यबहादुर तिमीलाई हार्दिक श्रद्दाञ्जली !!
जय लिम्बुवान !!!!
Chhabisubba Sangbangphe को facebook वाल बाट साभार......

हामी एनआरएनको मुद्दा सम्बोधन गराउन तयार छौं........उपाध्यक्ष खगेन्द्र माखिम


हामी एनआरएनको मुद्दा सम्बोधन गराउन तयार छौं
-
पहिलेका सहमति, सम्झौताअनुसार सहमतिबाट संविधान बनाउनुपर्छ भन्दै ३० दलीय गठबन्धन आन्दोलनमा छ । यद्यपि चौतर्फी दबाबमा र सत्तारुढ कांग्रेस, एमालेलाई सहमतिका लागि दबाब दिन भन्दै गठबन्धनले केही दिनअघि विरोधका कार्यक्रम स्थगित गर्‍यो । यसलाई सत्तारुढ दलले स्वागतयोग्य बताए भने मोर्चाभित्र विवादको विजारोपण गरायो । यही परिस्थितिमा अब मोर्चाको भविष्य र उसले उठाएको पहिचान, अधिकारजस्ता एजेण्डा के हुन्छ ? लामो समयदेखि स्वायत्त लिम्बुवान र पछाडि पारिएका नेपालीको पक्षमा वकालत गर्दै आउनुभएका मोर्चासम्बद्ध संघीय लिम्बुवान पार्टी, नेपालका उपाध्यक्ष खगेन्द्र माखिमसँग टीकाराम तामाङले गरेको सात्क्षात्कार :
मोर्चामा असमझदारी बढेकै हो ? 
अहिले खासगरी विवाद, विभाजनभन्दा पनि पहिचानको पक्षमा आन्दोलन गरेर अगाडि बढ्ने या सत्तापक्षसँग वार्ता, संवाद गरेर अगाडि बढ्ने भन्ने दुईवटा कुरा ३० दलीय गठबन्धनमा आएका हुन् । ३० दलभित्रका ठूला पार्टीहरुलाई संवाद गरेर केही उपलब्धि हासिल हुन्छ कि भन्ने विश्लेषण देखिन्छ । तर, हामी पहिचानवादीले खाली संवाद मात्र गरेर हुँदैन, आन्दोलन जरुरी छ भनेका छौं । आन्दोलन गरेर केही प्राप्त गर्‍यौं भने आन्दोलनको बलमा पहिचानको आधारमा राज्यहरु प्राप्त हुन सक्छन् । त्यो मात्रै दिगो हुन्छ । त्यो मात्रै हाम्रो हुन्छ भनेर आन्दोलन हुनुपर्दछ । आन्दोलन रोकिन हँदैनथ्यो भन्ने हाम्रो भनाई हो ।  आन्दोलनको बलमा अगाडि बढ्नुपर्छ भन्ने र होइन संवाद गरेरै अगाडि बढ्नुपर्छ भन्नेमा अन्तरविरोध आएको पक्कै हो तर तीस दल नै फुट्ने त्यसको अलग धार बन्ने कुरा सत्य होइन ।
विवादले मोर्चालाई कमजोर बनाउँछ कि तपाईंहरुले उठाउनुभएको एजेण्डालाई ? 
हामीले उठाएको पहिचान, अधिकारको एजेण्डा कमजोर हुने सत्य हो । तर, एउटै पार्टीभित्र त विवाद रहन्छ भने मोर्चा भनेको एउटा मात्र पार्टी होइन । निश्चित विषयमा, निश्चित एजेण्डाहरुमा टेकेर बनाइएको गठबन्धन हो, यो ‘लूज फोरम’ हो । त्यसकारण यो गठबन्धन विवादरहित हुने कुरै भएन । यो विवादलाई सहज गरी लिनुपर्दछ । मूल कुरा, अहिलेको अवस्थामा आन्दोलन उठ्ने कुरा, गर्ने कुरामा परिस्थिति अलि जटिल छ । यस्तो बेलामा आन्दोलनलाई सशक्तरुपमा लैजानका लागि जनतालाई सडकमा उतार्न जुन खालको मेहनत, परिश्रम, जुन खालको नेतृत्वदायी भूमिका हुनुपर्नेमा त्यो नभएको पक्का हो । नेतृत्वले इमानदारीतापूर्वक आफ््नो जिम्मेवारी ननिभाएको हो कि भन्ने आशंका जन्मिएको छ । 
आन्दोलन टालटुले भएपछि सत्तारुढले नपत्याउनु स्वाभाविकै हो नि ? 
सत्तापक्षको मूल रणनीति विपक्षीलाई कसरी असफल बनाउने भन्ने हुन्छ । त्यसमा सत्तापक्षको प्रयास सफल भयो, विपक्षी मिठो गरी सत्तापक्षको खेलमा फस्यो यो प्रष्ट हो । यसरी फस्न हुन्नथ्यौ भन्ने हाम्रो भनाई हो । आन्दोलनलाई द्विविधामा पार्न हुन्नथ्यो । यसको करेक्सनको लागि २७ गते बैठक बस्न खोजेका थियौं । तर, मधेसवादी दलका नेताहरु काठमाडौं उपत्यकाबाहिर रहनुभएकोले बैठक रोकिएयो । अब, छिट्टै मिटिङ्ग बस्छ । त्यसमा कसरी अगाडि बढ्ने भन्नेमा छलफल हुनेछ । 
सरकारले बन्द हड्ताल गर्नेविरुद्ध कानुनी कारबाही गर्छु भनेपछि तपाईंहरुको आन्दोलन फिर्ता हुनु संयोग मात्र हो कि डराएर ? 
सरकारको त्यो भनाई पञ्चायती शैलीको हो । पञ्चहरुले त्यसै भन्थे । त्यसैले पञ्चशैलीको भनाईमा हामी डराउने कुरा आउँदैन । यसभन्दा पहिले, पहिलेका सरकारले पनि त्यसै भन्थे । एमाले, काँगे्रस सरकारले ०५२ सालमा माओवादीलाई त्यसै भनेको थियो । अन्तिममा जनयुद्धमा रहेको माओवादीसँग घुँडा टेकेर अगाडि बढिएको अवस्था हो । किनभने संविधानसभा काँगे्रस, एमालेको प्रस्तावै होइन । उसको मागै होइन । ऊ संविधानसभाविरुद्धमा थियो । अहिले उनीहरुको हातमा संविधानसभा छ । उनीहरुले संविधासभाबाट संविधान बनाउने होइन, मजाक लिइरहेका छन् । त्यसैले मजा लुट्न दिनुहुँदैन । 
नेपाली जनताको अपार त्याग, बलिदान र संघर्षबाट प्राप्त संविधानसभा कसैैको मजा लिने मैदान बनाउनु हुँदैन भनेर प्रतिरोधका लागि ३० दल बनेको हो । हामी संघीयता, पहिचान पक्षधर, संविधानसभाबाट संविधान जारी हुनुपर्छ भन्ने हामी पार्टी, जनता डराउने कुरै भएन । 
सत्तापक्ष काँगे्रस, एमालेले संविधानसभाभित्र प्रक्रिया सुरु गर्छौ भनिरहेका छन् । त्यसो भए मोर्चाले के गर्छ ? 
सत्तापक्षले प्रक्रियामा जान्छौं, जान्छौं भन्नुको औचित्य नै छैन । छिटो गइदिनु प¥यो । प्रक्रियामा गएर पहिचान, संघीयताबेगरको संविधान जारी गरेर देखाउन हामी चुनौती दिन्छौँ, नेपाली काँगे्रस र एमालेका नेताहरुलाई । अहिले आन्दोलनकारीलाई सरकारले नथुनिएको हुनाले, गोली नहानेको हुनाले, लट्ठी, अश्रुग्यास, पानीकोे फोहोरा नहानेको हुनाले आन्दोलन चर्को हुन नसकेको हो । ०६२÷६३ मा दुर्जकुमारहरुले गोली हान्यो हामीलाई, थुप्रै मान्छे मरें, थुप्रै घाइते भए । अहिलेको आन्दोलन दबाउन गृहमन्त्री वामदेव गौतमले दुर्जकुमारहरु पठाउनु पर्‍यो । हामी त्यही चाहिरहेका छौँ, डराएर भाग्ने पक्षमा छैनाँै ।       
जनताले प्रतिकार गर्न थालिसके, किन दुर्जकुमार सम्झनुहुन्छ ? 
०४६ सालको आन्दोलनमा पञ्चहरुले जनतालाई प्रतिकार गर्न लगाएका थिए । जनताको मुक्तिका लागि, पहिचानका लागि प्रतिकारमा आउँछ भने त्यो पञ्चशैलीभन्दा फरक छैन । त्यस्ता प्रतिकारको सामना गर्न नेपाली जनता, तीस दलका नेता, कार्यकर्ता तयार छन् । अहिलेका कांग्रेस, एमालेका भरौटेहरु प्रतिकार गर्न आउँछन् भन्ने प्रतिकार गर्न तयार छौं । जनताले स्वतःस्फूर्त प्रतिकार गरेका होइनन् । प्रतिकार गर्नु, गोली प्रहार गर्नु, अश्रुग्याँस हान्नु, लाठीचार्ज, कुटपिट गर्नु, जेल हाल्नुजस्ता कुरा आन्दोलनको सौन्दर्यभित्र पर्ने भएकोले सरकारले यो प्रक्रिया छिटोछिटो पूरा गरिदिओस् भन्ने पक्षमा हामी छौं ।
तपाईंहरु झगडामा केन्द्रित हुने, अनि संक्रमणकाल लम्ब्याएर जनताले राहात महसुस गर्ने कहिले, संविधान चाहिँदैन ? 
सचेत जनता देशमा संविधान हुनुपर्छ भन्नेमा हुनुहुन्छ भने म आन्दोलनमा आउन आह्वान गर्दछु । किनभने देशमा संविधान नभएर संविधानसभाबाट संविधान बनाउन खोजिएको होइन । ५/६ वटा संविधान बनिसक्यो । अहिले पनि नेपालमा अन्तरिम संविधान छ । अर्को कुरा सत्तापक्षले प्रक्रियामा जान्छौं भनिरहेका छन् । त्यसो त अहिलेसम्म बनेका संविधान प्रक्रियामै गएर बनाइएको हो । प्रक्रियामा जानु ठूलो कुरा होइन । 
नेपाली जनताको अवस्थालाई बुझेर, यहाँको वास्तविकता सुहाउँदो पहिचानमा आधारित संविधान बन्छ कि बन्दैन भन्ने हो । नेपाली जनता अब बन्ने संविधान परम्परागत चाहन्छन् भने, त्यस्तालाई मैले केही भन्नु छैन । किनभने बहुदलविरुद्ध उत्रने जनता, राजतन्त्रको विरुद्धमा उत्रने जनता अहिले पनि छन् । त्यस्ताको कुरै नगरौं । तर, साँच्चो अर्थको संविधान कोही जनता चाहन्छन् भने आन्दोलनमा आउनुपर्दछ । 
विशेषतः राज्य पुनर्संरचनामा पहिचानको मुद्दा विवादित बनेको देख्छु, तपाईंले पहिचानको नाममा बढी अधिकार मागेर हो कि सत्तारुढ नमानेको ? 
यसलाई मिलाएर बुझ्नु जरुरी छ । समय त्यस्तो हुन्छ, जसलाई कसैले बाँधेर बाँध्न सकिन्न । सत्तापक्ष जहिले पनि समयको बेगलाई आफ्नो अधिनमा राख्न चाहन्छ । जस्तो, राणाहरुले देश, सत्तालाई आफ्नो हातमा, परिवारअन्तर्गत राख्न खोजे, सफल भएन । पञ्चहरुले देशको राजनीति, परिस्थितिलाई आफ्नो अनुकूल रोक्न खोजे, त्यो सम्भव भएन । 
कांग्रेस, एमालेले बारम्बार कोसिस गरिरहेका छन्, आफ्नो हातमा नेपालको परिस्थिति, राजनीति, समय आफ्नो गोजीमा राख्न । तर उसले समय परिवर्तनशील छ, यो सँगै जनताको चाहना परिवर्तन भइरहेको छ भन्ने बुझेको छैन । त्यो कांग्रेस, एमाले बुझ्न चाहँदैन भने, समयको वेगलाई रोक्न चाहन्छ भने जनताले राणाहरुलाई जसरी भगाए, पञ्चहरु सिद्धिनु प¥यो, राजतन्त्र सिद्धिनुपर्‍यो, त्यसरी नै एमाले, कांग्रेस सिद्धिन सक्छ । अहिलेको समयको वेग भनेको पहिचानको आधार संघीय संविधान बनाउनु हो । अढाई सय वर्षदेखि सत्तामा बस्नेहरुले पहिचानविरुद्ध नीति बनाए, मुलुकी ऐन बनाए, शासन गरे । अब त्यस्तो समय छैन भन्ने बुझ्नु पर्‍यो । 
बहुमतमा रहेका कांग्रेस, एमालेले तपाईंहरुले उठाइरहनुभएको पहिचानको नामोनिशाना नरहेको प्रस्ताव अघि सारिरहेका छन्, कसरी बन्छ पहिचानसहितको संविधान ? 
बहुमतको हामी कदर गर्छौं । बहुमत हुनेले सरकार बनाउने हो, संसद् चलाउने हो । तर, संविधानसभामा बहुमत हुनेले आफू खुशी चलाउन मिल्दैन । यो संसारको नियम हो । माओवादीको जनयुद्ध विश्राम गर्न १२ बुँदे समझदारी भएको छ, मधेसीसँग सम्झौता भएको छ । महिला, दलित, मुस्लिम, पिछडावर्गसँग सहमति भएको छ । विभिन्न आन्दोलनअन्र्तगत जनजातिलगायतसँग सरकारले सहमति गरेको छ । ती आन्दोलनहरुलाई संस्थागत गरेर, त्यसको उपलब्धिहरुलाई संस्थागत गर्न बहुमत भएका पार्टीले नेतृत्व गर्ने हो । बहुमत ल्याउनुको अर्थ आफू खुशी गर्नेचाहिँ होइन । आफू खुशी संसद्मा गर्न पाउँछ, सरकारमा गर्न पाउँछ । तर, बढी सिट ल्याउनेले संविधान बनाउने सवालमा आफू खुशी गर्न पाउने तर्क बेबकुफी हो । 
त्यसैले अहिलेसम्मको उपलब्धिलाई संस्थागत गर्न बहुमत ल्याउने पार्टीले नेतृत्व गर्ने हो । यदि, लिम्बूवान््सँग गरेको सम्झौता अहिलेको काँग्रेस, एमाले सरकारले मान्दिनँ भन्छ भने, त्यो त हामीलाई पुनः आन्दोलनमा आह्वान गर्नु हो । माओवादी जनयुद्ध विराम गर्न जेजे सहमति सम्झौताहरु भएका थिए, त्यो मान्दिनँ भन्नु त उनीहरुलाई फेरि युद्धमा जाऊ भन्नु हो । मधेसवादीसँग भएको सम्झौता अहिले मान्दिनँ भन्छ भने, मधेसीलाई फेरि आन्दोलन गर भन्ने हो । यो खालको सत्तारुढको कुरा एकदमै अपरिपक्व हो । यदि, यही धारबाट काँग्रेस, एमाले सोच्छन् भने पुनः युद्धको लागि आह्वान गरेको हुनसक्छ । त्यसका लागि हामीे तयार छाँै । 
संविधानसभा फेरि पनि असफल हुन लागेको हो ? 
अहिलेसम्म जनताले विभिन्न खाले संघर्ष गरेर प्राप्त गरेको उपलब्धिको नेतृत्व एमाले, काँग्रेसले गरेर संविधान बनाउने हो भने उनीहरुलाई घर घरमा, गाउँगाउँमा फूलमाला लगाएर स्वागत गर्न तयार छौं । तर, काँग्रेस, एमालेले संयुक्तरुपमा यसरी संविधान बनाउछौं भनेर ९ बुँदे पस्ताव ल्याए, त्यसमा कुनै आधार छैन । उसले ७ प्रदेशको कुरा गरेको छ । त्यसमा पहिचानबेगरको कुरा गरेका छन् । उनीहरुको अडान त्योभन्दा फरक नआउने प्रष्ट भएकोले विरोध गर्नु परेको हो । उनीहरुको हावामा विरोध गरेका होइनौं । उनीहरुले संविधान बनाउने आधार नै पहिचानबेगरमा अहिलेसम्मका उपलब्धि, सहमति सम्झौता ‘बाइपास’ गरेर नौ बुँदे प्रस्ताव अघि सारेको हुनाले कांग्रेस, एमाले संविधान नबनाउने पक्षमा प्रष्ट देखिन्छन् । साँच्चो अर्थमा जनताका लागि संविधान बनानउनुपर्दछ । एमाले, कांग्रेस गलत दिशामा गए भन्ने प्रष्ट भएपछि आन्दोलनको सुरुआत गरेका हौैं । साँच्चो अर्थमा संविधान बनाउनुपर्छ भन्ने पक्षको हामी तीस दल हौं । नाम मात्रैको संविधान बनाउन एमाले, कांग्रेसले चाहेको हुनाले त्यसविरुद्धमा हामी एकताबद्ध छौं । 
तपाईंहरुले पहिचान, अधिकारको कुरा उठाउँदै आउनुभएको छ, योभित्र गैरआवासीय नेपालीहरुको मुद्दा पनि समेटेका छन् कि ? 
३० दलको आन्दोलन सत्ताधारीको विकल्पमा गरिएको फरक धारको हो । त्यसो भएकोले कसैलाई समेट्ने, कसैलाई नसमट्ने भन्ने प्रश्नै उठ्दैन । सबै आन्दोलनलाई समेटिने छ, सबै आन्दोलनलाई सम्बोधन गरिनेछ । जनतालाई अन्याय, अत्याचार, शोषण, दमन भएका जति पनि विषयहरु छन्, तिनीहरुलाई समेटेर लगिनेछ ।
 गैरआवासीय नेपालीको ‘स्पेसल’ मुद्दा कुनलाई लिनुभएको छ ? 
विदेशमा जति पनि नेपालीहरु हुनुहुन्छ, उहाँहरुको माग विशेषगरी नागरिकतासम्बन्धी सम्बिधत छ भन्ने लाग्छ । विश्वको प्रचलनअनुरुप, युएनले व्यवस्था गरेअनुसार सबै एनआरएनको मुद्दा सम्बोधन गराउन हामी तयार छौं । त्यस्तै, गोर्खा भूतपूर्व सैनिकहरुको पक्षमा पनि हामी लड्न तयार छौं । यसबारेमा उहाँहरुले हामीलाई आह्वान गर्नुप¥यो । थाहा दिनुपर्‍यो ।   
यीनै गैरआवासीय र देशभित्र रहेका नेपालीले राहात पाउने दिन अझैं कति वर्ष कुनुपर्ला, लामो समयदेखि राजनीतिक झगडा कायम छ ।
जबसम्म अप्राकृतिक ढंगले सत्ता चलिरहन्छ, तबसम्म नेपाली जनताले मुक्ति पाउँदैनन् । जस्तो, नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक देश हो नि ! तर यहाँ त एक जाति, एक धर्म, एक भाषा, एक संस्कृतिको रुपमा अगाडि बढ्यो । एकदमै अप्राकृतिक ढंगले बढिरहेकोले देश अस्थिर रहिरहन्छ नै । अन्योल रहने नै भइहाल्यो । देश विकासको नाममा भ्रष्टाचार मौलाउने नै भयो नि ! त्यसैले यथार्थपरक हुनुप¥यो । दिल्लीमा पानी पर्दा यहाँ (नेपाल)मा छाता ओढ्ने, चीनमा पानी पर्दा यहाँ छाता ओढ्ने । यस्तो किसिमले कहाँ राम्रो हुन्छ । नेपालमै पानी पर्दा छाता ओढ्नुपर्‍यो । प्राकृतिक हुनुपर्‍यो । जबसम्म प्राकृतिक रुपमा देश अगाडि बढ्न सक्दैन । त्यतिञ्जेल आन्दोलन रोकिँदैन, रहिरहन्छ । कोही जनताचाहिँ दासको रुपमा रहिरहने । जस्तो भूपू गोर्खाहरु लडिरहनुपर्ने विदेशमा बसेर, त्यसको रोयल्टी नेपालमा बसेर मजाले खाइराख्ने सत्ताधारीहरु । उनीहरुको नातेदारहरुलाई जागिर ख्वाइराख्ने । त्यो नश्लका बाहेकले नमरिञ्जेल भेद्भाव सहनुपर्ने, लोकसेवा पास गर्न नसकिने, कहिल्यै जागिर नपाउने । लाहुर नै जानुपर्ने, अरब जानुपर्ने । यस्तो खालको अन्यायपूर्ण नीति, अन्यायपूर्ण कार्य गर्ने खराब नियत भएकाहरु सत्तामा बसिरहन्छन्, तबसम्म यो आन्दोलन जारी रहन्छ ।
एभेरेस्ट टाइम्स बाट साभार........
- See more at: http://www.everesttimes.net/article.php?type=article&aid=7740#sthash.Yt51x4Mo.dpuf