हामीले शुरु देखि नै भन्दै आएका छौं कि संघीय
लिम्बुवानको आन्दोलन कुनै जात, कुनै धर्म र देश विरुद्धको आन्दोलन
होइन । बरु यस आन्दोलनले त नेपालका सबै जात, सबै धर्महरु
बिचको सम्बन्धलाई अझ मजवुत पार्दै सिङ्गो देशको अस्तित्वलाई चीरकाल स्थायी बनाउँदछ
। तर, हामीले शुरुदेखि यो पनि प्रष्ट भन्दै आएका छौ कि— संघीय
लिम्बुवान आन्दोलन नेपालका विभिन्न जातजाति र इतिहास माथि भेदभाव गर्दै देशमा घोर
एकात्मकवादी केन्द्रिकृत शासन सत्ता चलाउने सिंहदरबारियाहरुको विरुद्धमा घोषित
रुपमा नै लक्षित छ । संघीय लिम्बुवानको हरेक नीति, कार्यनीति,
रणनीतिहरु
एकात्मक सिंहदरबारलाई चाँडो भन्दा चाँडो भत्काएर संघीय राज्य स्थापना गर्ने
दिशातिर उत्मुख छ र हुनुपर्छ । सिंहदरबारबाट ७५ जना सिडिओ जिल्ला जिल्लामा खटाएर
जिल्लाको सबै आर्थिक भौतिक शोषण गर्ने र त्यसको विरुद्धमा आवाज उठाउनेलाई प्रशासन
लगाएर तह लगाउने नै अहिलेको सिंहदरबारको मुख्य नीति रहेको छ । जिल्लामा त्यहाँका
जनताले चुनाव जिताएर पठाएका राजनीतिक नेताहरुको कुनै अधिकार र भूमिका हुँदैन ।
काठमाण्डुबाट आएको कर्मचारी सिडिओ सर्बेसर्वा हुन्छ, जिल्लामा सिडिओ
मिनि राजा भएर बस्द्ध । चुनाव लड्ने हो भने सामुदायिक बनको सदस्य पदमा पनि जित्न
नसक्ने, सामाजिक हैसियत नभएको कर्मचारी सिडिओले सम्पूर्ण जिल्ला थरर हल्लाई
दिन्छ । जनप्रतिनिधिहरु कर्मचारी सिडिओ अघि लम्पसार पर्नु पर्दछ । हुनत कुरा
बुझ्ने हो भने यो कुनै एउटा पार्टीको मात्र समस्या होइन, यो समस्या संघीय
लिम्बुवान पार्टी नेपालले मात्र उठाउनु पर्ने समस्या होइन, यो आम समस्या हो,
सबै
राजनैतिक दलका जनप्रतिनिधिहरु निरिह बनेको अवस्था हो । काठमाडौंबाट एकात्मक
सिंहदरबारले आफ्नो दलालको रुपमा खटाएको सिडियो तन्त्रको विरुद्धमा सबै राजनैतिक
दलका जनप्रतिनिधिहरुले आवाज उठाउनु पर्ने हो । किनकि कर्मचारी तन्त्रले राजनीतिको
हत्या गरि रहेको छ, राजनीति भनेको जनताको आत्मा हो, जनताको
आत्मा भनेकै राष्ट्र ९ल्बतष्यलक०, राष्ट्रियता ९ल्बतष्यलबष्तिथ० हो ।
एकात्मक सिंहदरबारले नेपाली राष्ट्रको आत्मा मारिरहेको छ, आत्माको हत्या
गरिरहेको छ । नेपाली राज्यको केन्द्रविन्दु सिंहदरबार स्वयेम यो देशको आत्मा हत्या
गर्न लागिरहेको अवस्थामा कसरी यो देशको प्रगति उन्नति हुन सक्छ । सिंहदरबारीया
एकात्मकवादीहरुको यो चाला हेर्दा त यो देश नेपाल त उहिले नै असफल रष्ट्र भइसक्यो
तर यो देशसँग लुकेका थुप्रै रहस्यमय शक्तिहरु छन्, त्यहि
शक्तिहरुले मात्र यो देश टिकिरहेको छ । जस्तो हामी लिम्बुवानहरुलाई, हामी
मगरातहरुलाई कालो पर्दा लगाएर संसारको आँखाबाट सिंहदरबारले जसरी विलोप गर्ने कोशिश
गरे पनि हामी सिंहदरबार वा एकात्मक राज्यलाई मात्र घृणा र्छौ तर सिङ्गो नेपाल
देशलाई त माया गरि नै रहेका हुन्छौ नि । हामीले भनिरहेका छौं–यो
देश (माटो) हाम्रो, यो देश (माटो)लाई हामी हृदय भरिको माया
गरिरहन्छौं तर यो सिंहदरबार, यो एकात्मक राज्य प्रशासन, यहाँको
अडडा, अदालत, यहाँको कर्मचारी तन्त्र हाम्रो होइन र
यिनीहरुलाई हामी घृणा गरिरहन्छौं । देश (माटो) प्रतिको हाम्रो यहि मायाले त नेपाल
टिकेको हो, यो सिंहदरबारको भर परेको भए यो नेपाल उहिले
कहाँ पुगि सक्थ्यो । त्यसैले नेपाली जनताको शत्रु, देशको शत्रु
एकात्मक सिंहदरबारलाई घृणा गर्नुृपर्छ, यो सिंहदरबारलाई ध्वस्त गर्न भत्काउन
सबै जना लागि पर्नुपर्छ । यो सिंहदरबार दुष्टहरु बस्ने घर हो, यहाँका
आदिवासी जनजाति दलित महिला मधेशीहरु माथि २५० वर्ष देखि हुँदै आएको सबै दमनहरुलाई
लाहा छाप लगाउने शैतानहरु बस्ने ठाउँ हो । दुष्टहरु वस्ने यो घरलाई नभत्काईन्जेल सम्म
देशले नयाँ विहानी नदेख्ने भयो, अरुण सप्तकोशी पूर्व ऐतिहासिक
पृष्ठभूमिको आधारमा नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्राप्त नहुने भयो ।
यो पंक्तिकारले हरेक औपचारिक, अनौपचारिक
भेटघाटमा मधेशका नेता उपेन्द्र यादव, एमाओवादी अध्यक्ष प्रचण्डलाई भन्दै
आएको हो— कम्तिमा एकात्मक सिंहदरबार भत्काउन चाहाने हामी लिम्बुवान, हामी
थरुहट, हामी मधेश, हामी माओवादीहरु २ वर्षसम्म
सिंहदरबारको कुनै पनि पद कुर्सीमा नजाऊ, हामी विपक्षि बेन्चमा नै बसेर, सडकमा
बसेर संघर्ष गरौं । ठिक छ सभासदमा जाऊ तर मन्त्री÷ प्रधानमन्त्रीमा
अहिले नै ¥याल नचुहाऊ । जबकि हामी एकात्मक सिंहदरबार भत्काउने आन्दोलनकारीहरु
हौ, आन्दोलन सकिएकै छैन, अनि हामी आफै सिंहदरबारले दिने
कुर्सिमा टाँसिए पछि कसरी एकात्मक सिंहदरबार भत्किन्छ, कसरी एकात्मक
राज्य अन्त्य भएर कसरी संघीय राज्य बन्छ ? सायद हामी संघीयवादी आन्दोलनकारीहरु २
बर्ष सत्तामा नगएको भए अस्ति नै नेपालको कायापलट भई सक्थ्यो ।
लिम्बुवानले आफुले सक्दो एकात्मक सिंहदरबारसँग
टक्कर लिएकै देखिन्छ । यो ६÷७ वर्ष बिचमा कहिलेकाहि त कस्तो पनि
लाग्यो भने सिंहदरबारसँग टक्कर लिने नेपालमा लिम्बुवान मात्र पो छ कि क्या हो ?
यदि
भावनालाई यो पंक्तिकारले आफ्नो फेसबुक स्ट्याट्समा यसरी लेखेको थियो— एकात्मक
सिंहदरबारको एकमात्र वास्तविक प्रतिस्पर्धी÷ प्रतिद्वन्द्वी
लिम्बुवान नै हो । एकात्मक सिंहदरबारले अघि सारेको चुनावलाई लिम्बुवानले अस्विकार
गरेकै हो, यो चुनाव बहिस्कारको उच्चतम रुप संविधान सभाको दोस्रो चुनाव मंसिर ४
गते आसपासमा देखियो । मंसिर ४ को चुनावलाई सक्रिय बहिस्कार गर्न हजारौं लिम्बुवानी
योद्धाहरु परिचालित भएकै हो र उक्त लिम्बुवानी योद्धाहरुलाई दमन गर्न नेपाली सेना
समेतलाई ब्यारेकबाट बाहिर ल्याएर लिम्बुवानी भूमिमा परेड खेलाईएको हो । सिङ्गो
राज्य शक्ति लिम्बुवानमा घोप्टाएर लिम्बुवानी योद्धाहरुको आन्दोलनलाई क्षणिक दमन
गर्न सफल भए जस्तो देखिएता पनि त्यसको अर्को उत्तिकै महत्वपूर्ण पाटो छ नि—
जे
भएपनि लिम्बुवानले सिंहदरबारसँग टक्कर लिने कोशिश त गरेकै हो नि ? लिम्बुवान
र सिंहदरबार विचमा टक्कर परिरहेको छ भन्ने सन्देश चाहि मुल कुरा हो । यो सन्देशले
लिम्बुवानी यूवा, लिम्बुवानी जनताहरुमा नयाँ रक्त संचार गरिरहेको
छ । लिम्बुवानी युवाहरुमा नयाँ आशा, नयाँ उत्साह र सपनाहरु जन्माई रहेको छ–
युवाहरुलाई
लागेको छ– हामीले कम्तिमा एकात्मक सिंहदरबारसँग टकराव लिई रहेका छौं, हाम्रो
जीवन र हाम्रो समय व्यर्थैमा वितिरहेको छैन, केहि महत्वपूर्ण
कार्य गरिरहेका छौं । लिम्बुवानी युवाहरुमा जागेको यो आत्मा शक्तिले लिम्बुवानी
समाजलाई आउने पचासौ हजार बर्ष ज्यूदो बनाउँछ । एकात्मक सिंहदरबार भत्काउने
मिशनसँगै जोडिएको छ– २२ दलसँगको सहकार्य वा २२ दललाई लिम्बुवानले
मुख्य आड भरोसा दिने कुरा । प्रथम तः आफ्नो शत्रुलाई आफै परास्त गर्नुपर्छ,
आफुले
परास्त गर्ने उचित वातावरण मिलेन भने सम विचार राख्ने पार्टीहरुसँग सहकार्य
मोर्चावन्दी गरेर भएपनि एकात्मक शत्रुलाई प्रहार गर्नुृपर्छ । यहि निति अनुरुप
संघीय लिम्बुवान पार्टी नेपाल २२ दलीय गठबन्धनमा सहभागी भएको छ, सहभागी
मात्र होइन २२ दललाई एउटा राजनैतिक, शक्तिको रुपमा उभ्याउन लिम्बुवानले
महत्वपूर्ण भूमिका खेलेको छ । इटहरीको आमसभा होश वा पान्थर फेदेनको आमसभा होश वा
२२ दलले घोषणा गरेका आन्दोलनका विभिन्न कार्यक्रमहरु होश, सबै
कार्यक्रमलाई सफल बनाउन लिम्बुवान भित्रि हृदयदेखि लागि परेको छ । पहिचान सहितको
संघीय पक्षधरहरुको सडक आन्दोलन शसक्त भएपछि माघ ७ गते राती संघीयवादी सभासदहरुले
संविधानसभाको हलमा विद्रोह गरे । संविधान सभा भित्र भएको उक्त विद्रोह ऐतिहासिक छ,
अब
चाहि उत्पिडित जाति÷वर्ग, समुदायले नछोड्ने रहेछ भनेर
एकात्मकवादीहरु थर्कमान भएका छन् । सभाध्यक्षले कानून मिचेर जवर्जस्ती प्रकृयामा
लगेतापनि विपक्षी वेगरको एमाले, कांग्रेसको मसानघाट यात्राले उनीहरुलाई
नै तर्साईरहेको छ । अब संविधानसभा २ भन्दा पनि राष्ट्रिय स्तरको गोलमेचबाट मात्र
वास्तविक संविधानबन्न सक्छ भन्ने माहोल आउँदैछ वा घटनाक्रम त्यो दिशातिर जादैछ ।
यसरी घटनाक्रमलाई हामीले चाहेको दिशातिर लान सकेकोमा हामी खुशी नै हुनुपर्छ ।
देशलाई पहिचान सहितको संघीयवादी र पहिचान
विरोधी दुई खेमामा ध्रुविकृत गर्न सफल भईयो । अब आन्दोलन गर्न सजिलो हुन्छ किनकि
को के हो भन्ने प्रष्ट भयो नि ? लिम्बुवान प्राप्तिको निर्णायक चरणको
आन्दोलनको तयारीमा जुट्ने वेला आएको छ । संघीय लिम्बुवान पार्टी, नेपाललाई
संस्थागत गर्ने क्रमसँगै निर्णायक आन्दोलनको तयारी गर्नु पर्दछ । यसरी आन्दोलनमा
अघि बढिरहदा हाम्रो दिमागको केन्द्रीय भागमा चाहि सबै भन्दा पहिला एकात्मक
सिंहदरबार भत्काउने कुरा मुख्य मिशन बन्नु पर्दछ, तब कसरी अघि
बढ्ने भन्ने आईडियाहरु आफसे आफ आउँदछ ।
जय लिम्बुवान ,संघीय अभिभादन |
.jpg)

