Breaking News
Loading...
######


वि.स. १८३१ साउन २२ गते अघिसम्म लिम्बुवान स्वतन्त्र राष्ट्र थियो / विजयपुरलाई केन्द्र मणि दश लिम्बुवान, पछि सत्र थुममा अन्य लिम्बु गणराज्यहरुको प्रशासन चल्दथ्यो / एक प्रकारको संघिय स्वरुपको लिम्बुवान अस्तित्वमा थियो / राजा पृथ्वी नारायणले राज्य विस्तार गर्दा कुनै सम्मिलन नगरीकन खुनी हमला र षड्यन्त्रद्वारा गोरखा राज्यमा लिम्बुवान मिलन गरेका थिए / पृथ्वी नारायणकै भाषामा पनि यो नेपालको एकीकरण होइन / उनले "मेरो साना दु:खले आर्जको होइन / सबैलाई चेतना भया /" उनको दिव्य उपदेश" मा प्रयोग भएको यो भाषाले नेपालको एकीकरण भन्दैन / अर्को उनले "असली हिन्दुस्थान" बनाएको भनेको छन् / बहुजातीय, बहुभाषीय तथा बहुधार्मिक मुलुकको एकीकरण कसरी एक धार्मिक राज्यमा एकीकरण हुन्थ्यो ? गोरखा राज्यको विस्तार वास्तवमै हिन्दु एकल जातीय साम्राज्य बनाउने पृथ्वी नारायणको महत्वाकांक्षी योजना मात्र थियो / अहिलेसम्म नेपालका राजनैतिक दल यसै कुरामा अलमलमा छन् / पृथ्वी नारायणले एकीकरण गरेको ठान्छन / यसैले नया आधारमा राज्यको नया रचना गर्ने बाटोको भेउ पाउदैनन / इतिहासको कालखण्डमा टुटेको यहि कडीलाई जोड्न पनि लिम्बुवानको पुननिर्माण जरुरी छ / लिम्बुवान निर्माणको मुख्य ऐतिहासिक राजनैतिक आधार पनि यहि हो / नेपालको परम्परागत संघिय संरचना (किरात,लिच्छवी र मल्लकाल ) को नया पुनसंरचना गर्न लिम्बुवान कोशेढुंगा सावित हुनेछ / लिम्बुवान पछिल्लो समयमा छुटेको संघिय राज्य संरचनाको अन्तिम कडी पनि हो / लिम्बुवान राज्य निर्माण यसै कारण अनिवार्य बन्न पुगेको छ / अहिले पनि लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिको तात्विक भिन्नता आएको छैन / नेपालको आन्तरिक राष्ट्रलाई बलियो बनाउन लिम्बुवान गठन गर्नु पहिलो सर्त हो / सुगौली सन्धीले क्षतविक्षत बनाएको राष्ट्रियतालाई सम्बोधन गर्न लिम्बुवान राष्ट्रको निर्माण आवश्यक छ /
लिम्बुवानको राजनीति बाट......
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला