Pages

किराती इतिहासकार इमानसिंह चेम्जोङको १११ औँ जन्मजयन्ती भोलि हुदैछ........


जीवनी
इमानसिंह चेम्जोङका बहुआयामहरू (प्राज्ञ अमर तुम्याहाङ) -

विषय प्रवेश
किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङको १११ औँ जन्मजयन्ती तथा इमानसिंह चेम्जोङ पुरस्कार वितरण समारोहमा प्रस्तुत भएको सम्भाषणीय यस लेखमा मूलतः इमानसिंह चेम्जोङका व्यक्तित्वका विभिन्न आयामहरुबारेमा संक्षेपमा बुँदागत रुपमा प्रकाश पार्ने जमर्को गरिएको छ ।

प्रसङ्गवश
सन् २०१२ का साहित्य विधाको नोबल पुरस्कार विजेता प्रथम कम्युनिस्ट चिनिया साहित्यकार मो यानले पुरस्कार ग्रहण गरेपछिको आफ्नो सम्मति सम्भाषणमा बोल्नेक्रममा “बोलेको हावाले उडाउँछ, लेखेको अमर हुन्छ” भनेको कुराले लेखन र पतुराइ कुन बढी दीर्घकालीन हुन्छ भन्ने उनको अनुभव अभिव्यक्त गर्दछ । यसरी नै आयामेली साहित्यकार स्व. ईश्वर बल्लभको “वादविवाद बोलेर होइन लेखेर गर” भन्ने भनाइबाट बोल्नु र लेख्नु कुन बढी चिरस्थायी हुन्छ भन्ने कुरा मुखरित हुन्छ । लिम्बू गाउँघरका मान्यवर लिम्बू बूढाबूढीले भन्ने गरेको “युङ्माआङ पाःप्माल्लेÞ हाःत्लेÞआङ मेÞङ्घेÞप्सुन् येÞप्माआङ् पाःप्मेÞल्लेÞ सुरित्तिल्लेÞ पक्सुदेरु” अर्थात् बसेर बोल्यो कसैले सुन्दैन, उठेर बोल्यो हावाले उडाउँछ भन्ने भनाइले पनि बोलेको वचन क्षणिक र अस्थायी हुन्छ भन्ने आशय नै अर्थिन्छ । यसको मतलब समाजका केही दूरदर्शी व्यक्ति अथवा अनुभवी व्यक्तिहरुले लेखनको महत्व बुझेका हुन्छन् अनि त्यही बुझाइलाई उनीहरुको जीवनकालमा व्यवहारमा उतारेका हुन्छन् । लिम्बू समुदायमा लेखनको महत्व बुझ्ने यस्तै थोरै व्यक्तिहरुमध्ये एक प्रमुख व्यक्ति हुन्– किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङ । यिनै किरातोलोजिस्ट इमानसिंह चेम्जोङको गुरु मन्त्र थियोः भाषा संस्कृति जातिको पहिचान हो भने इतिहास मुहान हो । हुन पनि उनले आफ्नो सम्पूर्ण जीवन किराती भाषा, संस्कृति र इतिहासको खोजीमा समर्पित गरे । यसर्थ पनि उनी मुलुककै निम्ति एक सम्मानित विभूति हुन् ।

लिम्बू जातिका विभूतिहरु
लिम्बू जातिका विभूतिहरुलाई कालक्रमको आधारमा दुई समूहमा राखेर हेर्न सकिन्छ ।
(क) आदिविभूतिहरुः मुन्धुम मनीषी येहाङ, मुक्ति–ज्ञानदाता सोधुङ्गेÞन लेÞप्मुहाङ, धार्मिक पथप्रदर्शक माबोहाङ अनि राजनीतिक दर्शन प्रयोक्ता सिरिजङ्गाहाङ लगायतका लिम्बू सभ्याताका पथप्रदर्शकहरुलाई आदिविभूतिका रुपमा लिन सकिन्छ । यिनैले दिएका जीवन दर्शन, धर्म, संस्कृति, कला, शिक्षाले लिम्बू समाजको विसद् सभ्यताको प्रस्तापन सम्भव भयो ।
(ख) आधुनिककालीन विभूतिहरुः त्येÞअङ्सी सिरिजङ्गा (सन् १७०४—१७४१), फाल्गुनन्द (वि.सं. १९४२–२००५) र इमानसिंह चेम्जोङ (सन् १९०४ जनवरी १ – १९७६ अक्टोबर ८), गोर्खालीहरु विरुद्धको युद्धमा लिम्बुवानका सेनाहरुको नेतृत्व गरेका सेनापति काङ्सोरे आदि आधुनिककालीन लिम्बू विभूतिहरु हुन् । इमानसिंहको जन्म सन् १९०४ जनवरी १ मा कालेबुङमा पिता मेघवरसिंह र माता दावापुहाङ्माको छैटौँ अर्थात् जन्तरे छोराको रुपमा भएको थियो । उनले कालेबुङकै स्थानीय स्कुलबाट म्याट्रीकुलेसन र कलकताको सेन्टजेभियर कलेजबाट आई. ए. उतीर्ण गरे । उनलाई पढाउने क्रममा “किरातीहरु जङ्गली हुन्छन्” भनी शिक्षकले प्रयोग गरेको वाक्यांशले उनको हृदयमा ठूलो चोट पु¥यायो र उनी किरातीहरुको इतिहास र सभ्यता खोजीमा अविश्रान्त लाग्ने अठोट गरे । किरातोलोजिस्ट इमानसिंह चेम्जोङले अध्ययन तथा खोजीकर्ता र केही हदसम्म जागिजरेका रुपमा कालेबुङ, सिक्किम, लिम्बुवान र काठमाडौँमा आफ्नो समय व्यतीत गरेका थिए । आजीवन आफू र आफ्नो पारिवारिक हित, सुख र यशलाई तिलाञ्जली दिएर सदासर्वदा सजातीय तथा मुलुकको हितमा समर्पित स्व. इमानसिंह चेम्जोङको टडकारो व्यक्तित्वका आयामहरु निम्नअनुसरा खुट्याउन सकिन्छ ।

१) गुरुका रुपमा इमानसिंहः सुयोसी तोबा सम्झन्छन्, “इमानसिंह चेम्जोङ र मेरो सम्बन्ध गुरु र शिष्यका रुपमा लामो समयसम्म रहयो” (२०६१ः १०४) । हुन पनि उनको समयमा इमानसिंह चेम्जोङलाई अगुवाको रुपमा या एउटा शिक्षकका रुपमा मात्र होइन गुरुत्वपूर्ण “गुरु” का रुपमा धेरैले सम्मान गर्ने गरेको पाइन्छ । उनी वास्तवमा केही व्यक्ति वा अध्येताहरुको मात्र गुरु थिएनन् सिङ्गै समाजलाई एउटा सही दिशा दिन सक्ने दूरदर्शी गुरु थिए । यो उनको गुरु व्यक्तित्व सुकेपोखरीको विद्यालयमा हेड मास्टर भएर काम गर्दा आरम्भ भएको थियो भने सिक्किमको गेजिङ र गान्टोकको टासी नाम्ग्याल महाविद्यालयमा पठनपागन गर्दा अनि पान्थरको मेहेलबोटेको श्री जयनारायण आदर्श आधार हाइस्कूलमा पठनपाठन गर्दा अझ झ्याँगिने अवसर पायो । यसरी उनको व्यक्तित्व शिक्षकबाट क्रमशः गुरुका रुपमा विकास भयो ।
२) इतिहासकारः काशीनाथ तमोटका विचारमा इमानसिंह चेम्जोङ इतिहासकारका रुपमा राष्ट्रिय प्रतिभा (२०६१ः३४) हुन् । किरातीकै सन्तानका रुपमा रहेका इमानसिंह चेम्जोङले २,००० वर्ष हाराहारी राज्य गर्ने शासक किरातहरुको इतिहासको खोजी र लेखन गरे र आफूलाई किरात इतिहासका पिताका रुपमा स्थापित गराए । यस प्रकारको खोज तथा अनुसन्धानका क्रममा उनले किरात इतिहास (सन् १९४८÷ वि.सं. २००५), किरात साहित्यको इतिहास (सन् १९५६÷वि.सं. २०१३), किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (सन् १९७४÷ वि.सं. २०१३), History and Culrure of The Kirat People(सन् १९६७ वि.सं. २०२४) आदि गहन पुस्तकहरु प्रकाशनमा ल्याए । सन् १९३७ बाट आरम्भ भएको नेपालको आधुनिक इतिहास लेखनको परम्पराले लिच्छवीकालसम्म नेपाली इतिहासलाई अध्ययन गरी प्रामाणिक बनाउने काम गरेको थियो भने त्यसअघि रहेको नेपाली इतिहासको अज्ञात कालखण्डलाई इमानसिंह चेम्जोङले उत्खनन् गर्ने ऐतिहासिक काम गरे ।
३) मुन्धुमवेता तथा दर्शनशास्त्रीः इमानसिंह चेम्जोङको व्यक्तित्वको अर्को आयाम भनेको मुन्धुमवेता तथा किरातदर्शनशास्त्रका ज्ञाता हुनु हो । उनले किराती मुन्धुमलाई लेख्य परम्परामा ढाले, खस नेपाली र अङ्ग्रेजीमा अनुवाद गरी अध्येताहरुसमक्ष सहज पहुँच बनाइदिए । त्यही मुन्धुमलाई सामान्य विषयवस्तुका रुपमा मात्र नहेरी विश्वमा प्रचलित विविध दर्शनहरुमध्ये एक हो भनी स्थापित गर्ने काम पनि उनले गरे । मुन्धुममा रहेका जटिलतम शब्दहरुको सरल व्याख्याको पनि उनीबाटै पहिलो पटक भएको छ । मुन्धुम संस्कारका क्रममा पतुरने भाषा मात्र होइन यो त गम्भीर भाष्य सहितको दर्शन हो भनी उनले पहिचान गरे । यसै क्रममा किरात मुन्धुम (वेद) (सन् १९६१÷ वि.सं. २०१८), किरात मुन्धुम खाहुन (सन् १९६५÷ वि.सं. २०२२), किरात दर्शनको सारांश (सन् १९६९÷ वि.सं. २०२६) उनका मुन्धुम र दर्शन सम्बन्धी पुस्तकहरु प्रकाशनमा आए ।
४) राजनीतिज्ञः अहिले मुलुक सङ्घीयताको बहस र यसको अभ्यासका लागि जीवनमरणको सङ्घर्षबाट गुज्रिरहेको छ । यही विषयलाई लिएर मुलुकका राजनीतिक पार्टीहरु फुट, ध्रुवीकरण वा नयाँ पार्टी निर्माणका प्रक्रियाबाट अगाडि गुज्रिरहेका छन् । तर आश्चर्यको विषय के छ भने यस विषयमा इमानसिंह चेम्जोङले यो शदाब्दीका पहिलो दशकमा नै अखिल लिम्बुवान सुधार सङ्घ गठन गरी स्वायत्तता र सङ्घीयताको व्यवहारिक प्रयोगको शिलान्यास गरिसकेका थिए । उनले लिम्बुवान सुधार सङ्घको प्रधानमन्त्री अर्थात् महामन्त्रीमा तेजबहादुर प्रसाईँलाई चुनेर समावेशीकरणको पनि राम्रै उदाहरण पेश गरिसकेका थिए । अहिंसात्मक सिद्धान्तका पक्षपाती इमानसिंहको तत्कालीन राजनीतिक प्रयोग, प्रस्थापना, अवधारणालाई हेर्ने हो भने उनी दूरदर्शी राजनीतिज्ञ समेत थिए भन्न सकिन्छ ।
५) किरात छाताभित्र आदिवासी जनजातिको वैचारिक नेतृत्वः नेपाल मुलुकका आदिम बासिन्दाहरु वर्तमान नेपालका आदिवासी जनजातिहरुका रुपमा चिनिन्छन् । तर यो पदावली मूलतः २०४६ सालपछि प्रयोग र प्रचलनमा आएको हो । यसअघि मूलतः नेपालका आदिमवासीहरु किरात भनेर चिनिन्थे । त्यसको अध्ययन, अनुसन्धान र प्रयोग गर्ने काम उनै इमानसिंह चेम्जोङले नेतृत्व गरेका थिए । पछिल्लो समयमा आएर उनको सोही विचार महाकिरातको अवधारणाका रुपमा डा.जर्ज भ्यान्ड्रिम (सन् १९९२) ले अगाडि बढाएका छन् । यसरी तत्कालीन नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुलाई किराती छाताभित्र वैचारिक नेतृत्व दिने काम उनीबाटै भएको थियो ।
६) इमानसिंह चेम्जोङको अर्को विराट् व्यक्तित्व भाषा, लिपि, व्याकरण आदिसँग जोडिएको छ । किरात सिरिजङ्गा लिपि, चन्द्रपुलिङ लिपि, रोङ लिपि आदिको विज्ञ क्यालियोग्राफर थिए । यसरी नै उनी लिम्बू, राई वान्तावा, लाप्चा आदि भाषाका मर्मज्ञ भाषा वैज्ञानिक पनि थिए । पुस्तकाकार रुपमा किरात व्याकरण (सन् १९७०÷ वि.सं. २०२७) प्रकाशन गर्ने उनी पहिलो किराती व्यकरणकार हुन् । यसर्थ उनी एक व्यकरणविद पनि हुन् भन्न सकिन्छ । उनले लिम्बू, लाप्चा, राई वान्तावा (अप्रकाशित) को शक्दकोश तयार पराका थिए । यसर्थ उनी आफ्नो समयका कुसल कोशकार पनि थिए भन्न सकिन्छ ।
७) लोक साहित्यकार, संस्कृतिविद अर्थात् फोक्लोरिस्टः इमानसिंह चेम्जोङले दार्जिलिङ, सिक्किम, लिम्बुवान, खम्बुवान आदि ठाउँहरुको पैदल यात्रा गरी विभिन्न लोककथा, लोकगाथा, मुन्धुमहरु, इतिहास, संस्कृतिहरुको खोज र सङ्कलन गर्ने काम गरे । किरात समाजमा रहेका लोककथाहरुको सङ्गालो किराती दन्त्यकथा (सन् १९६५÷२०२१) उनले प्रकाशनमा ल्याएका थिए । किराती संस्कृतिका उनी धरोहर नै हुन् ।
८) अनुसन्धाता÷अन्वेषकः तत्कालीन इनास (हालको सिनास) मा किरात इतिहास तथा संस्कृतिविदको रुपमा तत्कालीन नेपाल सरकारबाट नियुक्त भई अध्ययन, अनुसन्धान र अन्वेषणमा कार्य गरेका उनी प्रथम किराती अध्येता हुन् । यसरी इमानसिंह चेम्जोङको व्यक्तित्व अष्टभुजीय विराट व्यक्तित्वको रुपमा अनुभूत गर्न सकिन्छ । यसर्थ पनि उनी किरातालोजिस्टका उपनामले सम्मानित छन्, समाजमा ।

इमानसिंह चेम्जोङको सम्मानमा स्वदेश तथा विदेशमा गरिएका कार्यहरु
१) नेपाल सरकारले २०५५ सालमा तस्बिर टिकट प्रकाशित गरेको ।
२) नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा १० को नेपाली किताबमा इमानसिंह चेम्जोङको जीवनी छापिएको ।
३) सिक्किम सरकारबाट पश्चिम गेजिङमा इमानसिंह मेमोरियल भवन निर्माणाधीन ।
४) विगत २ दशकदेखि सिक्किममा इमानसिंह जयन्ती मनाइने गरेको छ भने सुक्खिम याक्थुङ साप्लन चुम्भोले हरेक वर्ष इमानसिंह विशिष्ट पुरस्कार र इमानसिंह साहित्यिक पुरस्कार प्रदान गर्ने गरेको छ ।
५) किरात याक्थुङ चुम्लुङ नेपालले वि.सं. २०५४ मा इमानसिंह चेम्जोङ पुरस्कार कोष खडा गरी हरेक २ वर्षमा इमामानसिंह साहित्य पुरस्कार प्रदान गर्दै आएको ।
६) इमानसिंह चेम्जोङको सालिक मोरङ पथरी गा.वि.स. वडा नं. ४ साथै पान्थर घुर्बिसे पञ्चमी बजारमा यस अघि स्थापना गरिसकिएको ।
७) भेडेटार धनकुटामा पूर्ण कदको इमासिंह चेम्जोङको मूर्ति २०१३ जनवरी १ तदनुसार २०६७ पुस १७ गते नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाको बाहुलीबाट अनावरण ।
८) पान्थरमा इमानसिंह चेम्जोङ प्रतिष्ठान र काठमाडौँमा इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेसन स्थापना भई क्रियाशील रहेको ।९) कवि अमर तुम्याहाङ रचित सोधुङ्गÞेन इमानसिंह चोःत्लुङ (महाकाव्य) २०६० मा विश्वासदीप तिगेला र बानेश्वर नेम्बाङबाट प्रकाशित ।

टुङ्ग्याउनी
विज्ञान प्रविधि, यातायात, स्रोतसाधनको हिसाबले निकै सीमित अवसरहरु भएको बेला इमानसिंह चेम्जोङले गहनतम् कार्यहरु गरेका थिए । उनले दिशाहीन किरात समुदाय तथा आदिवासी जनजातिहरुलाई सही बाटो देखाउने काम गरे । नेपालको इतिहासलाई पूर्णता दिने काममा उनले अतुलनीय योगदान गरे । वास्तवमा किरात समुदाय अर्थात् आदिवासी जनजातिहरु अगाडि बढ्नका लागि आफ्नो गन्दव्य बोध गर्न उनले तान्छोप्पा ताराकै रुपमा काम गरे । विज्ञान, प्रविधिको यो सुलभ जमानामा हामीले उनले गरेको जस्तो गहन कार्यहरु गर्न सकूँला या नसकूँला, त्यो त पृथक पक्ष हो । हामीले उनले छोडेर गएका ज्ञानका केही अंश मात्रै भए पनि अनुसरण र उनले देखाएको अध्ययनशीलता, आफ्नो पहिचानप्रतिको समर्पण र त्यागको मार्गलाई केही मात्रामा अबलम्बन मात्र गर्न सक्यौँ भने उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

लिम्बुवान आन्दोलन लाइ अझ सशक्त बनाउने :-Kumar Lingden Limbu 'Mirak'


भोलि पुष १२ ,१३ ,१४ गते दमक मा हुन् गइरहेको मन्च सम्द्ब संघीय लिम्बुवान राज्य परिषदको केन्द्रीय मिटिंग को तयारि मा जुटेको छौ |
लिम्बुवान आन्दोलन लाइ अझ सशक्त बनाउने बारे विभिन्न कोणबाट छलफल हुने छ |
यसपल्ट मिटिंग को पत्र पठाउदा नै १२ वटा एजेण्डाहरु पनि पठाईएकोले त्यसबारे जिल्ला जिल्ला मा छलफल बहस भएको छ |
हामी संग लिम्बुवानी सपना हरुको उचो शिखर हरु छ ,तर हामीलाई यो पनि थाहा छ कि हाम्रो देश ,समाज र हाम्रो समुदाय को बर्तमान अवस्था जटिल छ |
धारिला चट्टान हरुलाई टेक्दै अघि बढ्नु परेको छ |
तर सबै भन्दा मुख्य कुरा हाम्रो आखाबाट ति सपनाको शिखर हरु कहिल्यै ओझेल नपरोस ,त्यति भयो भने हामी कुनै हालतमा बिजय हासिल गरेरै छोडछौ |
जय लिम्बुवान ,संघीय अभिभादन |

को हुन् आदिवासी ? :- बालकृष्ण माबुहाङ


सन् १८५४ पछि २००० सम्ममा अर्थात् पुग-नपुग डेढ सय वर्षपछि राज्यले ँमतुवालीको साटो आधिकारिक ऐन जारी गरी 'आदिवासी जनजातिपहिचान दियो ।

'आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार (राइट्स अफ सेल्फ डिटरमिनेसन) रहनेछ । जसअनुसार 'आदिवासी जनताहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नति गर्नका लागि निर्णय निरुपण गर्न आवश्यक हुने राजनीतिक अधिकार उनीहरूमा सुनिश्चित छ', धारा- ३, आदिवासी जनजाति अधिकारसम्बन्धी राष्ट्रसंघीय घोषणापत्र -अन्डिफ)- १३ सेप्टेम्बर, सन् २००७ । आत्मनिर्णयको अधिकारसम्बन्धी उपरोक्त व्यवस्था राष्ट्रसंघको मानवअधिकार प्रतिज्ञापत्र- सन् १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र- १६ डिसेम्बर १९६६ र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र- १६ डिसेम्बर १९६६ सबैले परिभाषति गरेकै कुरो हो । फरक केमात्र हो भने जनता -पिपल) को साटो 'आदिवासी जनताहरू' -इन्डिजिनस पिपल्स) उल्लेख हुनु । कारण के हुनसक्छ भन्ने सवालमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्दर्भ र आजको  द्वन्द्व, जो निरन्तर भैरहेको छ, यसबीच खोज्ने प्रयास यो आलेखमा गरिनेछ ।
उत्तर अमेरिका खासगरी क्यानाडा र अमेरिकामा औपनिवेशिक शक्तिहरू आउँदा त्यहाँ बसोबास गर्ने मानिसहरूलाई आप्रवासीहरूले 'इन्डियन' वा 'इन्डियन ट्राइव्स', वा 'फष्ट नेसन्स' नाम राखिदिए । त्यसरी नै अस्ट्रेलियामा बसोबास गर्नेलाई एवओरिजिन, न्युजिल्यान्डमा माओरी, स्केन्डेनाभियामा सामी, गि्रनल्यान्डमा इनुइट, र एसिया तथा अमेरिकामा बसोबास गर्नेलाई ट्राइब्स भनेर न्वारन गरिदिए । समग्रमा भने 'एथ्निक गु्रप्सभनी लेख्ने गरेको पाउँछौँ । नेपाल कुनै पनि युरोपीयन मुलुकको उपनिवेश त रहेन, तर उनीहरूको छायाबाट मुक्त पनि भएन ।
संसार चहार्ने औपनिवेशिक शक्तिहरू फिरन्ते बनी संसारलाई उपनिवेश बनाउँदै हिँंड्दा, कुनै नयाँ मुलुकमा पुग्दा- नयाँ ठाउँमा पुगियो, भिन्न मानव समुदायसँग भेट भयो, नयाँ कुरो सिकियो र जानियो भन्नु स्वाभाविक हुन्थ्यो । तर नयाँ मुलुक नै पत्ता लाग्यो ? भनेर मानौँ कि वैज्ञानिकले कुनै पदार्थ नै पाएझैँ उनीहरूले हल्ला गरे । सँगसँगै त्यहाँ बसिरहेका मानव समुदायमाथि चडाइ गरी सर्वनाश नै गरे । क्रिष्टोफर कोलम्बस अमेरिका पुग्नु अघिको अमेरिकाबारे ए.जे. स्पन्डेन -१९३६) लेख्छन्, 'यदि कोलम्बस पुग्नुअघि नै अमेरिकी टापुहरूमा बालिनाली लाउने चलन नभाको भए, औलतिर सहरी सभ्यताको विकास भैनसकेको भए, युरोपीयन राष्ट्रहरू र अमेरिकी मुलुकहरूबीच रहेको ठूलो भिन्नताका कारण कोलम्बस अमेरिका उत्री नयाँ दुनियाँमाथि चडाइ गर्नु महान् कार्य मानिन्थ्यो
होला ।' उनी थप लेख्छन्, 'मेक्सिको, मध्यअमेरिका र दक्षण्िा अमेरिकाको एन्डरियन क्षेत्रमा विकास भैसकेको राजनीति, कला, साहित्य, सभ्यता र संस्कृतिले विश्वलाई नै धेरै धनी बनाइसकेको थियो । युकातान क्षेत्रको मायान सभ्यताले खगोल विज्ञान र गणितशास्त्रको विकास गरिसकेको थियो । ऊनीहरूले सबै कुराको राम्रो विकास गरिसकेका थिए, केवल सुरक्षाको राम्रो प्रबन्ध नहुनाको कारण युरोपीयनहरूको चडाइमा परे ।' युरोपीयनहरूले नयाँ मुलुक पत्ता लगायौँ भनिरहँदा वा कसैले एकीकृत र बृहत् आकारको नयाँ मुलुक बनायौँ भनेर गर्व गरिरहँदा, नयाँ मुलुक पत्ता लगाउने वा बृहत आकारको मुलुक बनाउने कार्यसँग सम्बन्धित भई उत्पन्न सामाजिक, आर्थिक तथा राजनीतिक मामलाहरू वा द्वन्द्व वास्तवमा आदिवासी जनता र राज्यहरूसँगको निरन्तर द्वन्द्वको अवस्था हो । त्यसकारण विश्वको आदिवासीहरूमाथि राज्यहरूले गरेको हेपाहा र पक्षपातपूर्ण व्यवहार विरुद्ध उनीहरूले निरन्तर गरिरहेको प्रतिरोध नै आजको विश्वको सामाजिक, आर्थिक तथा राजनीतिक द्वन्द्वको एउटा प्रमुख कारण हो ।
कतिपयको तर्क के रहने गरेको छ भने आदिवासी जनजाति सवालहरू उपनिवेशसँग सम्बन्धित भैआएको हो । त्यसकारण औपनिवेशिक शक्तिको अन्त्यसँगै आदिवासी को हो ? वा होइन भन्ने सवालको पनि अन्त्य भयो । अझ कतिपय सन्दर्भमा आदिवासी मुद्दासँग उठ्ने गरेको प्रश्न जहाँ उपनिवेश नै थिएन । जस्तो नेपाल । त्यहाँ यो सवाल रहने कुरै आउन्न भन्ने पनि सुनिन्छ । निश्चय नै । तर यस्ता तर्क गर्नेहरूले के कुराको हेक्का राखेका छैनन् भने संसारमा, भनौँ न नेपालमा नै पनि, यदि उपनिवेश, अतिक्रमण, असमानता, भेदभाव, उत्पीडन वा बहिष्करणजस्ता क्रियाकलाप नभएको भए आदिवासी को हो ? वा होइन भन्ने प्रश्न पनि त आउन्नथ्यो ? यो सामाजिक, सांस्कृतिक विशिष्ट पहिचानको पक्षपोषणमात्र पनि होइन, सँगसँगै ती कुराको प्राप्ति राजनीतिक निर्णय निरुपणबाट मात्र हुने भएकोले आत्मनिर्णयको अधिकारको निर्वाध उपभोगको कुरा समेत हो । 
मुगलको अतिक्रमणपछि हिन्दुहरू नेपाल प्रवेश गर्नुअघि प्राचीन खसान क्षेत्रमा खस जनजातिको बसोबास थियो । नेपालको समाजशास्त्र अध्ययनका पिता मानिने प्राध्यापक डोरबहादुर विष्ट -सन् २००५) लेख्छन्, 'खसान क्षेत्रको आवादीलाई हिन्दु संस्कृतिको चतुर वणर्ाश्रम संरचनाको क्षेत्रीय पदमा परिवर्तन गरी मौलिक जनजातीय पहिचान समाप्त गर्नु नै जनजातीय पहिचान समाप्त पार्ने अतिक्रमण, उत्पीडन र उपेक्षाको पहिलो घटना थियो । त्यसको सिकार खस जनजातिहरू भए ।' हिन्दुकृत नहुने खस जनजातिका समुदायलाई 'मतवाला' वा मतवाली खस वा 'पावै' नामले अझै पुकारिन्छ । एवंप्रकारले १८ र १२ मगरात, गण्डकी क्षेत्र ९ ग्यरोङ, काठमाडौं खाल्डोको नेपाल वरिपरिको १८ तामाङ, वल्लो र माझ गरी ९ लाख किरात, पल्लो किरातको १० लिम्बुवान सत्रथुम र थरुहट क्षेत्र -तराईको भावर प्रदेश) यी सबै भू-प्रादेशिक क्षेत्रहरू कुनै न कुनै जनजातिले आवाद गरी स्वाधीन तवरमा चर्चेका भूमि थिए ।
बाइसी-चौबीसी राज्य रजौटाहरूको एकीकरण कार्यमा खस, मगर र गुरुङको अत्यन्त ठूलो भूमिका थियो । यो कुराको प्रमाण पृथ्वीनारायण शाहको विभिन्न भनाइबाट स्पष्ट हुन्छ । तर उनीहरू सधैं उपेक्षति र उत्पीडित रहे । अर्को गोर्खा राज्यको विस्तारका क्रममा धेरै जनजातीय प्रादेशिक इकाइहरू निर्मम दमन र उत्पीडनमा परे । तिनमा नेपाल खाल्डोको कीर्तिपुर, कान्तिपुर, भक्तपुर र ललितपुर, १८ तामाङको नाम्दुङ, सैलुङ माझकिरातमा हतुवागढी र पल्लो किरात लिम्बुवानमा चैनपुर, सभादोभानतिर निर्मम दमन र हत्या गरियो । यिनीहरू एकीकृत नेपाल बनाउने नाममा अतिक्रमित भई उत्पीडित एवं उपेक्षति भएका हुन् । नेपालको इतिहासवेत्ता जोन ह्वेल्पटन -सन् २००९) अनुसार पृथ्वीनारायण शाहको सेनाको निर्माता इसापूर्व २५० तिर महान चीन निर्माणकर्ता सम्राट क्विन सि ह्वाङको भन्दा कम थिएन । किन्तु महान चीनको एकीकरणमा आजको चीनको पुग-नपुग १० प्रतिशत आवादी प्राप्त गर्न चिनियाँ सम्राटले उक्त हर्कत गरेका थिए । तर राजा पृथ्वीनारायण शाहको अतिक्रमणबाट झन्डै ३०-४० प्रतिशत भूभाग आजको नेपालको भूभाग हुन आउँछ । उनको थप विश्लेषण छ, 'सम्भवतः यही कारण हुनसक्छ, चिनियाँ सानातिना अल्पसंख्यक जनजातिहरू सबैमा 'महान चीन र चिनियाँ सभ्यता हाम्रो हो' भन्ने अपनत्व देखाउँछन् भने नेपालमा त्यो छैन ।' इतिहासविद कुमार प्रधान -सन् १९९१, सन् २००९) अनुसार, नेपालको भन्दा झन्डै सय वर्षपछि इटली, जर्मनीले गरेको एकीकरणको ढाँचा हेर्दा नेपालको एकीकरण केवल गोर्खा राज्यको विस्तार थियो, एकीकरण होइन ।
उनको सेखपछि हावी भएको जङ्गबहादुर राणाले सन् १८५४ मा जारी गरेको मुलुकी ऐनले जनजाति समुदायहरूलाई 'मतुवाली' -जाँड, रक्सी खाने) को संज्ञा दियो । यो चौधौँ शताब्दीतिर खसानमाथि अतिक्रमण गर्दा त्यहाँका रैथानेलाई दिइएको नामको निरन्तरता थियो । मतवालीमा 'मासिने' 'नमासिने' २ वर्गमा वर्गीकरण गरी तदनुरुपको दण्ड सजाय तोकिएको थियो । एक सय चार वर्षको राणाशासन अन्त्य भई प्रजातन्त्र आउँदा यो सवालमा खासै चर्चा भएको पाउन्नौँ । यद्यपि प्रजातन्त्र -?) को बृहत शब्दावलीभित्र यी मुद्दाहरू उनिएको थियो कि ? भन्नेसम्म हो । जस्तो ः सन् १९५१ को जनक्रान्तिमा पूर्वमा किरात स्वायत्तताको राजनीतिक मुद्दाको उठान र पल्लो किरात लिम्बुवानमा स्वायत्त शासनको गठन भएको थियो । स्वायत्त लिम्बुवान राज्यको मन्त्रीमण्डल गठनदेखि केन्द्र र प्रान्तबीच सम्बन्ध राख्न गभर्नर समेतको व्यवस्था भएको यहाँ स्मरणीय हुन आउँछ । तथापि यो जनताले लोकतन्त्र र स्वशासनको अभ्यास गर्न गरेको प्रयत्नलाई प्रजातन्त्रका महान सेनानी वीपी कोइरालाले समेत मान्यता दिन त के कहीँ कतै सन्दर्भसमेत उल्लेख गरेको पाइन्न । केवल एक ठाउँमा जनक्रान्तिको असफलताका कारण उत्पन्न किरात असन्तोष भनी बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माद्वारा लिखित तथा प्रस्तावित 'नेपाली कांग्रेसका लागि लोकतान्त्रिक समाजवादी घोषणापत्र- २००८' मा उल्लेख छ ।
सम्भवतः साठीकै दशकतिर बालचन्द्र शर्माद्वारा लिखित 'नेपाली शब्दकोश'मा जनजातिको परिभाषा राखियो, भारतमा प्रयोग भएको सन्दर्भ लिई जुन परिभाषा नेपालका जनजातिका लागि क्षोभको विषय बन्यो । अनपेक्षति सन् १९९१ मा पुनःस्थापित बहुदलीय प्रजातान्त्रिक संविधानले 'जनजाति' शब्दको प्रयोग गर्‍यो । अपितु संविधान निर्माणका लागि मागिएको सुझाव झन्डै शतप्रतिशत नै रद्दीको टोकरीमा फालियो, जुन जनजाति, जातिसँग सम्बन्धित थिए । उक्त कुराको पुष्टि तत्कालीन संविधान मस्यौदा परिषदका अध्यक्ष विश्वनाथ उपाध्यायको अभिव्यक्तिबाट हुन्छ । उनको भनाइ थियो, 'नब्बे प्रतिशत सुझावहरू जात, जाति, भाषा, वेशभूषा तथा धर्म-संस्कृतिसँग सम्बन्धित थिए र ती संविधान लेख्न काममा आउन्नथ्यो ।' सुझाव सबै फाले तापनि सन् १९९१ को संविधानमा जनजाति समुदायलाई पुरै बेवास्ता गर्नसक्ने स्थिति थिएन । संविधानकै भावनाअनुरुप सन् २००० मा संसदबाट आदिवासी जनजाति प्रतिष्ठान ऐन पारित भई 'आदिवासी जनजाति' भनेर ५९ समूहको पहिचान राज्यले विधिवत गर्‍यो । सन् १८५४ पछि २००० सम्ममा अर्थात् पुग-नपुग डेढ सय वर्षपछि राज्यले 'मतुवाली'को साटो आधिकारिक ऐन जारी गरी 'आदिवासी जनजाति' पहिचान दियो । उक्त ऐनमा 'आदिवासी जनजाति' भन्नाले, '..आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको, आर्थिक रूपमा पछि परेका अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनुपर्छ' भनेको छ ।
सन् ९० पछिको जनजाति आन्दोलनले -१९९१) स्थापित गरेको आफ्नो स्वपहिचानको कसी भनेको 'हिन्दु चतुर वणर्ाश्रम' संरचनाभित्र नपर्ने 'आदिवासी मूलवासी' जनजाति हुन् भन्ने हो । राज्यले सन् १९९६ मा प्रा. सन्तबहादुर गुरुङको अध्यक्षतामा गठन गरेको कार्यदलको परिभाषामा 'आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज भएको तर चार वर्णको हिन्दु वणर्ाश्रम व्यवस्थाभित्र नपर्नेहरू जनजाति अन्तर्गत पर्छन्' भनेर जनजाति आन्दोलनको भानवा समेट्न खोजे तापनि त्यो प्रतिष्ठानको ऐनमा मुखरित हुनसकेन । राज्यले प्रदान गरेको पहिचानमा विशिष्ट पहिचान बोकेका समुदायहरू आदिवासी जनजाति हुन् भनेर स्वीकारे तापनि उनीहरूमाथि हुँदै आएको एकल जातीय, धार्मिक, भाषकि वा सांस्कृतिक उत्पीडन बारेमा कुनै सङ्केतसम्म गर्न सकेन । यो ऐन निर्माणमा आदिवासीहरूले आफ्नो बारेमा आफैले निर्णय निरुपण गर्न पाउने उनीहरूको आत्मनिर्णयको अधिकारको पुरापुर उपयोग भएको होइन । राज्यले दिएको पहिचानलाई अस्वीकार गर्ने व्यक्ति वा समूह नभएको होइन । यद्यपि कुनै न कुनै दलमा रही प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गरेका जनजातिले पुनःस्थापित बहुदलीय प्रजातन्त्रको व्यवस्थापिकाले बनाएको, अपूर्ण नै किन नहोस्, एउटा वैधानिक र सकारात्मक पहिचानका रूपमा लिए । यो एउटा ऐतिहासिक फड्को थियो ।
नेपालका आदिवासीहरूको समस्या र विश्वका आदिवासीहरूको समस्याबीच आधारभूत पक्ष मिले तापनि नेपालका समस्याहरू मौलिक तथा भिन्न हुनु अस्वाभाविक होइन ।  राजा पृथ्वीनारायण शाहको एकीकृत नेपालको निर्माणकार्य थाल्दाको दिनदेखि आजसम्म जनजाति समुदायहरूसंँग भएका राम्रा-नराम्रा, घटना-दुर्घटना, सन्धि-सम्झौता, दण्ड-जरिवाना सँगसँगै द्वन्द्व जारी छ । समाज, राज्य र सबै क्षेत्रमा आफ्नो स्वार्थ सिवाय अरु सबै भ्रमको मनोविज्ञान बोकेका कथित ठूला जातका नेता, बुद्धिजीवी, शासक-प्रशासक, सबका सब आदिवासी जनजातीय मुद्दाहरू हल गर्न अनिच्छुक छन् । अरु त अरु नेपालको लोकतन्त्र र स्वतन्त्रताको आन्दोलनको मसिहा ठान्ने नेपाली कांग्रेसका शीर्षस्थ नेताहरू आदिवासीको मुद्दा सम्बोधन गर्न तयार छैनन् । झमेला झक्िने र यो मुद्दालाई खेलाइ आफ्नो निहित राजनीतिक स्वार्थसिद्धि गर्ने ध्येयमा छन् । राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा जुन-जुन समूहहरू नेपालमा बसोबास गर्थे, उनीहरू सबै आदिवासी हुन् भन्ने आधार कांग्रेसको छ । ती सबैको पञ्जिका तयार पारेर नै यो राजनीतिक प्रस्ताव उपसभापति रामचन्द्र पौडेलले पेस गरेको हुनुपर्छ । यदि होइन भने यसले माथि चर्चा गरेझैँ विशद र व्यापक आवादी र महत्व बोकेको र नेपालकै सामाजिक-राजनीतिक इतिहासमा भूमिका भएका आदिवासी जनजातिको मुद्दाको खिल्ली त उडाकै छ, तर राष्ट्रसंघको सोचाइ र बुझाइलाई समेत धोती लगाउने षडयन्त्र यो प्रस्तावमा छ । 'सन्धि, सम्झौता तथा अन्य रचनात्मक व्यवस्थाहरूको सम्मान गरौँ' को नारा एकातिर राष्ट्रसंघले तय गरिरहेछ, नेकाको आदिवासी पहिचानको प्रस्तावित आधारले सम्मान नभई तिनको अपमान गरिरहेछ । भन्नुको मतलव राष्ट्रसंघको सदस्यको नाताले संघको सिद्धान्त तथा प्रतिबद्धताहरूप्रति यो दृढ छ भन्ने विश्वव्यापी मान्यताको विपक्षमा यो प्रस्ताव तयार पारिएको हो । हुन त यो प्रस्तावको पृष्ठभूमिमा बाबुराम भट्टराईको सरकारले कथित बाहुन, क्षत्री, ठकुरी, संन्यासी र दलितले आफू पनि आदिवासी हुनुपर्ने भनेर गरेको बेमौसमी आन्दोलन र त्योसँग गरेको सम्झौताको धरातलमा ल्याइएको हो । त्यसकारण यो मिलिजुली ल्याइएको साजिसपूर्ण प्रस्तावले आदिवासी को हो ? वा होइनको मुद्दालाई झनै जटिल बनाएको छ ।

लेखक नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव हुन् ।

from- See more at: http://www.ekantipur.com/np/2070/5/11/full-story/374713.html#sthash.sURkWpJs.dpuf

४ बुँदे सहमति सँगै एमाओवादीको राजनीति सकिन्दैछ :-Dil Kumar Lawoti


अबको राजनीतिलाई बचाउने हो भने यो संविधानसभाको चुनावमा हार बेहोरेको एमाओवादीले सभासद नाम सिफारिस नगरेर सडक आन्दोलनमा उत्रे सारा संघीयवादी शक्तिहरुले साथ दिन सक्ने थियो तर ऊ फेरि पनि एमाले र कांग्रेसको पछि लागेर राजनीति गर्छ भने ऊ सधैको लागि समाप्त हुनेछ । ३३ दलीय मोर्चाले कदम चालेको राजनीति यात्राले पक्कै पनि निकास पाउने छ । कि समय सापेक्ष यो मोर्चाले आन्दोलन गरेको थियो तर त्यसलाई साथ नदिएर एमाओवादीले ठूलो भूल गरेको छ । त्यसमा पनि संविधानसभामा जाने र ४ बुँदे सहमति गर्दै फेरि एमाओवादीले अर्को भूल गर्दैछ त्यसैले अब पनि आदिवासी जनजातिहरुले एमाओवादी लगायतका धोकेवाज संगठनको पछि लाग्नु भनेको एकल जातीय पहिचान सहितको संघीय राज्य स्थापना समाप्त पार्नु हो ।
जय लिम्बुवान, संघीय अभिवादन ।

लिम्बुवान आन्दोलन :-Kumar Lingden Limbu 'Mirak'



लिम्बुवान आन्दोलन यहाँ सम्म आइपुग्दा आ आफ्ना संगठन ले गरेका सबल र कमजोर पक्षहरुलाई खुल्ला दिल ले छलफल,समिक्षा गरौ ,
गल्तीहरु नदोहोराउने प्रतिबद्दता गरौ
र ,पुन अघि बढौ |
लिम्बुवान आन्दोलन ले केहि गरेको छैन भन्ने सोच घोर निराशावादी सोच यो ,यस्तो सोच संग म कहिल्यै समहत हुन् सक्दिन ,
आज काठमाडौँ देखि वाशिंगटन ,बेजिंग हुदै दिल्ली सम्म लिम्बुवान आन्दोलन को चर्चा छ ,
नेपाल का सबै पहिचान सहितको संघीयबादी साथीहरुले कुनै न कुनै रुपमा लिम्बुवान बाट प्रेरणा लिई रहेका छन् |
लिम्बुवान आन्दोलन केहि होईन भने मंगसिर ४ को कथित चुनाब बहिस्कार को क्रम मा नेपालकै सबै भन्दा बढी सुरक्षा कर्मी लिम्बुवान मा किन ल्याए त !
होला कोहि सुतेर बसेको होला ,लिम्बुवान को नाममा अनेक दाउमा होला
तर लिम्बुवान को लागि हजारौ युवा ,अभिभावक हरुले घर बार त्यागेर हिडिरहेका छन् भन्ने सत्य पनि बुझ्नु पर्छ |
मंगसिर ४ को कथित चुनाब को बहिस्कार गर्ने क्रममा पक्राउ परेका मन्च सम्द्ब सलिराप मातहत को एल भी कमान्डर रकी थेबे अहिले पनि ताप्लेजुंग को जेल मा कैद छन् ,
लिम्बुवान आन्दोलन एउटा ज्युदो आन्दोलन हो |
जय लिम्बुवान ,संघीय अभिभादन |

संघीय आन्दोलन आफैमा bottom to top को राजनैतिक आन्दोलन हो..:-Kumar Lingden Limbu 'Mirak'


'' bottom to top'' 
संघीय आन्दोलन आफैमा bottom to top को राजनैतिक आन्दोलन हो |लिम्बुवान आन्दोलन को शुरुमा हामीले c.c.o.अभियान मार्फत लिम्बुवानी जनताको घर घर मा पुगेर सानो सानो गुन्द्री सभा हरु गर्ने गरेका थियौ ,त्यसले धेरै राम्रो रिजल्ट दिएको थियो |
तर पछिको दिनहरुमा निरन्तर सडक आन्दोलनले गर्दा हामीले चाहेर पनि भने जसरि सी सी ओ अभियान अघि बढाउन सकिरहेका थिएनौ |
अब ,पुन सी सी ओ अभियान लाइ तिब्रता दिने छौ |हिजो दमक ८ मा कार्यकर्ताहरु संग को सानो भेटघाट को फोटो |
चाडै हुने केन्द्रीय मिटिंग पछी बटम टु टप को मोभमेन्ट लाइ अघि बढाउन सी सी ओ कार्यक्रम लाइ तिब्रता दिने छौ |
जय लिम्बुवान ,संघीय अभिभादन |

राजनीति उथलपुथलले देश खतरा तिर लम्कन्दै.....Dil Kumar Lawoti


देशमा भर्खरै संविधानसभाको चुनाव सकिएको छ । सो चुनावमा ३३ दलीय मोर्चालाई नसमेटेपछि देशले सोचेको भन्दा फरक मत परिणाम आएपछि कांग्रेस देशकै ठूलो पार्टीको रुपमा उदाएको छ । जातीय पहिचान पक्षधर शक्तिहरुलाई पाखा लगाईएता पनि विगत ६४ सालको चुनाव भन्दा धेरै मत पाएको देख्दा र ३३ दलीय मोर्चा चुनाव बाहिर बसेको हुँदा संघीयता पक्षधर र जातीय पहिचान वादी शक्तिहरु अझ शसक्त भएको देखिन्छ । त्यसैले अब आत्तिन्नु पर्ने केही नभएकोले सम्पूर्ण संघीयता पक्षधर मित्रहरु अब एकपटक देश राजनैतिक खतरामा परेको हुँदा त्यसको रक्षाको लागि एकजुट भई संघीय स्वायत्त राज्य स्थापनाको लागि लागौं । यो उथलपुथल परिस्थितिलाई वचाउन सबैको उत्तिकै भूमिका रहेको हुँदा सो भूमिकामा एकढिक्का हुन अनुरोध छ । जय संघीयता, जय लिम्बुवान ।

लिम्बुवान प्राप्ति, संघर्ष र एकता :- Muksham Labung


मेरो विचार , - टिका खवाहाङ्
----------------------------------

लिम्बुवान प्राप्ति कसरि सम्भब छ ? 
अहिले पुरै विश्व बदलिने अबस्थामा अघि बढिरहेको छ ! पुरातन जातिवादी , नस्लाबादी , धार्मिक अतिबादी , क्षेत्रीय उत्पीडनबादी , विश्व साम्राज्यबादी तथा निरंकुस तानाशाही हैकबादी , सामन्ती एकात्मकबादी , एकल जातीय केन्द्रिकृत सर्बसत्ताबादीहरुले सिर्जना गरेको उत्पीडन , शोषण , दमन , उपनिबेशिकरण तथा दासिकरणको माखे साङ्ग्लोलाई तोडेर हरेक व्यक्ति , समाज , राष्ट्र र अन्तराष्ट्र जगत नया समता मुलक , समाबेसी , सहअस्तित्वको आधारमा सबैको पहिचान , अस्तित्व , अस्मितालाई बचाउदै प्रजातान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्न जोरजुलुमले संघर्षको बिगुल फुकिरहेको अवस्था हो यो ! यहि क्रम संगै लिम्बुवान पनि एक ऐतिहासिक जाति/राष्ट्रको दर्बिलो आधार भएको भूगोल संगै मनोविज्ञान भएको हुनाले लिम्बुवान प्राप्ति निश्चित छ ! लिम्बुवान प्राप्ति सम्भब छ ! षडयन्त्रकारी हरुले गर्ने गरेका षडयन्त्र र भ्रमहरु पनि दिन दिने पर्दाफास हुदैछन ! अब यिनीहरु चाडै नाङ्गेझार हुनेछन !

लिम्बुवान प्राप्तिको संघर्ष :-
गोरखाको खुनी सामन्ती राज्य विस्तार संग संगै लिम्बुवानले आफ्नो ऐतिहासिक गौरबलाई बचाउन र पुनर स्थापित गर्न विभिन्न चरणहरुमा विभिन्न किसिमको संघर्षहरु गर्दै आएको छ ! पृथ्बी नारायण शाहको छोराको पाला देखिको बिद्रोह होस् वा जहानिय राणाकालीन बिद्रोह ! त्यस्तै पंचायत कालिन संघर्ष देखि २०४६ र २०६२/६३ सम्म आई पुग्दा संघर्षका रुप र शक्ति शसक्तिकरण झन् झन् शसक्त र मजबुद हुदै आईरहेको छ ! यी संघर्षका इतिहासमा सबै शक्ति र संगठन हरुको आ आफ्नै किसिमको महत्वपूर्ण भूमिका रहदै आएको कुरालाई कसैले नकार्न सक्ने छैन ! यति भन्दा भन्दै पनि नेपालमा युग क्रान्ति गणतन्त्र प्राप्ति पश्चात बिशुद्ध लिम्बुवान प्राप्ति आन्दोलनको अग्रणी भूमिका संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सबै भन्दा ससक्त रुपले निभाउदै आएको सबैको सामु छर्लंग छ ! यसको मतलब अरुको भूमिका नै छैन भन्न खोजिएको चाही हुदै होइन ! सबैले आ आफ्नो संगठन , शक्ति र पहुच अनुसार संघर्ष गरिदै आएको बिबिदै छ ! तर अब यहि यथास्थिति अनुसारको संगठन , शक्ति , नीति र संघर्षले मात्र लिम्बुवान यथा सम्भब चाडो प्राप्त कठिन हुनेछ ! अब सोच , नीति , रणनीति , संगठन र शक्ति संचयमा ब्यापकता ल्याउन समय सापेक्ष कदम चल्न अति आबस्यक छ ; जसले सच्चि कै समग्र लिम्बुवानको प्रतिनिधित्व गरोस र आन्दोलनमा सबैको समुहिकताको आभास गुन्जियोस ! अनि क्रान्ति होस् !

एकता किन आबस्यक छ ?
देस , परिस्थिति , काल र संगठनको मजबुदी संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति सन्तुलन आदिको कारण बिगत देखि हाल सम्म भएका , गरिएका लिम्बुवान प्राप्ति आन्दोलन , बिद्रोहले सफलता पाउनु वा नपाउनुमा आ आफ्नै सामरिक महत्व होलान ! जे जस्तै भए पनि विगतले लिम्बुवान प्राप्तिको लागि दर्बिलो जग बसाल्ने काम गरेको छ ! तर लिम्बुवान अझै प्राप्त भैसकेको छैन भने अझै त्यहि पुरातन शैली र लघु मानसिकताको ब्यक्तिबादी बिभाजनले लिम्बुवान प्राप्ति आन्दोलनलाई सफल बनाउन सक्दैन !

" २१ औ सताब्दीको क्रान्तिको सफलता, हुन्छ जहाँ व्यापक जन सहभागिता " भन्ने मूल मन्त्र सहित " आजको आबस्यकता , लिम्बुवानी एकता " हुनु जरुरि छ ! कुनै पनि पार्टी , नेतृत्व , नेताहरुले व्यक्तिगत स्वार्थ , अहमता , घमण्ड र संकुचित म र मेरो भन्ने भावना बाट माथि उठेर समग्रतालाई प्रोत्साहन हुने हामी र हाम्रो भन्ने किसिमको भावना र धारणा आउन वा जगाउन जरुरि छ ! केहि अपुष्ट खबर अनुसार कुमार Lingden , संजुहांग पालुन्ग्वा , बिर नेम्बाङ्ग र रामभक्त कुरुम्बाङ्गहरुले नेतृत्व गरेको पार्टीहरु बीच एकीकरण गर्ने पहल हुदैछ भन्ने सुन्नमा आएको छ ! यदि यो समाचार सत्य हो भने लिम्बुवान आन्दोलनको लागि कोशे डुंगा नै साबित हुनेछ ! बिना एकता र एकीकृत शक्ति बिना सफल हुन सकिदैन भन्ने कुरा बिगतका अभ्यासले पुष्टि गरिसकेको छ ! यसरि एकीकरण गर्ने पहल कदमी गरिदा लिम्बुवानजन्य सबै शक्तिलाई एकत्रित गरिनु पर्दछ ! तर यहाँ कमल छाराहाङ्ग र छबि सम्बाहाङ्फे ले नेतृत्व गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीलाई सम्पूर्ण लिम्बुवानको एकीकृत शक्ति बनाउदै गर्दा एकीकरणमा समाहित नगर्ने हो भने फेरि यो एकता अधुरो हुनेछ साथै त्यो एकता क्षेत्रियाबाद तिर उन्मुख भएको देखिने छ ! यस्तो भयो भने फेदेन वरिपरिको मात्र प्रतिनिधित्व भए झैँ देखिने छ ! तमोर पश्चिम लाई अबहेलना गरिएको जस्तो देखिने छ ! यदि तमोर पश्चिमलाई अर्थपूर्ण रुपमा बाईपास गर्ने हो भने अरुण पूर्व नौ जिल्ला लिम्बुवान भनेर दिनरात राग अलाप्नुको औचित्य हुने छैन !

यो संगिन घडीमा कसले कति गर्यो वा कसले गरेन भनेर दामाशाहिमा भागबन्डा गर्ने समय नभई सबै रिसराग , आग्रह पुर्बग्रह , घमण्ड र व्यक्तिगत स्वार्थ त्यागेर एक एक औष , टुक्रा मिलेर , मिलाएर लिम्बुवानको गतिलो शक्ति निर्माण गर्ने समय हो ! बेला हो ! अहिलेको लिम्बुवानको मुलधारको मंच सम्बद्ध स लि रा परिषद नै हो ! मुलधार शक्ति हुनुको नाताले अरु शक्तिलाई एकत्रित गर्ने जिम्मेवारी पनि मंच सम्बद्ध कै हो ! यसर्थ यो पवन कार्यको लागि मंच सम्बद्धाले हदै सम्म लचिलो भएर सबैलाई एकतामा ल्याउने पहलकदमी लिनु पर्दछ ! यहि २०७० साल पुस १२, १३ र १४ गत्ते हुन गैरहेको केन्द्रिय कमिटिको बैठकमा यी कुराहरुको सम्बन्धमा पनि कुराहरु उठाउन हुन प्रबास कार्य समितिका साथीहरु , केन्द्रिय कमिटिका साथीहरुलाई यहि सामाजिक समाचारको मध्यम बाट मेरो सल्लाह , सुझाब अनि आग्रह सुचित गरेको बिनम्र आग्रह गर्दछु ! अन्त्यमा बैठक उपलब्धि मुलक बन्न सकोस भन्ने अग्रिम सुभकामना !
जय लिम्बुवान

गोरखा सत्याग्रहको आन्दोलन भ्रम र वास्तविकता...:-Dil Kumar Lawoti


२०० वर्ष अघिदेखि गोरखालीहरूको लागि ज्यानको आहुती दिंदै आइरहेको छ । ६० हजारको हाराहारिमा गोरखालीहरुले विरगती पाए र नगन्य व्यक्तिहरू बिद्धुवी भ इन । सयौंको संख्यामा इटालि, बर्मा, फीजी जस्ता देशहरुमा बिस्थापित हुन पुगे । न्याय पाउनको लागि धेरै गोरखाली संगठनहरूले आन्दोलन गरे र आन्दोलनले केही उपलब्धी हाँसिल् पनि गरिसकेको छ । उनिहरुको आ-आफ्नै ठाउँबाट योगदानहरू दिएकाछन । गोरखा आन्दोलनका अभियन्तहरूलाई हामीले धन्यवाद नदिरहन सक्दैनौं । भेदभावको ठुलो मारमा परेकाहरूलाई आन्दोलनले न्याय दिलाउन सके की सकेनन एक पटक गम्भिर् भएर सोच्नु पर्ने भएको छ ।
यो बेला हामीले ढिकिमा कुटेको धानलाई नाङ्लोमा लगाएर चाल्नु पर्ने भएको छ । चामल कति ? बियाँ कति ? कनिका कति र ढुङाहरू कति छन् छुट्याउनु पर्ने बेला आएको छ । समय ढिलो हुन लागेको छ । ढुङाहरू कसैले खान सक्दैनन त्यसलाई छिन्काएर फ्याक्नै पर्छ । घरको आँगनमा भतेर खान आएकाहरू, पछाडिको लाइनमा कनिका र बियाँको जाँड पिएर अलिअली मातेको स्वाङ पारिरहेका छन् । सबैभन्दा अगाडीको लाइनमा बसेका केही भुपु संगठनहरू यतिबेला चामलको भातिजाँड पी इ रहेकाछन । पेन्सन पाउने आशामा रहेका भुपु गोरखालीहरू तिनीहरूलाई हेर्दै थुक निलिरहेकाछन । चामलका धेरै बोराहरू नाइकेहरूले आफ्नो घरको दराजमा लगेर चाबी लगाई सकेका छन् । धान रोप्नको लागि आर्थिक सहयोग मांग्ने संगठनहरुलाइ कसैले दुई तिन्, महिनाको पेन्सन दिएका थिए । पेन्सन नहुनेहरूले सुंगुर्, खसी बेचेर धान रोप्नको लागि पैसा दिएका थिए । उसो त बेलायतले पनि धान रोप्नको लागि एक मिलियन पाउण्डको हाराहारिमा पैसा दिएका थिए भन्ने सुनिन्छ । बेलायतले दिएको पाउण्ड कति थियो भनेर पेन्सन पाउने आशामा रहेका भुपु गोरखाहरूले सुइँको सम्म पाएनन । यतिबेला कसैकसैले थाहा पाएका छन तर समय ढिलो हुनलागेको छ ।

प्रसंग जोडौं गोरखा आन्दोलनमा, सत्यको आग्रह (सत्याग्रह) नै किन रोजे संयुक्त संघर्ष समितिले ? यो आन्दोलनको मुद्दाले धेरै भन्दा धेरै मारमा परेका गोरखालीहरूको पीडालाई समेट्छ वा समेट्न सक्दैन ? कुनै पनि गोरखा संगठनको एडिक सदस्य नभ इ स्वच्छ र निस्वार्थी भ इ आफैले आफैलाई अख्तियारी गर्दै गम्भीर भएर सोचौं । सत्याग्रहले उठाएको पाँच सुत्रिय माँगहरू आजको आवश्यकता हो की होईन वा कतिको जायज छन् त ?? कसैले जायज छैनन्, बेठिक हो भन्छन् भने पनि उसको ब्यक्तिगत स्वतन्त्रता हो । तर् उ दासत्वको जाँतो बाट मुक्त हुन चाहंदैनन भनि बुझ्नु पर्दछ । त्यो उसको स्वसामन्तवादी सोच हो र उसको अधिकार पनि हो । सत्याग्रह आन्दोलन शुरु गर्न अगाडी र शुरुगरिसकेपछी पनि सबै गोरखालीका संगठनहरूलाई एक हुनको लागि आबहान गरिएको थियो तर एक हुन त कता हो कता सत्याग्रह आन्दोलनको बारेका बिभिन्न प्रकारका अवास्तविक्, गैर जिम्मेवारी पूर्ण र तथ्यहिन अभिब्यक्तिहरू नेपाल् देखि बेलायतसम्म, बेलायत देखि नेपाल् सम्म छरपस्टाउन थाले । छरपस्टाउने अरु कोहि नभएर त्यहिं गोरखाली संगठनहरू हुन । सबै गोरखाली संगठनहरुका सदस्य नभ इ गोरखालिमात्र भ इ छातीमा हात् राखेर सात पुस्ता भाकेर सबैले यति बेला बोल्नु पर्ने भएको छ । सत्याग्रहको मांग कतिको जायज छ वा छैन् भनि पहिला बुझ्न सके राम्रो हुन सक्छ । घान्द्रुककी गुरुङ्सेनीले भेडाको उन काटी चर्खाले बाटेर राढी बुनी जाडोमा बिछ्याए जस्तै सबै गोरखालीहरू यतिबेला हातमा हात्, साथमा साथ् कुमकुम जोडेर एक हुनको कुनै बिकल्प छैन् । यो आजको आवश्यकता हो तर त्यसको संभावना देखिंदैन । किन देखिंदैन त ? गोरखाली संगठनहरुलाइ एकता गर्ने प्रयासहरू धेरै पटक भएका थिए तर एकता हुन सकेनन । कुन् संगठन र कुनकुन ब्यक्तिहरूको कारणले एकता हुन सकेनन त ? पत्रकार रबिन्द्र मिश्रको वाक्यांसलाई सापट लिंदै लेख्न चाहन्छु "त्यो संगठन र ब्यक्तिहरूलाई किरा परोस्" ।

आज भन्दा करिब एक बर्ष अगाडी बजारमा एउटा हल्ला चल्यो । १८ वर्ष भन्दा माथिका गोर्खालिहरुका सबै छोराछोरीहरू बेलायत आउन पाउने भयो भनेर । वास्तवमा त्यो एउटा सरासर झुट हल्ला चलाएका थिए । गोरखालिहरुलाइ ऐतिहाशिक अन्याय भएको छ र परिवारसंग संगै बस्न पाउने अधिकारको हनन भएको छ मात्र भनिएको थियो । किन ऐतिहाशिक अन्याय भयो ? कस्तो न्याय दिनु पर्छ भन्ने उल्लेख गरिएको छैन् । गोरखालीहरूलाई परिवार्संगसंगै बस्न दिनु पर्छ भन्ने वाक्यांसमा उल्लेख गरिएको छैन् । एक्सेप्शनल केसमा भने १८ वर्ष भन्दा माथिका गोरखालिका छोराछोरीहरू सन् २००९ देखि नै बेलायतमा इन्डिभिजुयल आइरहेकाछन । जुन संगठन र ब्यक्तिहरूले निराधार्, तथ्यहिन हल्ला चलायो फेरि पनि पत्रकार रबिन्द्र मिश्रकै शब्दमा त्यो संगठन र ब्यक्तिहरूलाई किरा परोस ।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले पाँच सुत्रिय मांग भित्र के-के राखेका छन् त ?

१ . पेन्सन गएको मितिदेखी गोरा सिपाहिं बराबर सर्भिस अनुसारको सम्मान पेन्सन पाउनु पर्ने ।
२ . मलेशियाको लडाँइ पछि (२००-३५०) पाउन्ड दिएर खालिहात नेपाल् पठाइएकाहरूले गोरा बराबर क्षेतिपुर्ती र पेन्सन पाउनु पर्ने ।
३ . १८ वर्ष माथि उमेर् भएका गोरखालीका छोराछोरीहरूले बेलायतको आवाशिय भिसा पाउनु पर्ने ।
४ . भुपु बेलायती सेनाहरूले बेलायतमा जसरी निशुल्क स्वस्थ उपचार पाइरहेका छन् त्यसरी नै नेपालमा बसोबास गरिरहेका गोरखालीहरूलाई निशुल्क स्वस्थ उपचारको ब्यवस्था गरिनु पर्छ ।
५ . श्रीमानको मृत्‍यु भएपछि पेन्सन पाउन छाडेका एकल बिधुयी महिलालाई बेलायती बिधुयी महिला सोसरह व्यबहार गरिनु पर्ने ।

यस्ता माँग राखी गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले २४ अप्रिल सन् २०१३ देखि आन्दोलनको शुरुआत गरेका थिए । माथी उल्लेखित मागहरू सबै गोरखालिहरुका मुद्दालाई समेट्न सक्छ भनि बुझ्न सकिन्छ । त्यसमा कुनै मागहरू छुटेका छन् भने त्यो पनि खुल्ला रहेको जानकारिमा आएको छ ।

ज्ञानराज राई १५ दिन सम्म पानीमात्र पिएर आमरण अन्सनमा बसेका थिए । जो कोहि ब्यक्तिले यस्ता खालको आट गर्न सक्दैनन । बाउबाजेले खनेको बाटोमा हिंड्दै आयौं हामीहरू तर जसले बाटो खने उनिहरु त्यो बाटोमा हिंड्न पाएनन । धेरै जसो त आफूले खनेको बाटोमा एक पाइला सम्म नटेकी यस धरतीलाई छाडेर गैसकेका छन तर बाँचेकाहरूले एक पाइला भए पनि टेक्न पाउनु पर्छ भन्ने सत्याग्रहको मान्यता अनुसार् एउटा भुपु गोरखा ज्ञानराज राई अन्यायमा परेका गोरखालीहरूलाई अधिकार दिलाउनको लागि मर्न तयार भ इ आमरण अन्सन बसेका समयमा कुनै गोरखाली संगठनका नेताहरू रोधिघरमा सुरापनको साथमा कम्बर मर्काइ रहेका थिए । यो कतिको मानविय कार्य हो ? यो कतिको जायज हो ? एउटै गोरखाली एउटै नेपाली । कति पीडा छ यस भित्र ।

२१ नोवेम्बरको दिन बिहान १० बजे एम पी ज्याकी डोयल्स प्राइज संग गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बिच् वार्ता सम्पन्न भयो । पाच सुत्रिय मागभन्दा अझै ब्रिहद रुपमा गोर्खा सम्बन्धी सबै बिद्द्यमान र ऐतिहाशिक तथ्यहरू एबं अन्य जुनसुकै सम्स्याबारे छानबिन गरि प्रतिबेदन प्रस्तुत गर्न सर्व पक्षिय संसदिय आयोग गठन गर्ने लिखित सहमती भ इ सके पछि दिउंसो ४ बजे अभिनेत्री जोआना लुम्लीको हातबाट ज्ञानराज राईलाई जुस पिलाएर अन्सन तोडाएका थिए । अन्सन तोडाउन एम पी रब विल्सन्, एमपी विरेन्द्र सिंह लगायतका संसदहरू उपस्थित थिए । कतिलाई लाग्न सक्छ किन जोआनाले अन्सन तोडाए ? बेलायतको भिन्न संस्कार्, भिन्न सामाजिक वनावट भएको देशमा राष्ट्रका प्रमुख ब्यक्तिहरू प्रत्यक्ष उपस्थित हुदैनन् उनिहरुका प्रतिनिधिहरू मात्र उपस्थित हुने गर्दछन ।

अन्सन तोडाए पछि भुपु गोर्खा संगठनको नेत्रित्व सम्हालेका केही ब्यक्तिहरूले त्यस पछि भन्न थाले, "ज्ञानराज राईलाई रातिराती जुस र बिस्कुटहरू एमोडी खुवाउथे" । बेलायत नेपाल् होईन भन्ने कुरो आदरणिय गोरखालिका नेताहरूलाई हेक्का हुनु पर्छ । अन्सन बसिएको ठाँउ कस्तो थियो, त्यो तपाँइहरूले बुझ्नु पर्छ । सर्व पक्षिय संसदिय समिति गठन भ इ सकेपछि उनिहरुले फेरि भन्न थाले हाम्रो संगठनले एमोडी संग २००९ मा नै मौखिक सहमती गरेका थिए । त्रिपक्षिय संधिमा उल्लेख भएका अक्षरसका वाक्यांसहरूलाई बेलायतले पालना नगरेको कारण गोरखालीहरू भेदभावको शिकार भएर बाँच्नु पेरिरहेको छ भने मौखिक सहमतीले २१ सौं शताव्दिमा कस्तो अर्थ रख्दछ ?? सर्व पक्षिय संसदिय समितिका अध्यक्ष जेकी डोयल्स प्राइजसंग गोरखा सत्याग्रह संघर्ष समितिको लिखित वार्ता भए पछि मात्र उनिहरु यस्ता खुलासा गर्न थाले । किन पाच वर्ष अगाडी भएको मौखिक सहमतीलाई बाहिर मिडियाहरुमा ल्याउन चाहेनन ?? सबै मांग पूरा गर्ने सहमती भएको थियो भने किन एमोडि, प्रधानमन्त्रिले त्यो कुरा अन्सनमा बसेका ब्यक्ति र संघर्ष समितिलाई भएनेनन ? प्रधानमन्त्रीले तीन पटक सत्याग्रह संघर्ष समितिलाई पत्राचार गरेको थियो । अन्तिम् पत्रले वार्तामा बोलाइएको छ । अप्रिल भित्रमा आन्दोलनको सुनुवाइहुने बिभिन्न पत्रपत्रिकाहरुमा समाचार आएपछि फेरि उनिहरुले भने, "एप्रिल भित्रमा उनको संगठन र एमोडी बिच् मौखिक सहमती भएको थियो । मौखिक भ्रुण कहाँ बाचेको हुन्छ महोदय् ??? यस्ता नैतीक बिहिन तथ्यहिन भनाइहरू बाहिर आउनु कतिको जाय? मेरो ब्यक्तिगत बिचारमा यो निभ्ने बेलाको दियो जस्तै हो । सत्याग्रहाको पाच सुत्रिय माग उनी र उनको संगठनले पहिले नै एमोडीसंग मौखिक् रुपमा सहमति गरेको थियो भने किन ज्ञानराज राईलाई तपाँइ मर्न पर्दैन हामीले पहिले नै मौखिक सहमती गरेका छौं उठ तिमी नेपालि, हामि नेपालि, तिमी गोरखा, हामि गोरखा भन्न सकेनन ?? पहिले नै यो माँग राखेको हो भने किन अहिले दिनहुं सभासमारोह, पत्रकार सम्मेलन र प्रेस बिज्ञाप्ती निकाल्दै बिरोध गर्नु ? ऐक्यबद्ध जनाए भ इ हाल्यो नी । तर किन ऐक्यबद्ध जनाउदैन त यो एउटा गम्भिर् रुपमा सोच्नु पर्ने भएको छ ।

सत्याग्रह संयुक्त संघर्ष समितिले बाहेक आजको दिनसम्म कुनै संगठनले माथी उल्लिखित पाच सुत्रिय मागहरू कुनै पनि ठाउ र कुनै पनि बेलायतको निकायहरुमा राखेका छैनन् भन्ने बुझ्न सकिन्छ । यतिबेला सम्पुर्ण गोरखालीहरूले वास्त्विक वा अवास्तविक के हो छुट्याउने जिम्मा तपाईंको इजलासले गर्नुपर्ने भएकोछ । आफ्नो लागि आफै लड्नुपर्ने भएकोछ । फेरिपनी गोरखालीको बिरोध गर्ने गोरखालीहरूलाई र एकता हुन मननपराउने बिरोध गरेर श्रीपेच लगाउन पाईन्छ भन्ने सोच राख्ने गोरखा संगठनहरुलाइ पत्रकार रबिन्द्र मिश्रको वाक्यांसलाई फेरिपनी सापट लिंदै लेख्न चाहन्छु "त्यो संगठन र ब्यक्तिहरूलाई किरा लागोस्" ।

गजलकार मिजासको शब्दबाट टुंग्याउन चाहन्छु

कुरो नबुझी बोल्नु हुन्न साथी

आफ्नो खुट्टा आ

काङ्माङ नरेश राई बेलायत