Pages

गोरखा सत्याग्रहको आन्दोलन भ्रम र वास्तविकता...:-Dil Kumar Lawoti


२०० वर्ष अघिदेखि गोरखालीहरूको लागि ज्यानको आहुती दिंदै आइरहेको छ । ६० हजारको हाराहारिमा गोरखालीहरुले विरगती पाए र नगन्य व्यक्तिहरू बिद्धुवी भ इन । सयौंको संख्यामा इटालि, बर्मा, फीजी जस्ता देशहरुमा बिस्थापित हुन पुगे । न्याय पाउनको लागि धेरै गोरखाली संगठनहरूले आन्दोलन गरे र आन्दोलनले केही उपलब्धी हाँसिल् पनि गरिसकेको छ । उनिहरुको आ-आफ्नै ठाउँबाट योगदानहरू दिएकाछन । गोरखा आन्दोलनका अभियन्तहरूलाई हामीले धन्यवाद नदिरहन सक्दैनौं । भेदभावको ठुलो मारमा परेकाहरूलाई आन्दोलनले न्याय दिलाउन सके की सकेनन एक पटक गम्भिर् भएर सोच्नु पर्ने भएको छ ।
यो बेला हामीले ढिकिमा कुटेको धानलाई नाङ्लोमा लगाएर चाल्नु पर्ने भएको छ । चामल कति ? बियाँ कति ? कनिका कति र ढुङाहरू कति छन् छुट्याउनु पर्ने बेला आएको छ । समय ढिलो हुन लागेको छ । ढुङाहरू कसैले खान सक्दैनन त्यसलाई छिन्काएर फ्याक्नै पर्छ । घरको आँगनमा भतेर खान आएकाहरू, पछाडिको लाइनमा कनिका र बियाँको जाँड पिएर अलिअली मातेको स्वाङ पारिरहेका छन् । सबैभन्दा अगाडीको लाइनमा बसेका केही भुपु संगठनहरू यतिबेला चामलको भातिजाँड पी इ रहेकाछन । पेन्सन पाउने आशामा रहेका भुपु गोरखालीहरू तिनीहरूलाई हेर्दै थुक निलिरहेकाछन । चामलका धेरै बोराहरू नाइकेहरूले आफ्नो घरको दराजमा लगेर चाबी लगाई सकेका छन् । धान रोप्नको लागि आर्थिक सहयोग मांग्ने संगठनहरुलाइ कसैले दुई तिन्, महिनाको पेन्सन दिएका थिए । पेन्सन नहुनेहरूले सुंगुर्, खसी बेचेर धान रोप्नको लागि पैसा दिएका थिए । उसो त बेलायतले पनि धान रोप्नको लागि एक मिलियन पाउण्डको हाराहारिमा पैसा दिएका थिए भन्ने सुनिन्छ । बेलायतले दिएको पाउण्ड कति थियो भनेर पेन्सन पाउने आशामा रहेका भुपु गोरखाहरूले सुइँको सम्म पाएनन । यतिबेला कसैकसैले थाहा पाएका छन तर समय ढिलो हुनलागेको छ ।

प्रसंग जोडौं गोरखा आन्दोलनमा, सत्यको आग्रह (सत्याग्रह) नै किन रोजे संयुक्त संघर्ष समितिले ? यो आन्दोलनको मुद्दाले धेरै भन्दा धेरै मारमा परेका गोरखालीहरूको पीडालाई समेट्छ वा समेट्न सक्दैन ? कुनै पनि गोरखा संगठनको एडिक सदस्य नभ इ स्वच्छ र निस्वार्थी भ इ आफैले आफैलाई अख्तियारी गर्दै गम्भीर भएर सोचौं । सत्याग्रहले उठाएको पाँच सुत्रिय माँगहरू आजको आवश्यकता हो की होईन वा कतिको जायज छन् त ?? कसैले जायज छैनन्, बेठिक हो भन्छन् भने पनि उसको ब्यक्तिगत स्वतन्त्रता हो । तर् उ दासत्वको जाँतो बाट मुक्त हुन चाहंदैनन भनि बुझ्नु पर्दछ । त्यो उसको स्वसामन्तवादी सोच हो र उसको अधिकार पनि हो । सत्याग्रह आन्दोलन शुरु गर्न अगाडी र शुरुगरिसकेपछी पनि सबै गोरखालीका संगठनहरूलाई एक हुनको लागि आबहान गरिएको थियो तर एक हुन त कता हो कता सत्याग्रह आन्दोलनको बारेका बिभिन्न प्रकारका अवास्तविक्, गैर जिम्मेवारी पूर्ण र तथ्यहिन अभिब्यक्तिहरू नेपाल् देखि बेलायतसम्म, बेलायत देखि नेपाल् सम्म छरपस्टाउन थाले । छरपस्टाउने अरु कोहि नभएर त्यहिं गोरखाली संगठनहरू हुन । सबै गोरखाली संगठनहरुका सदस्य नभ इ गोरखालिमात्र भ इ छातीमा हात् राखेर सात पुस्ता भाकेर सबैले यति बेला बोल्नु पर्ने भएको छ । सत्याग्रहको मांग कतिको जायज छ वा छैन् भनि पहिला बुझ्न सके राम्रो हुन सक्छ । घान्द्रुककी गुरुङ्सेनीले भेडाको उन काटी चर्खाले बाटेर राढी बुनी जाडोमा बिछ्याए जस्तै सबै गोरखालीहरू यतिबेला हातमा हात्, साथमा साथ् कुमकुम जोडेर एक हुनको कुनै बिकल्प छैन् । यो आजको आवश्यकता हो तर त्यसको संभावना देखिंदैन । किन देखिंदैन त ? गोरखाली संगठनहरुलाइ एकता गर्ने प्रयासहरू धेरै पटक भएका थिए तर एकता हुन सकेनन । कुन् संगठन र कुनकुन ब्यक्तिहरूको कारणले एकता हुन सकेनन त ? पत्रकार रबिन्द्र मिश्रको वाक्यांसलाई सापट लिंदै लेख्न चाहन्छु "त्यो संगठन र ब्यक्तिहरूलाई किरा परोस्" ।

आज भन्दा करिब एक बर्ष अगाडी बजारमा एउटा हल्ला चल्यो । १८ वर्ष भन्दा माथिका गोर्खालिहरुका सबै छोराछोरीहरू बेलायत आउन पाउने भयो भनेर । वास्तवमा त्यो एउटा सरासर झुट हल्ला चलाएका थिए । गोरखालिहरुलाइ ऐतिहाशिक अन्याय भएको छ र परिवारसंग संगै बस्न पाउने अधिकारको हनन भएको छ मात्र भनिएको थियो । किन ऐतिहाशिक अन्याय भयो ? कस्तो न्याय दिनु पर्छ भन्ने उल्लेख गरिएको छैन् । गोरखालीहरूलाई परिवार्संगसंगै बस्न दिनु पर्छ भन्ने वाक्यांसमा उल्लेख गरिएको छैन् । एक्सेप्शनल केसमा भने १८ वर्ष भन्दा माथिका गोरखालिका छोराछोरीहरू सन् २००९ देखि नै बेलायतमा इन्डिभिजुयल आइरहेकाछन । जुन संगठन र ब्यक्तिहरूले निराधार्, तथ्यहिन हल्ला चलायो फेरि पनि पत्रकार रबिन्द्र मिश्रकै शब्दमा त्यो संगठन र ब्यक्तिहरूलाई किरा परोस ।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले पाँच सुत्रिय मांग भित्र के-के राखेका छन् त ?

१ . पेन्सन गएको मितिदेखी गोरा सिपाहिं बराबर सर्भिस अनुसारको सम्मान पेन्सन पाउनु पर्ने ।
२ . मलेशियाको लडाँइ पछि (२००-३५०) पाउन्ड दिएर खालिहात नेपाल् पठाइएकाहरूले गोरा बराबर क्षेतिपुर्ती र पेन्सन पाउनु पर्ने ।
३ . १८ वर्ष माथि उमेर् भएका गोरखालीका छोराछोरीहरूले बेलायतको आवाशिय भिसा पाउनु पर्ने ।
४ . भुपु बेलायती सेनाहरूले बेलायतमा जसरी निशुल्क स्वस्थ उपचार पाइरहेका छन् त्यसरी नै नेपालमा बसोबास गरिरहेका गोरखालीहरूलाई निशुल्क स्वस्थ उपचारको ब्यवस्था गरिनु पर्छ ।
५ . श्रीमानको मृत्‍यु भएपछि पेन्सन पाउन छाडेका एकल बिधुयी महिलालाई बेलायती बिधुयी महिला सोसरह व्यबहार गरिनु पर्ने ।

यस्ता माँग राखी गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले २४ अप्रिल सन् २०१३ देखि आन्दोलनको शुरुआत गरेका थिए । माथी उल्लेखित मागहरू सबै गोरखालिहरुका मुद्दालाई समेट्न सक्छ भनि बुझ्न सकिन्छ । त्यसमा कुनै मागहरू छुटेका छन् भने त्यो पनि खुल्ला रहेको जानकारिमा आएको छ ।

ज्ञानराज राई १५ दिन सम्म पानीमात्र पिएर आमरण अन्सनमा बसेका थिए । जो कोहि ब्यक्तिले यस्ता खालको आट गर्न सक्दैनन । बाउबाजेले खनेको बाटोमा हिंड्दै आयौं हामीहरू तर जसले बाटो खने उनिहरु त्यो बाटोमा हिंड्न पाएनन । धेरै जसो त आफूले खनेको बाटोमा एक पाइला सम्म नटेकी यस धरतीलाई छाडेर गैसकेका छन तर बाँचेकाहरूले एक पाइला भए पनि टेक्न पाउनु पर्छ भन्ने सत्याग्रहको मान्यता अनुसार् एउटा भुपु गोरखा ज्ञानराज राई अन्यायमा परेका गोरखालीहरूलाई अधिकार दिलाउनको लागि मर्न तयार भ इ आमरण अन्सन बसेका समयमा कुनै गोरखाली संगठनका नेताहरू रोधिघरमा सुरापनको साथमा कम्बर मर्काइ रहेका थिए । यो कतिको मानविय कार्य हो ? यो कतिको जायज हो ? एउटै गोरखाली एउटै नेपाली । कति पीडा छ यस भित्र ।

२१ नोवेम्बरको दिन बिहान १० बजे एम पी ज्याकी डोयल्स प्राइज संग गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बिच् वार्ता सम्पन्न भयो । पाच सुत्रिय मागभन्दा अझै ब्रिहद रुपमा गोर्खा सम्बन्धी सबै बिद्द्यमान र ऐतिहाशिक तथ्यहरू एबं अन्य जुनसुकै सम्स्याबारे छानबिन गरि प्रतिबेदन प्रस्तुत गर्न सर्व पक्षिय संसदिय आयोग गठन गर्ने लिखित सहमती भ इ सके पछि दिउंसो ४ बजे अभिनेत्री जोआना लुम्लीको हातबाट ज्ञानराज राईलाई जुस पिलाएर अन्सन तोडाएका थिए । अन्सन तोडाउन एम पी रब विल्सन्, एमपी विरेन्द्र सिंह लगायतका संसदहरू उपस्थित थिए । कतिलाई लाग्न सक्छ किन जोआनाले अन्सन तोडाए ? बेलायतको भिन्न संस्कार्, भिन्न सामाजिक वनावट भएको देशमा राष्ट्रका प्रमुख ब्यक्तिहरू प्रत्यक्ष उपस्थित हुदैनन् उनिहरुका प्रतिनिधिहरू मात्र उपस्थित हुने गर्दछन ।

अन्सन तोडाए पछि भुपु गोर्खा संगठनको नेत्रित्व सम्हालेका केही ब्यक्तिहरूले त्यस पछि भन्न थाले, "ज्ञानराज राईलाई रातिराती जुस र बिस्कुटहरू एमोडी खुवाउथे" । बेलायत नेपाल् होईन भन्ने कुरो आदरणिय गोरखालिका नेताहरूलाई हेक्का हुनु पर्छ । अन्सन बसिएको ठाँउ कस्तो थियो, त्यो तपाँइहरूले बुझ्नु पर्छ । सर्व पक्षिय संसदिय समिति गठन भ इ सकेपछि उनिहरुले फेरि भन्न थाले हाम्रो संगठनले एमोडी संग २००९ मा नै मौखिक सहमती गरेका थिए । त्रिपक्षिय संधिमा उल्लेख भएका अक्षरसका वाक्यांसहरूलाई बेलायतले पालना नगरेको कारण गोरखालीहरू भेदभावको शिकार भएर बाँच्नु पेरिरहेको छ भने मौखिक सहमतीले २१ सौं शताव्दिमा कस्तो अर्थ रख्दछ ?? सर्व पक्षिय संसदिय समितिका अध्यक्ष जेकी डोयल्स प्राइजसंग गोरखा सत्याग्रह संघर्ष समितिको लिखित वार्ता भए पछि मात्र उनिहरु यस्ता खुलासा गर्न थाले । किन पाच वर्ष अगाडी भएको मौखिक सहमतीलाई बाहिर मिडियाहरुमा ल्याउन चाहेनन ?? सबै मांग पूरा गर्ने सहमती भएको थियो भने किन एमोडि, प्रधानमन्त्रिले त्यो कुरा अन्सनमा बसेका ब्यक्ति र संघर्ष समितिलाई भएनेनन ? प्रधानमन्त्रीले तीन पटक सत्याग्रह संघर्ष समितिलाई पत्राचार गरेको थियो । अन्तिम् पत्रले वार्तामा बोलाइएको छ । अप्रिल भित्रमा आन्दोलनको सुनुवाइहुने बिभिन्न पत्रपत्रिकाहरुमा समाचार आएपछि फेरि उनिहरुले भने, "एप्रिल भित्रमा उनको संगठन र एमोडी बिच् मौखिक सहमती भएको थियो । मौखिक भ्रुण कहाँ बाचेको हुन्छ महोदय् ??? यस्ता नैतीक बिहिन तथ्यहिन भनाइहरू बाहिर आउनु कतिको जाय? मेरो ब्यक्तिगत बिचारमा यो निभ्ने बेलाको दियो जस्तै हो । सत्याग्रहाको पाच सुत्रिय माग उनी र उनको संगठनले पहिले नै एमोडीसंग मौखिक् रुपमा सहमति गरेको थियो भने किन ज्ञानराज राईलाई तपाँइ मर्न पर्दैन हामीले पहिले नै मौखिक सहमती गरेका छौं उठ तिमी नेपालि, हामि नेपालि, तिमी गोरखा, हामि गोरखा भन्न सकेनन ?? पहिले नै यो माँग राखेको हो भने किन अहिले दिनहुं सभासमारोह, पत्रकार सम्मेलन र प्रेस बिज्ञाप्ती निकाल्दै बिरोध गर्नु ? ऐक्यबद्ध जनाए भ इ हाल्यो नी । तर किन ऐक्यबद्ध जनाउदैन त यो एउटा गम्भिर् रुपमा सोच्नु पर्ने भएको छ ।

सत्याग्रह संयुक्त संघर्ष समितिले बाहेक आजको दिनसम्म कुनै संगठनले माथी उल्लिखित पाच सुत्रिय मागहरू कुनै पनि ठाउ र कुनै पनि बेलायतको निकायहरुमा राखेका छैनन् भन्ने बुझ्न सकिन्छ । यतिबेला सम्पुर्ण गोरखालीहरूले वास्त्विक वा अवास्तविक के हो छुट्याउने जिम्मा तपाईंको इजलासले गर्नुपर्ने भएकोछ । आफ्नो लागि आफै लड्नुपर्ने भएकोछ । फेरिपनी गोरखालीको बिरोध गर्ने गोरखालीहरूलाई र एकता हुन मननपराउने बिरोध गरेर श्रीपेच लगाउन पाईन्छ भन्ने सोच राख्ने गोरखा संगठनहरुलाइ पत्रकार रबिन्द्र मिश्रको वाक्यांसलाई फेरिपनी सापट लिंदै लेख्न चाहन्छु "त्यो संगठन र ब्यक्तिहरूलाई किरा लागोस्" ।

गजलकार मिजासको शब्दबाट टुंग्याउन चाहन्छु

कुरो नबुझी बोल्नु हुन्न साथी

आफ्नो खुट्टा आ

काङ्माङ नरेश राई बेलायत