Pages

लिम्बुवान प्राप्ति, संघर्ष र एकता :- Muksham Labung


मेरो विचार , - टिका खवाहाङ्
----------------------------------

लिम्बुवान प्राप्ति कसरि सम्भब छ ? 
अहिले पुरै विश्व बदलिने अबस्थामा अघि बढिरहेको छ ! पुरातन जातिवादी , नस्लाबादी , धार्मिक अतिबादी , क्षेत्रीय उत्पीडनबादी , विश्व साम्राज्यबादी तथा निरंकुस तानाशाही हैकबादी , सामन्ती एकात्मकबादी , एकल जातीय केन्द्रिकृत सर्बसत्ताबादीहरुले सिर्जना गरेको उत्पीडन , शोषण , दमन , उपनिबेशिकरण तथा दासिकरणको माखे साङ्ग्लोलाई तोडेर हरेक व्यक्ति , समाज , राष्ट्र र अन्तराष्ट्र जगत नया समता मुलक , समाबेसी , सहअस्तित्वको आधारमा सबैको पहिचान , अस्तित्व , अस्मितालाई बचाउदै प्रजातान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्न जोरजुलुमले संघर्षको बिगुल फुकिरहेको अवस्था हो यो ! यहि क्रम संगै लिम्बुवान पनि एक ऐतिहासिक जाति/राष्ट्रको दर्बिलो आधार भएको भूगोल संगै मनोविज्ञान भएको हुनाले लिम्बुवान प्राप्ति निश्चित छ ! लिम्बुवान प्राप्ति सम्भब छ ! षडयन्त्रकारी हरुले गर्ने गरेका षडयन्त्र र भ्रमहरु पनि दिन दिने पर्दाफास हुदैछन ! अब यिनीहरु चाडै नाङ्गेझार हुनेछन !

लिम्बुवान प्राप्तिको संघर्ष :-
गोरखाको खुनी सामन्ती राज्य विस्तार संग संगै लिम्बुवानले आफ्नो ऐतिहासिक गौरबलाई बचाउन र पुनर स्थापित गर्न विभिन्न चरणहरुमा विभिन्न किसिमको संघर्षहरु गर्दै आएको छ ! पृथ्बी नारायण शाहको छोराको पाला देखिको बिद्रोह होस् वा जहानिय राणाकालीन बिद्रोह ! त्यस्तै पंचायत कालिन संघर्ष देखि २०४६ र २०६२/६३ सम्म आई पुग्दा संघर्षका रुप र शक्ति शसक्तिकरण झन् झन् शसक्त र मजबुद हुदै आईरहेको छ ! यी संघर्षका इतिहासमा सबै शक्ति र संगठन हरुको आ आफ्नै किसिमको महत्वपूर्ण भूमिका रहदै आएको कुरालाई कसैले नकार्न सक्ने छैन ! यति भन्दा भन्दै पनि नेपालमा युग क्रान्ति गणतन्त्र प्राप्ति पश्चात बिशुद्ध लिम्बुवान प्राप्ति आन्दोलनको अग्रणी भूमिका संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सबै भन्दा ससक्त रुपले निभाउदै आएको सबैको सामु छर्लंग छ ! यसको मतलब अरुको भूमिका नै छैन भन्न खोजिएको चाही हुदै होइन ! सबैले आ आफ्नो संगठन , शक्ति र पहुच अनुसार संघर्ष गरिदै आएको बिबिदै छ ! तर अब यहि यथास्थिति अनुसारको संगठन , शक्ति , नीति र संघर्षले मात्र लिम्बुवान यथा सम्भब चाडो प्राप्त कठिन हुनेछ ! अब सोच , नीति , रणनीति , संगठन र शक्ति संचयमा ब्यापकता ल्याउन समय सापेक्ष कदम चल्न अति आबस्यक छ ; जसले सच्चि कै समग्र लिम्बुवानको प्रतिनिधित्व गरोस र आन्दोलनमा सबैको समुहिकताको आभास गुन्जियोस ! अनि क्रान्ति होस् !

एकता किन आबस्यक छ ?
देस , परिस्थिति , काल र संगठनको मजबुदी संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति सन्तुलन आदिको कारण बिगत देखि हाल सम्म भएका , गरिएका लिम्बुवान प्राप्ति आन्दोलन , बिद्रोहले सफलता पाउनु वा नपाउनुमा आ आफ्नै सामरिक महत्व होलान ! जे जस्तै भए पनि विगतले लिम्बुवान प्राप्तिको लागि दर्बिलो जग बसाल्ने काम गरेको छ ! तर लिम्बुवान अझै प्राप्त भैसकेको छैन भने अझै त्यहि पुरातन शैली र लघु मानसिकताको ब्यक्तिबादी बिभाजनले लिम्बुवान प्राप्ति आन्दोलनलाई सफल बनाउन सक्दैन !

" २१ औ सताब्दीको क्रान्तिको सफलता, हुन्छ जहाँ व्यापक जन सहभागिता " भन्ने मूल मन्त्र सहित " आजको आबस्यकता , लिम्बुवानी एकता " हुनु जरुरि छ ! कुनै पनि पार्टी , नेतृत्व , नेताहरुले व्यक्तिगत स्वार्थ , अहमता , घमण्ड र संकुचित म र मेरो भन्ने भावना बाट माथि उठेर समग्रतालाई प्रोत्साहन हुने हामी र हाम्रो भन्ने किसिमको भावना र धारणा आउन वा जगाउन जरुरि छ ! केहि अपुष्ट खबर अनुसार कुमार Lingden , संजुहांग पालुन्ग्वा , बिर नेम्बाङ्ग र रामभक्त कुरुम्बाङ्गहरुले नेतृत्व गरेको पार्टीहरु बीच एकीकरण गर्ने पहल हुदैछ भन्ने सुन्नमा आएको छ ! यदि यो समाचार सत्य हो भने लिम्बुवान आन्दोलनको लागि कोशे डुंगा नै साबित हुनेछ ! बिना एकता र एकीकृत शक्ति बिना सफल हुन सकिदैन भन्ने कुरा बिगतका अभ्यासले पुष्टि गरिसकेको छ ! यसरि एकीकरण गर्ने पहल कदमी गरिदा लिम्बुवानजन्य सबै शक्तिलाई एकत्रित गरिनु पर्दछ ! तर यहाँ कमल छाराहाङ्ग र छबि सम्बाहाङ्फे ले नेतृत्व गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीलाई सम्पूर्ण लिम्बुवानको एकीकृत शक्ति बनाउदै गर्दा एकीकरणमा समाहित नगर्ने हो भने फेरि यो एकता अधुरो हुनेछ साथै त्यो एकता क्षेत्रियाबाद तिर उन्मुख भएको देखिने छ ! यस्तो भयो भने फेदेन वरिपरिको मात्र प्रतिनिधित्व भए झैँ देखिने छ ! तमोर पश्चिम लाई अबहेलना गरिएको जस्तो देखिने छ ! यदि तमोर पश्चिमलाई अर्थपूर्ण रुपमा बाईपास गर्ने हो भने अरुण पूर्व नौ जिल्ला लिम्बुवान भनेर दिनरात राग अलाप्नुको औचित्य हुने छैन !

यो संगिन घडीमा कसले कति गर्यो वा कसले गरेन भनेर दामाशाहिमा भागबन्डा गर्ने समय नभई सबै रिसराग , आग्रह पुर्बग्रह , घमण्ड र व्यक्तिगत स्वार्थ त्यागेर एक एक औष , टुक्रा मिलेर , मिलाएर लिम्बुवानको गतिलो शक्ति निर्माण गर्ने समय हो ! बेला हो ! अहिलेको लिम्बुवानको मुलधारको मंच सम्बद्ध स लि रा परिषद नै हो ! मुलधार शक्ति हुनुको नाताले अरु शक्तिलाई एकत्रित गर्ने जिम्मेवारी पनि मंच सम्बद्ध कै हो ! यसर्थ यो पवन कार्यको लागि मंच सम्बद्धाले हदै सम्म लचिलो भएर सबैलाई एकतामा ल्याउने पहलकदमी लिनु पर्दछ ! यहि २०७० साल पुस १२, १३ र १४ गत्ते हुन गैरहेको केन्द्रिय कमिटिको बैठकमा यी कुराहरुको सम्बन्धमा पनि कुराहरु उठाउन हुन प्रबास कार्य समितिका साथीहरु , केन्द्रिय कमिटिका साथीहरुलाई यहि सामाजिक समाचारको मध्यम बाट मेरो सल्लाह , सुझाब अनि आग्रह सुचित गरेको बिनम्र आग्रह गर्दछु ! अन्त्यमा बैठक उपलब्धि मुलक बन्न सकोस भन्ने अग्रिम सुभकामना !
जय लिम्बुवान