लिम्बुवानी आन्दोलन मा लागिपरेका नेता कार्यकर्ताहरु ,त्यसमा पनि युबा नेता ,कार्यकर्ता हरुलाई आर्थिक रुपमा स्वाबलम्बी ,आत्मानिर्भर बनाउन अभियान संचालन गर्ने बारे यस पल्ट दमक मा सम्पन्न मन्च सम्द्ब संघीय लिम्बुवान राज्य परिसद को केन्द्रीय मिटिंग मा लामो छलफल भएको छ |
देशमा मा नै रहेर आफु बाच्दै आफ्नो परिवारलाइ बचाउदै संघीय लिम्बुवानी आन्दोलन मा सरिक हुने एउटा पुस्ता नै तयार गर्नु पर्ने निचोड निस्किएको छ |
भ्रस्ट्राचार ले गाजेको ,सत्ता र बन्दुक को बलले सम्पूर्ण पुजी सिमित व्यक्तिको हातमा केन्द्रित गरिएको ,एकात्मक र बिश्वको दोस्रो गरिब देश नेपाल मा आर्थिक रुपमा स्वाबलम्बी बन्दै लिम्बुवानी आन्दोलन मा निरन्तर लागिरहने प्रण गर्नु आफैमा ठुलो चुनौती छ |
तर ,लिम्बुवानी आद्नोलन को स्थायित्व को लागि स्वरोजगार ,स्वाबलम्बी आर्थिक कार्यक्रम हरुलाई अघि बढाउनै पर्ने छ |
जय लिम्बुवान ,संघीय अभिभादन |
