Breaking News
Loading...
######

"पहिचान सहितको सँघियता आदिबासि जनजाति र मधेसिहरुलाई मात्र चहिएको हो र?" प्राय सबैले यो पहिचानबादि ग्रुप जातिबादि भयो भनेर गालि गर्न थाले यसै सन्दर्भमा केहि लेख्नन जमर्को गर्दै छु। पहिचान सहितको सँघियता र अग्रधिकार आदिबासि जनजाति र मधेसिले मात्र खोजेको होइन, यो बिशेष गरेर पछाडी परेका आम नेपालिहरुको चाहाना हो। यो प्रश्ट हुनु पर्छ र मैले यो सामाजिक सन्जालमा जति लेख लेखे कुनै जाति बिषेशलाइ दबाएर वा होच्याएर लेखेँ जस्तो लाग्दैन मैले त पहिचान बिरोधिहरुलाई लेख द्वारा झापट हानेको मात्र हो, कर्णालि र काठमाण्डौको तुलना गर्नेहरुलाई झापड हानेको हो, ओलङ्गचुङ्गगोला र धरानलाइ तुलना गर्नेहरुलाइ आँखा खोलिदियेको मात्र हो, यस्लाइ गालि ब्येइजति सम्झिनु हुन्छ भने मेरो भन्नु केहि छैन। पहिचान सहितको सँघियता र अग्रधिकार भनेको पहिचान र पहुँचको लडाँइ हो, असमान्ता लाइ समानान्तामा बदल्ने एक सुत्र हो। जस्तै, भेरि कर्णालिलाइ खस जडान प्रदेश बनाइ केहि समय सम्म यहि समुदायलाइ अग्रधिकार दिइएमा असमान्ताको खाडल पुरिन्दै जानेछ, उनिहरुको पहुँच बढ्दै जानेछ भन्ने हो। तर सामान्ति सोचाइले हेर्ने हो भने पहिचान र पहुँच दिनै हुन्दैन। एक पल्ट करर्णालिका छ्येत्रि बहुन वा पश्चिमका थारुहरुलाइ हेरौँ, उनिहरुको पहिचान र पहुँच के मा छ? यिनिहरुबारे एक पल्ट बहस चलाए हुन्न र? बिकेन्द्रिकरण केका लागि? बहस चलौँ। खालि बाहुनहरुलाइ गालि गर्यो भनेर किन रिसाउने? उनुहरुनै भन्छन ४७ सालको सम्बिधान सँसारकै उत्क्रस्ट र त्येसैमा जानु पर्छ। अरुको भन्ने बाटो छैन र? किन ४७ साल? १९१८ सावण २१ गते नै फर्के हुन्न र? सामान्ति र पेलाहा सोचाइले यो युग चल्दैन भनेर सोच्नु सक्नु पर्यो। पहिचान बादि
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment