प्रकशित मिति ०५ फाल्गुन २०७२
“लिम्बुवान पार्टीको आन्तरिक बिबादको कारणहरु बैचारिक संघर्ष मात्र नभएर पदीय र आर्थिक पक्षको साथै पार्टी संचालन गर्ने पार्टीको विधि-बिधान,प्रक्रिया तथा प्राबिधिक क्षेत्रमा भएको लाफरबाही नै हो / अहिले संघीय लिम्बुवान पार्टीमा विचार-दर्शन र सिद्धान्त भन्दा व्यक्त्ति-नेता केन्द्रित राजनीतिले ठुलो असर पुर्याएको देखिन्छ” - डम्मर लाबुङ
नेपालको पूर्व क्षेत्रमा क्रियाशील संघीय लिम्बुवान
पार्टी बिगत १० बर्ष यता देखि संघीयता, स्वायत्तता,
धर्मरिपेक्षता, स्वशासन, समावेसिता,धर्मनिपेक्षा र आत्मनिर्णयको अधिकार सहितको
संघीय संविधान निर्माणको लागि संघर्ष गरिरहेको छ / शासकीय स्वरूप र राज्य
पुनर्संरचना गर्दा ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय/राष्ट्रको पहिचान सहितको सङ्घीय
स्वायत्त लिम्बुवान राज्यको संवैधानिक सुनिश्चितता हुनुपर्ने मागका साथ सशक्त
आन्दोलन गर्दै आएको छ । यसै
सिलसिलामा पाच लिम्बुवान जन्य पार्टीहरु बीच एक-आपसमा बिबाद हुदा-हुदै पनि बहु-सङ्ख्यक
लिम्बुवानी जनता र नेता-कार्यकर्ताहरुको दबादमा अन्तत २०७१ साउन २० गतेको दिन
बुद्धिजीवीहरुले बिजयपुरको माटो छुवाएर कसम खुवाउदै,पुन: कहिले पनि नफुट्ने बाचा गरि भेडेटारमा पार्टी एकिकरणको घोषणा
गरिएको थियो / धेरै प्रयासको बाबुजुत कठिनाइले पार्टी एकता भएता पनि बिडम्बना संघीय
लिम्बुवान पार्टीमा अझै भावनात्मक एकता हुन् सकिरहेको छैन /
केन्द्रिय नेताहरु बीच भएको अन्तरिक
व्यक्तिगत स्वार्थ अनुसारको शक्ति सघर्ष र गुटबन्दीको प्रभाव तल्लो स्थरको
कार्यकर्ता र आम जन-समर्थकहरुसम्म असर देखा परेको छ / अहिले लिम्बुवान पार्टीको
आन्तरिक मुख्य विवाद र समस्याहरु मध्ये नेतृत्वको गलत र असबैधानिक गतिविधि प्रति
असन्तुष्ट तथा आक्रोस नै हो / लिम्बुवान पार्टीको आन्तरिक बिबादको कारणहरु बैचारिक
संघर्ष मात्र नभएर पदीय र आर्थिक पक्षको साथै पार्टी संचालन गर्ने पार्टीको
विधि-बिधान,प्रक्रिया तथा प्राबिधिक क्षेत्रमा भएको लाफरबाही नै हो / अहिले संघीय लिम्बुवान पार्टीमा विचार-दर्शन र
सिद्धान्त भन्दा व्यक्त्ति-नेता केन्द्रित राजनीतिले ठुलो असर पुर्याएको देखिन्छ /
अढाई सय बर्ष देखि मुलुकमा एक तर्फी लादेको एकात्मक केन्द्रिकृत एकल जातीय एकाधिकार भएको राज्य प्रणाली र सम्पूर्ण असमान तथा विभेदकारी कानूनहरुलाई पुन: निरन्तरता दिने उदेश्यले नयाँ संबिधान ल्याइएको छ / एकात्मक एकल जातीय राज्यको चार बाहुन दलीय पार्टीहरुले पुर्वको १४ ओटा जिल्लाहरुलाई समेटेर नाम बिनाको १ नम्बर प्रदेशको खाका र एकात्मक एकल बाहुन जातीय एकाधिकारको संबिधान सार्वजनिक गर्दा समेत आन्तरिक विवादमा फसेको लिम्बुवान पार्टीले आन्दोलनलाई सशक्त पार्न सकेन । पार्टीको आत्मघाती आन्तरिक विवाद तथा समस्याहरुको कारण लिम्बुवान आन्दोलन उठ्न नसकिरहेको अवस्थामा अध्यक्ष कुमार लिंङदेनले अहिलेसम्म पार्टीको आन्दोलन तथा कार्यक्रमहरुको बारेमा पार्टीमा छलफल-निर्णय तथा जानकारी नै नगरी पार्टी-संघठन र सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई बाइपास गरि एकलौटी आन्दोलनहरु निरन्तर घोषणा गर्दै आइरहेको छ / पार्टी एकिकरण पश्चात अध्यक्षले एकलौटी मनोमानी रुपमा विभिन्न दलहरुसँग मोर्चा बन्दी र सङ्युक्त्त आन्दोलन गर्दै आएको छ / लिंङदेनले एकलौटी मोर्चावन्दी गरि आन्दोलन घोषणा गरेको कार्यक्रमहरु:- प्रचण्डको संयोजक रहेको ३० दलीय मोर्चा,पद्मरत्न तुलाधार संयोजक रहेको आदिवासी-जनजातीहरुको मोर्चा, लिम्बुवान संयुक्त्त सङ्घर्ष समिति, मधेसवादी मोर्चाको संघीय गठबन्धन आदि...

विशेषगरी पार्टीको प्रकाशित दुई बिधान काण्ड
देखि नै आन्तरिक विवाद सुरु भएता पनि अध्यक्षले पार्टीमा छलफल, निर्णय र पार्टीलाई
जानकारी नै नगरी लिम्बुवान संयुक्त संघर्ष समिति र मधेसी मोर्चाको संघीय गठबन्धनमा
संघीय लिम्बुवान पार्टीलाइ एकलौटी घिसारेर गए पछि पार्टीमा आन्तरिक विवाद चुलिएको देखिन्छ
/
पार्टी एकीकरण पछि अध्यक्ष कुमार लिंङदेनलाई
सबै अधिकार दिने या नदिने भन्ने बिषयले पनि पार्टी भित्र समस्या भएको देखिन्छ / अहिले
सामुहिक नेतृत्व वा अध्यक्ष मात्र कार्यकारी अधिकार शक्ति सम्पन्न भन्ने सवालले
पनि आन्तरिक कलह सुरु भएको देखिन्छ / कुमार लिङ्देनको अडान अनुसार पार्टीको
अध्यक्ष भएको हैसियतले पार्टीको सम्पूर्ण कार्यकारी अधिकारीको शक्त्ति पार्टी
अध्यक्षमा मात्र राख्ने अडानमा देखिन्छ तर यस बिषयमा अन्य नेताहरुको असहमति रहेको
बुझ्न सकिन्छ / काठमाडौं र झापामा प्रकाशित पार्टीको
दुईओटै बिधान अर्थात पार्टीको पहिलो केन्द्रिय बैठकले पारित गरि सचिवालय बैठकले
अन्तिमरुप दिएर प्रकाशन गरि दमकमा लोकार्पण गरिएको बिधान २०७१ को धारा १७ को उपधारा
(घ) को ८ नम्बर बुदा अनुसार:- “सामुहिक नेतृत्व, सामुहिक निर्णय र व्यक्तिगत
जिम्मेवारीको आधारमा केन्द्रिय पदाधिकारी, केन्द्रिय सचिवालय र केन्द्रिय समितिलाई
संचालन गर्ने तथा पार्टीको सबै तह र तप्कालाई सोहि बमोजिम परिचालन गराउने” उल्लेख
गरिएको छ र सोहि उपधारा (घ) को ९ नम्बर बुदा अनुसार:- “पार्टीको लक्ष्य र उदेश्य
अनुरुप पार्टीलाई दिशानिर्देशन गर्न पार्टीका पदाधिकारीहरुबाट आएको बिचारलाई छलफल
गराई पारित गराउने” भनि उल्लेख गरिएको छ / धारा १८ को उपधारा (ख) को २ नम्बर बुदा
अनुसार :- “पार्टीको लक्ष्य र उदेश्यलाई केन्द्रमा राखी बिभिन्न कार्यक्रमहरु तय
गरि सचिवालय हुदै केन्द्रीय समितिबाट अनुमोदन गराउने” भनिएको छ / माथि
पार्टीको बिधानमा उल्लेख भए अनुसार पार्टी संघठन अहिलेसम्म सिद्दान्त,पद्दति तथा
प्रक्रियामा संचालन गरिएको छैन / पार्टी एकीकरणको समयमा भएको सहमति, समझौता र
बिधान तथा बिभिन्न समयमा गरिएको निर्णय-सहमतिको राजनीतिक दस्तावेजहरुको एकलौटी
उल्लघन गरि अध्यक्षले पार्टी भित्र एकात्मक निरंकुश-तानाशाही नीति अनुसार पार्टीमा
एकल निर्णय, एकल निर्देशन तथा आदेशको राजनीतिक सस्कारको विस्तार गरिरहेको देखिन्छ /
लिम्बुवान पार्टीमा आन्तरिक विवाद तथा समस्या हुदा-हुदै पनि त्यसलाई समाधान नगरी अध्यक्ष कुमार लिङ्देन लिम्बु जातिको बिशुद्द समाजिक संस्था किरात याक्थुम चुम्लुङको समन्वय तथा सहजीकरणमा गठन गरिएको “लिम्बुवान संयुक्त संघर्ष समिति” मा एकलै सहभागी भएका छन् तर यस मोर्चामा आबद्ध हुने-नहुने बारेमा अहिलेसम्म पार्टीमा कुनै छलफल-निर्णय,सहमति र जानकारी नै गरिएको छैन,जसको कारण अध्यक्ष कुमार लिङ्देन बाहेक सम्पूर्ण नेताहरु बाहिर छन् / पार्टी अध्यक्षको एकात्मक निरंकुश-तानाशाही नीति अनुसार पार्टीमा एकल निर्णय, एकल निर्देशन तथा आदेशको राजनीतिक सस्कारको विस्तार गर्नु, पार्टीको दुई विवादित विधान प्रकाशन, बिधान बिपरित क्रियाशील सदस्यता वितरण, पार्टीमा छलफल तथा निर्णय र जानकारी नगरी अन्य पार्टीहरुसँग मोर्चाबन्दी, पार्टीमा निर्णय नगरी मोर्चासँग संयुक्त्त आन्दोलन तथा कार्यक्रम गर्नु, आर्थिक अपारदर्शीता, पार्टीमा पारित निर्णयहरु उल्लघंन, पार्टीको बिधान अनुसार नियमित बैठक बस्न नदिनु, भेडेटारको सहमति र सम्झौताको उल्लघंन आदि पार्टी अध्यक्षको लाफर्बाही प्रति अन्य सम्पूर्ण नेता-कार्यकर्ताहरुले असहमति तथा असन्तुष्टि जनाए पछि सङ्घीय लिम्बुवान पार्टीमा आन्तरिक विवाद सिर्जना भइ अहिले पार्टी फुटको संघारमा पुगेको अवस्था देखिन्छ / भेडेटार पार्टी एकताको लागि तयार गरिएको सहमति र सम्झौता अनुसार:- पार्टी अध्यक्ष कुमार लिङ्देनलाई मानेर जाने तर पार्टीको आन्दोलन तथा कार्यक्रमक गर्नको लागि “लिम्बुवान आन्दोलन उच्चस्तरीय समिति” गठन गरि जसको संयोजक वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वालाई मानेर अघि बड्ने सहमति गरिएको थियो / पार्टीको जुन “लिम्बुवान आन्दोलन उच्चस्तरीय समिति” मार्फत वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाको संयोजकत्वमा पार्टीकै सर्वमान्य नेता वीर नेम्वाङ, महासचिव सूर्य माखिम र सचिव छवी सम्बाहाम्फेसहितका नेताहरुले बैठक बसी आन्दोलनको घोषणा गरे पछि लिम्बुवान पार्टीमा झन ठुलो विवाद सिर्जना गरिएको छ /

अध्यक्ष कुमार लिङ्देन आज भोली लिम्बुवान संयुक्त
संर्घष समितिको प्रवक्त्ता वा सूचना तथा सन्चार मन्त्री जस्तो भूमिकामा देखिएको छ,
जसले लिम्बुवान संयुक्त संर्घष समितिको बिभिन्न चरणको आन्दोलनहरुको घोषणा तथा
सूचना बाहिर निरन्तर दिदै आउनु भएको छ / पार्टीको
बिधान २०७१ मा पार्टीको बैठक बारेमा धारा ३९ को उपधारा (क) को १ नम्बर बुदा अनुसार:-
“सामान्य: केन्द्रिय समितिको बैठक ४-४ महिनामा, संघीय सभाको २ बर्षमा र केन्द्रिय
सचिवालय तथा केन्द्रिय बिभागहरुको बैठक कम्तिमा महिनामा १ पटक र आवश्यकता अनुसार
सोभन्दा बढी हुनेछ / तर, केन्द्रिय समितिका २५ प्रतिशत सदस्यहरुले बैहक बोलाउन माग
गरेको खण्डमा १५ दिन भित्र अध्यक्षले केन्द्रिय समितिको बैठक बोलाउनु पर्नेछ” भनि
उल्लेख गरिएको छ / तर, पार्टीमा करिब दुई बर्ष देखि कुनै बैठक
बसेको छैन र पार्टी एकता पछि अध्यक्ष कुमार लिङ्देनले यसरी निरन्तर घोषणा गरिरहनु
भएको आन्दोलन तथा कार्यक्रमहरुको बारेमा अहिलेसम्म पार्टीमा कुनै छलफल, निर्णय,
सहमति र जानकारी नै गराएको छैन / कुमार लिङ्देनले यसरी आफ्नो पार्टीको विधि
बिधान,प्रक्रिया बिपरित एकलौटी अन्य नेताहरु माथि आफ्नो एकाधिकार र हैकम लादे पछि
अन्यहरु रुष्ट भएको देखिन्छन / त्यसैगरी निर्णय
गर्ने प्रक्रिया/सिद्धान्त बारेमा पार्टीको बिधान २०७१ को धारा ४० अनुसार:- “राष्ट्रिय
महाधिवेशन, बिशेष महाधिवेशन, अधिवेशन र बैठकमा सबै बिषय माथि सामुहिक र
लोकतान्त्रिक तरिकाले छलफल हुनेछ / हरेक बिषयमा सहमतीय रुपमा सर्वसम्मत बनाउने
प्रयत्न हुनेछ, सहमति कायम गर्न प्रयास गरिनु पर्नेछ / तर, मत बिभाजन भएमा बहुमतको
निर्णय नै पार्टीको निर्णय हुनेछ / बैठकमा बैकल्पिक केन्द्रिय सदस्य, राष्ट्रिय
पार्षद र पदेन सदस्यको मत दिने अधिकार हुनेछैन / अल्पमतमा परेको बिचार अर्को
महाधिवेशन तथा अधिवेशन र बैठकसम्म सुरक्षित रहनेछ र तबसम्म अल्पमतले बहुमतको बिचारलाई
कार्यन्वयनमा लानु पर्नेछ / तर, पार्टी एकीकरण भएको र महाधिवेशन भइ नसकेको अन्तरिम
समयमा भने हरेक बिषयमा सहमतीय र सर्वसम्मत रुपमा निर्णय गरेर जानुपर्नेछ /” भनि
विधानमा उल्लेख गरिएको छ तर पार्टीमा अहिलेसम्म पार्टीको बिधान बमोजिम संचालन गरिएको
छैन /
पार्टी अध्यक्षसँग छलफल गरि सहमतिमा संन्जुहांग,
खगेन्द्र माखिम,
छबि सम्बाहाम्फे,
सुर्य माखिम लगायत अन्य केहि नेताहरुको एउटा
टोली काँग्रेसको नेता कृष्ण सिटौलालाई भेट्न गएका थिए / तर, सिटौलालाई भेटिसकेपछि
कुमार लिङदेन पक्षधर बाट निरन्तर शसक्त्त बिरोध हुदै आएको छ / पार्टी एकता भए देखि
अहिलेसम्म संघीय लिम्बुवान पार्टीको तर्फबाट कुनै गतिलो आन्दोलन तथा कार्यक्रमहरु
गरिएको छैन / भेडेटारको ९ बुदे सहमति र सम्झौता अनुसार पार्टीको तर्फबाट आन्दोलन
तथा कार्यक्रमहरु गर्नको लागि “लिम्बुवान उच्चस्तरीय आन्दोलन समिति” गठन गरिएको थियो जसलाई अहिलेसम्म पार्टी अध्यक्षले निस्कृय र अनिर्णयको
बन्दी बनाइ राखिएको छ / यस समिति र संयोजक संन्जुहांगलाई तत्काल खारेज गर्न अध्यक्ष आन्तरिक रणनीतिमा लागेको
देखिन्छ जसको कारण पनि पार्टीमा विवाद सिर्जना भएको बुझ्न सकिन्छ / वैशाख १२ गते आएको विनाशकारी भूकम्प
र ताप्लेजुगको बाढीपिडितहरुको लागि देश-विदेशबाट रकम संकलन गरी पार्टीमा जानकारी नगरी
लिङ्देनको नेतृत्वमा एकलौटी रूपमा राहत वितरण गर्नु र हिसाबको विवरण सार्वजनिक
नगर्नुमा ठुलो विवाद भएको देखिन्छ /
असार ३०
गते धरानको हरियालीमा कुमार लिङदेनकै अध्यक्षतामा सम्पन्न भएको बैठकबाट
समान्तर सरकार, दुई विवादित विधानलाई परिमार्जन गरि अर्को बिधान छाप्ने र “लिम्बुवान
आन्दोलन उच्चस्तरीय समिति” को उप-समिति मार्फत संघीय लिम्बुवान पार्टीको आन्दोलन
तथा कार्यक्रम अघि बढाउने सहमति गरि पाच शिर्ष नेताहरुले हस्ताक्षर गरिएको थियो तर
कुमार लिङदेनकै अध्यक्षतामा पार्टीले पारित गरिएको सबै निर्णयहरु अहिले एकलौटी उल्लघन
र बिरोध गर्दै आउनु भएको छ जसमा अन्य नेताहरुको आपति रहेको देखिन्छ / त्यसैगरी पार्टीको केन्द्रिय बैठकको निर्णय र सहमतिमा विवस हेल्लोकलाई काठमाडौंबाट
बिधान छाप्न दिईएको थियो तर लिङदेनले पार्टीलाई जानकारी
नदिइ पुन: केहि दिन भित्र अर्को दोश्रो बिधान छाप्न बिष्णु तुम्फाहाङफेलाई निर्देशन
दिईएको थियो / पार्टीमा विवाद हुने अवस्था देखिए पछि काठमाडौंमा प्रकाशित बिधानको सम्पूर्ण
दोष उपाध्याक्ष खगेन्द्रलाई लागाईएको थियो / पार्टी एकताको क्रममा पार्टीको
महाधिवेशन एक बर्ष भित्र गर्ने सहमति थियो तर अहिलेसम्म हुन् सकेको छैन / पार्टीले
क्रियाशील सदस्यता वितरण गर्नु भन्दा पहिले पार्टीको बिधान प्रक्रिया अनुसार बैठक
राखी छलफल, निर्णय गरि सहमतिमा काम सुचारु गरेको भए बैधानिक र सहज हुने थियो तर
त्यसो हुन सकेन किन भने अध्यक्ष कुमारले पार्टी र सम्पूर्ण नेता साथीहरुलाइ कुनै
जानकारी नै नगरी आफ्नो मनोमानी तरिकाले मापदण्ड पुरा नभएको सबैलाई क्रियाशील
सदस्यता वितरण गराएको थियो / संघीय लिम्बुवान पार्टी नेपालको आन्तरिक विवाद तथा
समस्या समाधानको लागि पार्टी भित्र र बाहिरको बुद्दिजिबि तथा तुम्याहाङबाट धेरै
पटक पहल र प्रयासहरु गरिएको थियो तर अध्यक्षले अहिलेसम्म निरन्तर अनुपस्थित भइ उक्त्त
सबै पहल र प्रयासहरु बेवास्ता गर्दै आइरहेको अवस्था देखिन्छ / जस्तो कि, पार्टीको
आन्तरिक विवाद तथा समस्या समाधानको लागि हिजो माघ २२,२३ गते बुद्दिजिबि तथा तुम्याहाङहरुले
काठमाडौंमा पार्टीको बैठकको लागि सबैलाई आव्हान गरिएको थियो तर त्यहा अध्यक्ष उपस्थित
भएन पुन: दस दिनको लागि समय दिईएको थियो तर फेरी अध्यक्ष उपस्थित भएन /
अत: पार्टी एकता पछि अध्यक्षद्वारा जबर्जस्ती लादिएको एकात्मक निरंकुश-तानाशाही नीति अनुसारको एकल निर्णय, एकल निर्देशन र आदेशको राजनीतिक अभ्यास असफल साबित भएको छ / अब पार्टीको लोकतान्त्रिक बिधान, प्रक्रिया र सिद्धान्त अनुसार पार्टी नेतृत्व गर्नु पर्छ / पार्टीमा बिधान अनुसार नियमित बैठक बसी छलफल-बहस मार्फत पार्टीलाई निकास दिदै बैचारिकरुपमा प्रगतिशील रणनीति र कार्यनीति तयार गरि अघि बढ्नुको बिकल्प छैन / पार्टीमा सबै नेताहरुको विचारले स्थान पाउनु पर्छ, जहाँ जसको विचार प्रगतिशील र पारदर्शी लाग्छ त्यसलाई सर्वसम्मतले पारित गर्ने, यदि त्यसो हुन् नसके बहुमतको निर्णयलाई स्विकार्नु आवश्यक हुन्छ / २१औं शताब्दीमा यसरी अध्यक्षले एकलौटी लादेको सबै निर्णयहरु स्वीकार नै पर्छ भन्ने छैन, जुन लोकतान्त्रिक विचार र सह-अस्तित्ववादको राजनीतिक विचारसँग पनि मेल खादैन / सङ्घीय विचार मिल्ने पार्टीहरुसँग मोर्चाबन्दी तथा आन्दोलनको लागि सर्वप्रथम आफ्नो पार्टीमा सबै नेताहरु बीच छलफल-निर्णय गरि सहमतिमा मात्र अघि बढ्न सके बैधानिक र सहज देखिन्छ / पार्टीको केन्द्रिय कमिटीले निर्णय गरि पारित गरेको बिषयलाई मात्र अधिकारिक मानेर जादा अझ राम्रो हुनेछ /

लिम्बुवान क्रान्तिको लागि सिङ्गो पार्टी
तथा नेता-कार्यकर्ताहरु पार्टीको विचार-दर्शन, पद्दति-सिद्धान्त मुखी हुनु पर्ने हो तर लिम्बुवान पार्टीमा नेता मुखी
भएको देखिन्छ, जुन पार्टीको लागि राम्रो पक्ष बिल्कुल होइन
/ पार्टीको राजनीतिक विचार-दर्शन तथा सिद्धान्त भन्दा कदापी व्यक्ति-नेता ठुलो
हुन् सक्दैन / नेता मुखी तथा व्यक्तिवादी राजनीतिक सस्कारले पार्टीमा गुठबन्दी
सिर्जना भइ अन्तत पार्टी फुट-बिभाजनको दिशा तिर गइ जुन नेताको मृत्युसंगै
लिम्बुवान राजनीतिक आन्दोलन
पनि सिद्दिनेछ तर पार्टीको नेता भन्दा लिम्बुवान भुमि, लिम्बुवानको इतिहास, राजनीतिक
विचार-दर्शन र सिद्धान्तहरुमा अडिक भएमा, नेताहरु भौतिकरुपमा सिद्धिए पनि लिम्बुवानको राजनीति क्रान्ति
युगौ-युग निरन्तर चलिरहन सक्छ /
अहिले
संघीय लिम्बुवान पार्टीको नेताहरू अब आफूलाई रूपान्तरण गर्दै एकताबद्ध हुनुपर्ने
समय हो । त्यसैले व्यक्तिगत स्वार्थ, पद,
प्रतिष्ठा
वा आर्थिक प्रलोभन त्यागेर पहिचानको राजनीतक आन्दोलनलाई अझ सशक्त बनाउन तर्फ ध्यान
दिन आवश्यक देखिन्छ / लिम्बुवानले पहिचानवादी राजनीतिक तथा सामाजिक संगठनहरूलाई
समेत गोलबन्द गर्नुपर्ने समयमा यसरी आन्तरिक विवादमा फस्नु राम्रो होइन / पार्टीको विवाद तथा समस्या
समाधानको लागि पार्टीको बिधान अनुसार नियमित बैठक राख्न जुरुरी देखिन्छ / आ-आफुमा
रहेको फरक विचारहरु पार्टीको बैठकमा राखेर छलफल गरि हल गर्दा राम्रो हुन्छ / यसरी
पार्टी-सङ्गठनलाई सधै अनिर्णयको बन्दी बनाउने हो भने, जुन पार्टी भित्र गुम्सिएर
रहेको विवादको ज्यालाहरु एक दिन यसरी भयंकर खतरनाक बम झैँ बिस्पोट हुनेछ / त्यसैले
नेतृत्व बर्गहरुले लोकतान्त्रिक बिधि-बिधान, प्रक्रिया र सिद्धान्तबाट पार्टी
संचालन गराउनु आवश्यक देखिन्छ / नेतृत्व बर्गहरुले पार्टी संचालनको जिम्मेवारी लिए
पछि त्योसँगै बिभिन्न चुनौतीहरु आइलाग्नु स्वाभाविक हो जसको सामना गर्न सबै
नेतृत्व पंति एक हुन् आवश्यक देखिन्छ / त्यसैले एक्ला-एकलै लडेर केहि उपलब्धि
हुनेवाला देखिदैन / पार्टीको सम्पूर्ण समस्याहरु
पार्टीको बैठक मार्फत मात्र समाधान हुन सक्छ तसर्थ पार्टीको बैठक तत्काल राख्न
आवश्यक देखिन्छ /
-डम्मर लाबुङ हाल
कतार बाट

0 comments:
Post a Comment