Pages

कुमार लिंङदेन किन एक्लिदै छ ? by Dammar Labung (भाग-१)



प्रकाशित मिति 29 Nov. 2015

“संघीय लिम्बुवान पार्टी “नेपाल” को आन्तरिक विवादले गर्दा पार्टी फुटको अन्तिम चरणमा पुगेको स्थिति देखिन्छ / पार्टीको आन्तरिक विवाद समाधान गरि पार्टीलाई सस्थागत र बलियो बनाउने उदेश्यले पार्टीको अन्तर बिषय बस्तुहरुको बारेमा उल्लेख गर्दै, पार्टीको आगामी रणनीति र कार्य दिशाहरुको बारेमा सहयोग पुगोस भनि केहि बिषयमा छलफल गर्नेछु /”

यस बिषयमा प्रवेश हुन अगाडी निम्न बिषयमा आधारित रहेर छलफल गरिनेछ

१) बिषय प्रारम्भ

२) जनताको नजरमा लिम्बुवान पार्टी र लिम्बुवान आन्दोलन कस्तो देखिन्छ ?

३) कार्यकर्ताहरुको नजरमा लिम्बुवान पार्टी कसरी चल्दैछ ?

४) लिम्बुवान पार्टीको आन्तरिक विवादहरुको वास्तविकता के हो ?

५) विवाद समाधानको बिकल्प तथा पार्टीको आगामी रणनीति-कार्यदिशाको सवालहरु के-के हुन ?



१) बिषय प्रारम्भ

नेपालको पूर्व क्षेत्रमा क्रियाशील लिम्बुवान पार्टी बिगत १० बर्ष यता देखि संघीयता, स्वायत्तता र धर्मरिपेक्षता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको संविधान निर्माण गरी जातीय ऐतिहासिक पहिचानको पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्यहरुको संवैधानिक सुनिश्चितता हुनुपर्ने मागका साथ सशक्त आन्दोलन गर्दै आएको छ ।

यस १० बर्षको अन्तरालमा लिम्बुवान पार्टी धेरै पटक फुट तथा बिभाजन हुदै, पुन: एकता भएको छन / यसै सिलसिलामा पाच लिम्बुवान जन्य पार्टीहरु बीच एक-आपसमा बिबाद हुदा-हुदै पनि आम लिम्बुवानी जनता र नेता-कार्यकर्ताहरुको दबादमा परि, अन्तत २०७१ साउन २० गतेको दिन बुद्धिजीवीहरुले बिजयपुरको माटो छुवाएर कसम खुवाउदै, पुन: फेरी कहिले पनि नफुट्ने बाचा गरि भेडेटारमा पार्टी एकिकरणको घोषणा गरिएको थियो / पाच पार्टी बीच एकिकरण पश्चात नया पार्टीको नाम संघीय लिम्बुवान पार्टी “नेपाल” गठन गरिएको थियो / पार्टी गठनसँगै नेताहरूले लिम्बुवान प्राप्ति नै आफुहरुको एक मात्र लक्ष्य रहेको बताएका थिए / लिम्बुवानी जनता र कार्यकर्ताहरुको पनि अत्यधिक खुशी भएका थिए तर बिडम्बना पार्टी एकता पछि राजनीतिक माहोल परिवर्तन हुदै गयो / धेरै प्रयासको बाबुजुत कठिनाइले पार्टी एकता भएको छ र तर बिडम्बना लिम्बुवानमा अझै पनि भावनात्मक एकता हुन् सकिरहेको छैन /

तत्कालीन अवस्थामा कुमार लिङ्देनले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद्, वीर नेम्बाङको लिम्बुवान मुक्ति मोर्चा, कमल छाराहाङको संघीय गणतान्त्रिक मोर्चा, सञ्जुहाङ पालुङ्वाको संघीय लिम्बुवान राज्यपरिषद् र रामभक्त कुरुङ्बाङको लिम्बुवान मुक्ति मोर्चा नेपालबीच पार्टी एकीकरण गरिएको थियो। एकीकृत पार्टीको नाम संघीय लिम्बुवान पार्टी नेपाल राखेर लिङ्देनलाई अध्यक्ष बनाइएको थियो।

एकात्मकवादी चार दलको तिन बाहुन दलीय मोर्चाले पुर्वको १४ ओटा जिल्लाहरुलाई समेटेर १ नम्बर प्रदेशको खाका सार्वजनिक गर्दासमेत आन्तरिक विवादमा फसेको लिम्बुवान पार्टीले आन्दोलनलाई सशक्त पार्न सकेन । अढाई सय बर्ष देखि मुलुकमा एक तर्फी लादेको एकात्मक केन्द्रिकृत एकल जातीय एकाधिकार भएको राज्य प्रणाली र सम्पूर्ण असमान तथा विभेदकारी कानूनहरुलाई पुन: निरन्तरताको लागि नयाँ संबिधान ल्याइएको छ / पार्टीको आत्मघाती आन्तरिक विवादहरुको कारण लिम्बुवान आन्दोलन उठ्न नसकिरहेको अवस्थामा पार्टीमा कुनै छलफल नै नगरी अध्यक्ष कुमार लिङ्देन एकलै संयुक्त्त लिम्बुवान सङ्घर्ष समितिमा लाग्नु भएको छ / त्यसैले पार्टी भित्र छलफल नै नगरी अध्यक्ष कुमार लिंङदेनले एकलौटी पेल्न खोजे पछि पार्टी भित्रकै सम्पूर्ण नेताहरु अध्यक्ष लिङ्देनको नेतृत्वप्रति असन्तुष्टि जनाए पछि पार्टीभित्र ठूलो विवाद उत्पन्न भएको हो ।

पार्टी एकीकरण पछि पार्टीमा बिधान-प्रक्रिया तथा प्राविधिक समस्याको कारण उग्र रूप लिएको देखिन्छ 'बल्लबल्ल एकीकरण भएको पार्टी फुट्नु हुँदैन / पार्टीको आन्तरिक विवाद र समस्या पार्टीभित्रै छलफल गरेर मिलाउनु उत्तम हुन्छ। तर लिम्बुवान धेरै जसो नेताहरु यस्तो सकारात्मक पक्षमा देखिदैन / पार्टी एकीकरण पछि अध्यक्ष कुमार लिंङदेनलाई सबै अधिकार दिने या नदिने भन्ने बिषयले पनि पार्टी भित्र समस्या भएको देखिन्छ / किन भने पार्टी एकता पछि सामुहिक नेतृत्व वा अध्यक्ष मात्र अधिकार सम्पन्न भन्ने सवालले पनि आन्तरिक कलह सुरु भएको दखिन्छ / कुमार लिङ्देनको अडान अनुसार संघीय लिम्बुवान पार्टीको अध्यक्ष भएको हैसियतले पार्टीको सम्पूर्ण अधिकारीहरु पार्टी अध्यक्षलाई दिनु पर्छ भन्नु भएको छ यस बिषयमा अन्य नेताहरुको असहमति रहेको बुझ्न सकिन्छ /

लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देन, लिम्बु जातिको बिशुद्द समाजिक संस्था किरात याक्थुम चुम्लुङ सहितको लिम्बुवान संयुक्त संघर्ष समितिमा आबद्ध भएका छन् / लिम्बुवान संयुक्त संघर्ष समितिमा जानको लागि पार्टीमा अहिलेसम्म कुनै छलफल नै भएको छैन, जसको कारण अध्यक्ष कुमार लिङ्देन बाहेक सम्पूर्ण नेताहरु बाहिर छन् / यस्तै बिबिध कारणले गर्दा लिम्बुवान पार्टीको विधान निर्माण प्रकृया र सामुहिक नेतृत्व प्रतिको असहमतिका बाबजुत विभाजनको संघारमा पुगेको अवस्थामा पार्टीकै सर्वमान्य नेता वीर नेम्वाङ, वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वा, महासचिव सूर्य माखिम र सचिव छवी सम्बाहाम्फेसहितका नेताहरुले बैठक बसी आन्दोलनको घोषणा गरे पछि लिम्बुवानमा झन विवाद तथा बिभाजनमा अचारको काम गरेको देखियो /

पार्टी नेतृत्व वर्गहरु दुई समुहमा विभाजित भए पनि दुबै समुहले पार्टी फुटेको औपचारिक घोषणा गरेका छैनन् । अध्यक्ष कुमार लिङ्देनले आज भोली संयुक्त संर्घष समितिको प्रवक्त्ता तथा सूचना तथा सन्चार मन्त्री जस्तो देखिएको छ / जसले लिम्बुवानको बिभिन्न चरणको आन्दोलनहरुको घोषणा तथा सूचना बाहिर निरन्तर दिदै आउनु भएको छ / पार्टीमा लगभग एक साल देखि पार्टीको कुनै बैठक बसेको छैन र पार्टी अध्यक्ष कुमार लिङ्देनले यसरी निरन्तर घोषणा गरिरहनु भएको आन्दोलन तथा कार्यक्रमहरुको बारेमा अहिलेसम्म पार्टीमा कुनै छलफल नै भएको छैन / यसरी पार्टीको बिधान, प्रक्रिया भन्दा बाहिर गएर पार्टी अध्यक्ष कुमार लिङ्देनले आफ्नो गोजीबाट झिकेर एकलौटी आन्दोलन तथा कार्यक्रमहरु घोषणा गरि रहनु भएको छ / पार्टीको अध्यक्ष कुमार लिङ्देनले यसरी एकलौटी अन्य नेताहरुलाई बेवास्ता गरी पेले पछि अथवा पार्टीको बिधि-बिधान, प्रक्रिया मिचेर अन्य नेताहरु माथि आफ्नो एकाधिकार र हैकम लादे पछि अन्यहरु रुष्ट भएको देखिन्छन /

गत साल चार दलबीच १६ बुँदे सहमति पछि राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गर्दै आन्दोलनको नयाँ खाका तयार पार्ने लगायतको उद्देश्यले असार ९, १० र ११ गते इलाममा पार्टीको सचिवालय बैठक भएको थियो । नेताहरूले बोल्ने समय नपुगेर बैठक १३ गतेसम्म चलेको थियो तर इलाममा भएको पार्टीको बैठक पनि निष्कर्ष विहिन अवस्थामा टुङ्गिएको थियो / यसरी संघीय लिम्बुवान पार्टी नेपालका शीर्ष नेताहरूको आन्तरिक छलफलमा समेत कुनै उपलब्धि हाता परेनन् । आन्तरिक विवादले पहिचानको आन्दोलनमा एक कदम अगाडि रहेको लिम्बुवान आन्दोलन यतिबेला अन्यौलग्रस्त भएको छ ।

बैठकमा अध्यक्ष कुमार लिङ्देन (मिराक)द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई आधार बनाएर मुख्य गरी तीन वटा विषयमा विवाद भयो । छुट्टा-छुट्टै प्रकाशित दुई वटा विधान, वितरित क्रियाशील सदस्यता पत्र र आर्थिक अपारदर्शितालाई मुख्य केन्द्रविन्दु रहेको थियो । विवाद नमिले पछि अध्यक्ष लिङ्दनेलले पाँच दिनको लागि बैठक स्थगित गरेका थिए ।

अहिले लिम्बुवानको अन्तरिक लडाई-विवाद हेर्दा लाग्छ, लिम्बुवान विचार-दर्शन भन्दा प्रधान व्यक्ति र पद-पैसा ठुलो रहेछ भन्ने आम समुदायमा नजिर बसेको छ / यस प्रकारको अराजक राजनीतक माहोल सिर्जना गर्न लिम्बुवानको केहि जिम्मेवार नेता-कार्यकर्ताहरुमा नै दोष जान्छ / जहाँसम्म पार्टी-संघठन भनेको पार्टीको बिधि-बिधान तथा प्रक्रिया भित्र रहेर विचार दर्शनले चलाउनु पर्ने हो तर यसको बिपरित लिम्बुवान पार्टीमा अहिले व्यक्तिवादी, अवसरवादी पद लोलुप हैकम हावी भएको छ / अहिले लिम्बुवानमा केहि नेता-कार्यकर्ताहरुको अराजक तथा प्रतिगामी क्रियाकलापले गर्दा आम लिम्बुवानी जन-समर्थक जनताहरुमा दिन-प्रतिदिन अन्योल र निरासा छाएको छ / यस प्रकारको अन्तरिक रोगको उपचार गरि, रोग मुक्त पार्न पनि लिम्बुवानी नेता-कार्यकर्ताहरु नै जिम्मेवार छन् / यसरी अन्तरिकरुपमा लिम्बुवान ओअर्टी कमजोर भए पछि बाहिरको सङ्घीय आन्दोलन बिरोधी तथा लिम्बुवान बिरोधिहरुले फाइदा नलिने कुरा नै आउदैन /

अहिले लिम्बुवान पार्टीमा आन्तरिक अराजकताले सिमा नागिसकेको छ / लिम्बुवान पार्टीको बिधि-बिधान, प्रक्रिया र लिम्बुवानको विचार-दर्शन भन्दा कदापी व्यक्ति अथवा नेता ठुलो-प्रधान हुन सक्दैन / यदि कोहि नेता-कार्यकर्ताहरुले नेता (व्यक्ति) र सर्वोच्च पद (कुर्सि) प्रति ध्यान दिदैछ भने, पकै सात-प्रतिशत प्रतिगामी, अराजक, विचारमा स्खलन वा ओरालो लागेको भनि बुझ्दा हुन्छ / अहिले लिम्बुवानमा नेपाल भित्र र प्रवास समिति देखि पार्टी अध्यक्ष कुमार लिंदेन र उप-अध्यक्ष खगेन्द्र माखिमको नाम नै लिएर गम्भीर खेल खेलिरहेका छन् यो पकै राम्रो पक्ष होइन / बिगतमा कुमार र खगेन्द्र बीच एक आपसमा घनिष्ट सम्बन्ध थियो तर यो राम्रो सम्बन्धलाई भत्काएर आफ्नो स्वार्थ पुरा गर्न केहि प्रवास समितिको नेताहरुले आफ्नो न्वारन देखि तागत निकालिरहेका छन् / त्यसैले अहिले ति लिम्बुवान एकता बिरोधी, पद-पैसालाई प्रधान ठान्ने प्रतिगामी, अराजक तथा अवसरवादी नेता-कार्यकर्ताहरुले पार्टीमा जबर-जस्ता गुटबन्दी र विवाद सिर्जना गर्दै आएका छन् /

देशको संघीय आन्दोलनको लागि मधेसवादी शक्ति पछिको दोस्रो ठुलो शक्तिको रुपमा लिम्बुवानलाई चिनिन्छ तर पछिल्लो समयमा सुनियोजित रुपमा लिम्बुवान भित्र एका-एक विवादले शिखर चुमिरहेको छ / यस बिषयमा केन्द्रिय पार्टीको नेताहरु बीच भएको अन्तरिक व्यक्तिगत स्वार्थ अनुसारको शक्ति सघर्ष र गुटबन्दीको प्रभाव तल्लो स्थरको कार्यकर्ता र आम जन-समर्थकहरुमा पनि राम्रो असर देखा परेको छ / अहिले लिम्बुवान पार्टीको आन्तरिक मुख्य विवाद र समस्याहरु मध्ये नेतृत्व प्रति असन्तुष्ट र आक्रोस नै हो भन्दा सायद फरक नपर्ला जसलाई, जटिल बिषयको रुपमा लिन सकिन्छ / लिम्बुवान पार्टीमा अहिले नेतृत्वको बिकल्प खोज्ने समय होइन, अहिले लिम्बुवानको केहि नेता-कार्यकर्ताहरुले पार्टी नेतृत्व परिवर्तन गराउने खेलमा लागेको केहि सङ्केतहरु पनि देखिन्छ / पार्टीको एकताको क्रममा पार्टीको महाधिवेशन एक बर्ष भित्र गर्ने सहमति थियो तर अहिलेसम्म हुन् सकेको छैन / पार्टी नेतृत्व परिवर्तनको जटिल समस्या पार्टीको आगामी महाधिवेशन बाट हल गर्दा राम्रो हुन्छ /

लिम्बुवान पार्टीमा अहिले क्रियाशील सदस्यता वितरण काण्ड पनि निकै पेचिलो भएको छ / पार्टीको बिधान अनुसार दुइ किसिमको सदस्यता वितरण गरिन्छ जस्तो कि १) साधारण सदस्य :- पार्टीको उदेश्य, नीति र कार्यक्रमसँग सहमत हुने पार्टीको समर्थक तथा शुभेक्छुकहरुलाई साधारण सदस्थाता दिइने प्रावधान रहेको छ / २) क्रियाशील सदस्यता :- पार्टीको कुनै पनि तहको समितिहरुमा रही काम गरेको वा पार्टीका आङ्गिक तथा जन-संघठनको सदस्य भर ६ महिना काम गरेको, पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिप्रति प्रतिबद्द र पार्टी बिधान र निर्णयहरुलाई स्वीकार गर्दै पार्टीले खटाएर काम गर्दै आएको व्यक्तिलाई मात्र क्रियाशील सदस्यता वितरण गर्ने प्रक्रिया छ /

पार्टीले क्रियाशील सदस्यता वितरण गर्नु भन्दा पहिले सबै पार्टी पधिकारी-नेताहरु बीच बैठक राखी सहमतिमा काम सुचारु गरेको भए बैधानिक र सहज हुने थियो / पार्टीको बिधानमा उल्लेख भए अनुसार क्रियाशील सदस्यता वितरण गर्नु पर्थ्यो तर त्यसो हुन नसकेको आम गुनासो बाहिर आएको छ सायद यस प्रक्रियामा पार्टी नेतृत्वले अबैधानिक कदम चलेकै हुन सक्छ / केहि नेताहरुको भनाइ अनुसार यसको समाधान भइ सक्यो तर सतहमा हेर्दा केहि सामाधान भए जस्तो देखिदैन / किन भने पार्टी अध्यक्ष लिङ्दनेलले पार्टीको बिधान प्रक्रिया तथा नियमलाई ख्याल नगरी आफ्नो खुशी दुनिया पान पसलेहरु समेतलाई क्रियाशील सदस्यता कौडीको भाउमा बिक्रि वितरण गर्नु भएको जानकारी आएको छ /

क्रमस.....



भारतको नीति नेपाल हत्याउने होइन, सत्ताबाट बाहुन धपाउने हो :Chhabisubba Sangbangphe Limbu






सत्ताधारी बाहुनहरु राष्ट्रवादको खोक्रो नारा अलापेर भ्रमपूर्ण प्रचारवाजी गर्दै भारतविरोधी सन्देश प्रवाह गरिरहेका छन । यो प्रव्रित्ती ताकपरे तीवारी नत्र गोतामे भने जस्तै हो । शक्तिशाली दुई छिमेकी राष्ट्र भारत र चीनसँग नेपालले प्रतिस्पर्धा गर्नसक्ने अहिलेसम्म कुनै आयामहरु छैनन । यो नेपालको भू-राजनीतिक यथार्थता हो । त्यसकारण भारत र चीनसँग नेपालले सौहार्दतापूर्ण द्वीपक्षीय सम्बन्ध कायम राखेर अन्तरराष्ट्रिय नीति र सम्बन्ध स्थापित गर्नु पर्दछ । मधेसको वर्तमान मुद्दा भनेको संघीय संरचनामा उत्पीडन र पहिचानको आधारमा मधेसमा प्रदेशहरुको सीमांकन संविधानमा कायम गरिनु पर्छ भन्ने हो । तर मधेस प्रदेश बनेमा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता कमजोर हुन्छ भन्ने बुझाई राख्नु सत्ताधारीहरुको अहंकारले भरिएको मनोविज्ञान बाहेक केही होइन । राष्ट्रियता र सीमा सुरक्षा त्यतिबेला कमजोर हुन्छ जतिबेला शक्तिशाली छिमेकी राष्ट्रहरु अहिष्णुतापूर्वक हस्तक्षेपकारी नीति अख्तियार गर्दछन र मुलुकलाई जनविरोधी कानून बनाउन र कृयाकलाप गर्न गराउन उद्ध्त हुने गर्दछन । अहिले भारतले अख्तियार गरेको नीति त्यस्तो खालको छैन । उसले संविधान जारी हुने बखत पनि भनेको थियो उत्पीडित जाति, वर्ग र समुदायहरुको पहुँच र अधिकार सुनिश्चित हुने गरी संविधान सहमतिमा जारी गर । तर सत्ताधारीहरुले दुइतिहाइ वहुमत आफूसँग भएकोले यसैमा अत्याधिक जनताको समर्थन छ र यो संविधान सभाले निर्णय गरेको कुरा स्वत: जन-अनुमोदित हुनेछ भन्ने बुझाई राखे । नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक यथार्थता र मनोवैज्ञानिक पक्षसँग सत्ताधारीहरुको सोच पटक्कै मेल खाएको थिएन । उनीहरु आफ्नो अनुकुलको संविधान बनाउन नसक्ने अवस्था देखा परेपछि पहिलो संविधान सभालाई विघटन गरेर यस्तै खालको संविधान बनाउन दोश्रो संविधानसभाको चुनाव गराउन पुगेको कुरा छर्लङ्गै छ । लोकतन्त्रको नाममा उनीहरु बाहुनतान्त्रिक संविधान बनाउन चाहन्थे अन्त्यमा त्यस्तै बनाइ छाडे । यहिंबाट नै नयाँ उत्पीडनको विजारोपण भएको हो । त्यसकारण संविधान जारी भएकै दिनबाट जताततै विरोधका आवाजहरु उठिरहेका छन । मधेश आन्दोलन उत्कर्षमा पुगेको छ भने लिम्बुवान र थरुहटको आन्दोलन निर्णायक बन्ने तयारीमा छ ।

जहाँसम्म भारतको वर्तमान भूमिका छ त्यसलाई नेपालको स्वाधीनता र राष्ट्रिय अखण्डतामाथि धावा बोलेको हो भनी परिभाषित गर्ने काम सरकार र त्यसका सबै आसेपासेहरु गरिरहेका छन । भारतीय नाकावन्दीको मक्सद तराइ मधेशलाई भारतमा गाभ्ने, भारतीय नागरिकहरुलाइ नेपाली नागरिकताको प्रमाण पत्र दिलाउने, अंगीक्रित नागरिकहरुलाइ उच्च सरकारी ओहोदामा बस्न पाउने व्यबस्थाको संवैधानिक सुनिश्चितता गराउने दवाव हो भनी प्रशस्त कुप्रचार गरेर नेपाली जनतालाई भ्रम सिर्जना गरिदै छ । वास्तवमा त्यस्तो होइन । सत्ताधारीहरुको मनोवैज्ञानिक रहस्य भनेको के हो भने प्राय: उनीहरु मधेशकै निर्वाचन क्षेत्रबाट चुनाव लडेर आएका छन र उनीहरुको स्थायी बसोबास पनि मधेशमै छ । यदि मधेश प्रदेश बनाएमा आउने दिनमा चुनाव जित्न सकिंदैन र आफ्नो राजनीतिक भविष्य अन्धकार हुनेछ भन्ने भयले उनीहरु मधेश प्रदेश बनाउन चाहदैनन । लोकतन्त्रमा सह-अस्तित्व र समावेसीतालाई जुनसुकै प्रान्त र स्थानबाट सुनिश्चित गर्न सकिन्छ भन्ने बुझाई मनोवैज्ञानिकरुपमा प्रष्ट हुन नसक्दा त्यसबाट उब्जेको समस्याले नै अहिले यस्तो विकराल रुप लिंदै गएको हो । यो सवालमा बाहुनमात्र नभएर मधेसी, आदिवासी जनजाति लगायतका समुदायहरुमा पनि अन्यौलता कायम छ । त्यसकारण जोगीदेखि भैंसी डराउने, भैंसीदेखि जोगी डराउने जस्तो भएको छ । यी सवालहरुमा खुलस्त वार्ता र सम्वाद गर्ने हो भने समस्याले निकास पाउनु त्यती ठूलो होइन ।

छ दशकयता परिवर्तन भएका राजनैतिक व्यबस्थाका चरित्रहरु हेर्ने हो भने सत्ताका संस्कृति र आचरणहरुमा कुनै रुपान्तरण भएको छैन । हिन्दू-सांस्कृतिक सत्ताको निरन्तरता क्रमभङ्ग अहिलेसम्म भएकै छैन । आर्यसंस्कृतिबाट निर्देशीत यो सत्ताले अन्य सांस्कृतिक समुदायहरुलाई शक्ति, श्रोत र अधिकारबाट वञ्चित गराएर आफ्नोमात्र एकलौटी राज कायम गर्ने उद्देश्य राख्दछ । त्यसै अनुरुप नयाँ उत्तराधिकार पाएका अहिलेका शासकहरु अन्य उत्पीडित समुदायहरुप्रति अनुदार बन्न स्वभाविक नै हो । वर्णाश्रम व्यबस्थाले चल्ने आधार बनेको नेपालको राजनैतिक सत्ताले मधेशका स्वधर्मी र स्वसंस्क्रितिधारी काला जातिहरुमाथि विभेद राख्नु कुनै अनौठो कुरा होइन । त्यसो भएको हुनाले मधेशमा आफ्नो सत्ताको पकड बलियो राख्नका लागि बाहुनहरु विभिन्न कपोकल्पित वहानामा मधेसी जनता र भारतलाई दोसेर भ्रम पैदा गरिरहेका छन । सत्ताले एउटा स्वजातीय सांस्कृतिक समुदायहरुलाई कतिको अधिकार र राहत प्रदान गर्न सक्दोरहेछ भन्ने तथ्य अहिलेको सत्ताधारी बाहुनहरुको एकताले छर्लङ्गै पारेको छ । सबै पेसाकर्मी, मिडिया, बाहुनजन्य पार्टी लगायत बाहुन जनसमुदाय एकढिक्का भएर मधेश, आदिवासी जनजाति लगायतका उत्पीडित समुदायहरुको आकांक्षा र माग जायज होइन, राष्ट्रियता कमजोर बनाउने र देश विखण्डन गर्ने मक्सद हो भनी कुप्रचार गर्न कुनै कसर बाँकी राखेका छैनन । पीडितहरुको पक्षमा भारतले समर्थन गरेर नाकावन्दी गरेको कुरालाई लिएर मित्रराष्ट्रको विरुद्दमा अनैतीक गालीगलौज गर्न समेत उनीहरु पछि परेका छैनन । नाकावन्दीको मुख्य कारण विभेदकारी र असामावेसी संविधान हो भनी सत्य तथ्य ओकल्न उनीहरु चाहँदैनन । यी सबै बाहुन नीतिहरुको ऐतिहासिक स्रिंखला छिमेकी राष्ट्र भारतले लामो समयदेखि हेरी रहेको र असल छिमेकी बन्न सक्ने चरित्र बाहुन शासकहरुले निर्माण गर्नसक्ने सम्भावना भारतले नदेखेको हुँदा, सक्षम र सवल मुलुकको रुपमा नेपाललाई बिकास गर्न र उत्पीडित जाति, वर्ग समुदायहरुलाई अधिकार सम्पन्न बनाउनका लागि नेपालको राजनीतिक सत्ताबाट बाहुनहरुको वहिर्गमन अनिवार्य भएको ठानी मोदी सरकारले अहिले नयाँ नीति अख्तियार गरेको छ । यो बुझेर नै अहिले नेपालका बाहुनहरु शीरदेखी तीरसम्म आफ्नो सत्ता बचाउनका लागि एकढिक्का भएका छन । हेरौं यी जाति विरोधी, भाषा विरोधी, विभेदकारी, स्वेच्छाचारी बाहुनहरुले कहिलेसम्म थाम्ने हुन ।

जय लिम्बुवान !!!


हिन्दूकृत तिहार र वलिहाङ मुन्धुम् (किरातकालदेखि सुरु भएको चाड तिहार)

हिन्दूकृत तिहार र वलिहाङ मुन्धुम् (किरातकालदेखि सुरु भएको चाड तिहार)


नेपाल वैधानिक र घुमाउरो रुपमा धर्मरिनपेक्ष राज्य त घोषित भयो । तर, व्यवहारमा लागु भएको छैन । यो लागु हुने दिन आउला भनेर विश्वास गर्न सकिने अवस्था पनि छैन । राज्य सञ्चाकहरूमा त्यो मानसिकता देखिँदैन । यसमा स्वयम् धर्मनिरपेक्ष राज्यको पक्षधर हुनुपर्ने व्यक्ति र समुदायको पनि कमजोरी छ । ती कमी-कमजोरीहरू महसुस गरी त्यसलाई सच्याएर लैजान सहयोग हुन्छ कि भनेर यो ‘तिहार’ चाडको बारेमा केही अभिमतहरू राख्न खोजिएको छ ।
दशैं केवल हिन्दूमात्रको चाड भनिए पनि तिहार भने त्यस्तो होइन । यो प्रायः नेपालका सबै आदिवासी जनजातिहरूको पनि चाड हो । त्यसैले, यसबारे हामी सबै अलिक बढी संवेदनशील भएर बहसमा जुट्नु पर्दछ ।
नेपालकै आदिवासी किरात लिम्बू समुदायमा पाइने मतानुसार यो तिहार शब्दको उत्पत्ति ‘त्यो हार’ बाट नभएर ‘तियाहा’ भन्ने शब्दबाट भएको हो । यो ‘तियाहा’ शब्दको निर्माण र उत्पत्तिको तथ्य पहिल्याउँदा नेपालकै प्रथम र सबभन्दा लामो समयसम्म राज्य सञ्चालन गर्ने किरातकालतिर पुग्नुपर्ने हुन्छ ।
तिहार चाड र शब्दको उत्पत्ति
यो ‘तिहार’ शब्दको शाब्दिक अर्थलाई औंल्याउँदा अवश्य पनि सबै जाति र सम्प्रदायअनुसार केही फरक मतहरू पाइन्छन् । तैपनि, खास तथ्य कुरा एउटै नै हुनुपर्ने हो । नेपालमा प्रचलित हिन्दू धार्मिक मतानुसार यमराजको जीत वा हार भन्ने प्रसङ्गबाट ‘त्यो हार’ (त्यो पराजय) हुँदै ‘तिहार’ शब्दको व्युत्पत्ति भएको हो भनिन्छ । तर, वास्तवमा त्यही यमराजको कथामा पनि यमराजको न त कतै जीत भएको हो, या त हार नै । त्यहाँ हार र जीतको प्रसङ्ग कतै पाइँदैन । यसकारण, यो तिहार ‘त्यो हार’ शब्दबाटै बनेको हो भनेर विश्वास गर्न सकिन्न ।
नेपालकै आदिवासी किरात लिम्बू समुदायमा पाइने मतानुसार यो तिहार शब्दको उत्पत्ति ‘त्यो हार’ बाट नभएर ‘तियाहा’ भन्ने शब्दबाट भएको हो । यो ‘तियाहा’ शब्दको निर्माण र उत्पत्तिको तथ्य पहिल्याउँदा नेपालकै प्रथम र सबभन्दा लामो समयसम्म राज्य सञ्चालन गर्ने किरातकालतिर पुग्नुपर्ने हुन्छ ।
किरात इतिहासकार स्वर्गीय इमानसिङ् चेम्जोङ्का अनुसार नेपालको किरातकालिन समयमा वलिहाङ (‘हाङ्’ को अर्थ किरात समुदायले बोल्ने प्रायः सबै भाषामा राजनेता वा प्रतापी व्यक्ति भन्ने हुन्छ) नाम गरेका राजनेता थिए । वलिहाङ जनताको दुःख-सुखमा प्रत्यक्ष सहभागी हुने गर्दथे । उनी जनताप्रति बफादार, प्रतापी र दूरदर्शी भएकाले राज्यमा कुनै कष्ट थिएन ।
राजकाज गर्दै एवंरीतले समय बित्तै जाँदा एक समय एकाएक राजनेता वलिहाङको मुहारमा उदासिनता र मलिनता छाउन थाल्यो । जनताहरू छक्क परे, आश्चर्यचकित हुने भए । आफ्ना प्यारा राजनेतालाई विन्तिभाउ गर्दै जोड गरेर सोधेपछि रहस्योद्घाटन गर्दै राजनेताले भनेछन्– “मेरो मृत्युको दिन नजिक आइपुगिसकेको छ । म यही कातिक महिनाको कालरात्री औंशीको रातसम्ममा मर्दैछु । म मेरा प्यारा जनतादेखि मृत्युवरण गर्न जानुपर्दा चिन्तित छु, दुःखी भएको छु ।”
किरात याक्थुङ् भाषामा ‘जय होस्’ वा ‘जय भयो’ भन्ने अर्थमा प्रयोग हुने ‘तियाहा’ शब्द नै खस नेपाली भाषामा अपभ्रंश हुँदै ‘तिहा’ र ‘तिहार’ भएको हो भन्ने भनाइ छ । अझै पनि किरात (याक्थुङ) समुदायमा कुनै धार्मिक वा सांस्कृतिक अनुष्ठान गर्दा सामुहिक रुपमा ‘तियाहा’ भन्ने चलन छ ।
राजनेता वलिहाङको यस्तो कारुणिक कुरा सुनेपछि राजदरवार र देशभरि रुवाबासी चल्न थाल्यो । पुनः राजनेतालाई बिन्ति चढाउँदै बाँच्ने उपाय बताइदिन आग्रह गरे । राजनेता वलिहाङ्ले सान्त्वना दिँदै भने रे- “हुन त मलाई कालले लैजान्छ नै, तैपनि त्यस रात सबैले आआफ्नो घरघरमा दियो-कलश राखी रातभरि उज्यालो बत्ती बालेर काललाई नलैजान बिन्ती गर्दै, ईश्वरसँग प्रार्थना गर्दै बस्यौं भने कतै मर्दिनँ कि ।”
त्यसपछि, राजनेताले भनेबमोजिम त्यो औंशीको रातमा दियो-कलश राखी बत्ती बालेर ईश्वर (तागेरा निङवा?भुमाङ्) सँग आफ्ना प्यारा राजनेताको दीर्घायुको कामना गरिबसे । दुःखी जनताको यो प्रार्थनाले स्वभावैले राजनेताको मनोवलमा ऊर्जा थप्यो । त्यो दिन वालिहाङ् पनि आफ्नो जीवनरक्षाका लागि ध्यानमा बसे । वालिहाङ् गहिरो ध्यानमा बस्दा बस्दै मध्यरातमा समाधिस्थ भए । बिहान उज्यालो घाम उदाउने बेलामा वालिहाङ् गहिरो समाधिबाट ब्यूँझी फर्के ।
tihar-Balihang-Tangnam-Deusi-at-Ktm-by-Limbuwan-2068
हुनसक्छ, ईश्वरबाट पनि जनताको कामनालाई स्वीकार भयो र होला, राजआवासमा त्यसरात बितिसक्दा पनि राजाको मृत्यु भएन । अब क्रमशः राजनेताको मुहारमा मुस्कान छाउन थाल्यो । उनी शारीरिक र मानसिक दुबै रुपले स्वस्थ्य हुँदै गए । अनि, त्यस राजआवास वरिपरि रहेका जनताले खुशीले एकैसाथ भने- ‘तियाहा !”
यसरी हर्ष र खुशीमा भनिने यो ‘तियाहा’ भन्ने किरात (याक्थुङ) शब्दको अर्थ ‘जय’ वा ‘विजय’ भन्ने हुन्छ । यसप्रकार, राजनेता वलिहाङ र जनताको जित भयो मुत्यृसित । तसर्थ, यो कुनै अन्य समकक्षी व्यक्ति वा शत्रु विशेषसित भएको जय नभएर स्वयम् मृत्युसँग भएको विजय हो । यसपश्चात्, राजनेता वलिहाङले निर्देशन दिए कि यसरी निको भइसक्दा पनि विचरा जनताहरू राजनेता के भए भनेर विलौना गर्दै अझै पनि पीरमर्कामा दियो-कलश बालेर आआफ्नो देवताको पूजाआजा गरी सुर्ताएर बसेका होलान् । त्यसैले, अब यहाँका सम्पूर्ण कार्यकर्ताहरू पूर्व–पश्चिम, उत्तर–दक्षिण सबैतिर राजनेता वलिहाङको मृत्यु नभई निको भएर सकुसल रहेको खबर प्रत्येक कुनाकाप्चामा पुर्‍याउन निर्देशन दिने सल्लाह भयो ।
त्यही निर्देशनअनुसार सञ्चारकर्मीको रुपमा आम् कार्यकर्ताहरू गाउँघर डुल्दै ‘वलिहाङरेन् तियाहा !’ (वलिहाङको जय भयो)’ भन्दै खबर पुर्‍याउँदै हिँडे । तिनीहरू आजका सञ्चारवाहक पत्रकारजस्तै थिए । यसरी किरात याक्थुङ् भाषामा ‘जय होस्’ वा ‘जय भयो’ भन्ने अर्थमा प्रयोग हुने ‘तियाहा’ शब्द नै खस नेपाली भाषामा अपभ्रंश हुँदै ‘तिहा’ र ‘तिहार’ भएको हो भन्ने भनाइ छ । अझै पनि किरात (याक्थुङ) समुदायमा कुनै धार्मिक वा सांस्कृतिक अनुष्ठान गर्दा सामुहिक रुपमा ‘तियाहा’ भन्ने चलन छ ।
किरात मुन्धुम् र संस्कारमा कतै पनि भीख माग्ने र दान-दक्षिणा दिने-लिने चलन छैन । बरु, त्यतिकै सहयोग मागिन्छ, केही चिजले साटिन्छ वा मूल्य नै तिरिन्छ । तर, त्यसलाई दान-दक्षिणाको रुपमा दिने-लिने चलन किरात संस्कार र संस्कृतिभित्र पर्दैपर्दैन ।
तिहारमा खेलिने देउसी–भैलोको अर्थ
‘देउसी’ वा ‘देउसिरे’ भन्ने शब्दको शाब्दिक अर्थ केलाउँदा यो शब्द कुनै सुर, असुर वा देवासुर आदिबाट बनेको नभई अर्कै फरक र सार्थक अर्थ लाग्ने किरात (याक्थुङ) शब्दबाटै बनेको देखिन्छ । किरात (लिम्बू) भाषामा त्रिकालदर्शी महात्मा व्यक्तिलाई ‘तेअङ्सि’ भनिन्छ । तेअङ्सि भन्ने शब्दको अर्थ ज्ञानी अवतारी व्यक्ति भन्ने पनि हुन्छ । किरात मतमा वर्णित राजनेता वलिहाङ त्रिकालदर्शी पनि थिए भनिन्छ । उनी भूत, वर्तमान र भविष्यबारे राम्ररी हेक्का राख्दथे, र त आफ्नो मृत्युबारे अग्रीम थाहा पाए । उनी सपना, विपनामा अतीत, वर्तमान र भविष्यबारे ज्ञान पाउँदथे, थाहा पाउँथे । यस्ता व्यक्तिलाई किरात लिम्बू समुदायमा ‘तेअङ्सि’ भनिन्छ । जस्तै, किरात सिरिजङ्गा लिपिका पुनरुत्थानकर्ता तेअङ्सि सिरिजङ्गा एक तेअङ्सि हुन् ।
अतीतका कुराहरू समयसँगै व्यतीत हुँदैजाँदा कथा-कहानीजस्तै हुन्छन् । यस्तै इतिहासमा आज कथाजस्तै वर्णित वलिहाङको वर्णनमा आउने सञ्चारकर्मी खबरदारीहरू ‘तियाहा ! हाम्रा राजनेताको जय भयो, उनी बाँचे’ भन्दै सञ्चारप्रवाह गर्दै हिँड्दा जनताले पहिलो पटक त्यति सजिलै विश्वास नगरेर उल्टै प्रश्न सोधे, ‘होइन तिमीहरूलाई यसरी कसले पठाएको ?’ जवाफमा उनीहरूले भनेँ- ‘तेअङ्सिरे (महात्माले) ।’ ती महात्मा तेअङ्सि तिनै राजनेता वलिहाङ थिए । यसरी ‘तेअङ्सि’ले पठाएको भनी पटक-पटक स्पष्टीकरण दिँदै हिँड्दा भनिएको ‘तेअङ्सिरे’ भन्ने शब्दनै अपभ्रंश हुँदै कालान्तारमा देअङ्सिरे हुँदै ‘देउसी वा देउसीरे’ भएको हो । अझै पनि देउसी खेल्दा आफ्नो देउसी खेल्ने हकअधिकारको सफाया गर्न देउसी टोलीहरू भन्ने गर्छन्- ‘ए हामी त्यसै आएको होइन, यहीँको भूमिराजले खटाएको, वलिराजले पठाएको’ भन्ने चलन छ ।
त्यसैगरी, आज खेलिने यो भैलोको बारेमा खोजतलास गर्दा भने यसको चलन यहाँका आदिवासी जनजाति समुदायको किंवदन्तिमा कतै पाइँदैन । आज प्रचलित भैलो चाहिँ किरात संस्कृतिभन्दा अलिक बेमेल खालको महसुस हुन्छ । यो भैलोचाहिँ किरात समुदामा आफ्नै मुन्धुम् गाएर खेलिँदैन । अहिले देउसी खेल्दा महिला-पुरुष दुबै मिलेर खेलिन्छ भने भैलोचाहिँ महिलाले मात्रै, त्यसमा पनि औंशीको रातमा खेलिने चलन आदिवासी समसुदायमा छैन । र, कतै नक्कल गरिएको भए पनि यसको मुन्धुमी आधार पाइँदैन ।
यसैगरी, किरात मुन्धुम् र संस्कारमा कतै पनि भीख माग्ने र दान-दक्षिणा दिने-लिने चलन छैन । बरु, त्यतिकै सहयोग मागिन्छ, केही चिजले साटिन्छ वा मूल्य नै तिरिन्छ । तर, त्यसलाई दान-दक्षिणाको रुपमा दिने-लिने चलन किरात संस्कार र संस्कृतिभित्र पर्दैपर्दैन । भैली खेल्नेहरू आउँछन् आँगनमा । त्यो पनि गुन्युँ चोलो माग्न । त्यै पनि अँधेरी औंशीको रातमा, त्यसमा पनि केवल महिलाहरू मात्रै । यो अलिक बेमेल छ ।
खासमा, वहिहाङको मुन्धुम्अनुसार देउसी खेल्नेले गाउँगाउँमा गएर सृष्टि र सभ्यताको मुन्धुमसँगै वलिहाङको मुन्धुम् सुनाउँदै सांस्कृतिक कार्यक्रमहरू गरेर सबै जनतालई सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा सचेत गराउने खालका कार्यक्रमहरू गर्नुपर्ने हो । एउटा गाउँ र अर्को गाउँ अथवा एउटा जाति र अर्को जातीय समुदायमाबीचमा सहयोग र सद्भावको विकास हुने कार्यक्रमहरू गर्नुपर्ने हो । त्यसै गर्थे पहिले गाउँघरमा । र, अहिले कहींकतै यसको मर्म बुझ्नेले त्यसै गर्ने गर्छन् । तर, धेरैजसो व्यक्ति, संस्था र समुदायबाट यसलाई त्यसरी लिन र गर्नको सट्टा केवल पैसा उठाउने र रमाइलो गर्ने पक्षमा मात्र विकसित हुँदै जानुले तिहारको भविष्य पनि खतरामा पर्दै गएको आभास हुन्छ ।
देउसी खेल्दा पनि यही मुन्धुमको आधारमा राजनेता वालिहाङ् सुसमाचार प्रचार गर्नुपर्ने हो । औंशीरातको दोस्रो दिन बिहानबाट देउसी खेल्नुपर्ने हो । किरात लिम्बु समुदायमा राजनेता वालिहाङ् बिहानपाख घाम उदाएको बेलामा समाधीबाट फर्केर सकुसल भएको अवस्थालाई घाम झुल्केको प्रतीकस्वरूप मुन्धुम भट्याइसँगै “नाम्लिङ्से-घे”/लालिङ्से-घे (सुर्योदय भयो/चन्द्रोदय भयो) भन्ने अर्थमा सहयोगीले अन्तरा थप्दै देउसी खेल्ने चलन छ ।
यी यस्ता चाडहरूलाई संस्थागत गर्न र समयानुसार सही र सार्थक रुपमा मनाउँदै लैजानका लागि आदिवासी जनजातिको हकमा सम्बद्ध जातीय, धार्मिक र सांस्कृतिक संघ-संस्थाहरूले विशेष ध्यान दिएर यसलाई सही मार्गमा डोर्‍याउँदै लाने कार्यक्रम र नीतिहरू अवलम्बन गर्दै जानु आवश्यक छ ।
तिहारमा देखिने विकृतिहरू
दसैं शुद्ध हिन्दू मात्रको चाड हो । यसलाई अरु धर्म र जातीय समुदायले अशुद्ध पारिदिनु हुँदैन । तर, तिहारको सवालमा आज मिश्रित संस्कार, संस्कृति र दर्शनले आआफ्नै ठाउँ लिएको छ । यसमा थुप्रै विकृतिहरू पनि देखिंदैछन् ।
१) जुवा-तासको विकृति
तिहारको बेला घरदेखि गल्ली, सडक र चोकचोकमा जुवा–तास खेल्ने चलन छ । यो चलन गाउँभन्दा पनि शहर–बजारमा अझै बढी व्याप्त छ । यसरी, तिहारमा जूवा–तास खेल्ने चलन आदिवासी किरात समुदायको संस्कार र चलनसँग सम्बद्ध भएको पाइँदैन । यो केवल हिन्दू संस्कृतिअनुसार मात्र यमपञ्चकको रुपमा मानिन्छ र खेल्ने गरिन्छ । मनोरञ्जनको रुपमा खेल्नु ठीकै भए पनि यसलाई संस्कृतिकै एउटा अङ्गको रुपमा मानेर लैजादाँ यसले अरु त के हिन्दू समुदायलाई पनि हित गर्दैन ।
साथै, यसको नकारात्मक असर अन्य आदिवासी समुदायमा पनि पर्न जान्छ । यो जुवा-तास आदिवासी समुदायले खैल्दै नखेलेर र खेल्नेले पनि यसलाई चाडै छोड्नु पर्दछ । अर्थात् यो जुवा-तास खेल्ने परम्परालाई सांस्कृतिक रुपमा मान्नु र वैधता दिनु राम्रो होइन । यो समयलाई कुनै सिर्जनात्मक कर्ममा सदुपयोग गर्नु उत्तम हुन्छ ।
तिहारमा दान–दक्षिणा माग्ने र दिने–लिने विकृति
ख्यालख्यालमै अहिले आएर तिहार चाड पनि दशैंभन्दा विकराल दशाको रुपमा विकसित हुँदैछ । चाड मान्ने र देउसी खेल्ने निहुँमा वलिहाङको नाम जप्दै बलजफ्ती चन्दा र दान–दक्षिणा असुल्ने गलत चलन हाबी हुँदैछ । यसको उन्मूलनको लागि यतिमात्र पैसा दिने भनेर बरु दररेट तोकिन्छ तर कहिल्यै पनि यसको ऐतिहासिक तथ्यलाई खोतलेर हेर्ने र सही कुरा पत्ता लगाएर गलत कुराको जरै उखेल्ने प्रयत्न गरिन्न । यो हाम्रो पनि मानसिक विकृति र कुसंस्कृति हो ।
किरात लिम्बु समाजमा आफ्नै चेलीको हातबाट उनिएको फूलमाला माइतिलाई लगाइदिने चलन धार्मिक-सांस्कृतिक रुपमा पाप र अशुभ हुन्छ भन्ने मान्यता र मुन्धुम् छ । अझै पनि किरात लिम्बू समुदायमा चेली-माइतिबीचमा फूलले एकापसमा कुनै हालतमा पनि हानाहान गर्नुहुँदैन भन्ने मान्यता छ र त्यसो गरिँदैन पनि ।
नेपालका आदिवासी किरात लिम्बू संस्कृतिअनुसार त तिहारमा वा कुनै कुरामा पनि दान-दक्षिणा माग्ने र दिनेलिने संस्कार छैन । यो पछि थोपरिएको विकृति हो । पहिले वलिहाङको सु-समाचार प्रवाह गर्ने खबरदारीहरूलाई माया, दया लागेर मानवीय सहयोगको भावनाले सही सु-समाचार ल्याएकोमा खुशीहुँदै यसो बाटो खर्च, केही चिजबिज वा खानेकुराहरू दिने वा खुवाइ पठाउने क्रमको सुरुवात अवश्य भयो नै । र, अझै पनि सही रुपले तिहारको अर्थ र देउसीको मर्मानुसार देउसी खेल्नेले यसलाई त्यसरी नै बुझ्ने वा लिने गर्दछन् । गाउँघर वा शहर-बजारतिर पनि देउसी खेल्दा खाजापानी दिने चलन अझै पनि छँदैछ ।
tihar-Balihang-Tangnam-Hukwa

तर, अब विस्तारै यो चलन लोप भएर खाजाको सट्टा पनि पैसै दिनुपर्ने चलन नआउला भन्न सकिन्न । त्यसरी, खाजा दिनु भनेको पैसा दिनुभन्दा पनि ठूलो सम्मान दिनु र पाउनु हो । यो “हुक्वा” वा हातको सोवित् दिने चलन पनि हो । यो हुक्वा वा हातको सोवितसँगै खासमा माया, ममता सहयोग र सद्भाव पनि दिइएको हुन्छ । तर, आज यतिमात्र पैसाले हुँदैहुँदैन, यति त दिनैपर्छ; कालो कात्तिकमा दिएको दानै हुन्छ भन्ने चलन गर्नु यो चाड र संस्कृतिको मर्मविपरीत र विरुद्धमा हुन्छ ।
यस्ता गलत पक्षहरूलाई सुधार्नका लागि अब हामीले कसैको करकाप र भुलभुलैयामा नपरी-नलागी आफ्नै संस्कार-संस्कृति र चाडपर्वहरूलाई पनि एकपटक गहिरो गरी हेरेर वा बुझेर यसको मुन्धुम् वा मर्मविपरीत विकसित गरिएको वा अर्काको संस्कृतिबाट भित्र्याइएका गलत प्रवृत्तिहरूलाई सच्याएर साँच्चिकै गौरव गर्न लायकको संस्कार-संस्कृतिहरूको अवलम्बन र विकास गर्दै लैजानु पर्दछ ।
तिहार र देउसीको सवालममा पहिले सञ्चारको साधन थिएन र कुनै समाचार पुर्‍याउन घरघर नै चहार्नुपर्दथ्यो । आज संसार सञ्चारको कारणले सानो गाउँझै साँघुरिएको जमानामा त्यहीअनुसार कतिपय परम्परागत संस्कारहरूलाई सच्याउँदै लानु अपरिहार्य भएको छ । यदि यसो गर्न सकिएन भने त्यो चाडले सामाजिक र सांस्कृतिक रुपमा कुनै खास अर्थ बोकेर समाजलाई सही दिशाबोध गर्न सक्दैन ।
तिहारमा गरिने पूजा, भाइटिका र देउसीको प्रसङ्ग
मानव समाज र सभ्यताको विकासक्रममा आइपरेका कयौं समस्याहरूको सामना गर्दै आउँदा जानी नजानी विभिन्न मूल्य-मान्यता र संस्कार-संस्कृतिहरूको सिर्जना र विकास हुँदै आएको हो । यी सही कुराहरूले मानव समाजलाई सदैव सजग र सचेत गराइरहन्छ । यदि त्यो गलत छ भने पछिको त के वर्तमानमै पनि त्यो संस्कारसँगै बाँच्न र अस्तित्व कायम गर्न गाह्रो भइदिन्छ । झण्डै यो तिहार पनि त्यस्तै हुन लाग्दैछ- हाम्रो कमजोरी र गलत प्रवृत्तिको राज्यसत्ताको एकात्मक नीतिले गर्दा ।
यहाँ फेरि, यो तिहारमा गरिने पूजाआजा र मानिने पुजिने वस्तुहरूको बारेमा एउटा दृष्टिकोणबाट विश्लेषण गर्ने कोसिस गरौं । यसरी हेर्दा यो तिहार चाडमा केही सही कुरासँगै अनगिन्ती गलत कुराहरू पनि हाबी हुँदै आएका छन् । यसमा गहिरिएर आफ्नै संस्कार-संस्कृतिको कोणबाट हेर्ने हो भने थुप्रै बेमेल र असमान संस्कारहरू विकसित भएको पाइन्छ ।
वलिहाङको मुन्धुम्अनुसार तिहारमा काग, कुकुर, गाई, गोरु र भाइलाई देवता मानेर पूजा गर्ने प्रसङ्ग कतै पाइँदैन । यो तिहारमा आजसम्म विद्यमान काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र केवल चेलीले मात्रै भाइ-दाइको पूजा गर्नुपर्ने एकपक्षीय पक्षपाती चलन किरात (याक्थुङ्) मुन्धुमको मर्म, दर्शन र संस्कार संस्कृतिभित्र पर्दैन । यो पछि हिन्दू संस्कारबाट भित्र्याई कोचिएका वा जोडिएका कुराहरू हुन् ।
तिहारको प्रमुख तथ्य मुन्धुम् राजनेता वलिहाङको प्रसङ्गमा कतै पनि चेलीले माइतिलाई फूलमाला, टीका आदि लगाइदिएर पूजा गरिदिएको प्रसङ्ग छैन । वलिहाङको मुन्धुम्अनुसार घर-आँगन फूलले सजाई उज्यालो वत्ती बालेर तिहारको सुरुदेखि औंशीको रातसम्म पहिलेका ती प्रतापी कुसल राजनेता वलिहाङको सम्झना र अबका राजनेताहरू पनि तिनै वलिहाङजस्तै जनताको लागि मरिमेट्ने असल शासक होऊन्, उनीहरूलाई कुनै विघ्न बाधा-अड्चनहरू आइ नलागोस् र देशमा शान्ति सुव्यवस्था छाइरहोस् भनेर आफ्नो इष्टदेवदेवी (तागेरा निङ्वाभूमाङ् र युमा-थेबा साम्माङ्) सँग कलश राखी उज्यालो दियो बालेर विहान-बेलुकी मुन्धुमवमोजिम सेवाप्रार्थना गर्नु सान्दर्भिक हुन्छ ।
देउसी खेल्दा पनि यही मुन्धुमको आधारमा राजनेता वालिहाङ् सुसमाचार प्रचार गर्नुपर्ने हो । औंशीरातको दोस्रो दिन बिहानबाट देउसी खेल्नुपर्ने हो । किरात लिम्बु समुदायमा राजनेता वालिहाङ् बिहानपाख घाम उदाएको बेलामा समाधीबाट फर्केर सकुसल भएको अवस्थालाई घाम झुल्केको प्रतीकस्वरूप मुन्धुम भट्याइसँगै “नाम्लिङ्से-घे”/लालिङ्से-घे (सुर्योदय भयो/चन्द्रोदय भयो) भन्ने अर्थमा सहयोगीले अन्तरा थप्दै देउसी खेल्ने चलन छ ।
लिम्बुजातिले देउसी खेल्दा महिला-पुरुषको समूह र च्याब्रुङ् बाजा हुनु अनिवार्यजस्तै हुन्छ । च्याब्रुङ् नाच्दै देउसी खेल्ने घर-आँगनमा प्रवेश गरेर वलिहाङको मुन्धुम सुसन्देश भट्याउने गरिन्छ । मुन्धुम भट्याउँदा सृष्टिको मुन्धुमदेखि मानवसमाजको विकास हुँदै वालिहाङ्को कहानी जोडिन्छ । वलिहाङको सन्देशको रुपमा तत्कालिन अवस्थाअनुसार सामाजिक, सांस्कृतिक र राजनीतिक सन्देशहरू पनि दिने गरिन्छ । अन्तमा, मुन्धुमअनुसार नै शुभ-आशिर्वाद दिएर विदा लिइन्छ ।
मुन्धुम्अनुसार प्रकृतिमा पाइने जति पनि फूलहरूको बेग्लै अर्थ, उपादेयता र पहिचान छ । किरात लिम्बु समाजमा आफ्नै चेलीको हातबाट उनिएको फूलमाला माइतिलाई लगाइदिने चलन धार्मिक-सांस्कृतिक रुपमा पाप र अशुभ हुन्छ भन्ने मान्यता र मुन्धुम् छ । अझै पनि किरात लिम्बू समुदायमा चेली-माइतिबीचमा फूलले एकापसमा कुनै हालतमा पनि हानाहान गर्नुहुँदैन भन्ने मान्यता छ र त्यसो गरिँदैन पनि ।
किरात याक्थुङ् संस्कार, संस्कृति र मूल्य-मान्यतानुसार फूलको प्रयोग केवल बिहेमा मात्रै बेहुलीले बेहुलालाई उनिएको फूलको माला गलामा लगाइदिन सक्छ । यस समुदायमा जुनसुकै फूलहरू तरुनी-तन्देरीबीचमा पनि आदान-प्रदान गरिँदैन, गर्नु हुँदैन । विभिन्न किसिमका फूलहरूमध्ये शुभ र मानिस जातिका फूलहरू मात्र आदान-प्रदान गरिन्छ, गर्न मिल्छ । त्यसमा पनि तरुनी-तन्देरीले सुनाखरी फूल (अम्लारी फुङ) माया प्रेमको प्रतीकको रुपमा दिनेलिने गर्दछन् ।
त्यसैगरी, शुभकार्य र अशुभ कार्यमा दिनेलिने र प्रयोग गर्ने फूलहरू बेग्लाबेग्लै हुन्छन् । त्यसमा पनि तिहारमा प्रयोग गर्ने बावरी फूल (अन्दङ्फुङ) त मुन्धुम्अनुसार मान्छेले लगाउन नहुने पशु वा बाघको प्रतीक अशुभ फूल हो । सिल्लरी फूल (सेक्मुरिफुङ्) समग्रमा मानिसको प्रतीक फूल हो । यसैगरी, सयपत्री फूल (थोप्पारा फुङ्) तरुण युवा युवतीको फूल हो ।
यसबारेमा मुन्धुमले भन्छ-
“मिनुआङ् फुङ्बे, सेक्मिुरिफुङ् ग
मेन्छाम्मे फुङ्लो, नाम्याप्मि फुङ्लो
मिनुआङ् फुङ्बे अन्दङ्ले फुङ् ग
थक्सारे फुङ्लो, केसामी फुङ्लो
मिनुआङ् फुङ्बे थोप्पारा फुङ् ग
नालिए फुङ्लो, मेन्छिन्ले फुङ्लो
मिनुआङ् फुङ्बे, मिक्चिरि फुङ् ग
खेमा ए फुङ्लो, यङ्सङ् ए फुङ्लो
ए मिक्कि ए सेगुम्लो, कुभुङ् ए सेगुम्लो…..।”
(त्यो सेताम्मै फुल्ने सेक्मुरि (सिलरी ?) फूल त,
मानवको फूल हो, मानिसको फूल हो
त्यो कलेजी रङको बाबरी फूल त
पशुको फूल हो, बाघको फूल हो
त्यो सुनौलो फुल्ने, सयपत्री फूल त
युवा तरुणको फूल हो, तरुणीको फूल हो
त्यो लासमा चढाउने जंगली फूल त
मृत्युको फूल हो, मृतकको फूल हो
ए यी फूलहरू केलौऊँ है, जीवनको फूल जगाऊँ है ।)
यसरी प्रकृतिमा पाइने प्रायः सबै फूलहरूको आफ्नै महत्व, पहिचान र उपादेयता मुन्धुममा वर्णन भएको पाइन्छ । अहिन्दू आदिवासी किरातहरूले तिहारमा ओखर-पाङ्ग्रा फुटाएर, तेलको घेरो लगाउँदै दाइभाइको वरिपरि घुम्दै फन्को मारेर विभिन्न रङ्गहरूको टीका र आफ्नो संस्कारसँग मेल नखाने फूलको माला लगाइदिनुभन्दा अन्य विकल्पबारे सोच्नु आवश्यक छ ।
तिहारमा चेली-माइतिको बीचमा केही अनुष्ठानहरू नगरी नसकिने वा नहुने अवस्था भएमा सोही दिन पारेर किरात लिम्बूहरूको हकमा प्रत्येक छ-छ महिनामा चेली-माइति दुबै पक्षले गरिने शीर उठाउनी (माङ्गेन्ना) अनुष्ठान कार्य गर्न सकिन्छ । यो माङ्गेन्ना गर्ने आफ्नै शैली र मुन्धुम् हुन्छ । यसमा चेलीको माङ्गेन्ना गर्दा माइति र माइतिको माङ्गेन्ना गर्दा चेलीको उपस्थिति अनिवार्य मानिन्छ । यसमा एकअर्काको पूजाभन्दा पनि मुन्धुम्अनुसार उज्यालो-चोखो दियो-कलश र मुन्धुम् विधिले एकअर्काको शीर उठाइदिने कार्य गरिन्छ ।
जीवनयात्रा र सङ्घर्षका मोडहरूमा रहँदा कहींकतै शीर ढल्छ, ढल्नसक्छ । शीर ढलेको मान्छेले कुनै प्रगति गर्न सक्दैन । यसको लागि त्यो ढलेको शीर वा त्यतिकै पनि मेरो चेली वा माइतिको शीर नढलोस् भनेर गरिने अनुष्ठान शीर उठाउनी (माङ्गेन्ना) अनुष्ठान के भाइटीकाभन्दा कम महत्वको विषय हो र ?
db.angbung@gmail.com
यो आलेख पालाम मासिक वर्ष- ५, अंक २/३, पूर्णाङ्क २०, २०६७ (सन् २०१०) मा प्रकाशित ‘तिहारको मुन्धुम, विकृति र सच्चाइहरू’ लेखको सम्पादित रुप हो -सम्पादक ।
esamata.com/ बाट साभार 

नेकपा एमाले भ्रष्टहरुको समुह :-Kedar Dhimal


नेकपा एमाले अहिले निकै चर्चा बिषय बनेको छ | राष्ट्रपति र प्रधानमन्त्री यहि पार्टीबाट चयन भएका छन् | बिद्यादेबी भण्डारी देशको राष्ट्रप्रमुखरुपमा निर्वाचित गरिएको छ | यिनी क्षमताले भन्दा कसैको आसिर्बादले बनाइएको हो | यिनको आफ्नो खास पहिचान छैन | उनलाई पुर्ब एमालेका महासचिव मदन भण्डारीको पत्नीको रुपमा चिनिएको छ | केपी ओली उनको क्षमताले भन्दा ज्यादा जेल बस्ने, खतरा टुक्का भन्ने, गुन्डाका नाइके र परम्परावादी नेताको रुपमा चिनिन्छ | केपी ओलीको आफ्नो जिवानको लक्ष्य देशको प्रधानमन्त्री हुनु हो | देश निर्माण होइन भत्काउनु हो | देशमा देखिएको समस्याको समाधान खोज्नु भन्दा जनता ध्रुवीकरण गर्नु हो | उनले जानेका मधेस, आदिबासी जनजाति, थारुहट,मुस्लिम,दलितको आन्दोलनलाई पुलिसको डण्डाले तह लाउनु खोज्नु हो | तर न्यायाको आन्दोलन गोलि,डण्डा, उखान टुक्का, खरो बोलिले समाप्त हुदैन |
अहिले एमालेमा आफ्नो पार्टीमा मन्त्रीहरु चयन गर्नु फलामको चिउरा चपाउनु जस्तै भएको छ | एमालेका नेताहरुले त् चुनाब लड्नुदेखि प्राकृतिक बिपतिमा परेका मानिसहरुलाई सहयोगसम्म अरुको पैसा लिएर गर्ने अनि आफ्नो पार्टीले गरेको दम्भ दिने | यस्तो प्रबृत्तिबाट मौलाएको पार्टीलेबाट देशको निकास पाउने आशा गर्नु के को के झर्ला र खाउला भने जस्तै हो |
केपी ओली जेलबाट निस्किदा एउटा रुपा भेस्ट, कट्टु र टायरको चप्पल लगाएर निस्किएका सबैलाई जानकार छ | उनले महाभारत र चाणक्य नीति राम्रो अध्ययन गरेका छन् | त्यही भएर उनलाई छलछाम, षडयन्त्र, गुण्डागर्दी, ठोक्ने हान्ने राम्रो ज्ञान छ | आज उनि यो स्थानमा पुग्नु मुख्य कारण हुन् | केपी ओली जेलबाट निस्किदा आफ्नो शरीरमा लगाएको लुगा लागेर मात्र निस्केका थिए | तर अहिले काठमाडौंको बालकोटमा ज्ञानेन्द्र शाहको जत्रो दरवार बनाएका छन् | यो बनाउने पैसा कहाबाट आयो ? कसरी आयो ? यसको छानबिन त् देशको प्रधानमन्त्री उपेन्द्र यादब, अशोक राई, लगायतका नेताहरु हुदा मात्र हुने जस्तो देखियो |
अहिले एमालेलाई राज्यलक्ष्मी गोल्छाले ५ करोड भन्दा ज्यादा सहयोग गरेको प्रमाणहरु सार्वजनिक भैसकेको छ | एमालेको केन्द्रिय सचिबालयले २५ हजार भन्दा ज्यादा चन्दा सहयोग नलिने पार्टीको नीति भएकोले राज्यलक्ष्मी दिएको त्यो सहयोग गलत भएको निर्णय गरेको थियो | तर सत्य तथ्य सार्वजनिक भए पछी एमाले क्षिब्द भएको छ | यो त एक उदाहरण मात्र हो | यस्ता घटना कति होलान | सावर्जनिक हुन् बाकि छ | यो भ्रष्ट पार्टी जनताको पार्टी हुन् सक्दैन देशको पार्टी हुन् सक्दैन यो त् फगत भ्रष्टहरुको झुण्ड र समूह मात्र हुन् सक्छ |

किरात याक्थुङहरूको धर्मदर्शन र महागुरु फाल्गुनन्दको सपना (भाग- २) DB Angbung Limbu



किरात याक्थुङहरूको धर्मदर्शन र महागुरु फाल्गुनन्दको सपना (भाग- २)

२. किरात याक्थुङ मुन्धुम् र धर्म-संस्कार:
किरात लिम्बु भाषामा ‘मुन्’ र ‘थुम्’ को संयोजनबाट बनेको मुन्धुमको शाब्दिक अर्थ गतिशील (Dynamic) हुनु भन्ने हुन्छ । यसर्थमा मुन्धुम् कुनै ऐतिहासिक कहानीमात्र नभएर जीवन्त दर्शन हो । एक गतिशील प्रक्रिया हो । यसले मानिसलाई समय र परिस्थिति अनुसार चल्न प्रेरित गर्दछ ।

“प्राचीन समयदेखि नै किरात समाजमा मुन्धुम् दुई विधामा मौलाएर आएको पाइन्छ । चिन्तन मनन् र कुनै पनि कार्यको अनुभवद्वारा प्राप्त गरेको परोपकारी ज्ञानलाई मानव समाजमा मुखाग्र अभिव्यक्त गर्न सिकाउनु बुझाउनुलाई ‘थुङ्साप् मुन्धुम्’ भनिन्छ । प्रकृतिको सिर्जनात्मक संसारलाई परोपकार गर्न जिउन, जियाउन मार्गदर्शनले भरिएको लिपिवद्ध ग्रन्थहरूलाई ‘पेसाप् मुन्धुम् भनिन्छ”(चोङ्बाङ्, २०५२)।

मुन्धुम् आफैमा एउटा गहन साहित्यकोष पनि हो । यसमा इतिहास, कथा, कहानी, मिथक र विभिन्न जीवनदर्शनहरू संग्रहित छन् । यसमा केवल कुनै काल्पनिक संसार र घटनाहरूको वर्णनमात्र छैन । मुन्धुममा त यही धरतीमाथि रहेका विशेषतः मुन्धुम मान्ने किरात समुदाय तथा लिम्बुजातिको बसोबास भएको ठाउँ लिम्बुवान जहा“ मुन्धुमअनुसार लिम्बु सभ्यताको विकास भएको थियो । त्यही परिवेशको सेरोफेरोमा रहेका डाँडाकाँडा, खोलानाला, पोखरी, पाखा–पखेरा र गुफाहरूको ऐतिहासिक वर्णन छ । पूर्खाहरूका कारुणिक गाथाहरू छन् । जीवनयापन गर्ने तौरतरिकाहरू छन् । जीवनलाई सञ्चालन गर्ने विधि–विधानहरू संग्रहित छन् ।

३. किरात याक्थुङ मुन्धुमः
किरात याक्थुङ मुन्धुम् सिङ्गै याक्थुङ सभ्यताको इतिहास हो । यसमा पूर्खाहरूका जीवन भोगाइका अनुभव र अनुभूतिहरू संकलित छन् । मुन्धुमको अध्ययन गर्दा किरात पूर्खाहरूले व्यतीत गरेका समयको अन्तरालमा कैयौं पटक मानव सभ्यताको शिखरमा पुगेको आभाष हुन्छ । यसको प्रमाणको रुपमा मुन्धुम्मा वर्णित जीवन र जगतको व्याख्या आधुनिक विज्ञानको आविष्कारस“ग मेलखाने किसिमको हुनु हो ।

मुन्धुमको सृष्टि वर्णन विज्ञानसम्मत छ । केही शताब्दी अघिमात्र पृथ्बी चेप्टो या गोलो छ ? पृथ्वी कि सूर्य घुम्छ भनेर वैज्ञानिकहरू विवाद गरिरहेका थिए । त्योभन्दा हजारौं वर्ष अगाडिदेखि नै किरात याक्थुङ पूर्खाहरूले भनिल्याएको मुन्धुममा पृथ्वी गोलो भएको र यसले सूर्यलाई परिक्रमा गर्ने कुरा सङ्केत गरेका छन् । पृथ्वीको सृष्टिपश्चात् वनस्पतिको सृष्टि भएको कहानी मार्मिक छ । पानी नपरेर बीउ नउम्रेको, रुख-पात सुकेको वर्णनहरू कारुणिक छन् । पानी पार्न छेलो हान्नु परेको कष्टहरू आश्चर्यजनक छन् । आखिरीमा, विरुवाहरू उम्रिँदा पनि पहिले त अनुपयोगी, विषालु रुखहरू मात्र उम्रिएको कहानीहरू छन् । कालान्तरमा विभिन्न विरुवाहरू पलाएर हरियाली छायो । त्यसपछिमात्र जीवजन्तु तथा पशुपंक्षीहरूको उत्पत्ति भएको वर्णन छ । अब त्यतिले मात्र धरती–आकाश नसुहाएर आखिरीमा मानवको उत्पत्ति र विकास भएको वर्णन मुन्धुममा पाइन्छ ।

किरात याक्थुङ पूर्खाहरूले ती जीव-जन्तुहरूसंग कसरी साक्षात्कार गरी जीवन यापन गर्दै आए भन्ने कुरा मुन्धुम्मा वर्णित कुकुर, बिरालो, बाँदर, बोका, सर्प, चिललगायत विभिन्न पशुपंक्षीहरूको वर्णनबाट थाहा हुन्छ । त्यसैगरी किरात/याक्थुङ हरूले नाच्ने ढोल (च्याब्रुङ) नाचमा नक्कल गरिने पशुपंक्षीहरूको नाचले पनि किरात/याक्थुङहरू र ती पशुपंक्षीहरूबीचको नजिकको सुसम्बन्धलाई इङ्गित गर्दछ । किरात लिम्बूहरूको धाननाच र राईहरूको साकेला सिलीनाच आदिको साङ्केतिक वर्णन र गीत-संगीतले उनीहरू कसरी जंगलीयुगबाट कृषियुगमा प्रवेश गरी जीवनयापन गर्न सिके भन्ने कारुणिक कहानीहरू महशुस गर्न सकिन्छ ।

४. किरात/याक्थुङहरूको धर्म-संस्कारः
‘धर्म’ आफ्नो बुझाइबाट धारणाहरू निर्माण गर्ने प्रक्रिया हो । मुन्धुमलाई बुझेपछि आफूमा जुन धारणा निर्माण हुन्छ त्यही धर्म हो । धर्म भनेको स्वभाव पनि हो । कुन मान्छेको स्वभाव कस्तो हुने भन्ने कुरा उसको बुझाई र उसलाई समायोजित गराइमा भर पर्दछ । आगो तातो हुनु, बल्नु त्यसको स्वभाव हो र त्यही नै आगोको धर्म पनि । त्यस्तै किरात/याक्थुङहरू किरात/याक्थुङजस्तो हुनु, त्यसरी जीवनधारण गर्नु र त्यस्तै स्वभावको हुनु जस्तो मुन्धुमले निर्देशित गरेको छ, त्यही नै किरात/याक्थुङहरूको धर्म हो । तर, किरात/याक्थुङ मुन्धुमको अर्थ एकातिर र जीवनधारण अर्कोतिर हुनु किरात/याक्थुङहरूको धर्म होइन । किरात धर्म आफ्सेआफ् आफूमा जागृत हुने धारणा पनि होइन । यसको लागि सर्वप्रथम आफैले आफ्नै बन्द इन्द्रीयहरूलाई खुल्ला गर्न सक्नुपर्दछ । मुठीहरू फुकाउन र हातहरू उठाउन सक्नुपर्दछ । त्यसका लागि कम्तीमा पनि किरात/याक्थुङ मुन्धुमको अध्ययन गर्नु र आफ्नै संस्कारहरूको अवलम्बन गर्नु प्रथम खुड्किला हुनेछ । यदि कसैले आफ्नै जातीय संस्कारहरूलाई अवलम्बन गर्दैन भने उसमा मौलिक धर्मको स्वभाव जागृत नहुनु कुनै अनौठो कुरा होइन । बरु, ऊ र उसको परिवार वा समाज फेद न टुप्पाको अथवा यता न उत्ताको हुन्छ । उसले आफ्नो र पराई खुट्याउन सक्दैन । आफ्नोलाई चिन्दैन र पराइलाई बुझ्दैन । अनि उसको जीवन चमेराको कथाझैं ब्यथित् हुनसक्छ ।

किरात/याक्थुङहरूको धर्म संस्कार अवलम्बन गर्नु भनेको मुन्धुम् दर्शनले चाहेजस्तो व्यक्तित्व भएको जीवन निर्माण गर्नु हो । जुन व्यक्तित्व उसको सोचाई, बुझाई, लवाई खुवाई र व्यवहार गराई आदिमा झल्किंदै जान्छ र ऊ दुनिया“को प्रियपात्र भई सफलताको सिंढीहरू चढ्दै जान्छ । यही मूलमार्गको पहिचान गर्नु नै एक अर्थमा किरात/याक्थुङहरुको धर्मको मूलमार्गमा रहनु हो ।

तर, किरात/याक्थुङहरुको धर्म-संस्कारको अवलम्वन गर्दा पहिले पूर्खाले जे गरेर ल्याए जसरी बा“चेर आए अहिले पनि त्यही अनुसार नक्कल गर्नुपर्दछ भन्ने होइन । हामीले पकड्ने कुरा मूलदर्शन एवं मुन्धुम्को मर्म हो । त्यही दर्शनले निर्देशित भई समयानुसार चल्नसक्नु पनि किरात/याक्थुङहरूको धर्म संस्कारको सही अवलम्वन गराई हो ।

सन्दर्भसूची
चोङ्बाङ्, हरि । २०५२ । किरात ऐतिहासिक दर्पण –१

क्रमश:.....
(नोट: यो लेखोट, महागुरु फाल्गुनन्दको स्मृति दिवसको अवसरमा २०६४ साल कात्र्तिक २५ गते किरात याक्थुङ् चुम्लुङ् केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको एक अवधारणा–पत्रको सम्पादित अंश हो |)

किरात याक्थुङहरूको धर्मदर्शन र महागुरु फाल्गुनन्दको सपना (भाग- १) DB Angbung Limbu





(बहस: राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको स्मृति दिवसको सन्दर्भमा)

०. विषयप्रवेशः
सम्पूर्ण मानव बुझाइहरू केवल व्याख्या मात्र हुन् । आखिरीमा, कुनै व्याख्या पनि अन्तिम सत्यचाहिँ होइन । यो उत्तरआधुनिक सोच हो । संसार यो सोचाइ अनुसार पनि चलेको छ । मत्लब, म नै सर्बेसर्बा हुँ । मेरै सोचमात्र ठीक र बा“की सब गलत हुन् भन्ने विचारले मात्र अब स्थान पाउँदैन । आफूसंग सही सोच र सान्दर्भिक विचार नै भए पनि त्यसलाई उचित तवरले प्रस्तुत गर्न र बुझाउन सकिएन भने त्यसको सार्थकता हुँदैन । फेरि, आफ्नो विचारहरू अरुले एकदमै फरक ढङ्गले बुझिदिन पनि सदक्छन् । यसलाई रोकेर छेक्न सकिन्न । यसर्थ, विचारक वा लेखकहरू एक अर्थमा मृतक हुन् पनि भनिन्छ ।

अर्को अति गजबको तर अलिक सोचनीय कुरा के छ भने कुनै एक व्यक्ति कसैको लागि भगवान हुन्छन् त कसैका हु“दैनन् । गुलावको फूलमा कोही फूलैफूल देख्छन् त कोही काँडैकाँडा मात्र । वास्तवमा, फूल र काँडा दुबै भएरमात्र गुलाव भएको कुरा धेरैले बिर्सिदिन्छन् । फूलको बखान गर्नेले फूलैफूलको प्रसंशामात्र गरेको पाइन्छ भने काँडाको आलोचना गर्नेले काँडैकाँडाको अबहेलना मात्र । तर, फूल र काँडाबीचको अगाध अन्तरसम्बन्धलाई बुझेर गुलावको व्याख्या कमैमात्र गरिन्छ । भन्न खोजिएको कुरा के हो भने कुनै महान व्यक्तिप्रतिको हेराइमा पनि त्यही ब्यहोरा लागू भएको हुन्छ । अहिले यहा“ त्यही कठघरामा किरात याक्थुङहरुको धर्मका एक दर्शनदाता महागुरु फाल्गुनन्दलाई उभ्याउन खोजिएको छ । यो किनभने, मान्छे महान आफैं भएपनि भगवान अरुले बनाउछन् । त्यो भगवान कस्तो हुने हो भन्ने कुरा पनि फेरि त्यही मान्छेहरूकै बुझाइ र व्याख्या गराइमा भर पर्दछ, जुन कहिल्यै पनि अन्तिम सत्य हुँदैन ।

१. किरात याक्थुङहरूको जीवदर्शन र त्यसको उठानः

‘किरात याक्थुङहरुको दर्शन’ भन्नाले उनीहरूको जीवन र जगतप्रतिको आफ्नैै किसिमको हेराइ वा बुझाइलाई बुभ्mनुपर्दछ । किरात याक्थुङहरूको धर्मग्रन्थ ‘मुन्धुम्’ हिन्दूहरूको वेद, बुद्धिष्टहरूको ‘धम्मपद वा त्रिपिटक’, इस्लामहरूको ‘कुरान पाक’ र इसाईहरूको ‘वाइवल’ भन्दा पृथक किसिमको छ ।

किरात याक्थुङहरूको धर्मग्रन्थ मुन्धुम्मा अन्य धर्मग्रन्थमा भन्दा भिन्न अस्तित्व जे छ त्यही नै किरात याक्थुङ दर्शनको उठान विन्दु हो । किरात याक्थुङ मुन्धुम्को उठान शून्यताबाट भएको आभाष हुन्छ । ‘‘ए ...उहिले ....धेरै पहिले त यो जगतमा केही पनि थिएन । केही थियो त केवल चारैतिर शून्यतामात्र थियो । कालान्तरमा त्यही शून्यताबाट सम्पूर्ण जगतको सृष्टि भयो’’ भनेर याक्थुङ मुन्धुमले व्याख्या गर्दछ ।

किरात याक्थुङ दर्शन मध्यममार्गी एवं सहअस्तित्ववादी दर्शन हो । यसले भौतिक पदार्थ र जगतमात्र सबै थोक भनेर मान्दैन । यसका साथै ईश्वर नै सबै थोक हो भनेर सारा जीवन र जगतलाई भगवानकै पाउमा मात्रै पनि सुम्पदैन । किरात याक्थुङ दर्शनले जीवनलाई हाड र मासुको मूर्तिको रुपमा मात्र हेर्दैन र यसलाई सञ्चालन गर्ने कुनै अदृष्य शक्ति छ भनेर पनि विश्वास गर्दैन । जीवन र जगतलाई सञ्चालन गर्ने नियमको नाम किरात याक्थुङ दर्शन हो । जसको मूल स्रोत उनीहरुहरूको मुन्धुम् हो । ती दर्शनहरू धर्म, संस्कार, साहित्य र कला भएर जीवनमा लागू भइरहेका हुन्छन् ।

किरात याक्थुङ दर्शनले सर्वप्रथमतः एक व्यक्तिको व्यक्तिगत जीवनलाई पनि महत्वपूर्ण ठान्दछ । त्यसैले नै याक्थुङ संस्कारमा मानिस जन्मनुभन्दा पहिल्यै उपकार गरिन्छ, जन्मिएपछि यो विश्व–ब्रम्हाण्डलाई चिनाइन्छ । प्रकृतिसंग साक्षात्कार गरेर बा“च्न पे्ररित गरिन्छ । उसलाई जहिल्यै पनि उच्च शीर बनाएर शीर नढली जीवनयापन गर्न सिकाइन्छ । एक व्यक्तिको शीर(माङ्गेन्ना) ढल्नु ऊ मरेसरह हुन्छ भनेर माङ्गेन्ना उठाइन्छ । कोही सफलता र प्रगतिमा बा“च्दा पनि अरुको आ“खीडाही (नाहेन्) लाग्छ कि भनेर सजग गराइन्छ । किनकि, अरुको आ“खीडाही लाग्नु पनि जीवनको अन्त हुनु हो । त्यसैले, किरात याक्थुङ दर्शनले एउटा मान्छेको व्यक्तिगत जीवनलाई पनि महत्व दिएको हुन्छ ।

किरात याक्थुङ दर्शनले जीवनमा मात्र जीवनको अस्तित्व नखोजेर मृत्युमा पनि जीवनको अस्तित्व खोज्दछ । यसको अर्थ मानिसको मृत्युलाई पनि एकदमै संवेदनशील तवरले आत्मसात गर्दछ । ऊ मर्यो र अब अर्को जूनीमा सर्यो भनेरमात्र विश्वस्त होईंदैन । यसको ज्वलन्त उदाहरणको खोजीमा लिम्बुजातिको मृत्युसंस्कार (खाउमा मुन्धुम्) लाई राम्ररी व्याख्या–विश्लेषण गरेर हेर्दा स्पष्ट हुन्छ । खाउमा मुन्धुममा मृतकको मृत्युको कारणको स्पष्टीकरण मागिन्छ । त्यसबारे समाजसंग सोधखोज गरिन्छ । मानव भएर बाँच्ने अधिकार पायो कि पाएन ? उसलाई बचाउन कोसिस गरियो कि गरिएन भनेर उसको मानव अधिकारको खोजी पनि गरिन्छ । त्यसैले, किरात याक्थुङ दर्शन मानवतावादी, जीवनवादी, समानतावादी एवम् सह–अस्तित्ववादी दर्शन हो भनेर भन्न सकिन्छ ।

क्रमश:.....

(नोट: यो लेखोट, महागुरु फाल्गुनन्दको स्मृति दिवसको अवसरमा २०६४ साल कात्र्तिक २५ गते किरात याक्थुङ् चुम्लुङ् केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको एक अवधारणा–पत्रको सम्पादित अंश हो |)

बाबुराम भट्टराईको नयाँ शक्ति र समकालीन राजनीति by प्रा. कृष्ण खनाल

बाबुराम भट्टराईको नयाँ शक्ति र समकालीन राजनीति

डा. बाबुराम भट्टराईले एउटा नयाँ प्रकारको राजनीतिक ‘मुभ’ गर्न खोज्नुभएको जस्तो देखिन्छ । मलाई लाग्छ, अहिलेको परिस्थितिमा मुलुक त्यसको लागि तयार छैन ।
मलाई एउटा कुराले घचघच्याइरहेको कुरा चाहिँ के हो भने संविधान जारी गर्नेबेलामा तपार्इं पनि एउटा महत्वपूर्ण स्थानमा हुनुहुन्थ्यो । संविधान जारी गर्ने विषयमा तपाईंले पनि भूमिका निर्वाह गर्न सक्नुहुन्थ्यो/पर्थ्यो । संवाद समितिको सभापति हुनुहुन्थ्यो, तर संविधान त तपाईंहरुकै पहलमा आयो ।
मधेशको समस्या समाधान गर्ने मौका हामीले गुमाइसक्यौं । अहिले यो समस्या हाम्रो हातमा छैन । हामी कसैको आदेश वा निर्देशनको पर्खाइमा छौं । वार्ताटोली पनि त्यसैको पर्खाइमा छ । त्यसैले अहिले हामीले केही गर्न सक्छौं भने वातावरण बनाउने काम मात्र गर्न सक्छौं । तर निकास निकाल्न सक्दैनौं ।
अहिले पनि तपाईं ‘संविधान त राम्रै आयो’ भन्दै हुनुहुन्छ । ‘यो कुरा नहुन्जेलसम्म चाहिँ संविधान जारी गर्न मिल्दैन’ भन्नुपर्थ्यो नि त । तपाईंले पनि मधेशको कुरा सुनिराख्नै भएको थियो । तर ऐनमौकामा त्यो बोलिएको कुरा पूरा गर्न किन चुक्छन् राजनीतिक दलहरु ? मधेशवादी दलहरुले पनि संविधान भएन भनेर भोट नहालेका त होइनन् नि त ! त्यसैले यो दोहोरो कुरा गरेर भएन डा.’साप ।
हामी चुक्यौं, तपाईं पनि चुक्नुभयो । संविधानसभा रहँदासम्म समय थियो । संविधानसभा रहँदा तपाईंहरुले संविधानसभा र राज्य पुनःसंरचनाको विषयलाई तपाईंहरुले एकअर्काबीच मेल नखाने कुराको रुपमा हेर्नुभयो । हिजोको त्यो संविधानसभाले सबै पक्षलाई समेट्छ भन्ने परिकल्पनाभन्दा बाहिर गएर हेर्नुभयो ।
अहिलेकै मनस्थितिमा रहेर यो समस्या हल हुँदैन । मलाई लाग्छ, यो वार्तासार्ताले पनि केही निकास दिनेवाला छैन । वार्तामा बस्दा दुई पक्षले बोलेको कुरा र वार्ता सकिएपछि उनीहरुले बोलेको कुरा सुन्दा यस्तो वार्तामा जति बसे पनि कहीँ पुगिने छैन ।
मधेशको समस्या समाधान गर्ने मौका हामीले गुमाइसक्यौं । अहिले यो समस्या हाम्रो हातमा छैन । हामी कसैको आदेश वा निर्देशनको पर्खाइमा छौं । वार्ताटोली पनि त्यसैको पर्खाइमा छ । त्यसैले अहिले हामीले केही गर्न सक्छौं भने वातावरण बनाउने काम मात्र गर्न सक्छौं । तर निकास निकाल्न सक्दैनौं ।
अहिले एमाओवादी, कांग्रेस र एमाले मिलेर संविधान जसरी जारी भयो, संसारमा संविधान यसरी बन्दैन । संशोधन त आज देख्न नसकिएका, आज खुट्याउन नसकिएका समस्याहरु आइपरेपछि त्यसको समाधानको लागि गर्ने हो । तर यहाँ त समस्या नाकमा झुन्डिरहेको छ, समाधान चाहिँ भोलि खोज्छु भनेर गरियो । दुनियाँमा कहीँ यस्तो हुन्छ ?
यो तनावपूर्ण वातावरणमा हामी केही गर्नै सक्दैनौं । यसले दूरगामी प्रभाव पार्ने प्रकारको परिवर्तन ल्याउँछ भन्ने मलाई लाग्दैन । विगतका हाम्रा सम्झौताहरु किन लागु भएनन् भन्ने सन्दर्भमा यो पनि एउटा कारण हो । त्यसबेला पनि सम्झौताका बुँदाहरुले भविष्यमा के प्रभाव पार्छ भन्ने नहेरी तत्कालको समस्या समाधान गर्ने भनेर गरियो ।
अहिले एमाओवादी, कांग्रेस र एमाले मिलेर संविधान जसरी जारी भयो, संसारमा संविधान यसरी बन्दैन । अगाडि नाकमा झुन्डिरहेको समस्यालाई भोलि संशोधनमार्फत सम्बोधन गर्छु भनेर संविधान बन्छ कहीँ ? संशोधन त आज देख्न नसकिएका, आज खुट्याउन नसकिएका समस्याहरु आइपरेपछि त्यसको समाधानको लागि गर्ने हो । तर यहाँ त समस्या नाकमा झुन्डिरहेको छ, समाधान चाहिँ भोलि खोज्छु भनेर गरियो । दुनियाँमा कहीँ यस्तो हुन्छ ?
जहाँसम्म मधेशको समस्याको कुरा छ, हामीले खालि वातावरण निर्माण गर्ने हो, संवादका लागि वातावरण हामीले निर्माण गर्न सकिन्छ । तर, अहिले सत्तापक्षले सुन्छ भन्ने कुरामा चाहिँ मलाई विश्वास लाग्दैन । विश्वास भएको भए सायद डा’सापले पनि पार्टी छोड्नुहुन्नथ्यो कि ?
कातिक १५ गते राजधानीमा  ‘समकालीन राजनीतिका आन्तरिक र बाह्य चुनौतीहरु’ विषयक अन्तर्क्रियामा डा. बाबुराम भट्टराईद्वारा व्यक्त विचारमाथि प्रा. कृष्ण खनालको टिप्पणीको सम्पादित अंश । 

esamata.com बाट साभार 

लिम्बुवान नभए ‘वृहत्तर लिम्बुवान’ भवानी बराल





10 Oct 2015

नेपालको संविधान जारी हुनासाथ मुलुक शान्ति र समृद्धिको दिशातर्फ लम्कनेछ भन्ने कुराको संकेतसम्म देखिएको छैन् । संविधान जारी हुनुपूर्व नै पश्चिम नेपाल थरुहट र मध्य तराइ मधेसको असन्तुष्टी प्रस्तावित लिम्बुवान अर्थात मेची—कोसीमा सल्कने क्रममा छ । यो डढेलोलाइ वर्तमानमा मधेसको बाछिटा भनिएला तर, सारमा यो ऐतिहासिक विद्रोहको निरन्तरताको जगमा उभिन खोजेको छ । यो हिसावले हेर्दा नया“ संविधानको घोषणा पहिलो गा“समै ढुङ्गा परेको छ ।

‘लिम्बुवानवासी जनताको उत्कट चाहना र आन्दोलनलाई सम्बोधन गरी राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई अक्षुण राख्दै संविधानसभाबाट वर्तमान नेपालको राज्य पुनर्संरचना गर्दा लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक क्षेत्र लगायतका आधारमा स्वायत्त राज्यहरुको संवैधानिक व्यवस्था गरी संघीय शासन प्रणाली अवलम्बन गरिनेछ ।’ (सात दल सम्मिलित नेपाल सरकारको वार्ता समिति र संघीय लिम्बुवान राज्य परिषदबीच भएको सहमति ०६४ चैत ६ गते ) ‘राज्यको नयाँ संरचना गर्दा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण राख्दै लिम्बुवान, खम्बुवान, ताम्सालिङ, थरुहट लगायतका आदिवासी, जनजाति, दलित, पिछडिएका वर्ग र जातहरुको ऐतिहासिक पृष्ठभूमि, भाषा, भौगोलिक क्षेत्र र आर्थिक स्रोत तथा सम्भाव्यताका आधारमा वैज्ञानिक स्वशासनयुक्त स्वायत्त गणराज्य सहितको संघीय शासन प्रणालीको संविधान सभाबाट व्यवस्था गरिनेछ ।’ (नेपाल सरकार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच ०६४ फागुन १८ गते भएको सहमति)
पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा लिम्बुवानजन्य संगठन र तत्कालिन सात राजनैतिक दल सम्मिलित नेपाल सरकारबीच भएको यी महत्वपूर्ण सहमति हुन् । यसमानेमा यी महत्वपूर्ण छन् कि यी सहमति नभएको भए प्रस्तावित लिम्बुवानमा पहिलो संविधानसभाको निर्वाचन निर्वाध सम्पन्न हुने थिएन । सहमति नभएको भए राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समिति वा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको बहुमतले पनि सम्बोधन गर्दथ्यो वा थिएन गर्भमै छ । तर दोस्रो संविधानसभाले दुबै सहमतिलाइ धोती लगाइ दियो । फलस्वरुप लिम्बुवान आन्दोलन पुनः सडकमा आइपुग्यो । समिति र आयोगले लिम्बुवान आन्दोलनको निरन्तरताले लिम्बुवानलाई प्रस्ताव गर्नु पर्ने भएपछि जातीय पहिचानका आधारमा अन्य राज्यहरु पनि प्रस्तावित भए ।

लिम्बुवान निरपेक्ष जातीय आधारमा प्रस्तावित राज्य होइन । लिम्बुवानको राजनैतिक आन्दोलनमा लागेका लिम्बुवानजन्य संगठनको प्रस्तावमा यो जातीय ऐतिहासिक पृष्ठभूमिमा बन्ने राष्ट्रिय राज्य हो भन्ने प्रस्ट व्याख्या गरिएको छ । लिम्बू जातिको ऐतिहासिक पृष्ठभूमिको आजको निरन्तरतासंग मात्र लिम्बुवानको माग अन्तरसम्बन्धित छ । अर्को अरुण सप्तकोसी पूर्वको भूगोल दावी गरिएकोले पनि यसले ऐतिहासिक पहिचानको मात्र माग गर्दछ । तेस्रो लिम्बू जातिले निरपेक्ष लिम्बू जातीय राज्य चाहना गरेको भए ‘याक्थुङ लाजे’ माग गर्ने थिए । लिम्बू जातिको ऐतिहासिक एकल जातीय राज्य त्यहि हो । लिम्बु जातिलाई ‘याक्थुङ्वा’ भनिन्छ उनीहरुको सामूहिक पहिचान नै याक्थुङ्वा हो । र उनीहरुको संगठनको नाम किरात याकथुङ चुम्लुङ छ । समाज विकासको विभिन्न चरण पार गर्दा अन्य जातीय ईकाइको सम्मिलन भयो । शान मकवानवंशी, चिनिया र स्थानीय किरातीहरुको वंशानुगत मिस्रण आजका याक्थुङ्वा वा प्रचलित भाषामा लिम्बू जाति हुन । लिम्बू विशेषण हो । याक्थुङवाहरुलाई चिनाउने नयाँ नाम मात्र हो । जसरी इण्डियाको खोजि गर्दा भुलेर अमेरिका पुगेका कोलोम्बसले अमेरिकाका रैथाने काला जातिहरुलाई रेड ईण्डियन नाम दिए । बस यहाँका याक्थुङ्वाहरु पनि धनु काँडको सहायताले राज्य गठन गर्न पुग्दा लिम्बू हुन पुगे । चिनिया भाषामा लिम्बूको अर्थ धनु काँड भन्ने लाग्छ ।

यी ऐतिहासिक तथ्य र लिम्बुवानजन्य सबै संगठनको राजनैतिक रुपरेखा, उनीहरुले प्रस्ताव गरेको लिम्बुवानको नमूना संविधान हेर्दा निरपेक्ष जातीय राज्य हो भन्ने कतै गन्ध आउँदैन । यो जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रस्ताबित क्षेत्रगत, भौगोलिक राज्य हो । जातीय ऐतिहासिक पृष्ठभूमिमा बन्ने राष्ट्रिय राज्य हो ।


लिम्बुवान र नेपाल
विसं १८३१ साउन २२ गते अघिसम्म लिम्बुवान स्वतन्त्र राष्ट्रकोरुपमा थियो । अरुणपूर्वको लिम्बुवान सेन मकवान, भारतमा भएको डोय साम्राज्य, सिक्किम र तिब्बतको उपनिवेशमा पनि रह्यो । तर, ईतिहासकारहरुले यसलाई तत्कालीन नेपालको बाईसी–चौविसी सरह राज्यकोरुपमा प्रस्तुत गरिदिनाले धेरै ठूलो भ्रम हुन गएको छ । नेपालको तत्कालिन अन्यत्रको राज्य व्यवस्था र लिम्बुवानको राज्य व्यवस्थामा भएको फरकपनले पनि लिम्बुवान बाईसी–चौबिसी समान देखाउँदैन । उपत्यकामा लिच्छवीका भूमि वर्माले किराती शासनलाई नष्ट गरेपछि पलायन भएका किरात महावंशको एउटा हा“गो याक्थुङ्वाहरुले स्थापना गरेको लिम्बुवान रैथाने सामन्तहरुको उन्मुलनपछि स्थापित भएको हो । त्यस बखतको समाज विकास अनुसार संघीय संरचना अवलम्बन गरेको आधारमा लिम्बुवानको स्वतन्त्र अस्तित्व देखिन्छ । गोर्खा राज्यसंग सहमति हुन अघिसम्म लिम्बुवान संघीय ढाँचामा थियो । सत्र थुममा विभाजित लिम्बुवानको केन्द्रिय संघ विजयपुर हो । यसैले विजयपुरलाई ऐतिहासिक अभिलेखमा लिम्बुवानको तहसिल राजधानी भनिन्छ । विजयपुरले नै अरुणपूर्व, दक्षिण जलालगढ (हालको पुर्णिया विहार भारत ) पूर्व टिष्टा पश्चिम सिक्किमसम्म र उत्तर तिब्बतसमम्मको भूभाग संघीय प्रशासनिक ईकाईको नेतृत्व गरेको थियो । स्थानीय रैथानेहरुको स्वायत्त क्षेत्रहरु सहितका थुमहरु नै तत्कालिन लिम्बुवानको संघीय व्यवस्थाको झल्को हो । यी आधारहरुबाट लिम्बुवान स्वतन्त्र थियो भन्ने कुरा प्रस्ट हुन्छ । लिम्बुवानको मेची नदी पुर्व, पश्चिम टिष्टासम्म र कोशीपूर्वका तराइका भूभाग अंग्रेजसंगको युद्धमा हारेर गुमाएको पनि होईन । अंग्रेजसंग कोशीपूर्व लिम्बुवानमा युद्ध भएकै थिएन । तत्कालीन राजा गिर्वाणुयुद्ध विक्रम शाहले प्रतिवर्ष दुई लाख रुपैया पाउने शर्तमा तत्कालीन व्रिटिष ईण्डियाका गभर्नर लर्ड हेस्टिगसलाई भाडामा दिएका हुन । मेचीपूर्व टिष्टानदी पश्चिम, जलालगढ उत्तर र जोगवनी तथा गलगलिया दक्षिणको लिम्बुवानको भूभाग यसरी फाउमै गुम्यो । अर्को तथ्य भनेको नेपालका बाईसी राज्यहरु कर्णाली प्रदेशमा र चौविसी राज्यहरु गण्डक प्रदेशमा थिए । लिम्बुवान कोशीपूर्वको एकमात्र स्वाधिन राष्ट्र हो ।

नया“ संविधानमा लिम्बुवानको ऐतिहासिक रुपरेखा छैन । घोषित १ नम्बर प्रदेशमा मेची, कोसी र सगरमाथाका १४ जिल्ला परेका छन् । लिम्बुवान आन्दोलनको यो माग होइन । लिम्बुवान आन्दोलनले अरुण सप्तकोशीपूर्वका ९ जिल्लामात्र ऐतिहासिक पहिचानको आधारमा माग गरेको हो । लिम्बुवानको स्थापना ऐतिहासिक सन्धि सर्पन र वर्तमानमा भएगरेका सहमति अनुसार हुनुपर्छ । सात दल सम्मिलित राष्ट्रिय सरकारले गरेको माथि उल्लेखित पछिल्लो सहमतिको भावना अनुसार राजनैतिक रपरेखा कोरियो भने मात्र आधुनिक लिम्बुवान भेटिन्छ ।


बृहत्तर लिम्बुवानको रुपरेखा
बृहत्तर लिम्बुवान यसभेगमा बेलाबखत चर्चामा आउने राजनैतिक पदावली हो । बृहत्तर लिम्बुवान परिपक्क नहुदै समग्र नेपालमा हुने परिवर्तनले यो विषय गौण बनाउँदै आएको छ । पहिलो जनान्दोलन अगाडि पनि बृहत्तर लिम्बुवानको चर्चा भएको थियो । बृहत्तर लिम्बुवान प्रस्तावित लिम्बुवान क्षेत्रमा अप्ठ्यारो परिस्थितिमा उठ्ने राजनैतिक रुपरेखा हो । ऐतिहासिक लिम्बुवानको एक तिहाई बढी जमिन भारत शासित प्रदेशमा विभाजन भएको छ । निकै ठूलो जनसंख्या मेचीपारि छ । उता तिर केन्द्र सरकारले गरेको उत्पीडनको विरुद्ध गोर्खालेण्डको आन्दोलन भैरहने गर्छ । गोर्खालेण्ड आन्दोलनले उठाएको माग कहिल्यै पुरा गर्ने छाँटकाँट केन्द्र सरकारले देखाउने गरेको छैन । यस्तै बेलामा आउने राजनैतिक पदावली बृहत्तर लिम्बुवान हो । मेचीपारिबाट उठेको यो रुपरेखा मेचीवारि तर्ने संभावना उत्तिकै छ । नेपाली भाषाको मान्यताको लागि बर्षौ लडेका पारिका नेपालीहरु स्वतन्त्र देशको स्वतन्त्र नागरिक हुनु र नहुनुको मर्म उनीहरुलाई राम्रै थाहा छ । यसलै पश्चिम बंगालको ‘प्रोटेक्टेड’ गोर्खालेण्ड भन्दा स्वतन्त्र बृहत् लिम्बुवानको रुपरेखाले उनीहरुलाई आकर्षित गर्न सक्छ । गोर्खा जनमुक्ति मोर्चाले चलाएको आन्दोलनको बेला मेचीवारि गोर्खालेण्ड ः मेचीपारि लिम्बुवान लेखिएको होर्डिग बोर्र्ड र तुल व्यानर खुव प्रचारमा ल्याएको थियो । यी नाराको राजनैतिक अनुवाद गर्दा बृहत् लिम्बुवानको प्रस्तावित रुपरेखा लाग्नसक्छ । भारत स्वतन्त्र भएपछि सन् १९५० जुलाई ३१ तरिखमा सम्पन्न नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका आधारमा मेचीपारि टिष्टा पश्चिमको भूभाग ‘नो मेन्स लेण्ड’ भएको दावीसहित गोर्खा राष्टिय मुक्ति मोर्चाका अध्यक्ष सुवास घिसिगले १२ जनवरी १९९२ मा तत्कालिन भारतीय प्रधानमन्त्री पी.वी. नरसिंह राव र नेपालका प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालालाई मेचीपारि टिष्टासम्मको जमिनको हैसियत स्पष्ट गर्न माग गरेका थिए । उक्त सन्धिको धारा ८ अनुसार मेचीपारिको जमिनको हैसियत अझै अन्योलमा छ । यी र यस्तै ऐतिहासिक अन्योल र लिम्बुवानको ऐतिहासिक भूगोलमा तथाकथित किरात, विजयपुर, पूर्वी थरुहट, एक मधेस, कोचिला, कोशी किरात लगायतका प्रस्तावले लिम्बुवानलाई ‘डिरेल’ गर्ने संभावना बढेको बेला केहि लिम्बुवानजन्य संगठनले बृहत् लिम्बुवानको रुपरेखालाई व्यापक आन्तरिक छलफलमा ल्याएका छन् । लिम्बुवानमाथि भैरहेको आन्तरिक आक्रमणले यो क्षेत्रलाई झनै संवेदनशिल बनाएको छ । लिम्बुवानका भित्तामा ‘लिम्बुवान छैन त नेपाल पनि छैन’ भन्ने नाराहरु पुन लेखिन सक्छ । लिम्बुवान आन्दोलनमा अहिले नै तिन धार देखा परेको छ । पहिलो समानान्तर संविधान बनाएर आन्दोलनमा जाने त्यसो हुन नसके समानान्तर सरकार बनाउने र तेस्रो स्वतन्त्र लिम्बुवानको माग उठाउने । यो भनेकोे बृहत् लिम्बुवानतर्फकै यात्रा हो । यसले लिम्बुवानको असली पृथकतावादी आन्दोलनलाई मलजल गर्नेछ ।

अतः अन्त्यमा लिम्बुवानसंग भएको ऐतिहासिक सह–राज्यको सन्धिसर्पन र पछिल्ला दिनमा लिम्बुवानजन्य संगठनहरुसंग भएको सहमति अनुसार लिम्बुवानको पुनस्र्थापना अहिलेको अपरिहार्य आवश्यकता हो । नेपाल अन्तरगतको लिम्बुवान गठन हुन सकेनभने पृथकतावादी आन्दोलनमा मोडिन सक्छ । मेचिवारि र पारि यसकालागि मलिलो जमिन पर्याप्त छ ।

www.bijayapur.com बाट साभार