प्रकाशित मिति 25 Oct, 2015
किरातकालिन इतिहास अनुसार, छैटौ शताब्दीमा भएको किराँत जनताको दोश्रो राजनीतक क्रान्तिले जन्माएको नाम “लिम्बुवान” हो। आजको लिम्बुवान भूमिलाई पहिले फेदाप भनिन्थ्यो । गोरखाको शासक पृथ्वी नारायण शाहहरुले गोरखा राज्यको सिमा विस्तार गर्ने क्रममा, गोरखाको शासकहरुले अन्य ऐतिहासिक राज्यहरु जस्तै “(मगरात. तमुवान, ताम्सालिंग, नेवा र खम्बुवान राज्यहरु)” माथि क्रुर आक्रमण गरि ति राज्यहरुलाई युद्धमा जितेर गोरखा राज्यमा अन्य राज्यहरुलाई गाभेको थियो तर गोरखाको शासक र लिम्बुवान बीच भएको युद्दमा चै गोरखाको पृथ्वी नारायण शाहहरु असफल भएको थियो /
वि.सं. १८३० मा गोर्खाली सेनाले लिम्बुवानमाथि खूनी हमला गर्यो। अरुण नदीको किरण र चैनपुरमा भिषण युद्ध भएको थियो / जहाँ गोरखा साम्राज्य विस्तारवादी शासकले लिम्बुवानसंग नराम्रोसंग हार खानु पर्यो / जहाँ लिम्बुवानसंग यसरी युद्ध हुने क्रममा, इतिहासकारहरुको भनाइ अनुसार गोरखाको शासकहरु १७ पटक युद्धमा हार खाएको थियो / तसर्थ १८३१ साउन २२ गतेको दिन लिम्बुवानको राजधानी (हालको सनसरी धरानको विजयपुरको लिम्बुवान राज दरबार) मा गोरखा शासकहरु लिम्बुवानसंग सन्धि सम्झौता गर्न बाध्य भएको थियो / त्यसैले लिम्बुवान एक नहारेको जिउदो भूमि, भूगोल-क्षेत्र हो / जुन लिम्बुवान भन्ने भूमि-भूगोलमा बस्ने जाति-समुदायहरुलाई पछि जुन लिम्बुवानको नामबाट लिम्बु भन्न थालियो तर तिनीहरु लिम्बु नभएर याक्थुम्बा जातिहरु हुन / तसर्थ यो लिम्बुवान शब्द जाति बिशेषको नाम नभएर छैटौ शताब्दीको किरात क्रान्तिले जन्माएको एउटा भूमि या भूगोल-क्षेत्रको नाम हो / जुन ऐतिहासिक लिम्बुवान भनेको अहिलेको अरुण सप्तकोशी पुर्व नै जिल्लालाई बुझ्न सकिन्छ /
लिम्बुवानको इतिहास, पहिचान-अस्थित्व र अधिकारहरु शाह-राणाकाल देखि सिध्याउने मिसन सड्यन्त्र हुदै आएको थियो जसलाई पुन: निरन्तरता दिने क्रममा अहिले पछिल्लो समयमा आएर जुन लिम्बुवानको नाम निशाना नै मेटाएर त्यहाँका स्थानीय जन-समुदायहरुको सबै कुराहरुलाई सिध्याउने मिसनमा मुलुक अघि बढिरहेको छ / मुलुकमा उत्पीडित जाति र समुदायहरुको सबै कुरा सिध्याउन अढाई सय बर्ष देखि हिन्दु सापेक्षताको आधारमा एकात्मक केन्द्रिकृत एकल जातीय एकाधिकारको राज्य र कानून तथा सम्रचना अहिलेसम्म एक तर्फी लादिएर ल्याएको छ / जसले गर्दा मुलुकमा अढाई सय बर्ष देखि सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, सास्कृतिकरुपमा, भाषिक र लैगिक असमानता, उत्पीडन, झन्-झन् गरिबी, अशान्ति, विभेदित र दन्द सिर्जना हुदै गएको छ /
मुलुकको जातीय, क्षेत्रीय र वर्गीय विभेद, असमानता, उत्पीडनहरुको समस्याको दन्द समाधान र निवारण गर्न अहिले “ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय-भाषीय पहिचान सहितको संघियता तथा स्वायत प्रदेश, स्वशासनहरुको व्यवस्था मार्फ सम्पूर्ण दन्दहरुको समाधान गर्नु बिकल्प छैन / यसै सिलसिलामा देशको सम्पूर्ण विभेद, उत्पीडन, असमताको सम्बोधन र व्यवस्थापनको लागि राष्ट्रिय (जातीय/ Nation ) पहिचानको आधारमा संघियता, स्वायता, स्वशासन अधिकार सहितको शासकीय सम्रचना तथा सम्पूर्ण कानूनहरु प्रणालीहरु व्यवस्था गर्नु जरुरी भएको छ / यसरी राज्य पक्षबाट पिछडी पारिएको सबै वर्ग र जाति समुदायलाई सम्मानपूर्ण सामनरुपले सम्बोधन गरि व्यवस्थापन गर्न यहाँका सम्पूर्ण शक्तिहरु एक ठाउमा आउन जरुरी भएको छ /
वि.सं १८३१ मा भएको सन्धीद्वारा लिम्वुवानलाई गोर्खाको उपनिवेश बनाईए तापनि त्यस्को बिरुद्धमा विजयपुरका राजा बुद्धिकर्ण खेवाहाङ लिम्वू,याङवरकका हिलीहाङ योङहाङ,चैनपुरका जसमुखी राय,छत्थरका सुनुहाङ खेवाहाङ राय र चारखलका आशदेव लिङदम रायले गोर्खा बिरुद्ध जेहाद छेडेका थिए । लिम्बुवानको तुम्यांगहांगहरु इतिहासको लामो काल देखि निरन्तर आन्दोलनको गरिरहेको छन् / जसको लागि अरुण–सप्तकोशी पूर्वको ऐतिहासिक भूमिको नाम लिम्बुवान नै राखिनु पर्दछ भनि सङ्घर्षरत भूमिकामा रहेको थिए ।
लिम्बुवान भूमिको अस्तित्व रक्षाको लागि विभिन्न कालखण्डमा भएको सङ्घर्ष र प्रयासहरु :–
१) वि.सं. १८३० मा गोर्खाली सेनाले लिम्बुवानमाथि खूनी हमला गर्यो। यस युद्धमा मेवाखोलाका शिया, आक्पा र मुकुम्बाहरूको ज्यान गयो।
२) वि.सं. १८३१ बैसाक २५ गते गोर्खाली सेना रघु राना र लिम्बु सेनापति काङसोरेबीच मल्ल युद्ध भयो /
३) वि. सं.१८३१ साउन २२ गते गोर्खाली सेना र लिम्बुबीचमा ऐतिहासिक सन्धि भयो ।
४) वि.सं.१८३३ मा विजयपुरे राजा बुद्धिकर्णको हत्या भयो।
५) वि.सं.१८३७ मा नेपाल र अङ्ग्रेजबीचको सुगौली सन्धि भयो। यसपछि लिम्बु तथा लेप्चा बसी आएको भू-भाग तीन भागमा विभाजित भई सिक्किम, लिम्बुवान र दार्जिलिङ भयो।
६) वि.सं.१८४३ सालमा, रणबहादुर शाहको पालादेखि लिम्बुवान राज्यमा तिरो लगाइयो।
७) चन्द्रसम्शेरको पालामा लिम्बुहरूको मुन्धुम र धर्मग्रन्थहरू चैनपुरमा लगेर जलाइयो।
८) वि.सं. १९०१ मा जंगबहादुर राणाले लिम्बुहरूको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधिलाई सुब्बा लेख्ने सनद जाहेर गरेर लिम्बु राजनेताहरूलाई आफ्नो कर्मचारीसरह बनाए।
९) वि.सं.१९५२को माघ महिनामा ताप्लेजुङ हाङपाङका बाजहाङ आङबुहाङलाई राणा शासनको विरोध गरेकोमा फुङलिङ बजार नजीक पात्लेको रुखमा झुण्ड्याएर मारियो।
१०) वि.सं. २०१७ साल पुस १ गतेको फौजी कारवाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहसनहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरू इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा विभाजन गरियो। यिनै क्षेत्रहरूलाई यो भन्दा पहिले पल्लो किरात लिम्बुवान भनिन्थ्यो।
११) वि.सं. २०२१ सालमा लिम्बुहरूको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू गरियो / पछि सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको अस्तित्व सकियो।
१२) नवौं–दशौं शताब्दीमा माबोहाङ् र श्रीजङ्गाहरुले यहि भूमिमा धर्म र लिपिको शुरुवात गरे
१३) वि.सं. १७९८ मा श्रीजङ्गालाई मुन्धुम् र लिपि बचाउने क्रममा सिक्किमको मार्ताम् गाउँमा रुखमा डोरीले बाँधी धनुकाँडले हानी हत्या गरियो ।
१४) लिम्बुवानका सेनापति काङ्सोरेलाई वि.सं. १८३१ बैशाख २५ गते गोरखाली सेनाहरुले धोकापूर्ण तरिकाले हत्या गरे । तर, उक्त युद्ध पछि गोरखा–लिम्बुवान सन्धिमा टुङ्गियो ।
१५) वि.सं. १९५२ मा ताप्लीजोङ्मा अमाल राख्दा लिम्बुवानको परम्परागत हक-अधिकारमाथि बाधा पुग्छ भनेर हाङ्पाङ्का बाजहाङ् लिम्बु (आङ्बुहाङ्)ले आवाज उठाउँदा, राणाहरुले उनलाई रुखमा झुण्ड्याई मृत्युदण्ड दिइयो ।
१६) राणाकालमा दशैं नमानेको भनेर धनकुटामा आठपहरीया समुदायका रामलिहाङ् र रिदामालाई झुण्ड्याएर मारियो ।
१७) महागुरु फाल्गुनन्दको नेतृत्वमा पान्थरको लोब्रेकुटीमा वि.सं. १९८८ बैंशाख २४ गते दश लिम्बुवान १७ थुमको प्रतिनिधिहरु बोलाई “सत्य धर्म मुचुल्का” तयार गरियो । उक्त मुचुल्काले संस्कार सुधार र लिपि संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ ।
१८) “लिम्बुवान स्टेट्” खडा गर्ने अभियानमा लागेका विजयबहादुर लिम्बुलाई वि.सं. २००८ वैशाख १२ गते इलामको मंगलबारेमा गोली हानी हत्या गरियो ।
१९) इतिहासकार इमानसिं चेम्जोङ्ले वि.सं. २००९ सालमा “लिम्बुवान सुधार संघ” खोलेर सक्रिय भए । उनले किरात, लिम्बुवान बारे दर्जनौ पुस्तकहरु लेखे । लिम्बुवान सुधार संघका उपाध्यक्ष गणेशप्रसाद रिजाल (पूर्व सांसद) र महामन्त्री तेजबहादुर प्रसाई थिए ।
२०) २०१३ र २०१४ सालमा लिम्बुवानका प्रतिनिधि मण्डलले लिम्बुवानको विकासको अजेण्डाहरु लगेर केन्द्र सरकारलाई झक्झकायो ।
२१) २०२१ सालमा किपटमाथि आक्रमण भएपछि किपटीया लिम्बुवानवासीले किपट बचाउनको लागि शसक्त संघर्ष चलाए । तर, एकात्मक सत्ताले पेलेर अघि बढ्ने नीति लियो ।
२२) वि.सं. १८३९ मा लिम्बुवान गोर्खाबाट मुक्ति गर्न मुरेहाङ लिम्वु र थामुया लिम्बुहरुको छापामार युद्ध
२३) वि.सं. १८७३ तिर पृथ्वीसिंह लिम्बुको स्वतन्त्र लिम्बुवान राज्य खडा गर्न प्रयास
२४) वि.सं. १९४१ मा जगदल लिम्बुको स्वतन्त्र लिम्बुवानका लागि विद्रोह
२५) वि.सं. १९५२ मा राज्यले ताप्लेजुङमा अमाल राख्दा हाङपाङका बाजहाङ लिम्बुको बिरोध र हत्या
२६) वि.सं.२००६ मा लिम्बुवान स्टेट खडा गर्न विजयबहादुर लिम्बुको विद्रोह र २००८ मा उनको हत्या
२७) राणा शासनको अन्त्यसँगै लिम्बुवान प्रान्तको आश्वासन पाएका क्रान्तिकारी लिम्बुहरुको वि.सं. २००७ मा ललितबहादुर तुम्बाहाम्फेको प्रधानमन्त्रीत्वमा १६ सदस्यीय लिम्बुवान मन्त्रीपरिषद गठन
२८) वि.सं. २००८ मा अखिल लिम्बुवान सुधार संघको स्थापना गरी इमानसिंह चेम्जोङ ,गणेश रिजाल,तेजबहादुर प्रसार्इद्वारा “लिम्बुवान खडा हुनैपर्छ ” को नाराका साथ लिम्बुवान प्रादेशिक स्वायत्तता माग । उक्त मागमा परराष्ट्र,फौज र यातायात केन्द्रको हातमा र बाँकी सबै अधिकार लिम्बुवान स्वातत्त सरकारलाई दिइनुपर्ने माग
२९) वि.सं. २०१३ र १४ मा पल्लोकिरात लिम्बुवान प्रतिनिधि मण्डल काठमाडौ गई लिम्बुवान प्रान्तको माग
३०) वि.सं. २०१८ मा भूव्रि्रम नेम्बाङ को नेतृत्वमा लिम्बुवान राज्य पुन स्थापनाको लागि सशस्त्र विद्रोह
३१) वि.सं. २०२४ मा राजा महेन्द्रलाई किपट व्यवस्था कायम राख्न क्या.दलबहादुर लिम्बुको अगुवाईमा एक प्रतिनिधि मण्डल काठमाडौ गएको । मानबहादुर पङयाङगु र क्या.दल बहादुर लिम्बुलाई जेल चलान ।
३२) वि.सं. २०२५ मा धरानमा प्रेमबहादुर माबोहाङ,कृष्णबशादुर थाङदेन,ज.हर्कप्रसाद नेम्बाङहरुद्वारा “किपट सम्पर्क समिति” गठन ।
३३) प्रेमबहादुर माबोहाङको नेतृत्वमा लिम्बुवान प्रतिनिधि काठमाडौ गई राजा महेन्द्रसँग माग प्रस्तुत
३४) वि.सं. २०२५ मंसिरमा मेयङलुङमा सम्सेरबहादुर तुम्बाहाम्फे र पद्मसुन्दर लावतीद्वारा बृहत किपटीया सम्मेलन । भूमिसुधार लागू नगरी किपट व्यवस्था नै कायम गरियोस् भन्ने प्रस्ताव पारित ।
३५) वि.सं. २०३६ सालमा पान्थरमा आत्मनन्द लिङदेनको अध्यक्षतामा “किरात धर्म तथा साहित्य उत्थान संघ” स्थापना भाषा,संस्कृति,जातिय उत्थान तथा संचेतनाका कार्यहरु व्यापकरुपमा गर्दै आएको ।
३६) वि.सं. २०४५ मा वीर नेम्बाङद्वारा लिम्बुवान मुक्ति मोर्चा गठन र लिम्बुवान स्वायत्तताको माग
३७) वि.सं. २०४६ मा काठमाडौमा किरात याक्थुङ चुम्लुङको स्थापना र हाल लिम्बुवान स्वायत्तताको माग
३८) वि.सं. २०५५ मा लिम्बु विद्यार्थी मञ्चको स्थापना र हाल लिम्बुवान स्वायत्तताको माग
३९) वि.सं. २०५७ मा भक्तराज कङदङवाको अध्यक्षतामा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चागठन र लिम्बुवान स्वायत्तताको माग
४०) बि.सं. २००७ सालको परिवर्तन लगत्तैपछि लिम्बुवानको याक्ठुन्बाहरुले स्वायत्तता खोजि गरेका थिए ।
४१) वि.सं. २०१७ सालमा राजा महेन्द्रले लोकतन्त्रको अन्त्य गरेर निर्दलीय पञ्चायतको नाममा निरङ्कुश शासन शुरु गरेपछि भाषिक अधिकारको माग र सांस्कृतिक पहिचानको आवाजहरु दबेर गए
४२) २०३६ सालको जनमत सङ्ग्रह गरेपछि (शेतामगुराली) को नाममा जातीय संगठन खुल्न थाले ।
४३) लिम्बुवान स्वायत्त राज्य स्थापना गर्ने आन्दोलनको क्रममा वि.सं. २०६४÷०६÷२० गते झापा–इलाम सिमानामा पर्ने सानो केर्खाको कमल पुल छेऊमा राज कुमार आङ्देम्बे ‘माङ्तोक’ले शहादत्ता प्राप्त गर्नु भयो ।
४४) लिम्बुवान क्षेत्रको क्याम्पसको चुनावहरु समानुपातिक चुनावप्रणाली अन्तर्गत हुनुपर्छ भन्ने आन्दोलनको क्रममा झापाको धुलाबारीमा २०६५ चैत्र ६ गते शहादत्ता प्राप्त गर्नुभयो । माङ्तोक र मनिल दुवै शहिदहरुलाई एकात्मक सत्ताको शसस्त्र प्रहरीले गोली हानी हत्या गरेको थियो ।
सन्दर्भ सामग्रीहरु.......
१) किरात इतिहास
२) लिम्बुवानको राजनीति
३) संघियता र लिम्बुवान आन्दोलनको पुस्तिका
४) किरात इतिहास र सस्कृति
५) नेपालको सङ्क्षिप्त इतिहास

६) राजनीतिक लेख-रचना हरु
६) अन्य स्रोत तथा संकलित विचारबाट
नोट :- लिम्बुवान राजनीति प्रति चासो दिने आम लिम्बुवानी पाठकहरुले अध्यायन गर्न सजिलो होस् भनि मैले बिभिन्न राजनीतिक पुस्तक, इतिहासको पुस्तक र राजनीतिक लेखहरु बाट संकलन गरि ऐतिहास घटना क्रमहरु तपाई हरुको सामु पुन: ल्याएको छु / यस ऐतिहासिक घटना क्रमहरु केहि महिना पहिले पनि सम्प्रेष गरेको थिए / यदि यस लेखन कार्यमा कुनै गल्तिहरु हुन् गएमा , कृपया Comment गरिदिनु होला जसको लागि अर्को पटक सुधार्ने मौकाको प्रतिक्षामा रहनेछु / धन्यवाद .....!

जय लिम्बुवान ......!!!, जय संघीय अभिवादन ....!!!
- स्वतन्त्र लिम्बुवानी जनता Dammar Labung (Limbu) बाट .....

0 comments:
Post a Comment