
एमाले सांसद राज्यलक्ष्मी गोल्छाले ७ करोड जति खर्च गरेपछि सांसद (समानुपातिक तर्फको) पद पाएको खुलासा गरिन् ।
यसबाट समानुपातिक तर्फबाट सांसद हुनेहरूले ६-७ करोडमा सांसदको पद खरिद गर्दा रहेछन् कि भनेर गम्भीर प्रश्न उठ्यो ।
राज्यलक्ष्मीले एमालेका हर्ताकर्ताहरुको, जसले पैसा लिएका थिए, नाम र रकमै तोकेर अन्तर्वार्ता दिएकी छिन् । तोकिएका नामहरूमा झलनाथ खनाल, विद्यादेवी भण्डारी, गोकर्ण विष्टलगायतको नाम रहेका छन् । उनले “मसँग अरु पनि प्रमाण छन्” समेत भनेकी छन् ।
अर्थात, राष्ट्रपतिको निम्ति उम्मेदवारका रुपमा सुचिकृत भएका मानिसहरू समेत भ्रष्ट देखिए । यसको तुरन्त छानबिन हुनुपर्छ । भ्रष्ट मानिस राष्ट्रपति भए नेपालको इमेज कस्तो घिनलाग्दो हुन्छ ? छ्याः छ्याः …
राज्यलक्ष्मी गोल्छाले अरु पनि प्रमाणहरू जनताको सामुन्ने ल्याउनुपर्छ । उनी भारतकी चेली र नेपालकी बुहारी रैछन् । उनको भारतसँग कनेक्सन पनि देखियो । के उनी भारत सरकारको इसारामा ओलीलाई भोट दिन नआएकी हुन् ? यो पनि खोजबिनको विषय भयो अब । यसबारे पनि गोल्छाले प्रष्ट बोल्नुपर्यो । एमालेलाई दिएको भनेको ७ करोड पनि भारत सरकारले गोल्छामार्फत च्यानलाइज गरेको हो कि ?
यसरी पैसा तिरेर को को नेपालमा सांसद बनेका छन् ? यसबारे पत्रकारहरूले पनि खोज पत्रकारिता गर्नुपर्यो र जनसमक्ष सत्यतथ्य ल्याउनुपर्यो । सांसदको पद खरिद-बिक्री हुनुले मुलुकको सर्वोच्च संस्था र मुलुकका राजनीतिक पार्टीहरु समेत भ्रष्ट भएको प्रस्ट संकेत गरेको छ ।
सांसद गोल्छाको अन्तर्वार्ताका लागि
http://kantipur.ekantipur.com/news/2015-10-24/20151024175607.html#
0 comments:
Post a Comment