Pages

लिम्बुवान व्यक्तिवादी कि दर्शनवादी ? by Dammar Labung


"विचार-दर्शन भन्दा ठुलो कदापी व्यक्ति-नेता हुन सक्दैन, पार्टी-संघठन विचार-दर्शनले चल्ने हो, नेता-व्यक्तिले चल्ने होइन" :- by Dammar Labung

१) लिम्बुवानमा विचार भन्दा, व्यक्तिवाद हावी......

                       अहिले लिम्बुवानको अन्तरिक लडाई-विवाद हेर्दा लाग्छ, लिम्बुवान विचार-दर्शन भन्दा प्रधान व्यक्ति र पद-पैसा ठुलो रहेछ भन्ने आम समुदायमा नजिर बसेको छ / यस प्रकारको अराजक राजनीतक माहोल सिर्जना गर्न लिम्बुवानको केहि जिम्मेवार नेता-कार्यकर्ताहरुमा नै दोष जान्छ / जहाँसम्म पार्टी-संघठन भनेको विचार दर्शनले चलाउनु पर्ने हो तर यसको बिपरित लिम्बुवान पार्टीमा अहिले व्यक्तिवादी, अवसरवादी पद लोलुप हैकम हावी भएको छ / यसरी अहिले लिम्बुवानमा केहि नेता-कार्यकर्ताहरुको अराजक तथा प्रतिगामी क्रियाकलापले गर्दा आम लिम्बुवानी जन-समर्थक जनताहरुमा दिन-प्रतिदिन अन्योल र निरासा छाएको छ / यस प्रकारको अन्तरिक रोगको उपचार गरि, रोग मुक्त पार्न पनि लिम्बुवानी नेता-कार्यकर्ताहरु नै जिम्मेवार छन् भन्नेमा सायद दुइमत नहोला / अन्तरिक मामलामा अरुले हात हाल्न त बिल्कुल मिल्दैन तर यसरी अन्तरिकरुपमा लिम्बुवान कमजोर भए पछि बाहिरको सङ्घीय आन्दोलन बिरोधीहरुले धुमिलो पानीमा माछा मार्ने दाउ चै राम्रोसंग प्रयोग अवश्य गर्ने छन् /

                          अहिले लिम्बुवान पार्टीमा आन्तरिक अराजकताले सिमा नागिसकेको छ / लिम्बुवान र लिम्बुवानको विचार-दर्शन भन्दा कदापी व्यक्ति अथवा नेता ठुलो-प्रधान हुन सक्दैन / यदि कोहि नेता-कार्यकर्ताहरुले नेता (व्यक्ति) र सर्वोच्च पद (कुर्सि) प्रति ध्यान दिदैछ भने, पकै सात-प्रतिशत प्रतिगामी, अराजक, विचारमा स्खलन वा ओरालो लागेको सङ्केत हो / अहिले लिम्बुवानमा नेपाल भित्र र प्रवास समिति देखि पार्टी अध्यक्ष कुमार लिंदेन र उप-अध्यक्ष खगेन्द्र माखिमको नाम नै लिएर गम्भीर खेल खेलिरहेका छन् / यस बिषयमा मेरो व्यक्तिगत विचार केहि भने यी दुइ नेताहरु सिक्काको दुई पाटा हुन त्यसले यी दुइ नेताहरुमा एक जना नभए लिम्बुवान क्रान्ति जिउदो अपांग र लाश हुनेछ / कुमार र खगेन्द्र बीच एक आपसमा घनिष्ट सम्बन्ध पनि छ तर यो राम्रो सम्बन्धलाई भत्काएर आफ्नो स्वार्थ पुरा गर्न केहि प्रवास समितिको नेताहरुले आफ्नो न्वारन देखि तागत निकालिरहेका छन् / त्यसैले अहिले ति लिम्बुवान एकता बिरोधी, पद-पैसालाई प्रधान ठान्ने प्रतिगामी, अराजक तथा अवसरवादी नेता-कार्यकर्ताहरुले पार्टीमा जबर-जस्ता गुटबन्दी र विवाद सिर्जना गर्दै आएका छन् / यो खलनायक भूमिकामा मुख्य पर्दा पछाडीको खेल प्रवास समिति UK बेलायत बाट परिचालित तथा संचालित हुदै आएको बुझ्न सकिन्छ / यस गम्भीर बिषयमा पार्टी नेतृत्वहरुले कतिको चासो र चिन्ता मनन गर्छन त्यसैमा भर पर्न जान्छ /

२) लिम्बुवानमा अयोग्य नेताहरुको व्यवस्था......

                                 देशको संघीय आन्दोलनको लागि मधेसवादी शक्ति पछिको दोस्रो ठुलो शक्तिको रुपमा लिम्बुवानलाई चिनिन्छ तर पछिल्लो समयमा सुनियोजित रुपमा लिम्बुवान भित्र एका-एक विवादले शिखर चुमिरहेको छ / यस बिषयमा केन्द्रिय पार्टीको नेताहरु बीच भएको अन्तरिक व्यक्तिगत स्वार्थ अनुसारको शक्ति सघर्ष र गुटबन्दीको प्रभाव तल्लो स्थरको कार्यकर्ता र आम जन-समर्थकहरुमा पनि राम्रो असर देखा परेको छ / जसको मुख्य कारण लिम्बुवानको केहि जिम्मेवार नेता भनाउदाहरु, ज-जसलाई नेता हुन सक्षम-क्षमता, योग्यताको मापदण्ड पुरा नभएकाहरुलाई नै तुलनात्मकरुपमा धेरै लिम्बुवान पार्टीको जिम्मेवारी सुप्पिएको छन / जो अयोग्य केहि नेताहरुले पार्टीको हित बिपरित अनुशासन तथा नैतिकता भन्दा बाहिर आफु क्षणिकरुपमा चर्चामा कमाउन, हावादारीमा जथाभावी बाहिर केहि बिबादित अभिव्यक्ति लेख्ने र बोल्ने काम हुदैछ / जुन सङ्घीय लिम्बुवान क्रान्तिको लागि पकै राम्रो पक्ष होइन / तसर्थ यस बिषयलाई ध्यानमा राखी पार्टी नेतृत्वले बिधानमा कडाई अनुशासनको व्यवस्था गर्न जरुरी भएको छ जसको मध्यबाट पार्टी र आफ्नो नेता-कार्यकर्ताहरुलाई बिधानको सिमा भित्र बस्न बाध्य गराउनु पर्छ, जसमा अराजक नेता-कार्यकर्ताहरुलाई कार्वाही सहज तरिकाले गर्न सकियोस /

३) लिम्बुवान पार्टी नेतृत्वमा प्रभक्ताको व्यवस्था.....

                       लिम्बुवान पार्टीको कुनै पनि आन्तरिक बैठकको बारेमा मिडिया र जनताहरुलाई सूचना तथा जानकारीको लागि पार्टीको अध्यक्षले या पार्टी प्रवक्त्ताको व्यवस्था गराई जिम्मेवार नेता मार्फत मात्र लिम्बुवानको अन्तरिक सूचना तथा जानकारीहरु आम जनता माझ पुर्याउने व्यवस्था हुनु पर्छ / यदि पार्टी नेतृत्वले यसरी संघठन बिधिसम्मत संचालन गर्न सके अझ प्रभावकारी हुन सक्छ / यसरी निश्चित जिम्मेवारी नेताहरु मार्फत पार्टी संचालन गर्न , पार्टीको केहि आन्तरिक गोपनियतामा पनि सुधार आउन सक्छ /

४) पार्टीको आन्तरिक कुरा सार्वजनिक गर्न रोक......

                    पार्टीको केहि आन्तरिक बैठकहरुमा गोप्य तथा संवेदशील बिषय-बस्तुहरु हुन सक्छन ति बिषयहरु सार्वजनिक हुन गए सिङ्गो पार्टी र नेतृत्वहरुमा गम्भीर प्रश्न चिन्ह खडा हुनुको साथै पार्टीको ठुलो बेइजत र अविश्वास आपतकालीन समस्याहरु आइपर्न जान्छ / उदाहरणको लागि अहिले लिम्बुवानको केहि नेताहरुको आन्तरिक गोप्य इमेल सम्बादको असरलाई लिन सकिन्छ / जुन गोप्य इमेलको कारण पुरा लिम्बुवान पार्टीमा भूकम्प गइरहेको वास्तविकतालाई नकार्न सकिदैन / यी यस्ता विचार-नीतिहरु सिङ्गो पार्टीको हितमा छलफल भएको हो भने ठिकै छ, यदि पार्टी-नेतृत्वलाई असर पुर्याउने उदेश्यले गरिएको सड्यन्त्रहरु हो भने, ति सबै जिम्मेवार नेता-कार्यकर्ताहरुलाई कडाई कार्वाहीको व्यवस्था गर्नुको बिकल्प छैन /


५) पार्टीमा अनावश्यक नेता सङ्ख्या घटाउने......

                       पार्टीको आकार अनुसार नेताहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ यसलाई पनि जति-सक्दो ५०% प्रतिशत घटाउदा राम्रो हुनेछ र तिनीहरुलाई उनीहरुको पार्टीमा योगदान, क्षमता र योग्यता अनुसार तल्लो तहमा जिम्मेवारी दिदा राम्रो हुनेछ / किन भने लिम्बुवान पार्टीको लागि त्यति योग्यताको मापदण्ड नै नपुगेको धेरै जसो व्यक्तिहरु माथिल्लो स्थरसम्म पुर्याइएको छ, जसले लिम्बुवान पार्टीलाई फाइदा भन्दा झन बेफाइदा मात्र पुर्याएको देखिन्छ छ / अहिले पार्टीमा अन्तरिक विवाद सिर्जना हुनुमा यी राम्रो योग्यता र क्षमता नपुगेको नेता बाट धेरै गैरजिम्मेवार तथा अराजक गतिविधि हुदै आएको जस्तो देखिन्छ / त्यसैले पार्टी नेतृत्वले आफ्नो नेता-कार्यकर्ता छनौट गर्नु उपयुक्त र सान्दर्भिक होला कि भन्ने मेरो धारणा राख्न चाहन्छु / सायद यस बिषयमा धेरैलाई नेता-कार्यकर्ताहरुमा नकारात्मक असर चै नजाओस......

६) पार्टीमा नेतृत्वको बिकल्प बारे.......

                         अहिले लिम्बुवान पार्टीको आन्तरिक मुख्य विवाद र समस्याहरु मध्ये नेतृत्व प्रति असन्तुष्ट र आक्रोस नै हो भन्दा सायद फरक नपर्ला जसलाई, जटिल बिषयको रुपमा लिन सकिन्छ तर अहिले लिम्बुवान पार्टीमा नेतृत्वको बिकल्प खोज्ने समय होइन, अहिले लिम्बुवानको केहि नेता-कार्यकर्ताहरुले पार्टी नेतृत्व परिवर्तन गराउने खेलमा लागेको केहि सङ्केतहरु देखिन्छ ,जुन अहिलेको परिस्थतिमा उचित र सान्दर्भिक हुदैन तर

अहिले लिम्बुवान पार्टीमा आन्तरिक अराजकताले सिमा नागिसकेको छ / लिम्बुवान र लिम्बुवानको विचार-दर्शन भन्दा कदापी व्यक्ति अथवा नेता ठुलो-प्रधान हुन सक्दैन / यदि कोहि नेता-कार्यकर्ताहरुले नेता (व्यक्ति) र सर्वोच्च पद (कुर्सि) प्रति ध्यान दिदैछ भने, पकै सात-प्रतिशत प्रतिगामी, अराजक, विचारमा स्खलन वा ओरालो लागेको सङ्केत हो / अहिले लिम्बुवानमा नेपाल भित्र र प्रवास समिति देखि पार्टी अध्यक्ष कुमार लिंदेन र उप-अध्यक्ष खगेन्द्र माखिमको नाम नै लिएर गम्भीर खेल खेलिरहेका छन् / यस बिषयमा मेरो व्यक्तिगत विचार केहि भने यी दुइ नेताहरु सिक्काको दुई पाटा हुन त्यसले यी दुइ नेताहरुमा एक जना नभए लिम्बुवान क्रान्ति जिउदो अपांग र लाश हुनेछ / कुमार र खगेन्द्र बीच एक आपसमा घनिष्ट सम्बन्ध पनि छ तर यो राम्रो सम्बन्धलाई भत्काएर आफ्नो स्वार्थ पुरा गर्न केहि प्रवास समितिको नेताहरुले आफ्नो न्वारन देखि तागत निकालिरहेका छन् / त्यसैले अहिले ति लिम्बुवान एकता बिरोधी, पद-पैसालाई प्रधान ठान्ने प्रतिगामी, अराजक तथा अवसरवादी नेता-कार्यकर्ताहरुले पार्टीमा जबर-जस्ता गुटबन्दी र विवाद सिर्जना गर्दै आएका छन् /

७) पार्टीको क्रियाशील सदस्यता वितरण बारे.......

               लिम्बुवान पार्टीमा अहिले क्रियाशील सदस्यता वितरण काण्ड पनि निकै पेचिलो भएको छ / पार्टीले क्रियाशील सदस्यता वितरण गर्नु भन्दा पहिले सबै पार्टी पधिकारी-नेताहरु बीच बैठक राखी सहमतिमा काम सुचारु गरेको भए बैधानिक र सहज हुने थियो / पार्टीको बिधानमा उल्लेख भए अनुसार क्रियाशील सदस्यता वितरण गर्नु पर्थ्यो तर त्यसो हुन नसकेको आम गुनासो बाहिर आएको छ सायद यस प्रक्रियामा पार्टी नेतृत्वले अबैधानिक कदम चलेकै हुन सक्छ / जे भए पनि यस कार्य अघि बढीसकेकोले अब यसलाई बदर गर्न त्यति उचित र सान्दर्भिक हुदैन /

८) लिम्बुवानको दुई विवादित विधान बारे.......

                            लिम्बुवान पार्टीको अर्को ठुलो गल्ति विधान काण्डलाई लिन सकिन्छ / बाहिर कुरा आए अनुसार पार्टी दुइ प्रकारको विधान निकालिएको छ / यो निकै गम्भीर बिषय हो किन भने लिम्बुवानको केन्द्रीय कमिटीको सहमतिमा तयार पारिएको बिधान छाप्ने प्रक्रियामा हुदा, त्यो अर्को बिधान कहाँ बाट र कुन उदेश्यले छापियो ? जहाँसम्म यस बिषयमा कुमार र खगेनको नाम मुछिएको छ तर यसको वास्तविकता भने बाहिर आएको छैन / लिम्बुवान पार्टी र नेताहरु बीचमा पुन: फुटाउने उदेश्यले सुनियोजित सड्यन्त्र बमोजिम अर्को अबैधानिक प्रक्रियाबाट बिधान छापियो भन्दा सायद फरक नपर्ला / जे भए पनि पार्टीको केन्द्रीय कमिटीको सहमतिमा भएको बिधानलाई नै बैधानिक मान्न सकिन्छ / जे भए पनि अब पार्टी नेतृत्वहरु एक-आपसमा झगडा गर्न छोडेर त्यो बैधानिक प्रक्रिया बाट छापिएको बिधानलाई सर्वसम्मतिले स्वीकार गरेर अघि बढे उचित हुनेछ /

९) लिम्बुवानमा नया विचार र नेतृत्व बारे.......


                         लिम्बुवान क्रान्तिको लागि विचार-दर्शन भन्दा ठुलो कदापी व्यक्ति-नेता ठुलो हुदैन / पार्टी-संघठन भनेको विचार-दर्शनले चल्ने हो र चलाउनु पर्छ तर सबैले ख्याल गनु पर्ने कुरा केहि भने, समय परिस्थिति र आवश्यकता अनुसार लिम्बुवानको विचार-दर्शनलाई पनि अपडेट गर्दै अथवा सुधार त विकास गर्दै लानु पर्छ / त्यो १८ औ शताब्दीको कार्ल माक्स, लेनिनको विचारलाई अहिलेको २१ औ शताब्दीमा जस्ताको त्यस्तै लागु गर्छु भनेर हुदैन, त्यसलाई पनि समय परिस्थिति अनुसार विकास गराएर लागु गर्नु बुद्धिमानी हुन सक्छ / त्यसै गरि अहिले लिम्बुवानको सन्दर्भमा भन्नु पर्दा पनि पार्टीको विकास गरि उचाईमा पुर्याउन लिम्बुवान विचार दर्शनलाई पनि समय परिस्थिति अनुसार सुधार तथा विकास गरेर लानु पर्छ / लिम्बुवान पार्टीमा पनि यस्तो नया विचार, योग्यता र क्षमता भएको नेताहरु छन् भने, पार्टी नेतृत्वले ठाउँ-अवसर दिनु पर्छ र जनाले पनि साथ दिनु पर्छ तर यस नया विचारको स्थान दिदा पार्टी नेतृत्वले राम्रो साबधानी अपनाएर व्यवस्था गर्नु पर्छ ता कि तत्कालिन एमाओवादी पार्टी तिन ३-४ टुक्रा भएको पृष्ठभूमि पनि ख्याल गर्न जरुरी हुन्छ / जसमा आफ्नो एक तर्फी मुडे बलले मात्र लिम्बुवानको क्रान्ति अघि बढ्न र निकाश पाउन सक्दैन /

१०) पार्टीमा गैर लिम्बुहरुको प्राथमिकता तथा स्थान......

                         संघिय आन्दोलनको अभियन्ता पार्टीहरुलाई एकात्मकवादीहरुले जातीय पार्टी र राज्यको वकालतको आरोप लगाई रहेको अवस्थामा पार्टी नेतृत्वमा पनि पछिल्लो पाच पार्टी एकता पछि त्यस्तै झ-झल्को दिने गरि पार्टीको सघठनात्मक स्वरूप निर्माण गरिएको छ / यसले पकै सङ्घीय लिम्बुवान क्रान्तिलाई ठुलो असर परिरहेको छ / त्यसैले पार्टी नेतृत्वले गैर लिम्बुहरुको समावेसी प्रतिनिधित्व र गैरलिम्बुहरुको हक-हित अत्याधिक मात्रामा व्यवस्था गर्न जरुरी छ / त्यसर्थ लिम्बुवान पार्टीको नेताहरुमा मेरो निबेदन यो छ कि लिम्बुवानमा गैर लिम्बुहरु हक-हित, आत्मसम्मान र समावेसी पहुचको स्थान निरन्तर सम्बोधन गर्नु होला /

११) निष्कर्ष

                        लिम्बुवानमा अहिले विवाद र झगडा गर्ने समय होइन, व्यक्तिगत स्वार्थहरु भन्दा माथि उठेर लिम्बुवान क्रान्तिमा मात्र ध्यान दिनु पर्छ, त्यसैले पार्टी नेतृत्वहरु सङ्घीय लिम्बुवानको लागि एक हुनुको बिकल्प छैन / यसरी एक-अर्कामा खुट्टा ताना-तान गरेर सङ्घीय लिम्बुवानको क्रान्ति सफल हुदैन / अहिले नेपालको राजनीतकमा एकात्मक जातिवादी चार दलहरुको असबैधानिक कदमको राष्ट्रघाती १६ बुदे र संविधानको मसौदाको बिरुद्धमा लिम्बुवानले शसक्त सडक आन्दोलन गरेर सबै ठप्प बनाएर एकात्मक राज्यलाई चुनौतीको शक्ति प्रदर्शन गर्नु पर्ने हो / लिम्बुवानको मुख्य पाच पार्टीहरु बीच एकता पछि लिम्बुवान झन् बलियो भएर तिब्रगतिमा निकै अघि बडीसक्नु पर्ने तर झन् दिन-प्रति दिन कमजोर भएको देखिन्छ, कतै पाच पार्टी एकतासंगै सङ्घीय बिरोधी एकात्मक जातिवादीहरुले आगामी दिनको लागि सभासद-मन्त्रि पदको हड्डी त लिम्बुवानको नेताहरुलाई दिएको छैन ? भन्ने संका आम सङ्घीयवादी शक्ति र लिम्बुवानी जनताहरुमा पर्न गएको छ / यदि एकात्मक जातिवादीहरुको करार मन्त्रीको सम्झौता लिम्बुवानी नेताहरुले स्वीकारेर यसरी लिम्बुवान पार्टीलाई अनिर्णयको बन्दी बनाइएको हो भने खबरदार.....!!! लिम्बुवानी जनताको सहयोगले पार्टी नेतृत्व यहाँसम्म पुगेर, अहिले सङ्घीय लिम्बुवान क्रान्ति र जनतालाई धोका दिदै हुनु हुन्छ भने, हामी आज देखि लिम्बुवान प्रतिको माया र बिश्वास त्याग्ने छौ /

जय लिम्बुवान........!!!  जय सङ्घीय अभिवादन..........!!!

नोट:- यो विचार लिम्बुवान पार्टीको नेता-कार्यकर्ता नभएर, एक स्वतन्त्र लिम्बुवानी जनता हो / Dammar Labung को Facebook वाल बाट साभार गरिएको..........









लिम्बुवान झुक्दैन :- मौसम आङ्देम्बे लिम्बु







                           खुशीका आशाहरु साटेर भए पनि क्षितिज पारीबाट यी आँखीझ्याल आफ्नो प्राणभुमि “लिम्बुवान”.संग प्रतिविम्बित भएको छ | यी आँखीझ्यालमा एउटा यस्तो अद्भूत गुण छ कि बाह्रौ घण्टा काममा जोतिए पनि त्यसबाट उत्पन्न भएका प्रत्येक किरणबाट प्राणभुमि “लिम्बुवान” लाई स्मरण गराउने शक्ति रहेछ | जीवन भोगाइको क्रममा सपनाहरु कति हराए, कति विलाए, धेरै कथाहरु फेरीए, अनगिन्ति हाँसो, खुशी, सुख-दु:ख र आँशुका फोहराहरु संग रमाईयो तर निराश हुन कहिल्यै सकिएन | निराश भएर शून्य जीवन बाँच्नु भनेको मानवजातिको सबैभन्दा ठूलो रोग हो । त्यसकारण आशा, भरोषा र चाहनाहरु तमोरको पानी समुद्रको यात्रामा निस्किए झै अगाडि बढिरह्यो | हामी तमोर हौ र हाम्रो लिम्बुवानी यात्रा अनवरत छ |

जीवन संग दाँज्ने हो भने अहिले लिम्बुवानको प्रखर जवानी अवस्था हो | समय संग दाँज्ने हो भने असारको हिले रोपाईमा कृषकहरु जति व्यस्त हुन्छन् त्यो भन्दा धेरै व्यस्तता र महत्वपुर्ण समय हो | तर विडम्बना यहि छ, लिम्बुवान आफ्नै पारिवारिक झमेलामा अल्झिरहेको छ | गत असार ९ देखि १३ गतेसम्म सम्म भएको पाँच दिने सचिवालयको बैठकले केहि निर्णय दिन नसक्दा जनआक्रोश दिनप्रतिदिन बढिरहेको छ भने अन्यौलताको कालो बाँदल मडारिइरहेको छ । यतिबेला लिम्बुवानी जनतामा अन्यौलग्रस्त भएको छ । कसैले स्वार्थको राजनीति गर्छ भने पनि एकदिन झुटको पर्दाफास हुन्छ नै | बादलले सूर्यलाई केहीबेर छेक्न सक्छ तर नष्ट गर्न सक्दैन । झुठ र सत्य बिचको समबन्ध पनि त्यस्तै हो । जुन कुरा झुट छ , समाजदेखि त्यो बिलिन भएर जान्छ भने सत्यको अस्तित्व रहिरहन्छ | यतिबेला आम जनताको दैनिकी दिनानुदिन संकटग्रस्त बनिरहँदा नेतृत्व वर्गमा पूर्वाग्रह र पार्टी भित्र नीति सिद्धान्तको छलफल भन्दा पनि जुँगाको लडाईले तिब्रता पाएको कारण पार्टी भित्र त्याग, निष्ठा र आर्दश हराएर अलग अलग गुट-उपगुटको भेला गर्दै अलमलिएर समय खेर फालेको अनुभुति गर्न सकिन्छ ।

                       लिम्बुवानको महत्वपूर्ण ओहोदामा बसेका नेता नेतृत्व वर्गहरुबाट जुन क्रियाकलाप अवलम्बन भएको छ, त्यो समय अनुकुल छैन | लिम्बुवानको लागि केहि गर्छु भनेर त्याग, निष्ठा र आर्दश बोकेर वर्षौ देखि लागिपरेका नेता-कार्यकर्ताहरु हतोत्साहित बन्न थालेका छन् | जीवन एक फुल हो, ओइलिएर झर्न सक्छ | समयको खडेरीले इच्छा हुदै, बिलाएर मर्न सक्छ | एक चोटी पाएको जीवन लिम्बुवानको लागि केहि गरौला भन्नेहरुको लागि नेतृत्व वर्गको राजनीतिक नेतृत्व रोगले ग्रस्त भएको देख्दा अरुको इच्छा शक्ति मर्न सक्दछ | हुन त मैले यसो भनि रहदा लिम्बुवानी शिर्ष नेतृत्व वर्गमा यो कुराले आघात चोट पर्न सक्ला | यसमा तपाईको फरक विश्लेषण हुन सक्छ तर आफु समिप दृष्टान्तको आँखीझ्यालबाट हेर्दा जो देखियो त्यसलाई कालो अक्षरमा उधृत गरेको हुँ |

                           जिन्दगीको अनन्त यात्रामा ऊकाली आरालीहरू, भन्ज्याङ र चौतारीहरु सँग मितेरी गाँस्नु पर्ने रहेछ। जीवन कहिल्यै नटुङ्गिने यात्रै यात्रा रहेछ | तराई, पहाड, हिमाल हुँदै देश परदेश आइपुग्दा सम्म लिम्बुवानी मन र यात्रा संगै चुनौतिको झोली बोकेर अघि बढिरहेको छ | लिम्बुवानी आदर्शवादी सहयात्रीहरु भेट्दा यो यात्रा अझ धेरै रोमान्चित बनेको छ | संसार भरि नै हामी लिम्बुवानी मनहरु छरिएर रहेका छौ | लिम्बुवानी यात्रा कसैलाई पनि नछुटाई हिडाउने यात्रा हो | त्यसकारण आज हामीले लिम्बुवान एकताको महशुष गरेका छौ | लिम्बुवान एकतालाई टुटायौ भने हाम्रो लिम्बुवानी गन्तव्य अधुरो हुन्छ | आउनुहोस्, अब तपाईको मन सेतो र सफा पहिरन जस्तो स्वच्छ बनेर अनि फुलिरहेका निला शिरिष फुल बनि पूर्वाग्रह र अराजकताको ढकनी पाइतला मुनि किचेर | सबै नेता नेतृत्वको मन तराजुमा दुवै तिर बराबारी तौल बनाएर सहमतिमा अघि बढौ | त्यसमा सबैको जीत निश्चय छ |

                           दश वर्षे मावोबादी जनयुद्ध, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, मधेष आन्दोलन, २०६२÷६३ को जनआन्दोलन, लिम्बुवान आन्दोलन बाट प्राप्त गरेका उपलव्धि र अन्तरिम संविधानको मर्म र भावना विपरित कथित चार दलीय सिन्डिकेटले १६ बुँदे सहमति बमोजिम एकीकृत विधानमा सैँतीस भाग, २९६ धारा र सात अनुसूचीयुक्त आठ प्रदेशको प्रारम्भिक मस्यौदामा तयार गरेका छन् | संख्या र सत्ताको बलमा पहिचाहन र संघियतालाई नै समाप्त गर्ने योजना बनाइएको संविधान लिम्बुवानले कहिल्यै स्वीकार्ने छैन | चार दलको असंवैधानिक संविधानको मस्यौदाले पञ्चायतकालको १४ अञ्चल ७५ जिल्लालाई मिलाएर आठ प्रदेशको खाका अगाडि बढाउदै फेरि पञ्चायतको अर्को रूप ब्युताउँन खोजेको प्रष्ट छ | जन्मदै अपांग सीमाङ्कन र नामाङ्कन बिनाको ८ प्रदेश र १६ बुँदे सहमतिमा बनेको असंवैधानिक संविधान विरुद्ध लिम्बुवानले शसक्त आन्दोलनमा लाखौ जनता सडकमा उतार्न तयारी भएको छ |

जय लिम्बुवान, संघीय अभिवादन |

लिम्बुवान राजनीति संस्थागत गर्ने कि के त ? by Dil Kumar Lawoti


वि.सं. १८३१ पछिको लिम्बुवान आन्दोलनलाई हामी आधुनिक लिम्बुवान आन्दोलनको रुपमा चिन्दछौं । त्यसलाई आधार मान्दा पनि अढाई सय बर्षको इतिहासमा लिम्बुवान राज्य थियो भन्ने प्रष्ट नै छ । लिम्बुवान राज्य राजाहरुद्वारा शासिक तर संघीय ढाँचाको थियो भन्ने देखिन्छ । वर्तमानमा २०४१ साल तरि वीर नेम्बाङ्ले लिम्बुवान मुक्ति मोर्चा गठन गर्दै लिम्बुवान आन्दोलनलाई बाहिर ल्याए तर त्यो लिम्बुवान जनताहरुले सोचे अनुरुप संस्थागत गर्न नसकेको देखिन्छ । तत्ः पश्चात नेपालमा १० बर्ष लामो एकात्मक राज्य सत्ताको विरुद्धमा, सामन्ती शासकहरुको विरुद्ध र राज्य व्यवस्थाको विरुद्धमा संघीयता र बर्गियताको मुद्दा उठाउँदै कम्यूनिष्ट(माओवादी) जनयुद्ध भयो । त्यसको अत्यसँगै नेपालको राजतन्त्र ढल्यो, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो । त्यसैको सेरोफेरोमा लिम्बुवान आन्दोलन अरुण पूर्व नौ जिल्लामा उत्कर्षमा आयो, मधेशमा मधेश आन्दोलन भयो त्यहाँ ५२ जनाले शहिद भए भने लिम्बुवानमा २ जना शहिद भए । यसरी ६२÷६३ को जनआन्दोलन पश्चात पनि पहिचान सहितको संघीय राज्य निर्माण गरिनपर्दछ भनेर मधेश, लिम्बुवान र आदिवासी जनजाति आन्दोलनहरु भए त्यसको फलस्वरुप अन्तरिम संविधान २०६३ मा पहिचान सहितको संघीय राज्य हुने भनिएता पनि पुनः अहिले एकात्मक राज्य सत्ताले दोस्रो संविधान सभाको चुवाव ग¥यो । एमाओवादी जसले १० बर्ष जनयुद्ध लढ्यो उनीहरु, मधेश आन्दोलनकारीहरु, आदिवासी जनजातिहरु र लिम्बुवानका ३ वटा पार्टीहरु हौसिएर दोस्रो संविधानसभाको चुनावमा भाग लिए अन्ततः मज्जाले पछारिए त्यस पछि अहिले समय फेरि परिवर्तन भएको छ । अब देश संघीय हुने हो होइन् प्रश्न खडा भएको छ ।
यसै सेरोफेरोमा लिम्बुवानी राजनीति गर्ने नेताहरु विशेष गरेर वीर नेम्बाङ्, सञ्जुहाङ्, रामभक्त कुरुम्बाङ्हरु जो संविधानसभाको चुनावमा लज्जासपद हार बोहोर्दै पार्टी एकीकरणमा लागे । उनीहरुले चुनावमा भाग नलिएको मञ्च सम्बद्ध संघीय लिम्बुवान पार्टी, नेपाललाई जसरी पनि पार्टी एकीकरण गर्नु पर्दछ अब यसो नगरिए हामी माथि ठूलो संकट पैदा हुन्छ र लिम्बुवान आन्दोलन तहसनहस हुन्छ भन्ने उनीहरुलाई लागेको हुँदा अन्ततः कुमार लिङ्देन मिराकको नेतृत्वमा चलिरहेको पार्टी उनीहरुसँग एकता गर्ने तयारीमा जुट्यो, लामो बहस छलफल भयो, नेताहरु बीच एक अर्कामा आरोप प्रत्यारोप गर्दै अन्ततः धरानमा एक बैठक गरि मञ्चका महासचिव लिङ्देन पछिका नेताको रुपमा हेरिएका खगेन्द्र माखिमको संयोजकत्वमा ९ सदस्यीय जम्बो टोलीको वार्ता समिति बन्यो । सो टोलीले काठमाण्डौंमा लिम्बुवान जन्य पार्टीहरुको एकीकरणको भूमिका खेलिरहेका तुम्याहाङ्हरुसँग भेटघाट छलफल पश्चात अन्य तीन पार्टीहरुसँग बसेर ९ बुँदे सहमति लेखेर लिम्बुवान फर्किए । हामी केही नेताहरुले भन्यौ नौ बुँदे त्यति राम्रो छैन, यसले भोलिको दिनमा विवाद ल्याउँछ है भन्यौं किन भने कमल छाराहाङ्को नेतृत्व त्यो नौ बुँदेमा समेटिएको छैन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमको पद कहाँ रहने र लिम्बुवान भोलेन्टियर्सलाई स्पष्ट रुपमा कस्तो बनाएर लाने बारे स्पष्ट खाँका छैन भनेर हामीले भन्यौ । तर, यदि पार्टी एकीकरण नगरिए पार्टी फूटाएर भएपनि भेडेटारको एकीकरण गएर सबै एक हुने भन्ने चारैतिरको हल्ला र दवावले अन्तिममा मञ्च सम्बद्ध सलिरापका अध्यक्ष कुमार लिङ्देन मिराकले एकतामा हस्ताक्षर गरे । सारा लिम्बुवानवासी र प्रवास वासीहरुले अध्यक्ष कुमार लिङ्देनलाई नै एकीकरण पार्टी संघीय लिम्बुवान पार्टी, नेपालको अध्यक्षमा सर्वसम्मतीले दिए । तत् पश्चात वीर नेम्बाङ्लाई सर्वमान्य नेता (दोस्रो), सञ्जुहाङ् पालुङ्वा वरिष्ठ नेता (तेस्रो) र रामभक्त कुरुम्बाङ् (बरिष्ठ उपाध्यक्ष) चौथो वरियतामा रहने निर्णय भयो । यसमा पल्लो किरात लिम्बुवान शुरु देखि नै एकीकरणमा नआएपछि उनीहरुलाई एकीकरणमा समावेश गरिएन । तर यसै बेला कमल छाराहाङ् पनि पार्टीमा एकीकरण आउने भए । सोच्दै नसोची भेडेटारमा छाराहाङ् झुल्किएर म पनि अब तिमीहरुसँगै एउटै पार्टीमा रहन्छु मलाई कुनै पदमा राख्नु पर्दैन भन्ने अभिव्यक्ति दिए । तर जब भेडेटारमा पाँच पार्टी एकीकरण भएर दमकमा पहिलो पदाधिकारी लेवेलको बैठक शुरु भयो तब देखि नै छाराहाङ्ले भाँजो हाले अन्तत् उनलाई तेस्रो बर्यियतामा राखियो र उनका ३ नेताहरुलाई उपाध्यक्ष बनाईयो । यसरी एकताको लहर अगाडि बढ्दै गयो । एकतासँगै विभिन्न डकुमेण्टहरु पारित गर्न मात्रै महिनौ लागेको देखिन्छ । पार्टीको लेटर प्याड, स्टाम्प पास गर्नै महिनौ लाग्यो त्यो सँगै साधारण सदस्य र क्रियाशिल सदस्यको बारेमा पनि लामो बहस भयो । पार्टीको विधान र घोषणापत्र पनि तुम्याहाङ्हरुलाई नै लेख्न दिईयो । तर त्यसमा हाम्रा केही साथीहरुलाई विशेष अधिकार दिने हुँदा हाल ठूलो द्वन्द्व सिर्जना भएको महसुस भएको छ ।
अन्ततः पार्टीको पहिलो केन्द्रीय बैठक दमकमा भव्य रुपमा सम्पन्न भयो । बहुमत के.स.हरु भेला भई महत्वपूर्ण निर्णयहरु पारित भयो । विधान छाप्ने समिति निर्माण भयो । संयोजक उपाध्यक्ष विष्णु तुम्बाहाम्फे र सदस्यहरु छवि र देउ कुमार नेम्बाङ्, त्यसैगरी घोषणा पत्र छाप्ने जिम्मा उपाध्यक्ष खगेन्द्र माखिमको संयोजकत्वमा दिईयो । तर के भयो कुन्नी खगेन्द्र माखिमले कसैलाई थाहै नदिई काठमाडौंमा घोषणापत्र होईन विधान छापेछन् । दमकमै ३ महिना पछि पार्टीको पदाधिकारी र सचिवालयको बैठक बस्दा मात्रै थाहा भयो त्यसपछि पार्टीका शिर्ष नेताहरुले त्यो त्यसको विरोध भयो । उपाध्यक्ष विष्णु तूम्बाहाम्फेले पुनः दमकमा अर्को विधान छापेपछि समस्या अझ बढेर गयो । नेताहरु बिच वादविवाद चुलिएर गयो । अब पार्टीमा काम गर्न नेताहरु बीच गाह्रो हुनु स्वभाविकै हो । एक ले अर्कोलाई विश्वास नगर्ने वातावरण बनेपछि समस्या बढेर जानु दुर्भाग्य नै हो । सामाजिक सञ्जाल फेसबुकमा पार्टीको बारेमा राम्रो नराम्रो लेखेपछि समस्याहरु बाहिर निस्कनु नै दुर्भाग्य बन्दै गएपछि अन्ततः इलाममा दोस्रो सचिवालय वैठक बस्यो तर त्यसले पनि अन्ततः कुनै निर्णय दिन सकेन किन त भन्दा विधानको बारेमा मात्रै छलफल भयो जबकि पार्टीका केन्द्रीय अध्यक्ष, बरिष्ठ नेता, बरिष्ठ उपाध्यक्ष लगायत सबैले स्वीकार गरेको विधानको दमकमा छापिएको विधान लोकार्पण भयो त्यो नै विधान अधिकारकि भनेर ८४ जना नेताहरुले बोलेकोमा ७० प्रतिशतले दमकको लोकार्पण विधान नै मान्नु पर्छ भन्ने बोलेका थिए । उपाध्यक्ष खगेन्द्र माखिमले पनि आफ्नो प्रस्तुतीमा विधान काठमाण्डौंमा मैले छापेको होइन आफै प्रेसमा छापिन्दै थियो त्यो मैले होईन अध्यक्षले नै गर्न लगाएको भन्दै आरोप लगाएर आफू चोखिन्ने कोशिश गर्नुभयो त्यो महान गल्ती गर्ने नेता चाही सही हो भने अब सोचौं, हामी लिम्बुवान राजनीति कता तिर जाने हो ?
अब पार्टीलाई अनिर्णयको बन्दी बनाई राख्नु हुँदैनभन्ने हाम्रो महान उद्देश्यलाई संस्थागत गर्नु पर्छ । अब पार्टीका अध्यक्ष निरन्तर अगाडि बढ्नु पर्दछ । जबसम्म लिम्बुवान राजनीति र आन्दोलनलाई संस्थागत गर्न सकिन्दैन तबसम्म अध्यक्ष निरन्तर अगाडि बढ्नु पर्दछ । यदि अध्यक्षले यस पार्टीबाट खुट्टा कमाउने हो भने सायद मलाई लाग्छ लिम्बुवान आन्दोलन सोही दिन देखि समाप्त हुन्छ । कि अर्को कुमार लिङ्देन मिराक जन्मिनु पर्दछ तर अन्य शिर्ष चार नेता र दोस्रो पुस्ताका नेताहरुबाट पार्टी संस्थागत गर्न निकै गाह्रो होला । हामीले यदि साच्चिकै लिम्बुवान प्राप्तिको महान यात्रा थालेका हौं भने त्यसको समापन गर्न पनि हामीले सिक्नु पर्दछ तर लोभ लालचमा परेर एकले अर्कोलाई सिध्याउने षडयन्त्र गर्ने कसैले दुषप्रयास गर्दछ भने त्यो मुर्ख हुन्छ । उसको समाप्त हुन्छ, पछिल्लो समाचार अनुसार अहिले सामाजिक सञ्जालमा विभिन्न आरोप प्रत्यारोपहरु आईरहेका छन् त्यसले यथार्थमा भन्नु पर्दा आफूले थापेको जालमा आफै पर्नु हो । त्यहाँ अरु आएर पर्दैन । बेलैमा सचेत भया ।

आन्दोलनको तयारी :-Kumar lingden limbu mirak


संघीय लिम्बुवान पार्टी ,नेपालका सबै तहका नेता ,कार्यकर्ताहरु प्रति मेरो अगाध आस्था ,सम्मान ,स्नेह छ |
तर ,मैले भन्न खोजेको यति हो कि - यो भूगोल मा हामी वा हाम्रो पार्टी मात्र छैन ,अरु पार्टीहरु ,अरु नागरिक समाज ,बुद्दिजीवीहरु ,पत्रकारहरु पनि छन् |सबै भन्दा मुख्य कुरा त तटस्थ रहेको सबै भन्दा ठुलो जनसमुदाय रहेको हुन्छ , त्यो तटस्थ रहेको जनसमुदाय ले सबैलाई नियालिरहेको हुन्छ ,जसले राम्रो र तार्किक कार्य गर्छ ,५ बर्षको लागि उसैलाई सहयोग गर्ने सोच बनाउछ ,बास्तवमा तटस्थ रहेको त्यो ठुलो जनसमुदाय को समर्थन नलिई कसैले केहि गर्न पनि सक्दैन ,साच्चै भन्ने हो भने तटस्थ रहेको त्यहि जनसमुदाय को समर्थन पाउन पार्टीहरुका नेता ,कार्यकर्ता हरु आ आफ्नो तरिकाले मिहनेत गरिरहेका हुन्छन |
हामीलाई पनि हेरिरहेका छन् - हाम्रो पहिलो केन्द्रीय मिटिंग ,त्यसका निर्णयहरु ,दमकमा लोकार्पण भएका बिधान ,त्यस पछिका गतिविधिहरु जनताले हेरिरहेका छन् | त्यो मिटिंग मा कसको चित्त के मा बुझेंन ,त्यो बिधान लोकार्पण मा कसको के मा फरक मत रह्यो ,त्यस बारेमा जनतालाई चासो पनि हुदैन ,त्यो त हामी भित्रको आन्तरिक कुराहरु मात्र हो ,जनताले त पार्टीको मूल निर्णय र प्रबाह लाइ मात्र हेरिरहेका हुन्छन र त्यस अनुसार आफ्नो धारणा बनाइरहेका हुन्छन |
यत्रो दुनियाले थाहा पाइसकेको बिधान लाइ हामीले रातारात कोल्याप्स गर्यौ भने हाम्रो पार्टी माथिको जनविश्वास माटोमा मिल्छ | हामीले मानौ वा नमानौ तर राजनैतिक पार्टीहरु चलाउने /हाक्ने रास्ट्रीय अन्तरास्ट्रीय सिस्टम हरु हुन्छन ,कुनै पनि परिवर्तन हरु त्यहि सिस्टम लाइ टेक्दै अघि बढ़दा मात्र तार्किक हुन्छ |
त्यसैले पार्टीको अहिले सम्मको निर्णयहरुलाई आत्मासात गर्दै अघि बढौ भन्ने मात्र हो मेरो कुरा |
अब दुइ दिन पछी शिर्ष नेतृत्वहरुको मिटिंग बस्छ ,
उक्त मिटिंग मा पार्टीको निर्णयहरुलाई आत्मासात गर्दै थप निर्णय हरु हुनेछ भन्ने मा म बिस्वस्त छु |
जहाँ सम्म आन्दोलन को कुरा छ - केन्द्रीय कार्यालय ले आन्दोलन को लागि घनिभूत तयारि सुरु गरिसकेको छ |
तपाइँ हरु बिस्वस्त रहनुस -नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्राप्तिको आन्दोलन लाइ हामी उचाई मा पुर्याएर मात्र बिश्राम लिन्छौ |
जय लिम्बुवान ,संघीय अभिभादन |

लिम्बुवान आन्दोलन अघि बढाउन जन सम्पर्क तिब्र पारिएको छ :-Kumar lingden limbu mirak


१६ बुदेको पेलाई बाट पहिचानबादी समुदायहरु आक्रान्त बनेका छौ | एउटा शशक्त , अलिक लङ रेन्ज को आन्दोलन को आवश्यकता भएको छ |
आज दिनभरी देशका बिभिन्न ठाउमा आन्दोलनरत पहिचानबादी शक्तिहरु संग फोनै बाट भए पनि कुराकानी गरियो |
अलिक मेहनत गरेर आन्दोलन मात्र होईन आधिबेहरी ल्याउनु पर्ने आवश्यकता महसुस गरियो |
देश विदेश का समितिहरु आन्दोलनको लागि तयार रहनु होला |
जहाँ सम्म संघीय लिम्बुवान पार्टी ,नेपाल भित्रको आन्तरिक बहस छ ,यसलाई निचोड मा पुर्याउने केहि महत्वपुर्ण स्टेप हरु छन् |
भरसक समिति भित्रै कुरा मिलाउने ,समिति भित्र कुरा मिलेन भने लिम्बुवान एकताको सहज कर्ता ,अभिभावक तुम्याहांग हरु समक्ष सबै फाइल पुर्याउने उहाहरुको फुल बेन्च ले जे निर्णय दिन्छ त्यसलाई सबैले मान्ने |
यो पहिलेकै सहमति हो , निकै ठुलो विवाद आयो भने तुम्याहांग ले निस्कर्ष दिने र त्यसलाई सबैलाई मानेर अघि बढने |
त्यसो भए पछी सबैलाई सहज हुने भयो |
जय लिम्बुवान ,संघीय अभिभादन |

लिम्बुवानको हित बिरुद्ध सोच्न नै सक्दिन :-by कुमार लिङ्देन लिम्बु 'मिराक'



एकातिर १६ बुदे वालाहरुले कुमार लिङदेन जी ले क्याबिनेट स्तरको मन्त्रि खाइदिनु पर्यो सकारात्मक उत्तर पाउ भनेर दिक्क लगाउछन ,
म भने - निश्चित कालखण्डमा पार्टीको निश्चित पदहरुमा बस्नु परेको बाहेक लाभको पदमा जीवनमा कहिल्यै नजाने आफ्नो आत्मा बाचामा अझै दह्रो गरि उभिदै जादै छु ,
( त्यसमा पनि लिम्बुवानको हित बिरुद्ध हुने ठाउमा जाने त सात जन्ममा पनि सोच्न सक्दिन )
अर्कोतिर साथीहरु भन्छन - कुमार लिङदेन हिटलर बन्यो ,तानाशाह बन्यो ,निरकुश बन्यो ,पढेलेखेका युवाहरुलाई पार्टीमा देख्न सकेन ,सिस्टम बुझेन ,ब्यबस्थापन गर्न सकेन ,प्रवासहरुमा फुट ल्यायो आदि आदि |


अनि म सोच्छु -जब म जीवनमा कुनै लाभको पदमा जादै छुइन भने ,म किन हिटलर बन्ने होला ? पार्टीमा त तब हिटलर बन्ने हो जब पार्टीको शक्ति केन्द्रित गरेर सत्तामा जाने प्लान बन्छ ,जब आफ्नो सोच नै त्यो छैन भने पार्टीमा किन तानाशाह बन्ने होला ?

मेरो सिम्पल बुझाइ यति हो - लिम्बुवान पार्टी नमरोस ,लिम्बुवान आन्दोलन नमरोस |
लिम्बुवान पार्टी र आन्दोलन शशक्त भयो भने त्यस्ता सभासद र मन्त्रि त कति जन्माउछ ,जन्माउछ |
तर लिम्बुवान आन्दोलन ,लिम्बुवान पार्टी लाइ ज्युदो बनाइ राख्न यसका केहि नियम ,केहि त्याग ,केहि बलिदान ,केहि पद्दति र केहि बौद्दिक विश्लेषण हरु हुन्छन ,त्यसलाई सबैले आत्मासात गर्नु पर्ने हुन्छ |

जवाहर लाल नेहरुको '' द डिस्कभरिज अफ इन्डिया '' पढदा एकठाउमा यस्तो लेखिएको थियो ,
'' मै वहि से मारा गया जिसको हम बचना चाहता था ''
कहिलेकाही त्यस्तै लाग्ने |

कम्तिमा पनि सोच हुन्छ नेतृत्वको - पार्टी ठुलो बनाउन सकियोस , ४० /५० जना सभासद जित्न सकियोस ,पार्टीमा लागेका नेताहरुलाई ठाउमा पुर्याउन सकियोस ,पार्टीले लिएको लक्ष्य हासिल गर्न सकियोस |
त्यसको लागि नेतृत्वले सोच्न ,परिकल्पना गर्न पाउनु पर्यो ,
सोचहरुलाई ब्यबहार मा लगाउन पाउनु पर्यो |

सबै समान हो ,सबै बराबर हो म मान्छु |
तर फेरी पनि सबै बराबर हो भने किन अध्यक्ष ,उपादक्ष्य ,महासचिब ,सचिब ,के स हरु किन भन्ने ?
सबैलाई अध्यक्ष ,सबैलाई सचिब ,सबैलाई के स भन्दा भै गयो नि |

बिग्रदा सबै दोष अध्यक्ष ले बोक्नु पर्ने रहेछ नि ,होईन ?
यदि त्यसो हो भने पार्टीलाई कसरि अघि बढाउने भन्ने बारेमा सबै भन्दा बढी अध्यक्षले नै परिकल्पना गर्न पाउनु पर्छ |

( लिम्बुवान आन्दोलनलाई शशक्त रुप दिनको लागि प्लानिंग गर्दै बस्ने क्रमामा जब रातको ३.४३ बज्छ ,त्यसबेला मनमा उठेका भावनाको छालहरू मात्र हुन् , कसै प्रति कुनै सोच नराखी आफ्नै मन संगको बातचित मात्र हो )

तर खुसि लाग्छ , जातीय मुक्ति र लिम्बुवानी आन्दोलन को यस दौडान मा ठुला ठुला आधि बेहरी चल्दा पनि यो ग्राउण्ड छोडेर भाग्ने सोच कहिल्यै आएन , अब यात्राको दौडान पनि निकै लामो भैसकेछ |

जय लिम्बुवान ,संघीय अभिभादन |