हाम्रो इतीहास
लिम्बुवान
किराँत सभ्यतामा किराँत भूमिको राजनैतिक क्रान्तिले जन्माएको नाम हो। आजको
लिम्बुवान भूमिलाई पहिले फेदाप भनिन्थ्यो। सिमाङ्गढबाट लुक्थोयोको नेतृत्वमा पूर्व
बिजुगखोला
आउने सौमर किराँत वंशमध्ये भाइफुट्टा (वर्तमान
लिम्बु वंशका एक शाखा) वंशीले अरुण नदी तरी फेदाप पहाडका जंगल उजाड गरी बसे। यस
वंशका राजालाई भाइफुट्टाहाङ भन्थे। यिनको दरबारमा च्याम्जोलो नामक एक ज्ञानी
मन्त्री थिए। यिनै मन्त्रीको सहायताले भाइफुट्टाहाङले फेदाप वरिपरिका गाउँहरू
वालुङ, तम्बर, मेवा, मैवा, छथर, पान्थर
र चौबीसमाथि आफ्नो अधिकार जमाए। विस्तारै उनले अरुण पश्चिमका किराती गाउँले
राजाहरूलाई आफ्नो पकडमा राखेर शासन चलाए। भाइफुट्टाहाङको नौ पुस्तापछि यो वंशमा
जिते नामक एक राजा भए। यी राजाका पर्वते नामक एक वीर पुत्र भए। त्यसबेलाका पहाडी
खण्डका वीरहरूमा यिनी सर्वश्रेष्ठ थिए। पर्वते राजाका छोरा मलयकेतु राजाका पाँच
पुस्तापछि फेदापमा साम्युकहाङ राजा भए। यी राजाले आफ्नो रैयतहरूलाई अत्याचार गर्दा
तराईबाट फिरेका किरातीहरूले विद्रोह गरे। तिब्बतबाट आएका लाशावंशी किरातहरूले पनि
जोरतोडले तराईका किरातहरूलाई मद्दत दिए। साम्युकहाङ विद्रोहमा मारिए, र,
फेदापमा
भाइफुट्टाहाङ वंशी राजाहरूको अन्त भयो। र इशाको ३०० वर्ष पछि फेदापमा वाजदेव नामक
राजा भए। उनले लिबाङमा राजधानी बनाई शासन गरे। यो राजा पछि त्यहाँ १२ राजाहरूको
क्रम प्रारम्भ भयो।
यसरी नै इशाको सातौं शताब्दीतिर आइपुग्दा आठ
आपुङगी राजाहरूले फेदापलाई विभिन्न आठ प्रान्तमा विभाजन गरी राज्य गरे। ताइश्यान
वंशीहरू जो नाम्मावबाट उत्तरपश्चिम दिशा लागि बर्साई आउँथे, तिनीहरूले आफ्नो
किपट पातकोई पहाड र चिन्डविन नदीको बीचमा खामति भन्ने जग्गामा बनाए। त्यहाँ
तिनीहरूले धेरै पुस्तासम्म राज्य गरी बसे। इशाको छैटौं शताब्दीपछि यही खामति भन्ने
जग्गाबाट दश चिनियाँ सरदारहरूले आफ्नो शाखा-सन्तान उर्ठाई पातकोई पहाडतर्फ लागि
आसाम बर्साईं आए। तर, यो जग्गा अघि आउने वंशद्वारा आवाद भइसकेको
हुनाले अझ पश्चिम बढेर काशी (वनारस)को मैदानमा आई बसे। हिन्दुस्तानमा आई बस्ने
मंगोली, शक् कुशान, ग्रीक राजाहरू राजनैतिक कारण हिन्दू भई
राजपूत वंशमा गाभिएका थिए। राजपूत राजाहरूले हिन्दू मतमा नआउने हुण जातिलाई देशबाट
निकालेका थिए। यसो हुँदा तिनीहरूलाई काशी छोड्नु कर लाग्यो। यिनीहरू उत्तरपूर्वका
पहाडी खण्डमा बसाईं आए। ती दश सरदारका साथमा तीन वर्गका पुरोहितहरू पनि थिए।
जब यी दश सरदारहरू आसाममा आए, त्यहाँको
भूमि आफ्नै वंशहरूले ओगटेको पाए। यसकारण तिनीहरू लगातार पश्चिम तराई भूमिमा आए।
त्यहाँबाट अझ पूर्व नेपालको पहाडी भूमिमा आए। तर, त्यो स्थान
किरात आठ प्रमुख (राजा) हरूको अधिकारमा थियो। उनीहरूले ती आठ किरात प्रमुख
सन्ततिको सार्वभौमिकतामा बसोबास गर्ने अनुमति माग गरे। आठ राजाले पनि मागबमोजिम
उनीहरूलाई आ-आफ्ना राज्यमा बस्न दिए।
फेदापमा आफ्नै पाराले शासन गरिरहेका आठ प्रमुख
(राजा)हरूले शानमोकवानी दश सरदारहरूलाई आफ्नो सार्वभौमिकतामा बस्न दिएपछि
लिम्बुवानको अर्को इतिहास सुरू भयो। ती आठ सरदारका संख्यामा तीब्र बृद्धि हुन
थाल्यो। अन्तमा, यिनीहरू अर्कै एक नयाँ जाति भए, र
यिनीहरूले आफूलाई याक्थुङ बंश भन्न थाले। जे भएपनि, ती सरदारहरूका
सन्तान आठ राजाहरूमै गनिन्थे। तर, यो नौलो रैयतहरूका सन्तान औधी बढेको
देखि ती आठ राजाहरूका मनमा राजनैतिक विद्रोहको शंका उत्पन्न हुन थाल्यो। यिनीहरूको
जनसंख्या बढेपछि अदलमा राख्न कठीन पर्छ भन्ने शंकाले ती आठ राजाहरूले सल्लाह गरी
यी नौला रैयतहरूलाई हरेक तवरले दबाएर राख्ने उपाय गरे। पहिलो जमीनमा तिरो बर्ढाई
दिए। दोस्रो, निष्ठुर ऐन लागू गरे। तेस्रो, तिनीहरूसित
दासझैं व्यवहार गरे। यस्तो अन्याय सहन नसकी यी दश सरदारहरूका रैयतहरूले पनि मतो
गर्न थाले।
अब, तिनीहरूले पान्थरको आम्बेपोजो-मा
कामकेत लाङ्मा र सुमहेत्लुङ्मा भन्ने (फेदेन गढी) स्थानमा सभाको आयोजना गरे। सो
भेलामा गम्भीर छलफलपछि सामन्ती शासनको विरुद्धमा विद्रोह गर्ने निर्णय गरे।
तिनीहरू संगठित भई तीनवटा आँपको विरुवा रोपी पूजा गर्दै पवित्र पानी सिञ्चन गरेपछि
प्रत्येक योद्धाले कसम खाए, सपथ लिए कि म युद्धमा विजय हासिल
गर्नेछु वा मर्नेछु, युद्ध भूमिबाट तबसम्म घरमा फिर्ने छैन जबसम्म
यो देशबाट ती सामन्ती राजाहरूलाई धपाउने छैन। कतै युद्धभूमि छाडी भागेमा तुरुन्त
मृत्यु होस् भन्दै प्रत्येक ब्यक्तिले त्यो पवित्र स्थलमा सपथ ग्रहण गरे। अन्त्यमा,
आफ्नै
निर्णय र वाचा अनुसार नै कतिलाई मारे त कतिलाई देशबाहिर भगाए। यसरी, ती
शानमोकवानी जनताले त्यो देशलाई तिनीहरू आफ्नैजस्तो गरी जफत गरे। यसपछि, फेरि
तिनीहरूले त्यही आम्बेपोजो-मा भन्ने ठाउँमै ठूलो सभा गरे। आठ राजा मासिए। अब यो
मुलुकको राजानेताको हुने? मुलुकको नाउँ के राख्ने भन्ने विषयमा
व्यापक छलफल भयो। सभामा र्सवप्रथम, • त्यो देशलाई धनुवाणको सहायताले जितेको
हुनाले त्यसको नाउँ लिम्बुवान (लि- धनु, आबु-हान्ने, वान्- नाउँ
लाउनु, अर्थात् लिम्बु भाषामा धनुवाणले जितिएको देश लिम्बुवान) राखे। •
दोस्रो
निर्णयानुसार, त्यो देश दश सरदारले मिली जितेको हुनाले बराबर
दश मागमा विभक्त गरी शासन गर्नु पर्छ भन्ने राय बसाए। • तेस्रो, यो
दश प्रदेश लिम्वुवानका बासिन्दाहरूलाई त्यसउप्रान्त दश लिम्बुका वंश हौं भनी
सम्बोधन गर्नुपर्छ भन्ने ठहर्याए। • चौंथो, देशको साँध
सीमाना लगाउनु पर्छ भन्ने निश्चय गरे, र लिम्बुवानको सीमाना उत्तरमा तिब्बत,
दक्षिणमा
मधेश, पूर्वमा मेची खोला र पश्चिममा अरुण नदी निर्धारण गरे।
साथै, आ-आफ्ना राज्यमा शासन गर्न ४४ बुँदे
राजनैतिक थिति संविधान, छ बुँदे धार्मिक नीति, १० बुँदे कृषि
ऐन, र ४ बुँदे सामाजिक थितिसमेत तयार गरे। यी सबैलाई दश लिम्बुवानको थिति
मानिन्छ।
शाह र राणाका लिम्बुवानमा आक्रमणहरू
वि.सं. १८२९ को साउन महिनामा गोरखाका राजा
पृथ्वीनारायण शाहले किरात राज्यहरूको विरुद्ध आक्रमण गर्ने योजना बनाए। वि.सं.
१८३० मा गोर्खाली सेनाले लिम्बुवानमाथि खूनी हमला गर्यो। यस युद्धमा मेवाखोलाका
शिया, आक्पा र मुकुम्बाहरूको ज्यान गयो। वि.सं. १८३१ बैसाक २५ गते गोर्खाली
सेना रघु राना र लिम्बु सेनापति काङसोरेबीच मल्ल युद्ध भयो। वीरताका साथ लडिरहेको
काङसोरेको षडयन्त्रपूर्वक हत्या भयो। वि. सं.१८३१ साउन २२ गते गोर्खाली सेना र
लिम्बुबीचमा ऐतिहासिक सन्धि भयो। वि.सं.१८३३ मा विजयपुरे राजा बुद्धिकर्णको हत्या
भयो। वि.सं.१८३७ मा नेपाल र अङ्ग्रेजबीचको सुगौली सन्धि भयो। यसपछि लिम्बु तथा
लेप्चा बसी आएको भू-भाग तीन भागमा विभाजित भई सिक्किम, लिम्बुवान र
दार्जिलिङ भयो। वि.सं.१८४३ सालमा, रणबहादुर शाहको पालादेखि लिम्बुवान
राज्यमा तिरो लगाइयो। चन्द्रसम्शेरको पालामा लिम्बुहरूको मुन्धुम र धर्मग्रन्थहरू
चैनपुरमा लगेर जलाइयो। वि.सं. १९०१मा जंगबहादुर राणाले लिम्बुहरूको सम्पूर्ण
राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधिलाई सुब्बा
लेख्ने सनद जाहेर गरेर लिम्बु राजनेताहरूलाई आफ्नो कर्मचारीसरह बनाए।
वि.सं.१९५२को माघ महिनामा ताप्लेजुङ हाङपाङका
बाजहाङ आङबुहाङलाई राणा शासनको विरोध गरेकोमा फुङलिङ बजार नजीक पात्लेको रुखमा
झुण्ड्याएर मारियो। वि.सं. २०१७ साल पुस १ गतेको फौजी कारवाहीले लिम्बुवानको
ऐतिहासिक सीमालाई तहसनहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरू इलाम, पान्थर,
ताप्लेजुङ,
तेह्रथुम,
संखुवासभा
र धनकुटामा विभाजन गरियो। यिनै क्षेत्रहरूलाई योभन्दा पहिले पल्लो किरात लिम्बुवान
भनिन्थ्यो। वि.सं. २०२१ सालमा लिम्बुहरूको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि
भूमिसुधार ऐन लागू गरियो। पछि सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको
अस्तित्व सकियो।
विगतमा लिम्बूवानको अस्तित्व
लिम्बु मातृभाषीहरू नेपालमा मात्र सन् २००१को
गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन्। तत्कालिन राजा महेन्द्रबाट
२०२१ सालमा ल्याइएको भूमिसुधार ऐनबाट पूर्णरूपमा लिम्बुवानको किपट प्रथा उन्मुलन
गरी लिम्बुवानसँगको सन्धि उल्लंघन गरिएको छ। र, एक जाति,
एक
भाषा, एक धर्म, एक भेष, एक राज्यको
नीतिअनुरूप लिम्बु भाषा, धर्म, संस्कृति,
साहित्यप्रति
घोर अन्याय गरियो। सोही अवधिमा किरात धर्म तथा साहित्य उत्थान संघ २०३६ सालमा
स्थापना भई झिनोरूपमा भाषा, धर्म, साहित्यको कार्य
सुरूवात भयो। राज्यले एकाधरूपमा राज्य संयन्त्रमा लिम्बु जातिको प्रतिनिधित्व गराए
पनि लिम्बु जातिको पक्षमा कार्य गर्ने वातावरण उपलब्ध गराइएको छैन। २०४६ सालमा
प्रजातन्त्रको पुनःस्थापना पश्चात् संविधानमा व्याख्या गरिएको बहुजाति, बहुभाषी,
बुहसांस्कृतिक
नेपालमा सबै जातजातिको भाषा, धर्म, संस्कृतिको विकास
कायमै राखी राष्ट्रिय एकतालाई अझ बलियो बनाउने अवसर प्रदान भयो।
लिम्बूवानमा लिम्बू जातिको योगदान
बेगल मौलिक पहिचान र चिनारी भएको लिम्बु
आदिवासी किराती जाति हो। मौलिक भाषा, धर्म, संस्कृति,
रीतिरिवाज,
साहित्य,
लिपि
र भेषभूषा भएका लिम्बुहरू नेपालको पल्लो किरात वा अरुण नदी पूर्वको पहाडी भू-भागमा
बसोबास गर्दछन्। नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ जनसंख्या भएको यो जाति भारत,
बेलायत,
हङकङ,
ब्रुनाई,
सिंगापुर
लगायत विभिन्न ठाउँहरूमा छरिएर रहेका छन्। आफ्नै सामाजिक, आर्थिक, राजनैतिक
र सांस्कृतिक स्वरूप बोकेको यो जाति हाल अस्तित्व साथै हक अधिकारको लागि प्रयासरत
छ। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य
र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो,
तुम्याहाङ
साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि
चिनारीका माध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने
मुख्यतः फेदाङमा, साम्बा, येबा तथा
सेवासाबाहरू हुने गर्दछन्।
लिम्बु जातिले आफ्नो अस्तित्वको निमित्त
ऐतिहासिक यात्रा तय गरेको पाइन्छ। मानवशास्त्री र इतिहासविद्हरूका अनुसार मानव एक
चलायमान जाति हो। यिनीहरू एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष
गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र
कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन्। यही क्रममा लिम्बुहरू चीनको युआन
प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र
तिनै जातिका मानिसहरू थाइल्याण्ड, भियतनाम हुँदै म्यानमारको उत्तरी भागमा
बसाईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ। म्यानमारको मेकङ
नदी आसपासको उपत्यकामा विरोधीहरूसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी
व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरू आसामको कमरूप हुँदै आजको किरात प्रदेशमा
बसोबास गर्न थालेका हुन्।
तथापि, यिनीहरू चिनियाँ मूलका नभएर तिब्बत
बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरू हुन्। उनीहरू मंगोलियन नश्लका भएपनि
चिनियाँ जातिसँग नजीकको सम्बन्ध छैन। इण्डो-मंगोलोइड नश्लका किरातीहरूको आगमन
नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा
पहिले आएका थिए। किरातीहरूले पश्चिममा काठमाडौं उपत्यकासम्म आर्थिक, सामाजिक
गतिविधिहरू सञ्चालन गरेका थिए। विशेषतः पूर्वी पहाडी इलाकाहरू तामाकोशी, अरुणकोशी,
तमोर
उपत्यकाहरूमा भस्मे फाँडी मलिलो जग्गाहरूमा खेतीपाती गर्थे। अन्नपातका बीउविजन,
भैसी,
सुँगुर
र अन्य जनावरहरू घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए। काठमाडौंको गोकर्ण
केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए। यही समयमा काठमाडौं उपत्यकामा
खसहरू गाई, बाख्रा, भेडासहित
घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो
इण्डो-आर्यन भाषा बोल्दथे। उपत्यका भित्र किराती गोत्रका भोट बर्मेली भाषा
बोल्नेहरू र खसहरूबीच सामाजिक सम्बन्ध सुमधुर थियो। खसहरू (गोपालवंशी पनि
भनिन्छ)ले किरातीसँग खेतीपाती गर्न सिकेका थिए। यसरी, उपत्यकाभित्र
दुबै जातिले खेतीपाती र जनावरहरू घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनैतिक,
आर्थिक,
सामाजिक
व्यवस्था शुरुवात भएको हो।
यही क्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता,
कर्कपेट्रिक
वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता,
इतिहास
प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३
पुस्तासम्म किराती राजाहरूले काठमाडौं उपत्यकामा शासन गरेका थिए। बौद्ध दर्शनबाट
किराती राजाहरू प्रभावित भएका थिए। सातौं किराती राजा जितेदास्तीको पालामा
स्वयम्भु चैत्य र मञ्जुश्री चैत्यको दर्शन गर्न गौतम बुद्ध आई १३५० शिष्यहरू
बनाएको भनिन्छ। किरात वंशलाई लिच्छवीहरूले धपाएपछि पूर्वतिर लागेका हुन्। यसरी
पूर्व लाग्नेहरू राई, लिम्बु, याक्खा, धिमाल,
मेचे,
कोचे,
सुनुवार
आदि हुन्। त्यसताका काठमाडौं एउटै किरात प्रदेश थियो। वल्लो किरात, माझकिरात,
पल्लोकिरात
भनि भू-भाग विभाजन गर्ने काम गोरखा राज्यको विस्तार क्रममा भएको पाइन्छ। किराती
शब्द समूहवाचक वा राजकीय हो भने विभिन्न मूल्य, मान्यता,
भौगोलिक,
सांस्कृतिक
स्थिति, भाषिकरूपले गर्दा खम्बु, लिम्बु, याक्खा, सुनुवार,
जिरेल,
सुरेल,
मेचे,
कोचे
र धिमालको रूपमा विभाजित भएका हुन्। तर, धेरै सामाजिक मूल्य, मान्यतामा
सामिप्यता रहेको छ। यसरी, अरुण नदी पूर्व रहेका किरातीहरूमध्ये
लिम्बु जातिहरूमा आफ्नो छुट्टै सामाजिक, आर्थिक, सांस्कृतिक र
राजनैतिक संरचना रहन गएको हो। उनीहरूमा बौद्ध धर्मदर्शनले कुनै प्रभाव नपारेको
पाइन्छ, किनकि आफ्नै मुन्धुम दर्शनबाट निर्देशित सामाजिक अवस्था र स्वायत्त
कृषि प्रणाली हुनुको साथै आपुंगी राजनैतिक प्रणाली वा विभिन्न सरदारी प्रथा वा
प्रणाली रहेको थियो। जसमध्ये विजयपुर गढी सबभन्दा शक्तिशाली रूपमा रहेको थियो।
विभिन्न समयमा विभिन्न थुमका प्रमुखहरूलाई लालमोहर प्रदान गरेको पनि पाइन्छ। तमर
खोला, माइ खोला, मेवा खोला, याङरूप, आठराय,
पान्थर,
फेदाप,
चारखाल,
चौबीस,
छथर
जस्ता थुमहरूले विजयपुरमा सम्बन्ध राखी आफ्ना थुमहरूमा आपुंगी राज गरेको र
सम्बन्धन प्राप्तिको लालमोहर लिने गरेको र लिम्बुवान संघीय प्रणाली अनुरूप सञ्चालन
भएको पाइन्छ।
लिम्बुवानमा धेरै समयसम्म उत्तरको भोट क्षेत्रबाट
र पूर्वको सिक्किमबाट कयौंपटक आक्रमण भएको थियो, फलतः सामाजिक,
आर्थिक,
राजनैतिक
अवस्था कमजोर हुन पुग्यो। भनिन्छ, भोटबाट आउने लामाहरूले किराती
पुरुषहरूलाई खोजीखोजी मार्ने गर्दथे, र धेरै समयसम्म किराती नारीहरूले आफ्ना
पुरुषहरूलाई लुकाएर बचाएका हुन्। लामाहरूको भेषमा डमरु र घण्टी बजाउँदै घरघर
चहारेको भन्ने मत रहेको छ। त्यस्तै, सिक्किमका लाप्चाहरूले पनि धेरैपटक
आक्रमण गरेको पाइन्छ। तथापि, समय समयमा भोटसँग व्यापारिक र वैवाहिक
सम्बन्धहरू भएका थिए। त्यसताका वस्तु विनिमय प्रणाली थियो। लिम्बुवानमा कपासबाट धागो
बनाई लुगा बनाउने, प्रशस्त कृषि उत्पादन गर्ने र पशुपालनजस्ता
मुख्य आर्थिक गतिविधिहरू हुन्थे।
लिम्बुवानको सामाजिक व्यवस्था पूर्णतः मौलिक
थियो। मुन्धुम मुख्य स्रोत वा अलिखित कानून सरह थियो। यसलाई येत्हाङहरूले समय
समयमा परिभाषित गरेको अनुमान छ। येत्हाङहरूको थिए भन्ने प्रश्न रहेपनि सोधुङगेन
लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ,
सिरीजंगाहाङ,
मुहिगुम
अङसीमाङ फाल्गुनन्द लिङ्देन आदि किरात दर्शनका मुख्य प्रवर्तकहरू हुन्। सामाजिक
व्यवस्थापनका निमित्त गरिने सम्मान, पुरस्कार, दण्ड, सजाय,
प्राकृतिक
श्रोत साधनको व्यवस्थापन, थिति थाम्ने, नीति, नियम
निर्माण गर्ने कार्य तुम्याहाङहरूको निर्णयमा आधारित हुन्थ्यो। यदि एक जना
तुम्याहाङले अस्वीकार गरेमा निर्णय असम्भव हुन्थ्यो।
इशाको एघारौं शताब्दीमा लिच्छवी राज्य टुक्रेर
धेरै राज्यहरू बन्न थाले। चौधौं शताब्दीमा मल्लहरूले काठमाडौं कब्जा गरे। यहीबेला
मल्ल राजा जयस्थिति मल्लले हिन्दु दर्शनबाट प्रभावित भई समाजलाई पेशागत आधारमा
ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी चार जातमा विभाजन गरे। चौधौं
शताब्दीमा भारतमा ईश्लाम धर्मको जेहादका कारण पहिलोपटक ब्राम्हण, ठकुरीहरू
नेपालको पश्चिम कर्णाली इलाकाहरूमा खसहरूसँग शरण लिई लुक्न थाले। त्यस्तै, द्रव्य
शाहको राज्य प्राप्तिसँगै गोरखा राज्यको स्थापना भयो, र काठमाडौं
उपत्यकाको शासक भए पश्चात् चौबीसे बाइसे र किरात प्रदेशहरूको समेत महाराजा हुने
चाहनाले क्रमशः मकवानपुर हुँदै बाइसे, चौबीसे, चौदण्डी,
विजयपुर
हात पारेपछि लिम्बुवान पनि हात पारे। कतिपय थुमहरूले सम्झौता गरे भने कयौंपटक
लिम्बुवानसँग हार खानु पर्यो। यही क्रममा चैनपुरमा गोरखासँग भीषण लडाइँ भएको
थियो।
लिम्बुवानका सेनापति काङसोरे थिए भने
गोरखातर्फा रघुवीर राणा थिए। रघुवीर राणा र काङसोरेबीच भएको लडाईंमा रघुवीर मारिए।
अन्त्यमा, हारजीत नभएपछि सम्पूर्ण सेनाहरू बिनाहतियार उपस्थित भए। तर, तत्कालै
गोरखा सेनाहरूले बालुवामा लुकाई राखेको तरवार झिकी काङसोरे मारियो। र, पुनः
भीषण युद्ध भयो। यसरी, विभिन्न कारणवश वि.सं. १७७४मा लिम्बुवान
नेपालमा गाभियो। त्यसताका हिन्दुकरण नमानी आफ्नै येत्हाङ थितिमा चल्ने आधारमा किपट
प्रणाली अन्तर्गत सम्झौता भएको थियो। जसमा लिम्बुवान भूमिमाथि लिम्बु जातिको मात्र
अधिकार रहेको थियो। उनीहरूले दक्षिणपूर्वी र पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध
गर्नुपर्ने शर्तमा लिम्बुवान गाभिएको थियो। न्यूनरूपमा कर शाहवंशी राजालाई बुझाउनु
पर्दथ्यो। तत्पश्चात् लिम्बुवानमा पहिलोपटक बाहुन, क्षेत्री,
मगर,
गुरुङहरू
चौबीसे, गोरखा, मकवानपुरबाट बसाईं सरे, र नयाँ सामाजिक
संरचना सुरूवात भयो। विभिन्न प्रलोभनहरू देखाई लिम्बुवान समाजलाई टुक्राउने क्रम
जारी रह्यो, लिम्बुवानमा सुब्बा नियुक्ति गर्ने प्रचलन
ल्याइयो। जसमा ६० मुरी फल्ने जग्गा रैकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो,
र
सुब्बाहरूले आफ्नो रैती राखी तिरो कर उठाउने प्रचलन सुरूवात भयो।
यसरी धेरै लिम्बुहरू सुब्बा हुने सुरमा आफ्नो
किपट भूमि रैकर बनाई गुमाए। लिम्बुवानमा पछि पनि सिक्किमबाट आक्रमण भइरह्यो।
त्यहीबेला पाचथरका ५२ सुब्बाहरू योङहाङ सुब्बाको नेतृत्वमा काठमाडौं आई राजा
रणबहादुर शाहसँग युद्ध गर्न हतियार माग गरे। रणबहादुरले ढाल, तरवार,
त्रिशुल,
नगरा,
निशान,
बन्दुक,
शङ्ख,
नरसिंगा
मौलो थापी दशैको नवमीको दिन बलि चढाउनु पर्ने शर्तमा दिई पठाए। यो पहिलो पटकको
सांस्कृतिक अतिक्रमण थियो। दशैको कर पनि असुल्न थालियो। मौलो काटेको पञ्जाको
निशानको लागि लिम्बुवानमा धेरैपटक तिलिंगा आतंक मच्चाइयो। वि.सं. १९१०मा जंगबहादुर
राणाद्वारा ल्याइएको मुलुकी ऐनमा अपमान जनकरूपमा नमासिन्या मतवाली लिम्बु जाति
भन्दै व्याख्या गरिएको र गाई हत्या मानव हत्यासरह अपराध हुने कानून ल्याइए पश्चात्
नेपाली समाजमा असमानपूर्ण व्यवहार जातको आधारमा गरीन थालियो। छथर थुमका आठ पहरिया
राईहरूले दशै नमान्ने भनी प्रतिरोध गरे, र विद्रोह गरेपछि रामलीहाङ र दीक्षमा
मारिए।
२००७ सालमा जहानियाँ राणा शासनविरुद्धको
जनक्रान्तिमा जि.वि. याक्थुङबा, बि. बि. चेम्जोङ र रामप्रसाद राई जस्ता
जनसेनानीहरूले क्रान्तिको अगुवाई गरेका थिए। तर, उनीहरूलाई केवल
सत्ता हत्याउन प्रयोग गरी अन्त्यमा फालिएको थियो। राणा शासनकालमा भाषा, धर्म,
साहित्य,
संस्कृतिको
जगेर्ना र विकासको प्रश्न गम्भीर अपराध सरह थियो। तथापि, दोस्रो
विश्वयुद्धताका इमानसिं चेम्जोङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन र
त्येअङसी सिरीजंगाबाट उल्लेखनीय कार्यहरू भएका छन्। इमानसिं चेम्जोङद्वारा गरिएको
इतिहास, भाषा, साहित्य प्रतिको योगदान, लिम्बुवान सुधार
संघ, फाल्गुनन्द द्वारा गरिएको किरात धर्मदर्शन, सत्य धर्म
मुचुल्का र विभिन्न योगदान, त्येअङसी सिरीजङगा सिंथेबेबाट गरिएको
भाषा प्रचार प्रसार र सम्बर्दन सम्बन्धी योगदान लिम्बु जातिको पहिचान र
अस्तित्वसँग जोडिएको छ।
स्रोत बाट http://limbuwannepal.blogspot.com/p/parichaya.html
.jpg)

