
आज नेपालमा अनेक प्रकारका सस्थाहरु खोलिएको छन् तारति काठमाडौँ बाहिर फक्रन सकेन / अनेक राजनीतिक सस्थाले अखिल नेपालको नाम लिए तर तिनीहरु नेपाल काठमाडौँ भित्र ठहरियो / पृथ्वी नारायण शाहले नेपालमा अनेकौ साना-साना राज्यहरुलाई जितेर बृहत नेपाल बनाएको थियो तर पृथ्वी नारायण शाहपछि कुनै सत्तारुढ परिवार वा पार्टीले आफ्नो स्वार्थ सिद्ध गर्न बाहेक कुनै राष्ट्रिय भावनाले प्रेरित भएर काम गरेको बुझिएन, तसर्थ पृथ्वी नारायण शाहको आदर्शलाई थाम्न त के सम्झनै पनि चेष्टा गरेनन /मधेस र पहाडको तिरो बटुलिएर काठमाडौँ पुर्याएर कुनै एक व्यक्त्ति या बडी एक पार्टी या बडीको स्वार्थ सिद्धमा मात्र व्यय भएको प्रत्यक्ष देखिन्दैछ / काठमाडौँ बाहिरको मान्छेले भोकै बसे पनि शासक वर्गलाई चित्त बुझ्यो / ढुंगामा चिप्लेर ठक्कर खाए पनि उनीहरुलाई रमिता हेर्ने दृश्य मात्र ठहरियो / पहाडका मान्छेले पढ्न परेन, खान लाउन सिक्न परेन, पल्टनमा गएर सत्तारुढ शक्त्तिको चाकरीमा मस्त भएमा नै उनीहरु खुशी रहने भए /
हामीहरुले यी सबै पक्षपाती, स्वार्थी र विवेकहीन नीति केन्द्रिय सरकारको रहेको भन्ने बुझ्यौ / उनीहरुको पैतालो चाट्ने दासत्ववृत्ति हामीमा अब रहदैन / हामीहरुले सरकारको "उग्र केन्द्रीकरण"को नीतिलाई धुलो पिठो पारेर भत्काउन सक्नु पर्छ , अनि मात्र नेपाली वंशको आम हित हुन् सक्छ /
जहासम्म लिम्बुवानको प्रश्न छ, हामीहरु अरु नेपाली भन्दा अलग जाति हौ / हाम्रो आफ्नो राज्य छ, आफ्नो इतिहास छ, आफ्नो भूगोल छ, र आफ्नो भाषा-लिपि पनि छ / सम्वत १८३१ पुर्व लिम्बुवानमा हामीहरुले आफ्नो तिथि-रितिमा रही राज्य चलाई बसेका हौ र पछि सन् १८४४ मा दिएको धर्म-पत्र अनुसार हामीले पृथ्वी नारायण शाहलाई केन्द्रीय सरकारको राजा मानी, त्यस पछि संरक्षित राज्यको रुपमा आफ्नो थितिमा बसी आएको हौ /
हामीहरुले सन् १८४४ मा भएको धर्म-पत्रलाई मान्यता दिदै श्री ५ को पूर्ण बफादारीमा रही देशको सेवा आजसम्म गरिरहेका छौ र गत क्रन्तिमा राणाहरुबाट खेदिएको महाराज धिराजलाई गद्धीमा फर्काउन हामीहरुले ठुलो बलिदान दिएका छौ / त्यो भन्दा अगाडी हामीहरुले श्री ५ सरकारको बफादार भाइ गरेको सैनिक सेवा इतिहासको पाता पल्टाएर थाहा हुनेछ /
तर हाम्रो देश प्रतिको भक्त्त र गद्धी प्रतिको बफादारिले हामीलाई आज काम गर्न परिरहेको छ / हाम्रो जातीय इतिहासलाई राणा शासकहरुले च्याते / अनि हामीहरुलाई पक्का गोठाले जीवनमा जक्राई राखे / यी सब हामीले थाहा पायौ / सुधि गाईले चुटाइ पाउदी रहिछन, हान्ने गोरु देखि सबै डराउदा रहेछन / यो हामीले बुझौ यी सब बुझी सकेपछि जन्म्यो सुधार संघ /
श्रोत :- "लिम्बुवानको राजनीति"