Breaking News
Loading...
######



दुइपल्ट आयोग र एकपल्ट सर्बोच्चको फैसलाले यसै भन्छ :-

२ वर्ष अघि संघीय लोकतान्त्रिक रास्ट्रिय मन्च को तर्फबाट पठाईएको सभासद पद रिक्त भएपछी मन्च सम्द्ब संघीय लिम्बुवान राज्य परिसदले नै सिफारिस गर्न पाउनु पर्छ भन्ने हाम्रो माग प्रति संघीय मन्चमा केहि साथीहरुले किचलो सुरु गरे |हामीले अत्यन्त्य धैर्यता र बिनम्र पुर्बक यस को समाधानको लागि अनुरोध गर्यौ तर साथीहरुले हामीलाई निर्बाचन आयोगमा मुद्दा लगाएर नै छोडे | आयोगले कुमार लिङदेन मिराक अध्यक्ष रहेको मन्चलाइ नै आधिकारिकता प्रदान गर्यो |त्यसपछी हामीले सभासद सिफारिस गर्ने पक्का भएको थिए तर फेरि ति साथीहरुले आयोग र हामी बिरुद्ध सर्बोच्च मा मुद्दा दिएर सभासद सिफारिस प्रक्रियालाइ रोके |
ति दिनहरु हाम्रो लागि निकै कठिन थिए |किनकि हामी लिम्बुवान र संघीयता को लागि काम गर्न चाहन्थ्यौ ,हामी संघीयबादी हरुको लागि यो समय भनेको माना खाएर मुरी उब्जाउने बेला जस्तै हो ,यहीबेला हो खट्नु पर्ने ,सक्रिय हुनु पर्ने |हामी खटिरहदा ति साथीहरुले भ्रम छरिरहेका थिए –'यो पार्टीमा किन लाग्छौ,यो पार्टी त सर्बोच्चमा मुद्दा खेपिरहेको छ ,सर्बोच्चले मिराक अध्यक्ष रहेको मन्चलाइ हराउछ हराउछ |' साच्चै यी कुराहरुले आम जनताहरु लाइ अलमल्याई रहेको थियो |
तर त्यहीबेला हामीले जोगबनी –विजयपुर ,चतारा –संग्खुवाखोला ,काकडभिता –दमक ,पथरी –उर्लाबारी मार्चपास र बिराटनगर को ऐतिहासिक आमसभा हरु सम्पन्न गर्यौ |सर्बोच्चमा त्यत्रो मुद्दा चलिरहदा पनि लिम्बुवानी जनताहरुले मन्च सम्द्ब स लि रा प प्रति देखाइरहेको त्यो अटल आस्था सम्झदा कहिले काही भावुक हुन्छौ र कार्यक्षेत्र मा अझ शशक्त भएर खटन प्रेरित हुन्छौ |
जेहोस ढिलै भएपनि सर्बोच्चले सहि फैसला गरेको छ ,आयोगले गर्नेको निर्णय बिरुद्द को सबै रिट खारेज गरि दिएको छ |
देश विदेश मा रहेका मन्च सम्द्ब स लि रा प का हजारौ नेता ,कार्यकर्ता साथीहरु र आम लिम्बुवानी जनताहरु बिच यस अवसर मा खुसि बाडन चाहन्छौ |
यदि हामी चुनाबमा नै गएको भए पनि हाम्रो आफ्नो चुनाब चिन्ह दाब सहितको खुकुरी त प्रयोग गर्न नदिने तयारि सहित यो मुद्दा लगाइएको थियो ,हामीलाई बाहिर राखेर सम्पूर्ण लिम्बुवानी जनताहरु को भोट आफुले प्राप्त गरेर सधैको लागि लिम्बुवानी राजनीतिमा पकड जमाउने योजना सहित केहि साथीहरु अघि बढेका थिए |तर ,कर्म (कार्य ) बेगरको योजना मात्र सफल नहुदो रहेछ ,आज को लिम्बुवानी जनताहरु सचेत छन् |
यो छोटो अवधिमा निर्बाचन आयोगबाट दुइ दुइ पल्ट र सर्बोच्च बाट एकपल्ट कुमार लिङदेन मिराक अध्यक्ष रहेको पार्टी नै आधिकारिक छ भनेर फैसला आइ सकेको छ |कहिले काही सोच्छु –को सत्य रहेछ भनेर कति परिक्षा दिने होला ? अब त टेस्ट पुगेन र ?
ति मुद्दा हार्ने साथीहरुलाई पनि मेरो सल्लाह छ –जानुस ,जनता माझ संगठन गर्नुस ,जनताको मन जित्नुस र फेरि नया परिस्थिति सृजना गर्नुस | हुनत राजनीति एउटा जुवा हो , यो हराई ले तपाइहरुको सम्पूर्ण राजनैतिक जीवनमा एउटा ठुलो प्रश्न चिन्ह सधै आइ रहन्छ | नेपालको एकात्मक सत्तालाइ चुनौती दिदै अघि बढिरहेको , संघीय आन्दोलनको एकमात्र आशाको दियो लिम्बुवान आन्दोलन लाइ ध्वस्त गर्ने खेल मा जान अन्जान बस सामेल हुनु भएको थियो ,त्यस बारेमा आउने इतिहासले सधै प्रश्न उठाई रहने छ |
हामी निरन्तर अघि बढिरहने छौ |हर दुख ,हर सुख मा संघीयता र लिम्बुवान को लागि अघि बढिरहने प्रण गरेका छौ |सधै लिम्बुवानी जनताको पक्षमा ,लिम्बुवानको पक्षमा काम गर्नु पर्दछ ,सबै कुरा ठिक हुदै जान्छ |
'' संघीयता र लिम्बुवान आन्दोलन सम्बन्धि अध्ययन सामग्री भाग -१'' को तयारि अन्तिम चरणमा पुग्यो | तीन दिन भित्र प्रेसबाट निस्कने छ है साथीहरु |
जय लिम्बुवान ,संघीय अभिभादन |
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला