ठूलो पार्टी नेपाली कांग्रेस देखि तलका सबै पार्टीहरुमा समानुपातिक सभासद छनौटको विषय देखि लिएर राजनैतिक अन्तरद्वन्द सबैमा समस्याहरु बढिरहेको हेर्दा लिम्बुवान पार्टीहरु मात्रै फुटेको फुटेकै भन्ने नेताहरुलाई पनि झस्का लागेको छ । बास्तवमा लिम्बुवानका केही नेताहरु चौइटिएका मात्रै हुन् तर लिम्बुवान आन्दोलन, इतिहास, विचार, दर्शन र लिम्बुवानी माया भने फुटेको छैन । किन कि लिम्बुवान आन्दोलनलाई हाँकीरहेको पार्टी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको विकल्प अरु कुनै शक्तिले लिन सक्दैन, किन कि यो पार्टीको राजनैतिक संरचना अरुण पूर्वको नौ जिल्लाको गाउँ गाउँसम्म पुगेको छ । त्यसैले वर्तमान देशको राजनैतिक गतिविधिलाई हेर्ने हो भने यो संगठनले लिएको निर्णय नै समय सापेक्ष छ भन्दा कुनै अतियोक्ति नहोला ।
जय लिम्बुवान, संघीय अभिवादन ।
जय लिम्बुवान, संघीय अभिवादन ।