Breaking News
Loading...
######


नेपाल एउटा बहु जात-जाति, भाषा, लिपि, धर्म, सस्कृति तथा सस्कार र भेष-भुषा भएको मुलुक हो तर नेपालको २४० बर्ष देखि लादिएको एकात्मक नीति, एकल जातीय साम्प्रदायिक, एकतन्त्रीय शासन प्रणाली, एकल जातीय राज्य सत्ता, एकल जातीय एकाधिकार, एकल जातीय हालीमुहाली, निरंकुस सामन्ती व्यवस्था, एकल जातीय भाषा, एकल जातीय लिपि, एकल जातीय धर्म, एकल जातीय भेष-भुषा, एकल जातीय सस्कृति तथा सस्कार, विभेदपूर्ण नीति-कानून प्रक्रिया, एकल जातीय शासन प्रणाली......आदि कारणले नेपालको अन्य जात-जाति, भाषा, लिपि, धर्म, सस्कृति तथा सस्कार र भेष-भुषा लाई नष्ट गर्ने नीति र योजना अहिले सम्म निरन्तर चलिरहेको देखिन्छ /
तसर्थ यस्तो एकात्मक -एकतन्त्रिय जातिवादी नीतिको अन्त्य गर्नको लागि एक मात्र निर्विकल्प या समानताको लागि समाधानको बाटो भनेको नै संघिय शासन प्रणली देखिन्छ/ जुन संघियता ऐतिहासिक पृष्ठभुमिको आधारमा जातीय/भाषीय (Nationality/राष्ट्रियता) पहिचान (Identity) सहितको संघियता तथा स्वायत्तता, सह-अस्थित्व, समानुपातिक तथा समवेसिता, लोकतन्त्र, समानता, धर्मनिरपेक्षता, आत्मनिर्णय, गणतन्त्र....आदि व्यवस्था हुन् जरुरी देखिन्छ / यसरी संघिय प्रान्तहरुको नाम ऐतिहासिक आधारमा हुन् जरु देखिन्छ जस्तो कि खसान, मगरात, तमुवान, नेवा: ,ताम्सालिंग, किरात/खम्बुवान, लिम्बुवान, मिथिला, कोचिला,थरुहट, शेर्पा.....आदि यसरी व्यवस्था गरेर जुन प्रान्तहरुमा सबै जात-जातीहरुको आ-आफ्नो भाषा र लिपिको लागि विध्यालय तथा विश्व विध्यालयहरुको निर्माण गरि स्व-इच्छाले पढ्न र बोल्न पाउने कानून व्यवस्था गर्नु पर्छ जस्तो कि हाम्रो हिन्दु वाहुन-क्षेत्रीहरुको जात, भाषा, लिपि, धर्म, सस्कृति तथा सस्कार र भेष-भुषा विकास र संरक्षण गर्न सस्कृत विश्व विध्यालयहरु धेरै ठाउमा निर्माण गरिएको छ / अझ यसको ताजा उदाहरण दिने हो भने छिमेकी मुलुक भारतमा जम्म २८ प्रान्त या राज्यहरु छन् त्यहाँ सबै प्रान्तमा सबैको आ-आफ्नो जात-जाति, भाषा, लिपि, धर्म, सस्कृति तथा सस्कार र भेष-भुषा...आदिको विकास र संरक्षण गर्न सबै राज्यहरुमा या गाउ-गाउमा आ-आफ्नो भाषा र लिपिको लागि विध्यालय र विश्व विध्यालयहरु निर्माण गरी समान अधिकार व्यवस्था गरिएको छ / जस समानताको कारण भारत हरेक ठाउमा एक छन् र भारत टुक्रिएको छैन र अलग-अलग देश पनि भएको छैन / तर विडम्बना हाम्रो मुलुमा एक थरिका व्यक्त्ति र शासकहरुले अरुलाई मारेर या नष्ट वा पतन गराएर अरुलाई सिध्याउने नीति २४० बर्ष देखि अहिले सम्म निरन्तर चलिरहेको देखिन्छ.....जुन विभेदपूर्ण नीति, कानून तथा प्रक्रियाको अन्त्य गर्न समानताको लागि पहिचन सहितको संघियतामा जानुको विकल्प छैन.......
जय पहिचान सहितको संघीय धर्मनिरपेक्ष नेपाल..........!
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला