बनको बाघले नखाएनी कहिले काही भने मनको बाघले पनि खादो रहेछ ।हुनको लागि त अगुल्टाले हिर्काएको कुकुर बिजुली चम्किदा तर्सनु कुनै नौलो कुरा भने पक्कै पनि होईन ।
टुक्रनुको नेपाली शब्दार्थ नजान्नेहरुले संघियताले देश टुक्रीन्छ भन्दै बेकम्फुसे भर्म सिर्जना गर्नुको कुनै औचित्य छैन ।नत्र भने संघियतले देश कसरी टुक्रीन्छ ?प्रमण देखाउन सक्नु पर्यो ।मित्रहरु हो संघियताले देश टुक्रने होइन ।संघियताले देश बिकाशमा टेवा पुर्याउनुको अलावा राश्ट्रको जन शक्तिलाई अझ ससक्त र मजबुत बनाउदछ ।जस्को उदाहरण स्वरुप हामिले बिश्वका बिकसित मुलुकहरु पश्चिमको सानो राष्ट्र बेल्जियम देखी लिएर अमेरिका,क्यानडा,स्विजर लाण्ड्,मलेसिया,नाइजेरिया लगायत हाम्रै छिमेकी राष्ट्र भारतको ईतिहासलाई पल्टाइ हेरे पुग्छ ।अब हामिले यि एकात्मकवादिहरुको षडयन्त्रमा पर्नु हुन्न ।यिनिहरु त बादर हुन । नत आफु घर बनाउछन नत अरुलाई नै घर बनाउन दिन्छन् ।
एकात्मकवादिहरुले २४० बर्ष सम्म एकल राज्य गरेर राश्ट्रलाई रिनमा डुबाइ संसारकै गरीब मुलुक बनाए उनिहरु नै चै राष्ट्रवादी ।आज धर्म निरिपेक्क्ष नेपालमा सबै जात जातिहरुको समानताको खातिर एक दलित आजिवन दलित भएर होइन्,उस्ले पनि क्षेत्री बाहुन समान अधिकार पाउनु पर्छ भन्दा भन्दा उल्टै हामिलाई जातिवादिको बिल्ला भिराएर राश्ट्रघाती बनाउनु कहाँ सम्मको न्याय संगत होला ।जुन कुरा आम राश्ट्र प्रेमी जनताहरुले बुझ्नु जरुरी छ ।
संघिय अभिवादन ।जय लिम्बुवान ।
