Breaking News
Loading...
######


साथीहरु ,
अलिकति पनि बिचलित र निराश नभैकन अघि बढौ |
२५० बर्षे एकात्मक राज्य सत्ताले क्वार्लाप्प निलेको नेपाल ,आदिबासी हरुलाई राज्य सत्ताले सिध्याई सकेको खुसीमा एकात्मकबादीहरुले कयौ पल्ट कालो बोका काटेर खुसि मनाइ सकेको हाम्रो दर्दनाक अवस्था र
अलिकति सोच्न सक्ने लेख्न बोल्न सक्ने हाम्रो साथीहरुको दिमाग पुजिबाद र साम्यबाद को भूमण्डलीकृत बिचारले निलिसकेको अवस्था ,
यो परिबेश मा हामीले संघीय सह अस्तित्वबाद र नौ जिल्ला लिम्बुवान को कुरा हरु उठाई रहेका छौ |
निस्चय नै यो समय निकै चुनौतिपूर्ण समय हो |
तर पनि तपाइँ हामीले धेरै प्रगति गरिरहेका छौ ,कम्तिमा संघीयता र लिम्बुवान को कुराहरु घर घर मा पुगिरहेको छ |
एकदमै धैर्यता र साहस पुर्बक अघि बढौ हामी हाम्रो गन्तब्य मा पुगेरै छाडछौ |
जय लिम्बुवान ,संघीय अभिभादन |
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला