बालकृष्ण माबुहाङ्ग
माओवादीले किन यस्तरी हार्यो? चर्चाको विषय छ, र हुनुपनि पर्छ । विरोधी र माओवादी स्वयमको पक्ष विपक्ष तर्क होला । तर स्वतन्त्र विचार विश्लेषण गर्दा “जातीय सङ्घीयता” उठाएका कारणले हार्यो भन्ने जुन विश्लेषण छ, त्यो सत्य होइन । यो विश्लेषण नेपालको ऐतिहासिक, सामाजिक, तथा राजनीतिक परिवर्तनको लागी भैरहेको जुन प्रयास, र गति छ, त्यसका विरूद्ध गरिएको सतही विश्लेषण हो कित परिवर्तन विरोधी यथास्थितिवादीहरूको प्रतिक्रियावादी सोचको अभिव्यक्ती सिवाय केही होइन ।
जहाँसम्म संघीयताको कुरो छ, प्रमुख कुरो गएको संविधानसभामा राज्य पुनरसंरचना तथा राज्यशक्ती बाँडफाँड समितिले सङघीयताको आधार- पहिचानका प्रमुख पाँच पक्षहरू र सामर्थ्यका आधारमा सङ्घीयकरण गर्ने सर्वसम्मत निर्णय गरेको हो । त्यसको आधारमा राज्यपुनरसंरचना गर्दा १४ या ६ प्रदेश कति बनाउने भन्ने मात्र विवादको मामला हो । माओवादी लगाएत केही एमालेका सभासद १४ को पक्षमा जुन जाति, जनजाति, संस्कृति, क्षेत्र, वा भाषाका (पाँच पक्षहरू) आधारमा बनेका हुन ।ति जातीय नभै प्रादेशिक संघीयता भन्दा बरू हुन्छ । सङ्घीयता के का आधारमा बनाउने भन्ने सवालमा माओबादीको यो पल्टको निर्वाचनमा जनतासमक्ष गरेको प्रतिवद्धता पहिलो संविधानसभाको भन्दा कमसल छ । अघिल्लोमा जातीय अग्रधिकारको सहित धेरै कुरो थियो, त्यो यो पल्ट छैन । अघिल्लो झनै रयाडिकल हुँदा निर्वाचनमा स्विपनै गरेको थियो । बढीमतीय निर्वाचनमात बहुमतनै झन्नै पुर्याएको थियो । यो पटकको प्रतिवद्धता पत्रमा ११ प्रदेश जातीय, क्षेत्रीय, वा पहिचानको आधारमा गर्ने भन्ने मात्र छ । भनेपछी उसको हार्नुको कारण “जातिय संघीयता” थियो भनेर तर्क गर्नु तथ्यपरक र तर्कसङगत नभै हचुवा को भरमा गरेको हुन जान्छ । बोल्नेको पिठो बिक्ने नबोल्नेको केहीन केही नगरौँ ।
उ किन हार्यो? यो विषयमा उस्को आफ्नै दावी छ र त्यसकै आधारमा मतगणना बहिस्कार समेत गर्यो । पहिलो कुरो, त्यो उसले सावित गर्ने पर्याप्त प्रमाणहरू सहित जनतामा वा सम्वन्धित निकायमा जान सक्नु पर्यो । दोस्रो कुरो, संविधानसभाको निर्वाचनमा भाग लिएर मत गन्न बसिसके पछि यो, वा उ गल्ती कमी, कमजोरी देखाउने कि ति उस्ले सामना गर्दै जाने? तेस्रो कुरो, कस्ले गल्ति गरेको हो? किटानीका साथ छानविनको माग गर्नु अनुचित होईन । चौथो कुरो, उसले हार्नु को मुख्व कारणहरू मध्ये क्रान्ति गर्दा गरेको दुनियादारी कुरोहरू उ सरकारमा पुग्दा वा हुँदा जनताले अनुभुत गर्न पाएनन । तिनीहरु मध्ये निश्चितरुपमा उस्ले गरेको जातीय अग्रधिकारको कुरो, जातीय वा क्षेत्रीय राज्यको कुरो जनजाति, मधेसी, भेरीकर्णालीलाई दिन सकेन। त्यतिमात्र नभै कांग्रेस र एमालेसँग सहमती खोज्ने नाममा उसले भनेको बुर्जुवा बर्गको रवैया, अझ संविधानसभाको चुनावमा राजतन्त्रले समेत नदेखाएको रवाफ देखाउँदा जनता क्षुभ्द भए। उसले शान्ति सम्झौतामा आइसके पछी देखाएको चरित्रगत, वैयक्तिक, राजनीतिक, तथा साङगठानिक कमी कमजोरी लगाएत कुरा हुन सक्छ, अध्ययन र बहसको विषय हुन सक्छ । यदि सवैलाई चेतना भए ।
