सिनेमामा गुण्डाहरुले लुटपाट , हत्या अपहरण , तस्करी जस्ता अबैधनिक काम धन्दाहरु गरेर कमाएको पैसा जोगाउन र आफु जेल जान बाट बच्न राजनीतिमा लागेर चुनाब जितेर नेता भएको देखेको थिए ठिक त्यसरी नै वास्तबिक राजनीतिमा पनि त्यस्तै हुने रहेछ ! हाम्रो नेपालमा पनि सिनेमामा जस्तै गुण्डाहरुले चुनाब जितेको धेरै देखे ! हामी मात्र रहेछ खाली पहिचान सहितको संघियता भन्दै कराउदै हिड्ने लाटा सोझाहरु तर हाम्रो कुरा कसले सुन्ने जब की सबैलाई आफ्नो पेट कसरि पाल्ने र आफु कसरि धनि हुने सोच भन्दा अरु केही छैन ! ब्यक्तिबादी चिन्तन भन्दा माथि उठेर आफ्नो जाती समुदायको हक हित अनि समग्र नेपालको हित चाहाने र त्यहि अनुरुप राजनीति गर्छु भनेर हिडेका नेताहरु नहुनु नै नेपाली जनताको दुर्भाग्य हो ! नेपाली जनता मध्य पनि हामी आदिबासी मूलबासीको लागी सबै भन्दै ठुलो बिडम्बना नै यहि छ ! केही भएका नेताहरु पनि एक आपसमा मिल्दैनन र त्यो बाहेकका अन्य नेता भनाउदाहरु सबै गुण्डाहरु छन् ! राजनीति भन्ने कुरा हामी लाटा सोझा सिधा जनताले सोचे जस्तो र देखे जस्तो नहुदोरहेछ !!
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment